समाचार

    Showing 5,281-5,290 of 26,562 items.
  • कुनै गुट बनाउनु पर्दैन, घण्टी मुनी सबै अटाउन सक्छौँः रवि लामिछाने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र एकता, निडरता र देश केन्द्रित राजनीति आवश्यक रहेको बताएका छन् ।बुधबार रास्वपाको अभिमुखीकरण कार्यक्रमको दोश्रो दिनलाई सम्बोधन गर्दै उनले गुटगत राजनीति त्याग्न आग्रह गर्दै सबै कार्यकर्ता एउटै छानामुनि एकताबद्ध हुनुपर्नेमा जोड दिएका हुन् ।‘आँखामा जुन पट्टि आउँछ अब त्यो पट्टि हामीले खोल्नुपर्छ नत्र पुराना राजनीतिक दललाई जसरी ३५ ३६ वर्ष विश्वास गरेर कुरे हामीलाई ३६ महिना वा ३६ दिन पनि कुर्नेवाला छैन । किनकी कानुन निर्माताको रुपमा तपाईंहरुको दौड स्वार्थ समुहको घरघरमा हैन, गुट बनाएर कांग्रेस, एमालेलाई जितिँदैन साथिहरु,

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 515 पटक पढिएको
  • लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिको आवाज र सामाजिक न्यायको विषयलाई संसद् पुर्याउने छुः भूमिका श्रेष्ठ

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक सांसद भूमिका श्रेष्ठले लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायका व्यक्तिको आवाज र सामाजिक न्यायको विषयलाई संसद् पु¥याउने बताएकी छन् ।रास्वपाले ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुई दिने आवासीय अभिमुखीकरणमा सञ्चारकर्मीसँग कुरा गर्दै भूमिकाले लैङ्गिक तथा अल्पसङ्ख्यक समुदाय व्यक्तिको आवाज, सामाजिक न्यायको विषय र हामीले भोगेको विभेदको विषयमा न्यूनीकरण गर्ने मुख्य एजेन्डा रहेको बताइन् ।‘संसद्मा मेरो मुख्य एजेन्डा भनेको लैङ्गिक तथा अल्पसङ्ख्यक समुदाय व्यक्तिको आवाज, नागरिकता स्वास्थ्य, शिक्षा, रोजगार

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 554 पटक पढिएको
  • खोटाङमा हेलिकोप्टर दुर्घटना, एक जना घाइते

    काठमाडौं—  खोटाङको केपिलासगढी गाउँपालिका–२ मा हेलिकोप्टर दुर्घटना भएको छ । बेलायतबाट काठमाडौं ल्याइएको शव बोकेर खोटाङ पुगेको एयर डानेष्टिको नाइन एन– एएफक्यु हेलिकोप्टर अवतरणका क्रममा बिहान ११ः५१ बजे दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले जानकारी दिइन् ।उनका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । तर, हेलिकोप्टरमा पाइलटसहित ५ जना सवार थिए । एकजना यात्रुको खुट्टामा चोट लागेको छ । घाइतेलाई तत्काल उद्धार गरी नजिकको स्वास्थ्य संस्थामा लगिएको र उनको अवस्था सामान्य रहेको बताइएको छ ।दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ । उद्धार कार्

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 509 पटक पढिएको
  • सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश

    काठमाडौं— सुदन गुरुङले प्रतिनिधि सभा निर्वाचनमा भएको खर्च विवरण निर्वाचन आयोगसमक्ष बुझाएका छन्। प्रस्तुत विवरण अनुसार उनले कुल २१ लाख ८६ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।उक्त विवरणमा प्रचार-प्रसारसम्बन्धी शीर्षकमा सबैभन्दा ठुलो रकम व्यय भएको देखिएको छ। सो शीर्षकअन्तर्गत मात्रै ५ लाख ५२ हजार ५७५ रुपैयाँ खर्च भएको जनाइएको छ।गोरखा-१ निर्वाचन क्षेत्रमा भएको प्रतिस्पर्धामा उनले प्रेम खत्रीलाई पराजित गर्दै फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा विजय हासिल गरेका थिए।निर्वाचनपश्चात् उनले सांसदका रूपमा प्राप्त हुने पारिश्रमिक तथा सुविधा नलिने सार्वजनिक घोषणा पनि गरेका छन्।

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 562 पटक पढिएको
  • खोटाङमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना

    काठमाडौं— एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलागढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलिकप्टर दुर्घटना भएको हो ।काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकप्टर दुर्घटना भएको बताइएको छ । दुर्घटना हुँदा मानवीय क्षति भने भएको छैन । घटनाबारे विवरण आउन बाँकी छ ।

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 633 पटक पढिएको
  • खोटाङमा हेलिकप्टर दुर्घटना

