समाचार

    Showing 5,401-5,410 of 24,530 items.
  • क्रिकेटर करण केसी र पत्रकार वर्षा बस्नेत इङ्गेज, औंठी साटासाटको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक

    काठमाडौं । नेपाली क्रिकेटर करण केसी र चलचित्र पत्रकार वर्षा बस्नेतले इङ्गेजमेन्ट गरेका छन्।अंग्रेजी नयाँ वर्षको अवसरमा दुवैले औंठी साटेका हुन्। उनीहरू लामो समयदेखि प्रेम सम्बन्धमा थिए। इङ्गेजमेन्टको तस्विर शुक्रबार दुवैले सामाजिक सञ्जालमा सेयर गरेका छन्।करण केसीले आफ्नो पोस्टमा तस्विरसँगै ‘फरेवर स्टार्स नाउ’ लेखेका छन् भने वर्षाले पनि लव इमोजी राख्दै आफ्नै खाताबाट तस्विर सेयर गरेकी छन्।करण–वर्षाको प्रेम कथा लामो समयदेखि चर्चामा रहँदै आएको थियो। यद्यपि उनीहरूले औपचारिक रूपमा स्वीकारोक्ति नगरेका थिए । उनीहरूको सम्बन्ध गोप्य रहन सकेको थिएन।इङ्गेजमेन्टपछि अब उनीहरूको प्रेम कथाले नयाँ मोड लिएको छ र

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 228 पटक पढिएको
  • लचकता अपनाएर जलविद्युत परियोजना अघि बढाउन प्रभावित क्षेत्रलाई मन्त्रीको आग्रह

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत आयोजना निर्माणका क्रममा स्थानीय समुदाय र आदिवासी जनजाति समुदायको अधिकार र मागलाई सम्मान गर्दै समाधानका उपाय खोज्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।शुक्रबार ललितपुरमा जलविद्युत विकास परियोजनाले आदिवासी जनजाति समुदायमा पारेको असर तथा समाधानबारे सरोकारवाला मन्त्रालय र समुदायबीचको उच्चस्तरीय छलफल कार्यक्रममा बोल्दै उनले जलविद्युत आयोजना निर्माणका क्रममा आदिवासी जनजाति समुदायको अधिकार र मागलाई सम्मान गर्ने बताएका हुन् ।मन्त्री घिसिङले तनहुँ हाइड्रोपावर परियोजना निर्माणको अनुभवको उदाहरण दिँदै भने, ‘जलविद्युत क्षेत्रमा धेरै चुनौतीहर

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 203 पटक पढिएको
  • फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छ : मन्त्री खरेल

    भरतपुर  । नेपाल सरकारका प्रबक्ता एबं सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेलले फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताएका छन् । भरतपुर बिमानस्थलमा आज पत्रकारहरुसंग कुराकानी गर्दै उनले जसरी पनि राम्रो, निष्पक्ष र धादली रहित ढङ्गबाट निर्वाचन हुने बताएका हुन् ।उनले निर्वाचन हुने महत्वपूर्ण आधार भनेको निर्वाचन आयोगको काम भएको बताए । उनले भने ‘आयोगले दुर्त गतिमा काम अघि वढाई रहेको छ । पछिल्लो आधार समानुपातीकको वन्द सूचिमा ६४ वटा भन्दा बढी दलहरुले वन्द सूचि वुझाई सकेका छन् ।’१० लाख बढी नयाँ मतदाता मतदाता नामावलीमा दर्ता भई सकेको अवस्था रहेको भन्दै उनले सुरक्षा निकायमा नयाँ नेतृत्व आई सकेर प्

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 223 पटक पढिएको
  • जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान

    त्रिशूली। नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, कविलास निवासी ९० वर्षीया मानकुमारी राईको अन्तिम आशा यही छ, ‘देशका लागि छोराले गरेको बलिदानीले सबैको राम्रो होस् ।’ कठेरीस्थित आफ्नै सन्तानका आठ–दश घरले भरिएको बस्तीको बीचमा भूकम्पपछिको सरकारी अनुदानमा निर्माण भएको सानो एककोठे घरमा उहाँको बसोबास छ । १५ सन्तान र ४१ नाति–नातिनाको अभिभावक भए पनि मानकुमारीको जीवन बाँच्ने सहारा भने कान्छा छोरा लच्छुमान नै हुनुहुन्थ्यो । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, राजनीति र अर्थतन्त्रमा देखिएको असमानता, अन्याय र अपारदर्शिताका विरुद्ध जेनेरेसन–जेड (जेनजी) युवाको आह्वानमा काठमाडौँमा भएको शान्तिपूर्ण प्रदर्शनमा ३९ वर

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 367 पटक पढिएको
  • काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र

    काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम भएका छन् । जसमध्ये एक लाख ६७ हजार ४९९ पुरुष, एक लाख ५९ हजार ११० महिला तथा अन्य दुई मतदाता रहेका छन् । काभ्रेपलाञ्चोकमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र कायम छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा १६ हजार ५४८ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा एक लाख ६१ हजार १०० मतदाता कायम भएका छन् । जसमध्ये पुरुष ८३ हजार ७७३, महिला ७७ हजार ३२६ र अन्य एक मतदाता रहेका छन् ।प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा एक लाख ६५ हजार ५११ मतदाता

