समाचार

    Showing 5,321-5,330 of 26,563 items.
  • कहिले पुनःनिर्माण होला सडक विभागको ऐतिहासिक भवन ?

    काठमाडौं— गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमलस्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित बनेको छ ।आन्दोलनका क्रममा, संघीय संसद भवन, सिंहदरवार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत, शीतल निवासलगायतका संरचनामा आगजनी भएको थियो । राणाकालिन ऐतिहासिक र पुरातात्वीक महत्व बोकेका कतिपय भवन पूर्ण रुपमा क्षतविक्षत छन् । तर पुनःनिर्माणको कुनै तयारी भइसकेको छैन् ।सडक विभागको भवनका सन्दर्भमा सरकारले क्षतिको विवरण संकलन गरेपनि पुनःनिर्माणको अनुमानित लागतको कुनैपनि तथ्यांक निकालि नसकेको विभागका सहायक प्रवक्ता ई.शुभाञ्जन दाहालले जानकारी

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 519 पटक पढिएको
  • सांसदको तलब भत्ता नलिने र सवारी नचढ्ने रास्वपा सांसद सुदन गुरुङको उद्घोष

    काठमाडौं— रास्वपा सांसद सुधन गुरुङले सांसद भएपछि आफूले तलब भत्ता नलिने र सरकारी गाडी नचढ्ने उद्घोष गरेका छन्।आजदेखि सुरु भएको रास्वपाको सांसद प्रशिक्षण कार्यक्रममा सञ्चारकर्मीहरूसँगको संवादमा गुरुङले भने, “म तलब खादिनँ, सरकारी गाडी पनि चढ्दिनँ। मेरो आफ्नै गाडी छ र म आफैँ सक्षम छु।”उनको यस उद्घोषले पार्टी र आम जनसमुदायमा सरसल्लाह र चर्चा बढाएको छ।

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 544 पटक पढिएको
  • “हिँउ पग्लेर पानी हजूर” गीतबाट सन्तोषले जिते Best New Singer अवार्ड

    दार्चुला— जिल्लाको महाकाली नगरपालिका–१, मलेरामा जन्मिएका लोकप्रिय कलाकार सन्तोष लुहारले पहिलो पटक मुर्चुङ्गा म्युजिक अवार्ड २०८२ मा Best New Singer को अवार्ड प्राप्त गरेका छन्।उनी यो अवार्ड आफ्नो लोकप्रिय लोक दोहोरी गीत 'हिँउ पग्लेर पानी हजूर' बाट जित्न सफल भएका हुन्। अवार्ड प्राप्त गरेपछि सन्तोषले आफ्नो खुशी व्यक्त गर्दै सम्पूर्ण मुर्चुङ्गा म्युजिक परिवारलाई धन्यवाद दिएका छन्।सन्तोष लुहारले हालसम्म करिब एक दर्जनभन्दा बढी गीतमा आवाज भरेका छन्। उनका केही चर्चित गीतहरूमा नाचीं कन सूवा, ऐना टल्लकै, लोभ्याउने रूप रंग, घडी हातैमा, लाली जोबन, आज छोड्यौं मेरो साथ, र तिमीलाई मेरो शुभकामना समावेश छन्।ल

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 1,062 पटक पढिएको
  • त्रिभुवन विमानस्थलसहित विभिन्न स्थानबाट लागूऔषधसहित २० जना पक्राउ

    काठमाडौं— काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गाँजाजस्तो देखिने ३ किलो १६० ग्राम पदार्थसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरू बैङ्ककबाट नेपाल एअरलायन्सको विमानमार्फत आएका थिए र गएराति प्रहरीले नियन्त्रणमा लिएको हो।यसैबीच, देशका विभिन्न स्थानबाट ब्राउनसुगरसहित अन्य व्यक्तिहरू पनि पक्राउ परेका छन्। चन्द्रागिरि–२ नागढुङ्गाबाट एक जना, कञ्चनपुरको बेलौरी नगरपालिका र भीमदत्तनगरपालिकाका विभिन्न स्थानबाट सात जना, बर्दिया, धनगढी, रुपन्देही र पोखराबाट समेत गरी कुल १८ जना पक्राउ परेका प्रहरीले जनाएको छ।प्रहरीले लागूऔषध नियन्त्रणका लागि अभियानलाई तीव्र बनाएको र थप अनुसन्धान भइरहेको जना

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 510 पटक पढिएको
  • सुधन गुरुङ देखेर भक्कानिइन् जेनजी शहीद रसिककी आमा

