बर्दिया— बारबर्दिया नगरपालिका–९, कतर्नियामा सञ्चालन एक दिने पशु स्वास्थ्य शिविरमा २०३ जना किसानका १,४३५ वटा पशुपंक्षीको उपचार गरिएको छ।

शिविरमार्फत ५०३ वटा बाख्रा, ६५ वटा गाई–भैँसी, ४० वटा बंगुर र ८२७ वटा कुखुरा तथा हाँसको स्वास्थ्य जाँच तथा उपचार गरिएको पशुसेवा शाखाका प्रमुख दीपक राज थापाले जानकारी दिए। उनका अनुसार पशु स्वास्थ्य परीक्षणसँगै परजीवी नियन्त्रण, खोपलगायतका सेवा पनि प्रदान गरिएको थियो।

किसानलाई घरदैलोमै सेवा पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको बारबर्दिया नगरप्रमुख छविलाल थारूले जानकारी दिए । उनले नगरपालिकाले स्थापना गरेका पशु उपचार केन्द्रमार्फत नियमित सेवा लिन किसानलाई आग्रह समेत गरेका छन।

शिविर बारबर्दिया नगरपालिका र हेफर इन्टरनेशनलको आर्थिक सहकार्य तथा थारू महिला उत्थान केन्द्रको सहजीकरणमा सम्पन्न भएको थियो।