समाचार

    Showing 8,381-8,390 of 26,648 items.
  • चालक हत्या प्रकरणमा सात जना पक्राउ

    धरान— सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडकखण्डमा सिटी सफारी (रिक्सा) चालक दिनेशकुमार चौधरीलाई गोली हानी हत्या गरेको घटनामा संलग्न आरोपमा उनीहरु पक्राउ परेका हुन् ।पक्राउ पर्नेमा रामधुनी नगरपालिका–१ का ४३ वर्षीय राजकिशोर साह, रामधुनी–१ का ४० वर्षीय नन्दकिशोर साह, सप्तरीको राजविराज–१६ का २८ वर्षीय अङ्कित साह, २८ वर्षीय प्रिन्सकुमार दास, भोक्राहा नरसिंह गाउँपालिका–५ का ३४ वर्षीय मोहम्मद इब्रान मिया, देवानगञ्ज–४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगञ्ज–५ का २५ वर्षीय मिथिलेस यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 510 पटक पढिएको
  • इजरायली नागरिकलाई हातपात गरेको आरोपमा २ जना पक्राउ

    काठमाडौं— इजरायली नागरिक अरमोजा अलमोजलाई हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।गत मंसिर १५ गते राति कालधारा सडक खण्डमा अलमोजलाई हातपात गरेको आरोप उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-६ घर भएर स्वयम्भू बस्ने पेम्बा तामाङ र नुवाकोट ताँदी गाउँपालिका- ४ घर भएर स्वयम्भू बस्ने श्याम तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।उनीहरूविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको भट्टराईले जानकारी दिए ।

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 514 पटक पढिएको
  • गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीसहित २५ जनाको मृत्यु

    काठमाडौं— भारतको गोवास्थित नाइटक्लबमा आगलागी हुँदा चार नेपालीसहित २५ जनाको मृत्यु भएको छ । घटनामा मृत्यु हुने २० जना क्लबका कर्मचारी हुन् भने चार जना नेपाली रहेको द हिन्दुस्तान टाइम्सले जनाएको छ । समाचारअनुसार आगलागीमा परी मृत्यु हुने नेपालीहरूमा चुर्णबहादुर पुन, विवेक कटवाल तथा सविन र सुदीप छन् । उनीहरू नेपालका भनिए पनि ठेगाना खुलेको छैन । आगलागीमा ६ जना घाइते भएका छन् । अधिकारीका अनुसार शनिबार मध्यराति नाचगान भइरहेको बेला इलेक्ट्रोनिक फायरक्राकर चलाउँदा आगलागी भएको थियो । साँघुरो बाटोका कारण दमकल पुग्न नसक्दा आगो भयावह भएको थियो । नाइटक्लबमा आगलागी हुँदा कम्तिमा १०० जना डान्स फ्लोर

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 557 पटक पढिएको
  • थाइल्याण्डमा लुम्बिनी-नेपाल म्याराथन हुने

    काठमाडौं— गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर थाइल्याण्डमा लुम्बिनी–नेपाल मिनी म्याराथन आयोजना हुने भएको छ। विश्वशान्तिका अग्रदूत गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीलाई प्रचार प्रसार गर्ने लक्ष्यसहित आगामी वैशाखको तेस्रो हप्ता सो कार्यक्रम आयोजना गर्ने तयारी गरिएको नेपाली दूतावासले जनाएको छ। यो प्रतियोगितामा १० किलोमिटर तथा पाँच किलोमिटर दौड समावेश गरिनेछ ।नेपाली राजदूतावास, थाइल्याण्डमा सरोकारवाला संघ संस्थाको सहभागितामा आइतबार छलफल कार्यक्रम आयोजना गरेको थियो । सो  छलफलमा नेपाल एयरलाइन्स, गैर–आवासीय नेपाली संघ–थाइल्याण्ड  राष्ट्रिय समन्वय परिषद्, पिपुल अफ नेपाली ओरिजिन एशोस

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 534 पटक पढिएको
  • बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

    बागलुङ— बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ । जिल्लामा पहिचान र नियमित औषधि सेवन गर्ने २१५ सङ्क्रमितमध्ये १९ बालबालिका रहेको पाइएको छ । करिब १५ वर्षदेखि एचआइभी सङ्क्रमित भई औषधि सेवन गर्दै आएका बागलुङ नगरपालिका निवासी एक महिला समाजले सङ्क्रमितलाई हेर्ने दृष्टीकोण अझै परिवर्तन हुन नसकेको बताए । उनले आफूले खुलेर हिँड्न चाहे पनि समाजले आफ्नो परिवारलाई हेलाको भावले हेर्ने गरेकाले आफू जस्ता सङ्क्रमित खुल्न डराएको बताए। “आफू पो सङ्क्रमित भइयो, परिवार सबै राम्रो छ, छोरीले उच्च शिक्षा अध्ययन गर्छिन्, परिवार अरुको सरह नै छ, तर सङ्क्रमित भएको थाहा पाएपछि परिवार नै समाजबाट अपहे

