समाचार

    Showing 6,741-6,750 of 24,589 items.
  • कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसीमा झरेनन् माथिल्लो मुस्ताङी

    मुस्ताङ। अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो । हिउँदयामको कात्तिकअगावै माथिल्लो मुस्ताङका अधिकांश नागरिक जाडो छल्न र घुम्ती व्यापार–व्यवसाय चलाउन बेँसीमा झर्दथे ।माथिल्लो मुस्ताङका अधिकांश नागरिक हिउँदयाममा जाडो छल्न र घुम्ती व्यवसाय चलाउन बेँसी झर्ने परम्परा सदिँयौदेखि चल्दै आइरहेको छ । नेपाल–चीन सीमावर्ती लोमान्थाङ र लोघेकर दामोदरकुुण्ड गाउँपालिकाका अधिकांश नागरिक बर्खे अन्नबाली घरमा भित्र्याएपछि बेँसी झर्थे । अत्यधिक चिसो सिरेटो चल्ने, हिमपातको जोखिमका साथै माथिल्लो मुस्ताङको दैनिक जनजीवन निकै कष्टकर हुन्थ्यो । अत्यधिक चिसोका कारण माथिल्लो मुस्ताङमा खा

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 289 पटक पढिएको
  • आज एनपीएलमा चितवन र काठमाडौं, कर्णाली र विराटनगर भिड्दै

    काठमाण्डौ  ।  राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन्।त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११:४५ चितवन राइनोज र काठमाडौं गोर्खाज तथा दोस्रो खेल अपराह्न ४:०० कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ।चितवन चार अंकका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौंले खेलमा दुई अंक मात्र बटुलेको छ। तीन खेलबाट दुई अंक जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ।अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अंक जोडेको छ। आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ।

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 389 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठामाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । 

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 333 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ६० पैसा र बिक्रीदर १४३ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ १६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८५ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४० पैसा, स्वीस फ्रयांक एकको खरिददर १७६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६३ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ०५ पैसा र बिक्रीदर ९३ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५२ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 251 पटक पढिएको
  • आज २०८२ साल मंसिर १२ गते शुक्रबारको राशिफल

    मेष - Aries(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आजको दिन अनुकूल रहनेछ। अवरोध हट्नेछन्, सहयोग प्राप्त हुनेछ, र व्यवसायिक क्षेत्रमा लाभ हुने संकेत छ। नयाँ योजनाहरू प्रारम्भ गर्ने अवसर जुर्न सक्छ।वृष - Taurus(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)स्वास्थ्यमा सुधार आउनेछ। रोकिएको धन प्राप्त हुने सम्भावना छ। मेहनतअनुरूप सफलता पाइनेछ, र परिवार तथा मित्रको सहयोगले आत्मबल उच्च रहनेछ।मिथुन - Gemini(का, कि, कु, घ, ङ, छ, के, को, ह)मिश्रित दिन रहनेछ। स्वास्थ्यसम्बन्धी समस्या देखिनसक्छ, जसले कार्यक्षमता प्रभावित पार्न सक्छ। यद्यपि ढिलाइ भए पनि व्यवसायिक क्षेत्रमा परिणाम लाभदायक रहनेछ।कर्कट - Cancer(हि, हु, हे, हो,

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • 461 पटक पढिएको
  • १९ करोड ८१ लाख भन्दा बढि बराबरको अभौतिक मुद्राको कारोबार गर्ने व्यक्ति पक्राउ

    काठमाण्डौ । १९ करोड ८१ लाख रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा २३ वर्षीय मोहम्मद सेफ पक्राउ परेका छन् ।मंसिर १० गते साँझ ६ बजे भद्रकालीमा केही मानिसले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबार गरिरहेको भन्दै सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले बारा कलैयाका डल्लुमा बस्ने सेफलाई नियन्त्रणमा लिएको हो । प्रहरीले क्रिप्टोकरेन्सी कारोबार गर्न प्रयोग भएको विभिन्न ब्राण्डको २ थान मोबाइल फोन बरामद गरेको छ । प्रारम्भिक अनुसन्धान गर्दा १९ करोड ८१ लाख रुपैयाँभन्दा बढी बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको देखिएको प्रहरीले बताएको छ । सेफउपर क्रिप्टोकरे

