काठमाडौं । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ । विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरुलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरेको हो ।दूतावासका अनुसार उद्धार गरिएकाहरु अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र विनाभिसा बसिरहेका व्यक्तिहरु हुन् ।दूतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उनीहरुलाई उद्दार गरिएको हो । उद्धार गरिएकाहरुलाई गैरआवाशीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा बुधबार नै काठमाडौं पठाइएको छ । उनीहरु शुक्रबार त्रिभुवन विमानस्थलमा अवतरण भएका छन् ।अलपत्र परेका अन्य व्यक
सुदूरपश्चिम। कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले आफ्नी श्रीमती २७ वर्षीया सञ्जिता मगरको गोली हानी हत्या गरेपछि आफैँमाथि गोली प्रहार गरेका छन् । गोली लागेर सञ्जिताको घटनास्थलमै मृत्यु भएको छ । घाइते रामबहादुरलाई बेहोस अवस्थामा सेती प्रादेशिक अस्पताल धनगढी पु¥याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो । बुधबार अपराह्न गाउँ नजिकैको जङ्गलमा बाख्रा चराइरहेका बेला श्रीमती सञ्जितासँग रामबहादुरले विवाद गरी आफ्नो साथमा रहेको भरुवा बन्दुकले प्रहार गरेको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता तिमिल्सिनाले जानका
भद्रपुर। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम आठ महिनामा रु ११ अर्ब ५८ करोड छ लाख ३० हजार राजस्व सङ्कलन गरेको छ । यो सोही अवधिका लागि निर्धारण गरिएको लक्ष्यको ९६ दशमलव ०६ प्रतिशत हो ।कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार चालु आवको फागुन मसान्तसम्म रु १२ अर्ब पाँच करोड ५८ लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । उहाँका अनुसार फागुन महिनामा मात्रै रु एक अर्ब ६५ करोड ८० लाख चार हजार राजस्व सङ्कलन भएको छ । यो उक्त महिनाका लागि निर्धारण गरिएको लक्ष्यको ११० दशमलव २६ प्रतिशत हो ।चालु आवको आठ महिनामा भन्सार महसुल शीर्षकमा रु चार अर्ब ८९ करोड ३३ लाख, भन्सार महसुल
काठमाडौँ। गृह मन्त्रालय प्रवेश गर्दै गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स ब्यानर’मा केही तस्बिरहरू झुन्डिएका छन् । ढोकाबाट भित्र पस्ने जो–कोहीको नजर सिधै तिनै भित्तामा ठाकिन्छन् । ती तस्बिरमा ४५ अनुहारहरू छन् । निर्जीव तस्बिर भए पनि तिनका आँखामा हेर्दा अधुरा सपना र परिवर्तनको आह्वान गरिरहेको आभाष हुन्छ । अनि जिज्ञाशा उब्जिन्छ—यी तस्बिर गृह मन्त्रालयको ढोकैमा किन ? एकछिन अडिएपछि यो प्रश्नको उत्तर भेटिन्छ । ती तस्बिर त तिनै योद्धाहरूका हुन्, जसले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सुशासन र परिवर्तनका आह्वान गर्दा जीवन अर्पण गरेका थिए । यहाँका अनुहारहरू केवल तस्बिर मात्रै होइनन्,
काठमाण्डौ । नेपाली काङ्ग्रेसका सभापति गगन थापाले निर्वाचनको अप्रत्याशित हार व्यहोरेको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् । केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । तर, उनको राजीनामा पार्टीले सार्वजनिक गरेको छैन । थापाले उपसभापति शर्मालाई राजीनामा बुझाएसँगै त्यसबारे छलफल गर्नका लागि शुक्रबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक समेत बोलाइएको छ ।
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार देशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ, कोशी प्रदेशको पहाडी भूभाग र मधेसमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरू तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागलगायत सुदूरपश्चिम प्रदेशको तराईका केहि स्थानमा चट्याङ्ग र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ।राति कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका
काठमाडौं— जेनजी आन्दोलनका घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजी युवाहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।प्रदर्शनमा सहभागी युवाहरूले आँखामा कालोपट्टी बाँधेर शान्तिपूर्ण रूपमा विरोध जनाएका थिए। उनीहरूले “कार्की आयोगको पूर्ण प्रतिवेदन खोइ ?”, “जनताको अधिकारः कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर”, “प्रतिवेदन हरायो, सरकार किन डरायो?”, “सरकार झुक्ला दोषिसामु, घाइते जेनजी योद्धा झुक्दैन” र “आमा न्याय माग्न तिमिलाई कति गर्नु कर?” लगायतका प्लेकार्ड बोकेर सरकारसँग प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए।प्रदर्शनकारीहरूले जेनजी आन
काठमाडौं— खोटाङको बालवेशीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा हुँदा घाइते भएकालाई काठमाडौं ल्याइएको छ ।विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार उक्त दुर्घटनामा १ जना यात्रु घाइते भएका थिए । घाइते यात्रु र पाइलटलाई हेलिकप्टरमार्फत तत्काल उद्धार गरी उनीहरूलाई थप उपचारका लागि दिउँसो १२ः४२ बजे काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरिएको छ ।अवतरणका क्रममा दुर्घटनामा परेको हेलिकप्टरले काठमाडौंबाट ६ जना सवार लिएर उडेको थियो । उक्त हेलिकप्टर बुधबार बिहान ११ः०९ बजे अवतरण गर्ने क्रममा असन्तुलित भई जमिनमा पल्टिएको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार, कल साइन एन
काठमाडौं— नेपालको राजनीतिक इतिहास केवल सत्ता परिवर्तनको इतिहास होइन।यो संघर्षको इतिहास हो।यो आन्दोलनको इतिहास हो।यो रगत, बलिदान र आशाको इतिहास हो।तर यही इतिहासले एउटा असहज प्रश्न पनि उठाउँछ—परिवर्तनका लागि सबैभन्दा धेरै पीडा सहने भूगोलले परिवर्तनको प्रतिफल पायो कि पाएन ?जब यो प्रश्न उठ्छ, नेपालको नक्सामा एउटा प्रदेश सबैभन्दा गम्भीर रूपमा देखिन्छ— कर्णाली।आन्दोलनको अग्रपंक्ति, विकासको पछाडिपंक्तिनेपालका हरेक ऐतिहासिक मोडमा कर्णाली मौन बसेन।२०४६ को जनआन्दोलनमा लोकतन्त्रका लागि आवाज उठ्यो।२०६२–६३ को आन्दोलनमा गणतन्त्रको मागसहित सडक भरियो।दशक लामो सशस्त्र द्वन्द्वले कर्णालीलाई सबैभन्दा धेरै
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाह नेतृत्वको सरकारका लागि मन्त्री चयनबारे आन्तरिक छलफल तीव्र पारेको छ।रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच सरकार गठनबारे निरन्तर परामर्श भइरहेको स्रोतले जनाएको छ। दुवै नेताबीच प्रभावकारी र परिणाममुखी सरकार बनाउने तथा सक्षम सांसदलाई मात्रै मन्त्रिपरिषद्मा सहभागी गराउने सहमति भएको बताइएको छ।सहमति अनुसार सरकार सञ्चालनको नेतृत्व शाहले गर्नेछन् भने पार्टीको समग्र जिम्मेवारी लामिछानेले सम्हाल्नेछन्।प्रधानमन्त्रीका उम्मेदवार शाह अहिले क्याबिनेट गठन र पदभार ग्रहण गरेपछि अघि बढाइने कामहरूको तयारीमा जुटेका छन्। प्रारम्भिक समझदारी अ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.