समाचार

    Showing 6,721-6,730 of 26,621 items.
  • जनता समाजवादी पार्टी नेपालको घोषणापत्र सार्वजनिक

    काठमाडौं— जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो आदर्श, दृष्टिकोण, राष्ट्रिय मुद्दा तथा मुख्य माग–प्रतिवद्धता सहितको विस्तृत घोषणापत्र सार्वजनिक गरेको छ ।पार्टीले स्वतन्त्रता, समानता, सामाजिक न्याय, समृद्धि र समाजवादलाई आफ्नो मूल आदर्शका रूपमा अघि सारेको छ । ‎घोषणापत्रमा वर्तमान शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा व्यापक सुधार गर्दै संविधान संशोधन अथवा पुनर्लेखनमार्फत मुलुकलाई राजनीतिक निकास दिनुपर्ने उल्लेख छ ।उच्चस्तरीय राज्य पुनर्संरचना आयोग, २०६८ को प्रतिवेदनका आधारमा १०ं१ मोडेलमा राज्य पुनर्संरचना गरी जातीय पहिचान झल्कने संघीय संरचना निर्म

    • प्रकाशित मितिः माघ १२, २०८२
    • 440 पटक पढिएको
  • मनाङमा प्रत्यक्षतर्फ तीन चिन्हमा मतदान हुने

    मनाङ— आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन चिह्नमा मतदान हुने भएको छ । नेपाली काँग्रेसको रुख, नेपाली कम्युनिष्ट पार्टीको रातो तारा र मङ्गोल नेशनल अर्गनाइजेसनको भाले चिन्हमा मतदान हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली काँग्रेसलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि तीन चिन्हमा मतदान हुने टुङ्गो लागेको मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले जानकारी दिए। “निर्वाचनका लागि पाँच दलबाट उम्मेदवारी परेकामा दुई दलले उम्मेदवारी फिर्ता लिएपछि मतपत्रमा तीन

    • प्रकाशित मितिः माघ १२, २०८२
    • 435 पटक पढिएको
  • सोमबारका लागि विदेशी मुद्राको विनिमय दर कति?

    काठमाडौं— नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०० रुपैयाँ ३२ पैसा र बिक्रीदर २०१ रुपैयाँ १४ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ २४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ १६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४२ पैसा र बिक्री

    • प्रकाशित मितिः माघ १२, २०८२
    • 478 पटक पढिएको
  • आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ १२ गते सोमबार माघ शुक्ल पक्षको अष्टमी तिथि । मेषः शिक्षामा गरेको मेहनतको फल मिल्नेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । बोली र व्यवहारमा एकरुपता देखाउन नसक्दा शनिदेवको प्रभाव पर्नसक्ने भएकाले बिहान धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ ।वृषः रोगको उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।मिथुनः आजको दिन तपाईको लागि शुभ छ । नयाँ कामको थालनी गर्दा फाइदा हुने देखिन्छ । तर बोली र व्यवहारमा एकरुपताको खाँचो छ । धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन

    • प्रकाशित मितिः माघ १२, २०८२
    • 535 पटक पढिएको
  • नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना छः संयोजक प्रचण्ड

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गरेका छन् । बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको बताए ।उनले पार्टीले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गरेपनि सबै पक्षलाई समेट्ने गरी प्रतिनिधि सभाका उम्मेदवार चयन गरिएको र समानुपातिक उम्मेदवार छनोटमा समेत विशेष ध्यान दिइएको स्पष्ट पारे । जनमत, कार्यक्षमता र छविलाई आधार बनाएर उम्मेदवार छनोट गरिएकाले नेकपाका उम्मेवारहरुले निर्वाचनमा नतिजा निकाल्ने विश्वास व्यक्त गरे ।संयोजक प्रचण्ड

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 553 पटक पढिएको
  • नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना छ- प्रचण्ड

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गरेका छन् ।बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको बताए । उनले पार्टीले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गरेपनि सबै पक्षलाई समेट्ने गरी प्रतिनिधि सभाका उम्मेदवार चयन गरिएको र समानुपातिक उम्मेदवार छनोटमा समेत विशेष ध्यान दिइएको स्पष्ट पारे । जनमत, कार्यक्षमता र छविलाई आधार बनाएर उम्मेदवार छनोट गरिएकाले नेकपाका उम्मेवारहरुले निर्वाचनमा नतिजा निकाल्ने विश्वास व्यक्त गरे ।प्रचण्डले जेन

