समाचार

    Showing 7,061-7,070 of 26,629 items.
  • कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौं— मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ।यस्तै, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।यस्तै, आज राती भने तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू‍–भागमा मौसम मुख्यतया सफा रहनेछ

    • प्रकाशित मितिः माघ ३, २०८२
    • 545 पटक पढिएको
  • रास्वपाको केन्द्रीय समितिको बैठक भोली बस्ने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक भोली (आइतबार) बस्ने भएको छ ।बैठक पार्टी सभापतिको निर्देशनअनुसार भोली दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थली, काठमाडौंमा बस्न लागेको हो ।बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ । साथै, बैठकमा विविध विषयमा पनि छलफल गरिनेछ ।पार्टीले केन्द्रीय समितिका सबै सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध समेत गरिएको छ।

    • प्रकाशित मितिः माघ ३, २०८२
    • 558 पटक पढिएको
  • यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा निर्धारण छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्री

    • प्रकाशित मितिः माघ ३, २०८२
    • 475 पटक पढिएको
  • आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

    काठमाडौं— आज २०८२ साल माघ ३ गते शनिबार । माघ कृष्ण पक्षको चतुदर्शी तिथि । मेषः दिन सहज छ । सम्पत्ति खर्च भए पनि इज्जत बढ्नेछ । राज्यको अंगमा संलग्न भए बढुवा हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्रतिपक्षी भनिएका साथीको साथ मिल्ने भएकाले लगानीका क्षेत्रमा हिम्मत गर्नुपर्ने दिन छ । व्यापारमा फाइदा हुनेछ ।वृषः बन्धुसँगको सहकार्य सफल बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । विद्याको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । परिवारसँग सल्लाह गरेर अगाडि बढेमा दिन राम्रो बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।मिथुनः तपाईंकै बोलीले विवाद बढ्नेछ । साथीहरुको असहयोग हुने भएकाले थोरै बोल्नु आवश्यक छ । पूर

    • प्रकाशित मितिः माघ ३, २०८२
    • 507 पटक पढिएको
  • कांग्रेस विशेष महाधिवेशनबारे ओलीको प्रश्न : महाधिवेशन कसले बोलाउँछ, थिति होला नि त ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको विशेष महाधिवेशनबारे टिप्पणी गरेका छन् । शुक्रबार नेकपा एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले कसैले सडकबाट बहुमत पुर्याएँ भनेका भरमा हुन्छ र भन्दै प्रश्न गरे ।उनले भने, ‘नेपाली कांग्रेसले नियमित महाधिवेशन नगरेर विशेष महाधिवेशन किन गरेको ? चारपाँच वर्ष कति हो कार्यकाल, नियमित महाधिवेशनको मिति तोकिइसकेको थियो । बैठक कसले बोलाउने भन्ने पनि थिति होला नि ? बैठक कसले बोलाउँछ, महाधिवेशन कसले बोलाउँछ ? थिति होला नि त ? बहुमत र अल्पमतको टुंगो गर्ने पनि त थिति होला नि ! कसैले सडकमा बहुमत पुरयाएँ भनेर भनेका भरमा हुन्छ ।

    • प्रकाशित मितिः माघ २, २०८२
    • 262 पटक पढिएको
  • निर्वाचन आयोगलाई दबाब दिन गगन थापा समूह बहादुर भवन परिसरमा

    काठमाडौं— गगन थापा नेतृत्वको नेपाली कांग्रेस समूहले पार्टीको आधिकारिकताका विषयमा निर्वाचन आयोगसँग छलफल गर्दै दबाब बढाएको छ। शुक्रबार थापा समूह कान्तिपथस्थित बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालय पुगेको थियो। उनीहरूले आयोग परिसरमा धर्ना दिनुका साथै आयोगका पदाधिकारीसँग भेट गरी पार्टी विधानमा रहेको व्यवस्थाबारे स्पष्ट पारेका छन्। थापा समूहले विधानअनुसार आफूहरू नै वैधानिक नेतृत्व भएको दाबी गर्दै आयोगलाई यथाशीघ्र निर्णय लिन आग्रह गरेको छ।

    • प्रकाशित मितिः माघ २, २०८२
    • 525 पटक पढिएको
  • धनुषाको कुन निर्वाचन क्षेत्रमा कति उम्मेदवार ?

