समाज

    Showing 10,841-10,850 of 11,095 items.
  • म्याग्दीका ४७ सामुदायिक वनमा आगलागी : बाह्र सय हेक्टर वन क्षेत्रमा क्षति

    गलेश्वर / यस वर्षको वसन्तयाम शुरु भएसँगै हिमाली जिल्ला म्याग्दीका छ वटा स्थानीय तहका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ । वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रूखबिरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपक्षी र अन्य वन पैदावार नष्ट भएका छन् । म्याग्दीमा हावाहुरीको मौसम शुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् । सामुदायिक वनमा १० हेक्टरदेखि १५० हेक्टर क्षेत्रफलमा आगलागीले क्षति पुगेको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाउँछ ।केही दिनअघि मात्र बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारा सामुदायिक वनको ६५ हे

    • प्रकाशित मितिः चैत २५, २०७७
    • 119 पटक पढिएको
  • जुवा खेलिरहेका ९ जनालाई कौडा सहित पक्राउ

    दमक / प्रहरीले झापाको  गौरादह नगरपालिका ३ का भक्त बहादुर बर्देवाको घरबाट जुवा खेलिरहेका ९ जनालाई कौडा र नगद सहित पक्राउ गरेको छ । सोमबार राती साढे १० बजे बिशेष सुचनाको आधारमा प्रहरीले घर धनि बर्देवा सहित गौरादह २ का ३२ बर्षीय निर्मल थापा, गौरादह ३ का ३५ बर्षीय अंकित कार्की, सोही स्थानका ३८ बर्षीय सुरेश भण्डारी, गौरादह ४ का ३६ बर्षीय मोहन खरेल, कनकाई ३ का ४० बर्षीय राम प्रसाद खतिवडा, सोही स्थानका ४२ बर्षीय ईश्वर खतिवडा, कन्काई ७ का ४६ बर्षीय बिष्णु प्रसाद उप्रेती र दमक ७ का ३८ बर्षीय निर बहादुर सुनुवारलाई पक्राउ गरेको हो । उनिहरुलाई जुवा खेलीरहेको अवस्थामा १६ थान कौडा, कौडामा प्रयोग हुने प

    • प्रकाशित मितिः चैत २४, २०७७
    • 134 पटक पढिएको
  • बन्दीपुरलाई साहसिक पर्यटकीयस्थल बनाउन पहल

    बन्दीपुर / पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा पर्यटन र पूर्वाधारयुक्त केबुलकार परियोजना निर्माण अगाडि बढेको छ । बन्दीपुर केबुलकार एण्ड टुरिजमले शुरु गरेको करिब रु दुई अर्ब लागतको पर्यटकीय अवधारणाले गाउँ छाडेका सबै स्थानीयवासी गाउँ फर्किने र नयाँ व्यवसायमा अगाडि बढ्ने क्रम बढिरहेको छ । बन्दीपुर गाउँपालिकाको सहजीकरणको कारण यस क्षेत्रमा लगानीको माहोल बनेको लगानीकर्ता बताउँछन् । बन्दीपुरको मिनी ग्रेटवाल, साइकल लेन, जङ्गल सफारीका पूर्वाधारमा सो केबुलकारले थप प्रवद्र्धनको योजना बनाएपछि यो क्षेत्र साहसिक पर्यटकीयस्थलको रुपमा विकसित हुने सो केबुलकारका अध्यक्ष रामचन्द्र शर्माले बताएका छन् ।सा

    • प्रकाशित मितिः चैत २४, २०७७
    • 102 पटक पढिएको
  • सतिप्रथा अन्त्यका लागि योगमायाको ठूलो योगदान : प्रदेश प्रमुख अधिकारी

    मोरङ / प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले योगमायाले राणा शासनकालमा सतिप्रथा अन्त्यका लागि गरेको योगदान स्मरणीय रहेको बताएका छन् । मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाट नाटकघरमा सोमबार ‘योगमाया’ नाटक अवलोकन गरेपछि उनले दुर्गम भोजपुरजस्तो पहाडी भूभागमा रहेर सतिप्रथा एवं जहानियाँ राणा शासन अन्त्यमा उनको ठूलो योगदान रहेको चर्चा गरेका छन् ।प्रमुख अधिकारीले ६८ महिलालाई आफूसहित अरुण नदीमा फाल हान्न लगाउने योगमायाको साहसिक कार्यबाट मुलुकमा महिला सङ्गठन निर्माण भएको स्मरण गरे । उनले आशीर्वाद थाप्ने त्यो समयमा विद्रोह गर्नु ठूलो साहस रहेको चर्चा गर्दै महिलाले परिवर्तनका लागि लड्नु

    • प्रकाशित मितिः चैत २४, २०७७
    • 109 पटक पढिएको
  • बर्माका नागरिकको जीवन रक्षा गर्न माग

