समाचार

    Showing 8,371-8,380 of 26,648 items.
  • राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौंमा बोलाएको छ । पार्टीभित्रको आन्तरिक विवाद समाधान तथा महाधिवेशनबाट कार्यसमिति हस्तान्तरण गर्ने लगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरेको हो ।मुलुकको परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टिबारे पनि छलफल गरिने महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए।बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्ने तथा महामन्त्री डा धवलशम्शेर जबराले पार्ट

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 537 पटक पढिएको
  • दशरथ रंगशालामा जारी साफ क्लब महिला च्याम्पियनसिपः ट्रान्सपोर्ट युनाइटेड र इस्ट बंगालको आमनेसामने

    काठमाडौं— काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप–२०२५ जारी छ। प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडीज एफसी र भारतको इस्ट बंगाल एफसी एक–अर्काविरुद्ध प्रतिस्पर्धामा छन्।मौसम खुलेको कारण रंगशालाको माहोल झनै आकर्षक र रोमान्चक देखिएको छ। दर्शकहरूको उपस्थिति र उत्साहसहित खेलको वातावरण उत्साहजनक बनेको छ।साफ क्लब महिला च्याम्पियनसिपमा दक्षिण एसियाका विभिन्न क्लबहरूको सहभागिता रहेको छ र प्रतियोगिता काठमाडौंमा निरन्तर चलिरहेको छ।

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 589 पटक पढिएको
  • झापामा तीन वर्षमा ७५ जना एचआईभी संक्रमितको मृत्यु

    झापा— झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआईभी संक्रमितको मृत्यु भएको छ । जिल्लामा पछिल्लो तीन वर्षयता एचआईभी संक्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र आव २०८१/८२ मा ३५ जनाको मृत्यु भएको उनले बताए । 'उपचारमा आउने बिरामीमा औषधि नखाने दर शून्य झरेको छ,' उनले भने, 'तर, मृत्युदर भने बढेको छ ।' चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा २२ जना नयाँ एचआईभी संक्रमित फेला परेका छन् । नयाँ एचआईभी संक्रमितमध्ये चार जनाले दमक अस्पताल दमक र १८ जनाले मेची प्रादेशिक अस्पतालबाट नियमित ए

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 535 पटक पढिएको
  • ईश्वर पोखरेलको समूह अध्यक्ष ओलीलाई भेट्‌न गुण्डु जाँदै

    काठमाडौं— नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलपक्षका नेताहरू अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु जाँदै छन् । पोखरेलको नेतृत्वमा तयार पारिएको अवधारणापत्र बुझाउन उनीहरू केही बेरपछि ओली निवास जाने तयारी भएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।‘नेताहरूले तयार गर्नुभएको छ । हामी अध्यक्षज्यूको समय लिएर भेट्न जाँदै छौँ,’ पाण्डेले जानकारी दिए । स्थायी कमिटी सदस्य कर्ण थापाले अवधारणापत्रमा व्यक्तिवादी चरित्र हावी भएको भन्दै त्यसलाई अन्त्य गर्न सुझाव समेटिएको बताएका छन् । त्यस्तै, हरेक कमिटीमा सामूहिक लोकतान्त्रिक पद्धतिको नेतृत्वलाई आत्मसात् गर्नुपर्ने र व्यक्ति सर्वेसर्वा हुने

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 490 पटक पढिएको
  • भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते

    रसुवा— रसुवामा सोमबार बिहान भालुको आक्रमणमा परी दुई जना गम्भीर रूपमा घाइते भएका छन्। घाइतेमध्ये नौकुण्ड गाउँपालिका–५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल रहेको स्थानीय रामप्रसाद पौडेलले जानकारी दिए।पौडेलका अनुसार निजी जमिनमा घाँस काटिरहेको अवस्थामा लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलबाट आएको भालुले उनीहरूलाई आक्रमण गरेको हो। अचानक भएको आक्रमणले दुवैजनामा गम्भीर चोट लागेको बताइएको छ।आक्रमणपछि स्थानीयले तत्काल प्राथमिक उपचार गरेपछि थप उपचारका लागि दुवैलाई काठमाडौं पठाइएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 538 पटक पढिएको
  • एक दिने पशु स्वास्थ्य शिविरमा १४ सयभन्दा बढी पशुपंक्षीको उपचार

