समाचार

    Showing 6,531-6,540 of 26,620 items.
  • कूटनीतिक सम्बन्धको ७० वर्षगाँठमा राष्ट्रपति पौडेल जापान जाँदै

    काठमाडौं— नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल आज आइतबार जापानको औपचारिक भ्रमणमा प्रस्थान गर्ने भएका छन्। जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेल आज राति ११ः३० बजे नेपाल एयरलाइन्सको उडान नम्बर ४३३ मार्फत जापान प्रस्थान गर्नेछन्। भ्रमण सम्पन्न गरी उनी माघ २१ गते अपराह्न ४ः३० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ।भ्रमणका क्रममा माघ १९ गते जापान सरकारले आयोजना गर्ने नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिक

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 502 पटक पढिएको
  • फागुन २१ को निर्वाचनका लागि १५ जिल्लामा मतपत्र तयारी पूरा

    काठमाडौं— प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगले मतपत्र छपाइको काम तीव्र बनाएको छ। आयोगका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ १५ जिल्लाका मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।हालसम्म १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा प्रयोग हुने प्रत्यक्षतर्फका मतपत्र छापिइसकेको आयोगले जनाएको छ । मतपत्र छपाइको काम भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा भइरहेको छ ।डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोट जिल्लाका मतपत्र पूर्ण रूपमा तयार भइसकेका छन्। त्यस्तै दैलेखका दुवै निर्वाचन क्षेत्र, सुर्खेतका क्षेत्र नं. १ र २, रुकुम पश्चिम, बाजुरा र अछामका क्षेत्र

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 480 पटक पढिएको
  • दोलखाका पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि जिरी नगरपालिकालाई

    काठमाडौं— च्यामा–काठमाडौं सेवा समाजद्वारा काठमाडौंमा आयोजित दोलखाका पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि जिरी नगरपालिकाले हात पारेको छ।काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–स्थित अमरसिंह चौरमा सम्पन्न फाइनल खेलमा तामाकोशी गाउँपालिकाको शुभारम्भ युवा क्लबलाई पराजित गर्दै जिरी नगरपालिकाको टोलीले उपाधि जितेको हो।त्यसैगरी प्रतियोगितामा मेलुङ गाउँपालिकाको टोली तेस्रो र कालिञ्चोक गाउँपालिकाको ‘ए’ टोलीले सान्त्वना स्थान हासिल गरेको खेल संयोजक भविन्द्र फुयाँलले जानकारी दिए ।समाजका अध्यक्ष विष्णु पोखरेलको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा पूर्व पर्यटनमन्त्री तथा नेक

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 463 पटक पढिएको
  • आज स्वस्थानी व्रत समापन, देशभर विधिपूर्वक पूजा–आराधना

    काठमाडौं— माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दु धर्मावलम्बीले घरघरमा सुरु गरेको स्वस्थानी व्रत आज मध्याह्नकालपछि पूजा गरी समाप्त गरिँदै छ ।पौष शुक्ल पूर्णिमादेखि नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्दै आएका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन्।सोही अवधिदेखि स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा वाचन तथा श्रवण गर्ने परम्परा पनि आज अन्त्य हुँदै छ।विधिपूर्वक एक महिने व्रत बसेका बर्तालुले आज १०८ जनै, १०८ सुपारी, १०८ पान,

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 489 पटक पढिएको
  • यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८७ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा तोकिएको छ ।राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५१ पैसा र बि

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 511 पटक पढिएको
  • कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा हिमपात र वर्षाको सम्भावना