    काठमाडौँ / म्यानमार (बर्मा) का नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र बहालीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन एवं दबाबका कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।  सन् २०२१ को फेबु्रवरी १ मा बर्मेली सेनाले कू गरेपछि लोकतन्त्र बहालीका लागि भइरहेको आन्दोलनमा त्यहाँको सेनाले निरन्तर दमन गर्दै आएको समाजले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   बर्मामा भइरहेको दमन र हत्याको शान्ति समाजले निरन्तर विरोध गर्दै आएको छ । यही चैत २५ गते साँझ ६ः३० बजेदेखि ७ बजेसम्म बौद्धनाथ महाचैत्य अगाडि मुखमा कालोपट्टी बाँधी हातमा मैनवत्ती लिएर प्रदर्शन गर्ने कार्यक्रम रहेको महासचिव रामक

    • प्रकाशित मितिः चैत २३, २०७७
    • 112 पटक पढिएको
  • गुराँस टिप्नेलाई पाँच हजार जरिवाना

    म्याग्दी / अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ । समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले अनुरोधलाई अटेर गरेर गुराँस टिप्नेलाई रु पाँच हजार जरिवाना तिराउने निर्णय भएको जानकारी दिए । “गुराँसको फूल टिप्ने क्रममा हाँगा भाँच्दा रुख मासिने खतरा बढेको छ”, उहाँले भन्नुभयो “राष्ट्रिय फूल गुराँस संरक्षणका लागि यस्तो निर्णय गरिएको हो ।” गुराँसको फूल नपाक्दै टिपिदिदाँ त्यसको बिउ भुइमा झर्ने र नयाँ बिरुवा पलाउन नपाउने सम

    • प्रकाशित मितिः चैत २३, २०७७
    • 112 पटक पढिएको
  • मेशिन चोरीको आरोपमा कुटपिटबाट एकको मृत्यु

    भक्तपुर / पानी तान्ने मेशिन चोरी गर्न लागेको भन्दै स्थानियवासीको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोक कुसादेवी बस्ने अन्दाजी ३० वर्षीय कृष्ण गुरुङ रहेका छन् । भक्तपुर अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन् । चाँगुनारायण नगरपािलका–२ बर्खेपाटीमा स्थानीय बासिन्दाले शनिबार राति पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा फेला परेको भन्दै कुटपिटबाट घाइते भएका गुरुङको आइतबार मृत्यु भएको बताइएको छ । प्रहरीले स्थानीय विनोद लाखाको घर नजिकै रहेको च्याउखेतीमा लगाउन बनाइएको सानो पानी जम्मा भएको पो

    • प्रकाशित मितिः चैत २३, २०७७
    • 123 पटक पढिएको
  • गाउँले होटलका संचालक निरौला मृत फेला

    विर्तामोड / झापाको विर्तामोडस्थित गाउँले होटलका सञ्चालक तिलक निरौला चारआलीको जंगलमा मृत फेला परेका छन्।निरौला मोटरसाइकल सहित २ दिनअघि बेपत्ता भएका थिए। मे ९ प २२०९ नम्बरको साइन मोटरसाइकलसहित निरौला बेपत्ता भएपछि परिवारले सामाजिक सञ्जालमार्फत उनी हराएको सूचना सार्वजनिक गरेका थिए ।विर्तामोड–५ बस्ने निरौलाको शव जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) राकेश थापाले जानकारी दिए।निरौलाको शव जंगलभित्र रहेको र हत्या भए र नभएको बारेमा अनुसन्धान गर्न प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।डिएसपी थापाका अनुसार प्रहरीले थप अनुसान्धानका लागि प्

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 875 पटक पढिएको
  • कञ्चनपुरमा पहिलोपटक व्यावसायिक ड्रागनखेती

    कञ्चनपुर / जिल्लामै पहिलोपटक भीमदत्त नगरपालिका–९ मटैनामा दुई करोड रुपैयाँको लागतमा व्यावसायिक ड्रागन खेती गरिएको छ । पूर्व वन अधिकृत रमेशबहादुर चन्द र सञ्चार उद्यमी ज्ञानेन्द्र महताको संयुक्त साझेदारीमा वेष्टर्नमल्टी एग्रिकल्चर एण्ड रिर्सच सेन्टर प्रालि दर्ता गरी व्यावसायिकरूपमा ड्रागनखेती गरिएको हो ।“प्रतिबिघा प्रतिवर्ष ३५ हजार तिर्ने सम्झौता गरी १० वर्षका लागि जग्गा भाडामा लिएर ड्रागनखेती गरेका छौँ”, सञ्चार उद्यमी महताले भने, “विदेशबाट ड्रागनको बीउ ल्याएर खेती गरेका हौँ ।” छ बिघा जग्गामा ३० हजार बिरुवा रोपिएका छन् । ड्रागनका बिरुवा एक पोलमा चारवटाका दरले रोपिएको छ । बन्दाबन्दीका बेला के

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 106 पटक पढिएको
  • ट्याक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु

    मोरङ / बिराटनगर–१४ का २५ बर्षीय कामेश्वर कामतको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ । आज बिहान साढे ८ बजे बिराटनगर १४ स्थितमा को २ त २७३४ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा सह चालक समेत रहेका कामतलाई सोही ट्याक्टरले किच्दा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 113 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.