    बर्दिया— बारबर्दिया नगरपालिका–९, कतर्नियामा सञ्चालन एक दिने पशु स्वास्थ्य शिविरमा २०३ जना किसानका १,४३५ वटा पशुपंक्षीको उपचार गरिएको छ।शिविरमार्फत ५०३ वटा बाख्रा, ६५ वटा गाई–भैँसी, ४० वटा बंगुर र ८२७ वटा कुखुरा तथा हाँसको स्वास्थ्य जाँच तथा उपचार गरिएको पशुसेवा शाखाका प्रमुख दीपक राज थापाले जानकारी दिए। उनका अनुसार पशु स्वास्थ्य परीक्षणसँगै परजीवी नियन्त्रण, खोपलगायतका सेवा पनि प्रदान गरिएको थियो।किसानलाई घरदैलोमै सेवा पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको बारबर्दिया नगरप्रमुख छविलाल थारूले जानकारी दिए । उनले नगरपालिकाले स्थापना गरेका पशु उपचार केन्द्रमार्फत नियमित सेवा लिन किसानलाई आग्रह

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 577 पटक पढिएको
  • गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

    काठमाडौं— गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निर्गमन सम्बन्धी प्रस्तावसहित तेस्रो वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो ।कम्पनीको साधारणसभा आगामी मंसिर २९ गते बिहान ११ बजे मोरङ्ग, विराटनगरस्थित होटल एयरपोर्टमा हुनेछन् । सभा प्रयोजनका लागि कम्पनीले सोही दिन एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार मंसिर २८ गतेसम्म रहेका शेयरधनी मात्र सभामा सहभागी हुन योग्य हुनेछन् ।हाल ७५ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले सोही बराबर अर्थात् ७५ करोड रुपैयाँको हकप्रद शेयर निष्कासन गर्न

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 493 पटक पढिएको
  • अछाम र बझाङमा युवतीमाथि बलात्कार, दुई जना पक्राउ

    काठमाडौं— बझाङमा २८ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका–३ बस्ने २२ वर्षीय सुरज जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।सुरजले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बझाङ प्रहरीले जनाएको छ ।त्यस्तै, अछाममा १८ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ढकारी गाउँपालिका–२, बलातीबाडा कालिकास्थान बस्ने १९ वर्षीय पुष्प साउदलाई प्रहरीले पक्राउ गरेको छ ।साउदले जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा किटा

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 511 पटक पढिएको
  • टेम्केमैयुङका कृषि उत्पादनको काठमाडौंमा प्रदर्शनी

    काठमाडौं— टेम्केमैयुङ गाउँपालिकाले आफ्ना स्थानीय उत्पादनलाई देश–विदेशमा चिनाउने उद्देश्यसहित राजधानी काठमाडौंमा विशेष प्रदर्शनी आयोजना गरेको छ । स्थानीयस्तरमा उत्पादन हुने कृषि, खाद्य तथा परम्परागत सामग्रीको बजार विस्तार र वृद्धि गर्न बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा ‘टेम्केमैयुङ स्थानीय उत्पादन प्रदर्शनी’ राखिएको हो । गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार टेम्केमैयुङमा उत्पादन भइरहेका कृषि वस्तु, स्थानीय परिकारबारे राजधानीका उपभोक्ता, व्यापारी तथा सम्भावित लगानीकर्तालाई जानकारी गराउने मुख्य उद्देश्य रहेको छ । प्रर्दशनीमा फापरको पीठो, भटमासको किनिमा, मौरीको मह, कादोको पीठो, मकैको चाम

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 521 पटक पढिएको
  • श्रम संस्कृति पार्टीद्वारा मेयर हर्क साम्पाङको पञ्चेबाजासहित स्वागत

    धरान— श्रम संस्कृति पार्टीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको विशेष स्वागत गरेको छ। सोमबार पञ्चेबाजाको धुनसहित गरिएको स्वागत कार्यक्रममा पार्टीका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।मेयर साम्पाङ धरानको स्थानीय विकास, श्रम–उन्मुख अभियान र सामाजिक सरोकारका विषयमा सक्रिय भइरहेको भन्दै श्रम संस्कृति पार्टीले सम्मानस्वरूप स्वागत गरेको बताइएको छ।कार्यक्रममा सहभागीहरूले मेयर साम्पाङको नेतृत्वमा धरानको विकास गतिशील भएको जनाउँदै निरन्तर सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।स्वागत कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसहित मेयर साम्पाङलाई फूलमाला लगाइेर सम्मान गरिएको आयोजकले

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 544 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.