    काठमाडौं— जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।जसका कारण हाल सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानहरूमा हुस्सु लागिरहेको छ । कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी हिमाली भू–भागमा आंशिक बादल लागिरहेको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ ।कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू‍–भागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 550 पटक पढिएको
  • आज २०८२ साल माघ १८ गते आइतबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ १८ गते आइतबार माघ शुक्ल पक्षको पूर्णिमा तिथि । मेषः बोली र व्यवहारमा एकरुपता देखाउनु उचित हुनेछ । साना कुराले मनमा झन्झट बढ्नेछ । शास्त्रको अध्ययन गरेमा दिन सहज बन्नेछ । धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ ।वृषः दिन सुखद् रहेको छ । आज व्यापारबाट लाभ हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । तपाईंको काममा विपक्षीलेसमेत साथ दिनेछन् । शिक्षाको क्षेत्रमा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ ।मिथुनः भाग्य राम्रो छ । थोरै लगानी गरे पनि आम्दानी राम्रो हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । अध्ययनमा जाँगर चल्नेछ । साथीभाइ र बन्धुसँगको सहकार्यले फाइदा मिल्नेछ । विदेशमा गरेक

    • प्रकाशित मितिः माघ १८, २०८२
    • 530 पटक पढिएको
  • चीनका सडकहरुमा गुड्न थाले चालकविहीन कार

    एजेन्सी— चीनका सडकहरुमा चालकविहीन अर्थात स्वचालित सवारी साधनहरु गुड्न थालेका छन् । विशेषगरी बेइजिङ र चोङकिङमा सडकमा यस्ता सवारी साधनहरु गुडिरहेका छन् ।चीनले चालकविहीन कारहरूलाई ठूलो मात्रामा उत्पादनमा ल्याउने प्रयास गरिरहेको पनि छ ।जनवरीमा, बेइजिङको एलथ्री पूर्ण विद्युतीय सेडानको पहिलो ब्याच राजमार्ग र एक्सप्रेसवेहरूमा ठूलो मात्रामा परीक्षणहरूमा परिक्रमा गर्न थालेको थियो ।चाङ्गान टेक्नोलोजीका इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम डिजाइन र विश्लेषणका उपप्रमुख इन्जिनियर लिउ युकिङका अनुसार यस्ता कारहरु क्रसिङ, ब्याकलाइट अवस्था, रातको समय, वर्षा र कुहिरो जस्ता चुनौतीपूर्ण परिदृश्यहरूमा बढी अनुकूलनशीलता र स

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 577 पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टीमा विभिन्न दलका नेता–कार्यकर्ता प्रवेश

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विभिन्न राजनीतिक दल परित्याग गरी नेता तथा कार्यकर्ताहरू प्रवेश गरेका छन् । शुक्रबार काठमाडौं महानगरपालिका–७ स्थित जोरपाटी नयाँ बस्तीमा आयोजित एक कार्यक्रममा उनीहरू रास्वपामा प्रवेश गरेका हुन् ।रास्वपाका उम्मेदवार राजु पाण्डेको उपस्थितिमा आयोजित कार्यक्रममा नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरिएको थियो । कार्यक्रममा बोल्दै पाण्डेले पुराना राजनीतिक अभ्यासबाट निराश भएका नागरिकहरू परिवर्तनको पक्षमा उभिएको बताए । उनले रास्वपाले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरे ।नवप्रवेशी नेता–कार्यकर्ताहरूले रा

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 569 पटक पढिएको
  • विप्लव भन्छन् लत्रिएर धेरै पर पुग्नुभयो, फर्कनुहोस प्रचण्डजी

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्र विक्रम चन्द विप्लवले कम्युनिष्ट आन्दोलनको सपनालाई पूरा गर्ने अठोट अझै रहेको बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित नेकपा माओवादीको पार्टी ध्रुवीकरण कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनको सपना पूरा गर्ने अठोट रहेको भन्दै आफू मरेर वा दुःख गरेर भएपनि नेपाली जनतालाई निराश हुन नदिने बताए ।उनले भने, ‘हामी जुन सपना देखेर कम्युनिष्ट आन्दोलनमा लाग्यौं, त्यसलाई पूरा गर्ने हामीसँग अठोट छ । मरेर वा दुःख गरेर भएपनि नेपाली जनतालाई निराश हुन नदिने हामीभित्र अठोट छ । कार्यकर्ताहरु जो अहिले लागि रहेका छन् उनीहरुको जीवन यही माटोमा खोज्ने हामीभित्र आकां

    • प्रकाशित मितिः माघ १६, २०८२
    • 544 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.