समाचार

    Showing 6,511-6,520 of 26,620 items.
  • डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायो सङ्घीय निर्वाचन सम्पादन समिति गठन

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्यालको संयोजत्वमा ५१ सदस्यीय सङ्घीय निर्वाचन सम्पादन समिति गठन गरेको छ ।सो पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीका अनुसार निर्वाचनलक्षित गतिविधिहरू सञ्चालन गर्न केन्द्रीय समितिको निर्णयानुसार समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा शङ्कर श्रेष्ठ रहेका छन् । पार्टीले प्रदेशगत आधारमा प्रदेश समन्वय सचिव तोक्नुका साथै केन्द्रीय रुपमा आन्तरिक समन्वय उपसमिति, प्रशासनिक  समन्वय उपसमिति र सञ्चार समन्वय उपसमिति पनि गठन गरेको छ ।

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 506 पटक पढिएको
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने

    काठमाडौं— दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुने भएको छ ।आइतबार प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठान र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।प्रतिष्ठानका निमित्त उपकुलपति प्रा.श्याम लम्साल र बीपी क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलबीच क्यान्सर उपचारको सेवा विस्तार गरी आवश्यक जनशक्ति आदानप्रदान गर्ने विषयमा सम्झौता भएको प्रतिष्ठान हो ।सो सम्झौता कार्यान्वयनमा आएपछि साविक राप्ती अञ्चल तथा पश्चिम नेपालका नागरिक लाभान्वित हुनुका साथै यस क्षेत्रमा सेवा विस्तारका लागि थप सहयोग पुग्ने प्रतिष्ठानको विश्वास छ ।

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 548 पटक पढिएको
  • पत्रकार सिटौलाको पार्थीव शरीरको पोस्टमार्टम गर्नुपर्ने प्रहरीको सुझाव

    काठमाडौं— उपचारका क्रममा आइतवार दिउँसो १२ः४५ बजे ग्राण्डी इन्टरनेशनल अस्पतालमा निधन भएका पत्रकार दिनेश सिटौलाको अन्त्येष्टि पूर्व पोस्टमार्टम गर्न प्रहरीले सुझाव दिएपछि परिवार छलफलमा जुटेको छ ।अस्पतालले ब्रेन ह्यामरेजका कारण मृत्यु भएको स्पष्ट गरिसकेको भए पनि प्रहरीले भविष्यमा कुनै कानुनी प्रक्रिया अघि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै पोस्टमार्टम आवश्यक पर्ने तर्क अघि सारेको हो ।ग्राण्डी अस्पतालमै पुगेका प्रहरी अधिकारीहरूले परिवारलाई पोस्टमार्टमको महत्वबारे बुझाएका थिए । डीएसपी नवराज पोखरेलले आवश्यक परेमा अनुसन्धान वा कानुनी प्रक्रियाका लागि पोस्टमार्टम रिपोर्ट आधार बन्ने भएकाले यसतर्फ ध्य

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 460 पटक पढिएको
  • चमार समुदायले धुमधामका साथ मनाउँदै संत रविदास जयन्ती दिवस

    जनकपुर— आज चमार समुदायले धुमधामका साथ संत रवि दास जयन्ती दिवस मनाइरहेका छन् । संत रवि दासको ६४९ औं जन्म जयन्तीको अवसरमा मधेश प्रदेश सरकारले आज प्रदेशभरि विदासमेत दिएको छ ।संत रविदासको जन्म जयन्ती नेपाल र भारतमा बसोबास गर्ने चमारमात्र नभई अन्य दलित, अल्पसंख्यक समुदायहरुले पनि मनाउने गरेको चमार कल्याण समाजको मधेश प्रदेश अध्यक्ष सुरेन्द्र रवि दासले जानकारी दिए ।उनका अनुसार आज नेपालको अन्य प्रदेशहरुमा बसोबास गर्ने चमार समुदायहरुले पनि विभिन्न कार्यक्रमहरु गरी संत रविदासको जन्म जयन्ती मनाइरहेका छन् ।को हुन संत रवि दास ?भारतीय भक्ति आन्दोलनका महान् सन्तहरूमध्ये संत रविदास एक अग्रणी व्यक्तित्व हुन् ।

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 536 पटक पढिएको
  • सिन्धुलीको भिमान चेकपोष्टमा ठूलो परिमाणमा लागुऔषध बरामद, एक जना पक्राउ

