समाचार

    Showing 6,501-6,510 of 26,620 items.
  • आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ १९ गते सोमबार फागुन कृष्ण पक्षको प्रतिपदा तिथि । मेषः धन लाभ हुने दिन छ । स्वास्थ्य क्षेत्रको लगानीमा फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा साथीको साथ मिल्नेछ । सेवाको अवसर मिल्नेछ । गोपनीयता भंग गरेमा घाटा हुनेछ ।वृषः धार्मिक क्षेत्रको यात्रा तय हुने दिन छ । बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या पर्नेछ । सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुनेछ । शिक्षामा ढिलासुस्ती हुनेछ । व्यापारमा भने फाइदा हुनेछ ।मिथुनः साना कुराले मन अशान्त बन्नेछ । गणेशको सेवा गर्न सकेमा दिन सहज बन्नेछ । धार्मिक क्षेत्रको यात्रा तय हुनेछ । विज्ञसँगको भेटले मनमा ऊर्जा मिल्नेछ । परिवारमा सुखशान्

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 466 पटक पढिएको
  • पूर्वराजदूत डा.कार्की चुनावी मैदानमा : सात बुँदे प्रतिवद्धता पत्र लिएर मतदाता भेट्दै

    संखुवासभा— आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) का तर्फबाट संखुवासभाका उम्मेदवार पूर्वराजदूत डा.अर्जुन कार्कीले मतदाता एवम् कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन् ।हालै चैनपुरमा मतदातासँग भेटघाट गर्दै जिल्लाको विकासका लागि आफूले स्पष्ट खाका तयार गरेको र विगतमा भएका उपलब्धिहरुबारे मतदाताहरुलाई बुझाउन थालेको उनले बताए । उनले एमाले चैनपुर नगर कमिटीको निर्वाचन केन्द्रित विस्तारित बैठकबाट ५०१ सदस्यीय चुनाव परिचालन कमिटी गठन गरिएको पनि जानकारी दिए ।जिल्लामा अन्य राजनीतिक दलहरुले पनि शान्तिपूर्ण रुपमा चुनावी गतिविधि अगाडि बढाएको जानकारी दिंदै उनले जिल्लामा एमालेले आफ्नो विरासत कायम

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 436 पटक पढिएको
  • वीरेन्द्र सभागृहमा कोशी प्रदेशसभा सञ्चालन गर्न महानगर र प्रदेशसभा सचिवालयबीच सम्झौता

    विराटनगर— कोशी प्रदेशसभाको नियमित सञ्चालनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभा सचिवालयबीच वीरेन्द्र सभागृह प्रयोगसम्बन्धी करार सम्झौता भएको छ ।आइतबार विराटनगर महानगरपालिकामा आयोजित विशेष समारोहका बीच दुवै पक्षले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा सम्पन्न समारोहमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल र प्रदेशसभा सचिवालयका तर्फबाट प्रदेशसभा सचिव सुदर्शन खड्काले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताका साक्षीका रूपमा महानगर राजस्व महाशाखा प्रमुख सरोज गौतम र प्रदेशसभा उपसचिव अर्जुन घिमिर

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 523 पटक पढिएको
  • यस्तो छ, सोमबार विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ २५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३१ पैसा, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ०७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ८९ पैसा तोकिएको छ ।यस्तै, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९१

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 466 पटक पढिएको
  • आजको मौसम : हिमाली भू‍भागका केही स्थानमा हिमपात र वर्षाको सम्भावना

    काठमाडौं— मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।जसका कारण हाल तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको र केही स्थानमा हल्का हिमपात र वर्षा भइरहेको छ । साथै कोशी र मधेश प्रदेशमा आंशिक बादल पनि लागेको छ ।महाशाखाका अनुसार, आज तराई भूभागका केही स्थानहरूमा हुस्सु, कुहिरो रहनेछ । देशका हिमाली भू‍भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू‍भागका एकदुई स्थानमा हल्का हिमपात, वर्षाको सम्भावना रहेक

    • प्रकाशित मितिः माघ १९, २०८२
    • 471 पटक पढिएको
  • फागुन २१ को निर्वाचनका लागि १५ जिल्लामा मतपत्र तयारी पूरा