    जनकपुर । प्रतिनिधिसभा अन्तर्गतको निर्वाचनमा धनुषा जिल्लाबाट जम्मा मतदाता ५ लाख १४ हजार ५ सय ७१ जना रहेका छन् ।जनकपुरधाममा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना कार्यक्रममा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै धनुषा क्षेत्र नं.३ का निर्वाचन अधिकृत शुभाष राउत पुरीले धनुषा जिल्लाभरिका निर्वाचन क्षेत्रहरु बारे जानकारी गराएका छन् । उनका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा जिल्लामा ४ वटा निर्वाचन क्षेत्र रहेको छ ।क्षेत्र नं.१ को निर्वाचन कार्यालय धनुषाधाममा रहेको छ भने निर्वाचन अधिकृत मनोज बराल रहेका छन् । यस क्षेत्रमा कुल १ लाख २६ हजार ४० जना मतदाता रहेका छन् भने मतदानस्थल ८५ वटा रहेक

    • प्रकाशित मितिः माघ २, २०८२
    • 274 पटक पढिएको
  • कांग्रेस महामन्त्रीहरुलाई कारबाही गरिएको भन्ने कुरा नीतिगत छैनः शर्मा

    काठमाडौं— नेपाली काङ्ग्रेस विशेष महाधिवेशन पक्षधरका उपसभापति विश्वप्रकाश शर्माले विघटन भइसकेको केन्द्रीय कार्यसमितिले निवर्तमान महामन्त्रीहरुलाई कारबाही गर्ने भन्ने कुरा कुनैपनि दृष्टिले नीतिगत नभएको बताएका छन् ।निर्वाचन आयोग पुगेका उनले निर्वाचन आयुक्त अगाडि महामन्त्रीलाई कारबाही गरियो भनिएपनि दुवै जना महामन्त्री पदबाट निस्किसकेको भन्दै नेपाली काङ्ग्रेसको विशेष महाधिवेशनले पारित गरेको कार्यविधि कार्यान्वयन भइसकेपछि विघटित केन्द्रीय कार्यसमितिले निवर्तमान महामन्त्रीहरुलाई कारबाही गर्ने भन्ने कुरा नीतिगत नभएको बताए ।उनले भने, ‘हामीले विशेष महाधिवेशन आह्वान गर्ने बेला कारबाहीको कुरा नै आएको थिएन

    • प्रकाशित मितिः माघ २, २०८२
    • 517 पटक पढिएको
  • मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    मुगु— आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि जिल्ला अदालत मुगुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार स्थापना गरिएको छ । मुगु क्षेत्र नम्बर १ अन्तर्गत सञ्चालन हुने उक्त कार्यालय सदरमुकाम गमगढीस्थित जिल्ला अदालत परिसरभित्र रहनेगरी स्थापना गरिएको हो ।निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन प्रशासनले आवश्यक तयारी तीव्र पारेको मुख्य निर्वाचन अधिकृत माननीय जिल्ला न्यायाधीश निमबहादुर कुवरले जानकारी दिए ।उनका अनुसार जिल्लाभरि कुल ६७ वटा मतदान स्थल र ६९ वटा मतदान केन्द्र तोकिएका छन्, जसबाट मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न

    • प्रकाशित मितिः माघ २, २०८२
    • 544 पटक पढिएको
  • सरकारले पाँच महिनादेखि शहीद परिवारलाई यताउता कुदाइरहेको छः गणेश चौलागाईं

    काठमाडौं—  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि जेनजी आन्दोलनका क्रममा शहीद भएका परिवारका सदस्यहरुले धर्ना दिएका छन् ।शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय अगाडि जेनजी आन्दोलनमा ज्यान गुमाएका परिवारले धर्ना दिएका हुन् ।धर्नामा सहभागी १९ वर्षीय श्रीयम चौलागाईंका पिता गणेश चौलागाईंले सरकारले पाँच महिनादेखि शहीद परिवारलाई दुःख दिँदै यताउता कुदाइरहेको आरोप लगाए । उनले आन्दोलनका क्रममा उठाइएका मागहरू कागजी रूपमा स्वीकार गरिएको भए पनि व्यवहारमा कुनै पनि माग पूरा नभएको बताए ।‘हामीले उठाएका मुद्दाहरू कागजमै सीमित भएका छन्, तर कार्यान्वयन भएको छैन,’ उनले भने, ‘त्यसैले बाध्य भए

    • प्रकाशित मितिः माघ २, २०८२
    • 459 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.