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 525 पटक पढिएको
  • पोर्चुगल पठाइदिन्छु भनी २ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीको प्रलोभन देखाएर पोर्चुगल पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ असुली गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमाकञ्चनपुर बेदकोट–१० का २३ वर्षीय भिमबहादुर महर रहेका छन् । उनी हाल काठमाडौं महानगर–२६ मा बस्दै आएकोमा मंसिर १९ गते काठमाडौं महानगर–४ बाट पक्राउ परेका हुन्।पीडितले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले महरलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।प्रहरीका अनुसार आकर्षक तलबको आश्वासन दिँदै महरले एक व्यक्तिबाट २ लाख रुपैयाँ लिएको खुलेको छ।उनीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरीले उनलाई वैदेशिक रोजगार विभागम

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 500 पटक पढिएको
  • राष्ट बैंकले पेन्सन कोषमा रहेको ४ अर्ब रूपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने

    काठमाडौं— राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रिय बैंकले पेन्सन कोषमा रहेको ४ अर्ब ३५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो।राष्ट्र बैंकले यस निक्षेपमा ब्याजदर प्रस्ताव गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई मंसिर २३ गते राति ७ बजेसम्म को समय दिएर आह्वान गरेको छ।कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा ३ अर्ब ४८ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा ६५ करोड २५ लाख रुपैयाँ, र राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा २१ करोड ७५ लाख रुपैयाँ मुद्दति निक्षेपका रूपमा बाँडफाँड गर्ने योजना बनाएको छ।यो लगानी सन

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 565 पटक पढिएको
  • झोलुंगे पुलबाट खस्दा वृद्धाको ज्यान

    धनकुटा— धनकुटाको साँगुरीगढी गाउँपालिकामा रहेको लेउती खोलाको झोलुंगे पुलबाट लडेर एक वृद्ध महिलाको मृत्यु भएको छ।आइतबार साँझ पुल पार गर्ने क्रममा अचानक चिप्लिएर तल खोलामा खस्दा साँगुरीगढी–६ की ७८ वर्षीया बिस माया लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।घटना भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी टोली खटिएको थियो। साथै, थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय धनकुटाबाट पनि टोली पुगेको धनकुटाका प्रहरी नायब उपरिक्षक राजन कार्कीले बताए।प्रारम्भिक अनुसन्धान सकेर शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको र घटनाबारे थप अनुस

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 554 पटक पढिएको
  • उत्तरी गोरखाको रिपुम गुम्बामा आगलागी: तीन तले आवास जलेर नष्ट

    गोरखा— उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका– २ ल्होस्थित रिपुम बौद्ध गुम्बामा भिषण आगलागी भएको छ । गएराति भएको आगलागीमा गुम्बामा रहेको ५० वटा कोठा त्यहाँ भित्र रहेका भाडाँकुडा लत्ताकपडा र सबै फर्निचर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।उनका अनुसार आगोलागीबाट गुरुसहित ६० जना लामाहरु बस्ने तीन तले आवास भवन पूर्ण रुपमा जलेर नष्ट भएको र करोडौंको क्षति पुगेको अनुमान गरिएको उनले बताए।आगलागी कारण भने खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी चौकी सामागाउँ र लार्के प्रहरी चौकी नाम्रुङबाट प्रहरी पुगिसकेकाले स्थानीय, जनप्रतिनिधि र प्रहरीको संयुक्त उ

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 512 पटक पढिएको
  • आधा घण्टामै ‘ओभर सब्सक्राइभ’ रिलायन्सको आईपीओ

    काठमाडौँ । रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ निष्कासन भएको आधा घण्टा (साढे १० बजेसम्म) मै ‘ओभर सब्सक्राइभ’ भएको छ । कम्पनीले आज (सोमबार) देखि वैदेशिक रोजगारीमा गएकाहरूको लागि १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गरेको थियो ।कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्टाएको ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत कित्ता सेयर निष्कासन गरेको छ । आईपीओ निष्कासन भएको एक घण्टामै १ लाख १८ हजार ३४० कित्ताको लागि आवेदन परेको कम्पनीले जनाएको छ ।विभिन्न ३६ बैंकबाट १ हजार ९७० लगानीकर्ताले आवेदन दिएका छन् । वैदेशिक रोजगारीमा गएकाहरूको लागि मङ्सिर २५ (बिहीबार) सम्म आवेदन दिन सक्नेछन् ।

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 391 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.