    रामेछाप— सिन्धुली प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको छ ।जिल्लाको कमलामाई नगरपालिका–९, भिमानस्थित चेकपोष्टमा नियमित सवारी जाँचका क्रममा शंकास्पद गतिविधि देखिएपछि गरिएको सूक्ष्म चेकजाँचबाट प्रतिबन्धित इन्जेक्सनहरू फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।शनिबार राति इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको ट्राफिकसहितको संयुक्त टोली तथा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दीबासको टोलीले सवारी साधन जाँच गरिरहेको थियो । सोही क्रममा जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको एक इभी हाईस भ्यानलाई रोकेर जाँच गर्दा लागुऔषधसहित एक जना पक्राउ परेका हुन्

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 560 पटक पढिएको
  • गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको स्पष्ट खाका कोर्नेछ: विनोद चौधरी

    बर्दघाट(नवलपरासी)— आम निर्वाचनको मिति नजिकिँदै जाँदा नवलपरासी (वसुप) क्षेत्र नं. १ मा नेपाली कांग्रेसले चुनावी अभियानलाई तीव्र बनाएको छ ।प्रतिनिधिसभा क्षेत्र नं. १ को चुनाव प्रचार–प्रसार समितिको कार्यालय, बर्दघाटमा आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा यस क्षेत्रका उम्मेदवार विनोद चौधरीले गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको स्पष्ट खाका कोर्ने दाबी गरे ।‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने मूल नारासहित भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरू, जिल्ला नेतृत्व र कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो । वक्ताहरूले कांग्रेस एक ढिक्का भएर अगाडि बढे जित सुनिश्चित हुने धारणा राख्दै

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 498 पटक पढिएको
  • उपचारकै क्रममा पत्रकार सिटौलाको निधन

    काठमाडौं— वरिष्ठ पत्रकार तथा चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष दिनेश सिटौलाको असामयिक निधन भएको छ। एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक प्रकार) का कारण गम्भीर अवस्थामा रहेका सिटौलालाई चिकित्सकले आज दिउँसो १२ः४५ बजे मृत घोषणा गरेका हुन्।अछाममा रहेका बेला अचानक बेहोस भई ढलेपछि उनलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याई ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो। उपचारकै क्रममा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ।४३ वर्षीय सिटौला अविवाहित थिए। उनका पिता, एक दिदी तथा दुई दाजुभाइ रहेका छन्। चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष सिटौलाले सयौं नेपाली चलचित्रहरूको प्रचार–प्रसारमा

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 544 पटक पढिएको
  • जेन–जी प्रदर्शनमा काठमाडौंबाट फरार कैदी गुल्मीमा पक्राउ

    गुल्मी— जेन–जी प्रदर्शनको मौकामा काठमाडौंबाट फरार रहेका एक कैदीलाई प्रहरीले गुल्मीबाट पक्राउ गरेको छ। जेन–जी प्रदर्शनका क्रममा कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका छत्रकोट गाउँपालिका–५ का ६५ वर्षीय मानबहादुर सर्तुङ्गेलाई जिल्ला सदरमुकाम तम्घासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।जबरजस्ती करणी मुद्दामा फरार रहेका सर्तुङ्गेलाई आइतबार तम्घास बसपार्कबाट पक्राउ गरेको हो। प्रहरी सहायक हवल्दार बासु मरासिनीसहितको टोलीले उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 546 पटक पढिएको
  • विद्युत् उत्पादनसँगै खपत र व्यापारका योजना आवश्यक: इप्पान अध्यक्ष कार्की

    काठमाडौं— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले विद्युत् उत्पादन बढ्दै गए पनि त्यसको खपत, व्यापार र निर्यातका स्पष्ट योजना राज्यसँग नदेखिएको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजना गरिएको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले विद्युत् उत्पादन मात्र पर्याप्त नहुने र खपत तथा निर्यातको रणनीति अनिवार्य रूपमा तय गर्नुपर्नेमा जोड दिए । उनले दलहरूले घोषणापत्रमार्फत उत्पादित विद्युत्को खपत, निर्यात र व्यापारसँग सम्बन्धित नीतिहरू सुधार गर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने र त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।“

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 548 पटक पढिएको
  • मधेसमा निर्वाचन सुरक्षाका लागि ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

    काठमाडौं— आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन मधेस प्रदेशभर तीन तहको कडा सुरक्षा व्यवस्था मिलाइएको छ। प्रदेशका आठ जिल्लामा रहेका २,१६० मतदानस्थलमध्ये ठूलो हिस्सा अति संवेदनशील सूचीमा राखी ड्रोन, सीसी क्यामेरा र विशेष रणनीतिसहित सुरक्षा परिचालन गरिएको छ।खुला सीमा, विगतका घटनाक्रम र सामाजिक–सांस्कृतिक अवस्थालाई ध्यानमा राख्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, म्यादी प्रहरी र नेपाली सेनासमेत गरी ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ। विशेषगरी सप्तरी, धनुषा, महोत्तरी लगायतका जिल्लामा सुरक्षा सतर्कता थप

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 551 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.