समाचार

    Showing 5,291-5,300 of 26,562 items.
  • अर्थमन्त्री भन्छन सरकारी वित्तीय संस्थामा सुधारका लागि नीतिगत स्पष्टता आवश्यक

    काठमाडौं— अर्थमन्त्री रामेश्वर खनालले सरकारी स्वामित्वका वित्तीय संस्थाहरूको अवस्था सुधार गर्न नीतिगत स्पष्टता आवश्यक रहेको बताएका छन्। नागरिक लगानी कोषको ३६ औँ वार्षिक उत्सव समारोहमा बोल्दै उनले विगतमा स्थापना गरिएका केही वित्तीय संस्थाहरूको अवस्था चिन्ताजनक रहेको उल्लेख गरे ।उनले भने, ‘नेपाल सरकारले स्थापना गरेका ग्रामीण विकास बैंकहरूमध्ये चारवटा बैंक कहाँ बिलाए भन्ने थाहा छैन । एउटा बैंक विभिन्न निकायसँग गाभिएर अहिले कमजोर अवस्थामा सञ्चालन भइरहेको छ ।’खनालले नेपालको इतिहासमा सरकारी स्वामित्वका वित्तीय संस्थाहरूलाई ३५ वर्ष नपुग्दै सरकारद्वारा उद्धार गर्नुपर्ने अवस्था आएको पनि औंल्याए । उनले

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 465 पटक पढिएको
  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    काठमाडौं— नेपाली बजारमा आज(बुधबार)सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज सुनको मूल्य प्रतितोला तीन लाख सात हजार ७०० रुपैयाँ कायम छ । मंगलबार प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँले घटेको छ । चाँदी तोलामा पाँच हजार १५० रुपैयाँ तोकिएको छ ।हिजो चाँदी प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो 

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 435 पटक पढिएको
  • कार्यसम्पादनमा उत्कृष्टता: बाजुराका प्रधानाध्यापक शुभराज पाध्याय प्रथम श्रेणीमा बढुवा

    बाजुरा— बडीमालिका नगरपालिका स्थित मालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक शुभराज पाध्याय कार्यसम्पादन मूल्याङ्कनका आधारमा गरिएको ७५ प्रतिशत शिक्षक बढुवा प्रक्रियाअन्तर्गत माध्यमिक तहबाट प्रथम श्रेणीमा बढुवा भएका छन् ।शिक्षा क्षेत्रप्रति समर्पित पाध्याय लामो समयदेखि विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको समग्र विकास तथा अनुशासित शैक्षिक वातावरण निर्माणमा सक्रिय रहँदै आएका छन् । उनको नेतृत्वमा विद्यालयले विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उल्लेखनीय प्रगति हासिल गरेको बताइएको छ ।कार्यसम्पादन मूल्याङ्कनका आधारमा भएको उक्त बढुवामा बाजुरा जिल्लाबाट प्रथम श्रेणीमा पाध्याय चयन हुनु

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 461 पटक पढिएको
  • मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

    काठमाडौं— कास्कीमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-८ जाल्पारोडस्थित विभिन्न खाजा घरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा आइतबार दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१४ चाउथे बस्ने भारत घर भएका २४ वर्षीय राधे श्याम शाह र पोखरा महानगरपालिका-१ बगर बस्ने बाग्लुङ काठेखोला गाउँपालिका-४ घर भएका २८ वर्षीय खेमु थापा रहेका छन् ।प्रारम्भिक अनुसन्धानको क्रममा विभिन्न प्रलोभन देखाई होटेलको काममा लगाई दिन्छु भनी पी

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 473 पटक पढिएको
  • इरानविरुद्ध अमेरिकी–इजरायली सैन्य कारबाही ‘राम्ररी अघि बढिरहेको छ’: ट्रम्प

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले सञ्चालन गरिरहेको सैन्य कारबाही “राम्ररी अघि बढिरहेको” बताएका छन् । उनले इरानलाई कुनै पनि हालतमा परमाणु हतियार प्राप्त गर्न नदिनुपर्ने चेतावनीसमेत दिएका छन् । मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै ट्रम्पले हालसम्मका आक्रमणबाट इरानलाई ठूलो क्षति पुगेको दाबी गरे । उनका अनुसार अहिलेको बमबारीबाट भएको क्षतिलाई पुनःनिर्माण गर्न इरानलाई कम्तीमा १० वर्ष लाग्नेछ । “हामीले राम्रो काम गरेका छौं । उनीहरू अहिले नै पछि हटे पनि क्षति पूर्ति गर्न दशक लाग्छ,” उनले भने ।ट्रम्पले भविष्यमा यस्तो अवस्था फेरि नदोहरियोस् भन्ने स