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 213 पटक पढिएको
  • सुदूरपश्चिमको मतदान सकियो, चार सांसद अनुपस्थिति

    कैलाली— राष्ट्रियसभा सदस्यका लागि जारी निर्वाचनमा सुदूरपश्चिमको निर्वाचन सम्पन्न भएको छ । दुई सदस्यका लागि भएको निर्वाचनमा ४ जना सांसद अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहका १७३ र प्रदेशसभाका ५१ जना सांसद गरेर २२४ मतदाता रहेकोमा २२० मत खसेको छ । कांग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवा र राप्रपाकी सांसद खेमा विष्ट तथा धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र जानकी गाउँपालिकी उपाध्यक्ष लालमतीदेबी कठरिया मतदानमा सहभागी भएनन् । राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस र एमालेले गठबन्धन गरेका छन् भने गठबन्धनविरुद्व नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले उम्मेदवारी दिएको छ ।&nbs

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 545 पटक पढिएको
  • काठमाडौं महोत्सव माघ १४ देखि भृकुटीमण्डपमा आयोजना हुने

    काठमाडौं— नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा ‘काठमाडौं महोत्सव २०८२– ‘काठमाडौं बिजनेस एक्स्पो–२०२६’ माघ १४ देखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।काठमाडौं महानगरपालिकाको सहकार्य तथा राइजिङ नेपाल प्रालिको सह–आयोजनामा हुन लागेको महोत्सव स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको हो ।महोत्सवले काठमाडौं उपत्यकाको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई थप सुदृढ बनाउने आयोजकको विश्वास छ । आयोजकका अनुसार महोत्सवमा करिब दुईसय भन्दा बढी अत्याधुनिक तथा व्यवस्थित व्यावसायिक स्टलहरू रहन

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 571 पटक पढिएको
  • सामाजिक सञ्जालमा भ्रम छर्नेलाई कानूनी दायरामा ल्याउन आदेश कुर्नु पर्दैनः गृहमन्त्री

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालसहितको एक सरकारी टोलीले आइतबार नेपाल प्रहरीको साइबर ब्युरो र काठमाडौंको हनुमानढोकामा अवस्थित पुरानो काठमाडौं प्रहरी परिसरको जीर्ण भवनको स्थलगत अवलोकन गरेका छन् ।गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्की, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख तथा सहसचिव आनन्द काफ्लेसहितको टोलीले भोटाहिटीस्थित ब्युरो कार्यालय पुग्नु भई त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुको साथै सेवालाई थप प्रभावकारी बनाउन समेत निर्देशन दिए ।सो क्रममा, गृहमन्त्री अर्यालले आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गर्न साइबर

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 487 पटक पढिएको
  • अमेरिकी बजारमा नेपाली पर्यटनको प्रवर्द्धन गर्दै नेपाल पर्यटन बोर्ड र निजी कम्पनीहरु

    काठमाडौं— नेपाल पर्यटन बोर्ड र केहि निजी कम्पनीहरुले अमेरीकी बजारमा नेपाली पर्यटनको प्रवर्द्धन गरिरहेका छन् । बोर्डले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) सँगको समन्वयमा जनवरी २४–२५ मा न्यूयोर्कको ज्याकोब के. जाभिट्स कन्भेन्सन सेन्टरमा आयोजना हुने ट्राभल एण्ड एडभेन्चर शो न्यूयोर्क २०२६ मा भाग लिएको छ ।बोर्डका अनुसार यस सहभागिताको मुख्य उद्देश्य संयुक्त राज्य अमेरिकामा नेपालको दृश्यतालाई सुदृढ पार्नु हो । अमेरिका हाल नेपालको लागि दोस्रो ठूलो स्रोत बजार हो र यस कार्यक्रमले यात्रा व्यापार साझेदारहरू र सम्भावित यात्रुहरूसँग प्रत्यक्ष संलग्न हुने अवसर प्रदान गर्दछ ।नेपाल प्याभिलियन (बुथ नम्बर ५

    • प्रकाशित मितिः माघ ११, २०८२
    • 538 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.