    काठमाण्डौ  ।  खोटाङको केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको छ । बिरामी लिन लागि गएको हेलिकप्टर दुर्घटनामा परेको हो ।खोटाङका प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले हेलिकप्टर दुर्घटनाको पुष्टि गरिन् । दुर्घटनामा कसैको पनि हताहती नभएको बुझिएको छ । खार्तम्छा बालाबेँसीमा हेलिकप्टर अवतरणको क्रममा दुर्घटना भएको हो । हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार थिए ।केपिलासगढी गाँउपालिका-२ का वडाअध्यक्ष मिलन राईले दुर्घटनामा एकजना घाइते भएको बताएका छन । 

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 332 पटक पढिएको
  • जातीय भेदभाव अन्त्यका लागि राज्यको संवेदनशीलता अझै कमजोरः अध्यक्ष विश्वकर्मा

    काठमाडौं— राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातीय भेदभाव अन्त्यका लागि राज्यको संवेदनशीलता अझै कमजोर रहेको बताएका छन् । बुधबार काठमाडौंमा जातीय भेदभाव उन्मुलन अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बहिष्करणको समस्या अत्यन्तै विकराल र त्रासपूर्ण रहेको उल्लेख गरे ।अध्यक्ष विश्वकर्माले यस्तो अवस्था राजधानीमै देखिँदा ग्रामीण क्षेत्रमा दलित समुदायले झन कस्तो पीडा भोगिरहेका होलान् भन्दै प्रश्न उठाए ।उनले भने,‘बहिष्करणको महाभारत यस्तो विकराल छ । कि त्यो त्रासपूर्ण छ । त्यसको आतंकले देशलाई भष्म पारिराखेको छ । कुनै आयोगको अध्यक्ष मन्त्रालय आउने कुरा भयो भने सचिव तल ग

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 522 पटक पढिएको
  • इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त

    काठमाडौं— इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् ।आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई यही चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो ।थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेको छ । उनले नेपालसहित भानुआतु, माल्दिभ्स, मलेसिया, संयुक्त अरब इमिरेट्स तथा साउदी अरबलगायत विभिन्न मुलुकका उच्चस्तरीय होटल, रिसोर्ट र क्यासिनोमा नेतृत्वदायी भूमिकामा रही काम गरेका छन् ।आइएमई हस्पिटालिटीमा आवद्ध हुनुअघि थापा सिद्धार्थ हस्पिटालिटी समूहमा प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत थिए । सो अवधिमा उनले ३० भन्दा बढी होटल, रिसोर्ट, क्या

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 549 पटक पढिएको
  • रास्वपाको अभिमुखीकरण कार्यक्रममा बालेन किन गएनन्? कारण यस्तो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय मर्यादा सिकाउन आफ्ना नवनिर्वाचित सांसदलाई अभिमुखीकरण तालिम दिइरहेको छ ।मंगलबारदेखि ललितपुरको ग्वार्कोस्थित होटेल रोयल ट्युलिपमा सुरु भएको अभिमुखीकरण आज समापन हुँदै छ ।हिजो रास्वपा उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले घण्टी बजाएर अभिमुखीकरणको शुभारम्भ गरेका थिए । मंगलबार कार्यक्रममा सहभागी नभएका पार्टी सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज उपस्थित भई सम्बोधन गर्ने बताइएको थियो । तर, कार्यक्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने उपस्थित नहुने भएका छन् ।“अस्वस्थ अवस्था र केही दिनपछि मानसिक

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 508 पटक पढिएको
  • फुटपाथ खाली गराउन मधेश प्रदेशका गृहमन्त्री आफैं आए सडकमा

    जनकपुर— जनकपुरधामको सडकपेटी खाली गराउन मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो आफैं ओर्लिएका छन् ।जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग वाणिज्यसंघ, धनुषा प्रहरी र ट्राफिक प्रहरी कार्यालय धनुषाको समन्वयमा गृहमन्त्री महतो बुधबार विहानैदेखि सडक खाली गराउँदै हिँडेका छन् ।पर्यटकीय नगरीको रुपमा विकास गर्ने लक्ष्यसहित मधेश प्रदेश सरकारले विभिन्न सरसफाई र शौन्दर्यीकरणका कामहरु अगाडि बढाउने प्रयासतहत गृहमन्त्री महतोले पहिलो चरणमा जनकपुरधामको मठमन्दिर क्षेत्रहरु खाली गराउने उद्येश्यका साथ आफूसहितको टोलीले आज फुटपाथमा व्यवसायी गर्दै आएकाहरुलाई अन्त सर्न अनुरोध गरेका जानकारी दिए ।उनले

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 485 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.