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 291 पटक पढिएको
  • राम मन्दिरबाट पुछारीको भार जानकी मन्दिर पठाइयो

    जनकपुर । जनकपुरधामको राम मन्दिरबाट जानकी मन्दिरमा पुछारीको भार पठाइएको छ ।साताव्यापी सीता राम विवाह महोत्सव अन्तर्गत जनकपुरधाममा सम्पन्न प्रतिकात्मक सीता राम विवाह सन्दर्भमा बिहीबार अयोध्याको प्रतिनिधित्व गर्ने राममन्दिरबाट वैवाहिक सम्बन्धको प्रगाढता एवम हर्ष स्वरुप जानकी मन्दिरमा माता सीतालाई पुछारीको भार पठाइएको छ । मिथिला संस्कृति अनुसार विवाह भएपछि ससुराली पक्षबाट आएको पुछारीको भारलाई जनमानसमा कोशेलीको रुपमा वितरण गर्ने परम्परा अनुरुप जानकी मन्दिरबाट पनि राम मन्दिरबाट पठाइएको कोशेलीहरु वितरण गरिने परम्परा रहेको छ ।पुछारीमा विभिन्न परिकार, मिठाई, दही, फलफूल एवम माता सीताका लागि वस्त्रह

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 260 पटक पढिएको
  • ठूलो परिमाणमा लागुऔषध ट्रामाडोलसहित अटो चालक पक्राउ

    मकवानपुर । जिल्लामा लागुऔषध रोकथाम तथा नियन्त्रण अभियानलाई कडाइका साथ अघि बढाउँदै आएको नेपाल प्रहरीले हेटौंडामा ठूलो परिमाणको ट्रामाडोल क्याप्सुलसहित एक अटो चालकलाई पक्राउ गरेको छ । पछिल्ला दिनमा मकवानपुरमा लागुऔषध कारोबार बढ्दै गएको पृष्ठभूमिमा प्रहरीले गरेको यो सफलताले अवैध कारोबारमा संलग्न समूहमाथि कडा दबाब परेको जनाइएको छ ।आज बिहान ११ः३० बजे, राप्तिरोड हुँदै थानाभरयाङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ह ०१२६८८ नम्बरको अटो प्रहरीले देख्नेबित्तिकै तीव्र गतिमा भाग्न खोजेपछि प्रहरी टोलीले पछ्याएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले अटोलाई पछ्याउँदै जाँदा हेटौंडा उपमहानगरपा

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 297 पटक पढिएको
  • हेटौंडामा चोरीको स्कुटरसहित एक जना पक्राउ

    मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर मन्दिरबाट चोरी गएको स्कुटरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। हेटौंडा–२ बस्ने ६० वर्षीय सुमनलाल श्रेष्ठको नाममा दर्ता भएको ना १८ प ५३३८ नम्बरको स्कुटर मिति २०८२।०८।०३ गते बिहान ५स्४० बजे चोरी भएको भनी परेको उजुरीपछि प्रहरीले खोजतलास सुरु गरेको थियो।अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटौंडा–९ बस्ने ३७ वर्षीय रितेश श्रेष्ठलाई सोही स्कुटरसहित फेला पारेर पक्राउ गरेको हो। उनलाई चोरी मुद्दामा म्याद अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (एसपी) सु

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 328 पटक पढिएको
  • कोशी प्रदेश प्रहरी प्रमुख बिनोद घिमिरेबाट पदभार ग्रहण

    विराटनगर   ।  कोशी प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरे कार्यालयमा हाजिर भई कार्यालयको पदभार ग्रहण गरेका छन।  नेपाल सरकार गृह मन्त्रालयको यही मंसिर ८ गतेको निर्णय अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भई हाजिर भएका प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले मंसिर ११ गते कार्यभार सम्हालेका छन।उनलाई प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, कोशी प्रदेश प्रहरी गण रान

    • प्रकाशित मितिः मंसिर ११, २०८२
    • 599 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.