    काठमाडौं— जेनजी आन्दोलनका शहीद रसिक खतिवडाकी आमा रचना खतिवडा सुधन गुरुङलाई भेट्दा भक्कानिएकी छन् । सुधनले उनलाई अंगालो हालेर सान्त्वना दिए ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज ललितपुरको ग्वार्कोमा आयोजना गरेको अभिमुखीकरणमा भेट भएका बेला सुधन र रचनाबीच भेट भएको थियो । रचनाले सायद आफूलाई सम्हाल्न सकिनन् अनि भक्कानिइन् ।भ्रष्टाचारको विरोध र सुशासनको माग गर्दै काठमाडौंबाट सुरु भएको जेनजी पुस्ताको आन्दोलनमा सुधन गुरुङ पनि सहभागी थिए । सोही आन्दोलनको क्रममा काभ्रेका २३ वर्षीय रसिक खतिवडालाई गोली लागेको थियो ।रसिककी आमा रचनालाई रास्वपाले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाएको छ । सुधन भने

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 482 पटक पढिएको
  • दार्चुलामा ४ म्याग्निच्युडको भूकम्प महसुस

    दार्चुला— दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार, बिहान १० बजेर १२ मिनेटमा दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।यसअघि, फागुन २२ गते बझाङको चैनपुर आसपास केन्द्रविन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।त्यसअघि, फागुन १५ गते ताप्लेजुङको तोप्केगोला आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।४ म्याग्निच्युडसम्मका धक्का खासै असरदार नहुने भूकम्पविद्को भनाइ छ ।

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 551 पटक पढिएको
  • सामान्य बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं— नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य बढेको छ ।मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५०० रुपैयामा कारोबार भएको थियो ।यस्तै, चाँदीको पनि मूल्य बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ । सोमबार प्रतितोला ५ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 439 पटक पढिएको
  • इनिशा बिक हत्या प्रकरणः फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी

    सुर्खेत— बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको हत्या प्रकरणमा जोडिएका अभियुक्तको बयान सकिएको प्रहरीले जनाएको छ ।विभिन्न कोणबाट अनुसन्धान भइरहेको उक्त घटनामा नाबालकहरूको बयान सकिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए । पक्राउ परेका एक नाबालकले दुई वर्षदेखि इनिशासंग प्रेम सम्बन्धमा रहेको बयान दिएका छन् ।उनले आफूहरूबिच शारीरिक सम्बन्ध भएको र रक्तश्राव भएपछि इनिशा बेहोस भएको बताएको ती अधिकृतले बताए ।‘इनिशा बेहोस भएपछि अस्पताल लैजान साथीहरूको सहयोग मागेको हो,’ अभियुक्तको बयान उदृत गर्दै ती अधिकृतले भने, ‘आफ्नो आग्रहमा अरू साथीहरू घटनास्थल आएका हुन् ।’सिसिटिभी फुटेजमा पनि बिहान

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 468 पटक पढिएको
  • अन्तर्राष्ट्रिय महिला महिनाको अवसरमा ५ किलोमिटर रमाइलो दौड आयोजना हुने

    काठमाडौं— हायर ग्राउन्ड नेपालले अन्तर्राष्ट्रिय महिला महिनाको अवसर पारेर वार्षिक ५ किलोमिटर ‘फन रन’ आयोजना गर्ने भएको छ । कार्यक्रम शनिबार, २१ मार्च २०२६ बिहान जावलाखेल फुटबल ग्राउन्डबाट आयोजना गर्ने भएको हो । आयोजकका अनुसार कार्यक्रममा २००० भन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ । कार्यक्रमको मुख्य उद्देश्य महिलाको सशक्तीकरण, लैङ्गिक समानता तथा सामुदायिक एकतालाई प्रवर्द्धन गर्नु रहेको छ । दौड मार्ग सबै उमेर समूहका लागि सहज र पहुँचयोग्य बनाइएको छ ।रमाइलो दौड मार्ग भनिमण्डल, ठाडोढुंगा, सानेपा खरिबोट, कार्यशाला भोजनालय, अरुण थापा चोक हुँदै सेन्ट मेरी र सेन्ट जेभियर्स विद्यालय क्षेत्र प

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 494 पटक पढिएको
  • ३ कम्पनी मर्ज भएर बनेको महाशक्तिले ६ महिनामा बेच्यो ४६ करोड रुपैयाँको सिमेन्ट

    काठमाडौं— महाशक्ति सिमेन्टले ६ महिनामा ४६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा करिब आधा अर्ब रुपैयाँको कारोबार गरेको हो ।कम्पनीले सन् २०२५ मा १ अर्ब २५ करोड ५० लाख रुपैयाँ, सन् २०२४ मा ९४ करो १० लाख रुपैयाँ र सन् २०२३ मा ९६ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीको व्यापार पछिल्लो दुई वर्षमा १४.२२ प्रतिशतले बढेको छ । कम्पनीको नाफा मार्जिन गत आवमा ३० प्रतिशत छ । कम्पनीको गत आवमा ११ करोड २० लाख रुपैयाँ कुल सञ्चय नगद रहेको जनाएको छ ।सन् २०२३ मा दर्ता भएको कम्पनी ३ वटा कम्पनी मर्ज भएको संस्था हो । महाशक्ति सिमेन्ट, गरिमा सिमेन्ट र एम जयपी स

    • प्रकाशित मितिः चैत ३, २०८२
    • 472 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.