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 300 पटक पढिएको
  • केन्द्रीय कार्यसम्पादन समिति बैठकका लागि सानेपा पुगे नेताहरू

    काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ। बैठकमा सहभागी हुन संस्थापन पक्षका नेताहरू पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन्।कांग्रेसमा नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने विषय अहिले पेचिलो बनेको छ। पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको बाटोमा अघि बढेको भन्दै वक्तव्य जारी गरेका थिए।यही विवाद समाधान गर्न पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यसम्पादन समिति बैठक बोलाएका हुन्। बैठकमा प्रवेश गर्दागर्दै खड्काले पार्टीको विवाद समाधान गर्ने गरी निर्णय आउने बताएका छन्। 

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 495 पटक पढिएको
  • जेनजीका माग अलपत्रै छाडेर चुनावी रट घातकः जेनजी युवा

    काठमाडौं— जेनजीका माग अलपत्रै छाडेर चुनावी रट घातक हुने जेनजी युवाहरुले ठहर गरेका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले आफूहरुका भावनालाई कुल्चे सह्य नहुने चेतावनीसमेत दिएका छन् ।जेनजी वीरेन्द्र शाहीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका मागहरुबारे सरकार बेखबरजस्तै बन्नु दुर्भाग्य भएको बताएका छन् । दिनदिनै नौजवान युवाहरु विदेशीनु, देशको आर्थिक अवस्था जरजर बन्नुको मुख्य कारक पूराना दलहरु भएको र उनीहरुको विकल्पमा नयाँ शक्ति खडा गर्नुपर्ने आवश्यकता रहेको बताए ।युवाहरुले स्वदेशमै भविष्य खोज्ने अवस्था नभएको बताउँदै शाहीले भने,‘किन हाम्रो श्रम विदेश जान्छ, किन हाम्रो मष्तिस्क स

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 490 पटक पढिएको
  • विद्युत् प्राधिकरणले ठूलो संख्यामा कर्मचारी माग्यो

    काठमाडौं— नेपाल विद्युत् प्राधिकरणले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरण प्रधान कार्यालयले आज सूचना जारी गर्दै विभिन्न पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न लागिएको जनाएको हो। दसौँ तहको सहनिर्देशक, आठौँ तहको निर्देशक, सातौँ तहको प्रशासकीय अधिकृत, चार्टर्ड एकाउन्टेन्ट, समाजशास्त्री, इन्जिनियर, वातावरणविद्, मिटर रिडरदेखि सुपरभाइजर सम्मका २६६ पदका लागि प्राधिकरणले दरखास्त आह्वान गरेको हो। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी माघ ८ गतेसम्म नेपाल विद्युत् प्राधिकरणको वेबसाइटमार्फत अनलाइन आवेदन  दिन सक्नेछन्। 

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 511 पटक पढिएको
  • बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित, राजमार्गमा सवारी चलाउन कठिन

    रौतहट— रौतहटको चन्द्रनिगाहपुर खण्डस्थित पूर्व–पश्चिम राजमार्ग लगायत जिल्लाका अधिकांश भू–भागमा आज बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बनेको छ ।हुस्सुले गर्दा भिजिबिलिटी (दृश्यता) कम भएपछि राजमार्गमा गुड्ने सवारी साधनहरू बत्ती बालेर ढिलो गतिमा गुड्न बाध्य छन् ।बाक्लो हुस्सु र कुहिरोका कारण सडकमा भिजिबिलिटी कम भई दुर्घटनाको जोखिम बढेपछि ट्राफिक प्रहरीले चालकहरूका लागि विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।हुस्सु लागेको बेला अगाडिको सडक प्रष्ट नदेखिने हुँदा सवारी साधन अत्यन्तै कम गतिमा चलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले बताए ।उ

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 507 पटक पढिएको
  • आलोपालो दिवा खाजा बनाउँदै भाग्योदयका अभिभावक

    स्याङ्जा— भीरकोट नगरपालिका–६ उजेलीडाँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयमा अभिभावकले आलोपालो विद्यालयमै उपस्थित भएर दिवा खाजा बनाउने गरेका छन्।नेपाल सरकारको दिवा खाजा कार्यक्रमअन्तर्गत बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई निःशुल्क खाजा उपलब्ध गराइँदै आएको छ। उक्त विद्यालयमा एक जना भान्सेले मात्रै सबै विद्यार्थीलाई खाजा बनाएर खुवाउन कठिन भएपछि अभिभावकले सहयोग गर्दै आएका हुन्।विद्यालयमा दिवा खाजा पकाउनका लागि छुट्टै चमेना गृह सञ्चालन गरिएको छ। विद्यालयका प्रधानाध्यापक रेशम खनालका अनुसार बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीका लागि छ बार छ प्रकारका खाना बनाइन्छ। “एक जना भान्सेले मा

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 493 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.