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 503 पटक पढिएको
  • टुँडिखेलको चउरमा सभा–समारोह र खेलकुदका कार्यक्रम गर्न महानगरको रोक

    काठमाडौं— काठमाडौं महानगरपालिकाले टुँडिखेलको चउरमा सभा–समारोह र खेलकुदका कार्यक्रम गर्न रोक लगाएको छ ।महानगरको सार्वजनिक निर्माण विभागले आज एक जरुरी सूचना जारी गर्दौ टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको दक्षिणतर्फको चउर) मा घाँसे मैदान निर्माण गर्ने भएको कार्यक्रम गर्न रोक लगाएको जनाएको हो ।महानगरले यही चैत ८ गतेदेखि निर्माण कार्य सुरु हुने जानकारी दिएको हो ।महानगरपालिकाको आर्थिक वर्ष २०८२-८३ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत यो स्थानमा घाँसे मैदान बनाउन लागिएको हो ।महानगरले निर्माण कार्य सुरु भएपछि यो क्षेत्रमा आयोजना हुने विभिन्न चाडपर्व, खेलकुद गतिविधि, सभा–समारोह तथा अन्य सार्वजनिक कार

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 439 पटक पढिएको
  • कैलालीमा वन्यजन्तुका अंग गायब प्रकरणः प्रहरी निरीक्षक भण्डारीसहित १३ जना जिल्ला तानिए, कारबाही प्रक्रिया अघि बढ्यो

    काठमाडौं— कैलालीमा वन्यजन्तुका अंग बरामद गरिएको घटनामा मुद्दा कमजोर बनाइएको आरोपमा प्रहरी निरीक्षक दानसिंह भण्डारीसहित १३ जना प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।प्रदेश प्रहरी कार्यालय धनगढीको निर्देशनमा ती सबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली तानिएको स्रोतले जनाएको छ । उनीहरूमाथि सोधपुछपछि थप कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ ।घटनासम्बन्धी विवरणअनुसार, गत साउन ९ गते गोदावरी नगरपालिका–८ बाट दुई भरुवा बन्दुक, चित्तलको सिङ र खुट्टासहित २३ वर्षीय चन्द्रबहादुर चौधरी र राजकुमार चौधरी पक्राउ परेका थिए । तर मुद्दा चलाउने क्रममा बरामद चित्तलको सिङ र खुट्टा विवरणबाट गायब पारिएको पाइ

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 484 पटक पढिएको
  • गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग उज्यालो पार्टीको माग

    काठमाडौं— उज्यालो नेपाल पार्टीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । पार्टीले बुधबार एक विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रमबारे सत्य तथ्य सार्वजनिक गर्न ढिलाइ हुनु लोकतान्त्रिक मूल्य विपरीत भएको जनाएको हो ।पार्टीका अनुसार उक्त आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक नगरिनु ‘दुःखद र चिन्ताजनक’ छ । प्रतिवेदन गोप्य राख्दा नागरिकमा अन्योल, शंका तथा राज्यप्रतिको अविश्वास बढ्ने चेतावनी दिँदै पार्टीले पीडित, घाइते र मृतकका परिवारले सत्य, न्याय र जबाफदेहिताको अपेक्षा गरिरहेको उल्लेख गरेको छ ।

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 443 पटक पढिएको
  • हावाहुरीले छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या

    टक्सार। हावाहुरीका कारण ब्यारेकको छाना उडाएपछि सशस्त्र प्रहरीलाई बस्न समस्या भएको छ । हावाहुरीले भोजपुर नगरपालिका–१२, कोटडाँडास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गुल्म हेडक्वाटरको ब्यारेकको छाना उडाएको हो । सोमबार रातिको हावाहुरीले ब्यारेकका छाना उडाएपछि बसोवासमा समस्या भएको गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिब्यराज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार हावाहुरीसँगै  वर्षात हुने भएकाले कार्यरत सुरक्षाकर्मीलाई सहज रुपमा बसोबासमा समस्या भएको हो ।हावाहुरीले भोजपुरमा भौतिक संरचनामा बढी क्षति पु¥याएको छ । जिल्लामा घरका छाना विद्यालयका छाना, स्वास्थ्य संस्था, रेडियोको टावर,

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 332 पटक पढिएको
  • देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

    देउखुरी। गए राति यहाँ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा त्यसका चालक गढवा गाउँपालिका–५ बाकीका ३६ वर्षीय भानु रिजालको मृत्यु भएको हो । ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    • प्रकाशित मितिः चैत ४, २०८२
    • 215 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.