    काठमाडौं— प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगले मतपत्र छपाइको काम तीव्र बनाएको छ। आयोगका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ १५ जिल्लाका मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।हालसम्म १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा प्रयोग हुने प्रत्यक्षतर्फका मतपत्र छापिइसकेको आयोगले जनाएको छ । मतपत्र छपाइको काम भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको छ ।डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोट जिल्लाका मतपत्र पूर्ण रूपमा तयार भइसकेका छन्। त्यस्तै दैलेखका दुवै निर्वाचन क्षेत्र, सुर्खेतका क्षेत्र नं. १ र २, रुकुम पश्चिम, बाजुरा र अछामका क्षेत्र

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 489 पटक पढिएको
  • आजदेखि अपरान्ह ५ बजेसम्म सरकारी कार्यालय खुल्ने

    काठमाडौं— आजदेखि देशभरका सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् ।जाडो समयमा सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने प्रावधान अनुसार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुल्दै आएको सरकारी कार्यालय आजबाट ५ बजेसम्म खुल्ने भएको हो ।सरकारले कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालयको समय बिहान १० देखि अपराह्न ४ बजेसम्म तोक्दै आएको छ । तर १६ गते शहीद दिवसको बिदा र १७ गते शनिबार परेकाले आज १८ गते आइतबारदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने भएको हो ।

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 493 पटक पढिएको
  • नेप्से १९ अंकले घट्यो

     काठमाडौं— शेयर बजारमा पछिल्ला केही दिनदेखिको ओरालो यात्राले आइतवार पनि निरन्तरता पाएको छ । अघिल्लो साताको अन्तिम कारोवारको दिन बिहीवार १७ दशमलव ५३ अंकले घटेको नेप्से आइतवार पुनः १९ दशमलव ८५ अंकले घटेको हो ।यो गिरावटसंगै नेप्से ओर्लिएर २६९४ दशमलव २० अंकमा आइपुगेको छ भने कारोबार रकम पनि खुम्चिन पुगेको छ । गत हप्ता एकै दिन अधिकतम १६ अर्बसम्मको कारोबार भएकोमा आइतवार ९ अर्ब १० करोडमा खुम्चिएको छ। यो दिन कारोबारमा आएका २२९ वटा सेयरमध्ये २०१ वटाको मूल्य घट्दा ५० वटाको मात्रै बढेको छ ।त्यस्तै, नेप्से सूचक अधिकतम २७८८ अंकमा पुग्दा मूल्य बढेको सेयरहरुमा सूचक ओर्लिएसँग करेक्सनहरु देखा परेका छन् । आ

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 516 पटक पढिएको
  • नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष पौडेलसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं— नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।उदयपुर सिमेन्ट कम्पनीको महाप्रबन्धक हुँदा भ्रष्टाचार गरेको अभियोगमा पौडेलसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।आयोगले पौडेलविरुद्ध १२ करोड ४७ लाख २२ हजार २४२ रुपैयाँ ११ पैसा बिगो मागदाबी गरी बिगोबमोजिम जरिवाना, कैद सजाय मागदाबी गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।आयोगका अनुसार सोही अभियोगमा सिमेन्ट कम्पनीका तत्कालीन निमित्त महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन नायब महाप्रबन्धक महेशप्रसाद काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भ

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 519 पटक पढिएको
  • निर्वाचन आयोगमा २३ आचारसंहिता उल्लंघनका उजुरी दर्ता

    काठमाडौं— निर्वाचन आयोगले आचारसंहिता लागू गरेपछि हालसम्म २३ वटा उजुरी दर्ता भएका छन् । आयोगले २१ वटा उजुरीलाई लिएर सम्बन्धित व्यक्ती र संस्थालाई स्पष्टीकरण सोधिसकेको छ । आइतबार आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टराईले स्पष्टीकरण सोधिएका व्यक्ति र संस्थामध्ये १२ वटा जवाफ आइसकेको जानकारी दिए । सफाइको मौका नदिई कारबाही नगर्ने कानुनी प्रावधान भएकाले पहिला स्पष्टीकरण सोधिएको उनको भनाइ छ ।

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 520 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.