समाज

    Showing 10,981-10,990 of 11,095 items.
  • मदिरा सहित एक भारतिय पक्राउ

    मोरङ  / भारत मटियारी ग्राम पंचायतका ३२ बर्षीय शिव लाल रायलाई बिभिन्न ब्राण्डका सिलप्याक मदिरा सहित पक्राउ गरिएको छ । ठुलो परीणामको मदिरा नेपालबाट भारत तर्फ चोरी निकाशी हुन लागेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गत राती साढे १ बजे मोरङको जहदा –१ लंकाटोल स्थित रमेश यादवको घरबाट भण्डारण गरिएको मदिरा उंमग लेखिएको ३०० मिली ग्रामको ५७ काटुन, पलपल लेखिएको ३०० मिली ग्रामको ४० काटुन, सोफीका लेखिएको ३०० मिली ग्रामको ३७ काटुन, हरपल लेखिएको ३०० मिली ग्रामको एक सय ५२ काटुन र तीन सय मिलीग्रामको खुल्ला एक हजार नौ सय ९५ बोतल मदिरा बरामद गरेको हो । 

    • प्रकाशित मितिः चैत २, २०७७
    • 110 पटक पढिएको
  • रुखबाट लडेर एकको मृत्यु

    खोटाङ / खोटाङमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –३ बाम्राङ बस्ने ४२ बर्षीया उर्मिला थापा रहेकी छिन्। आईतबार बेलुका घर नजिकै बारीमा दुधिलोको  घाँस झार्ने क्रममा रूखबाट लडी घाईते भएकी थापाको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा बेलुका पौने ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २, २०७७
    • 99 पटक पढिएको
  • ढोरपाटन शिकार आरक्षको जमिन अतिक्रमण

    गलकोट / नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्षको संरक्षणमा चुनौती थपिँदै गएको छ । आरक्षणमा नेपाली सेनाको उपस्थिति पछि चोरी शिकारीमा उल्लेख्य कमी आए पनि जग्गा अतिक्रमण भने रोकिएको छैन । ढोरपाटन शिकार आरक्ष कार्यालयले आरक्षको १८५ हेक्टर जमिन अतिक्रमण भएको जनाएको छ । कार्यालयले निकालेको वार्षिक प्रतिवेदन २०७६/०७७ मा शिकार आरक्षको विभिन्न ३४ स्थानमा करिब १८५ हेक्टर जमिन अतिक्रमण भएको उल्लेख छ । अतिक्रमित जग्गामा ३ सय ११ घरधुरी रहेको आरक्षले जनाएको छ । कार्यालयले बेलाबेलामा स्थानीयवासीलाई भेला गराई अतिक्रमण नगर्नका लागि आग्रहसमेत गर्दै आएको छ । आरक्षका अनुसार केही वर्षअघि ढोरपाटनको पा

    • प्रकाशित मितिः चैत २, २०७७
    • 103 पटक पढिएको
  • अपडेट : विष्फोट स्थलमा गोइत समूहको पर्चा फेला

    सिरहा  / सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बिष्फोटमा जयकृष्ण गोइत नेतृत्वको भुमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ । च्यातिएको अवस्थामा गोइत समूहको पर्चा फेला परेको प्रहरीले जनाएको छ ।बम विस्फोटमा ७ जना घाइते भएका छन् । जसमध्ये कार्यालका नायब सुब्बा ३८ वर्षीय शिवकुमार यादव र धनगढीमाई नगरपालिका–४ घर भएका सेवाग्राही ३० वर्षीय दिनेशकुमार भण्डारीको अवस्था गम्भीर छ ।मालपोत कार्यालयको पहिलो तल्लामा रहेको मोठ शाखामा विस्फोट भएको थियो । अपरिचित व्यक्तिले झोलामा बम ल्याएर कुर्सीमुनि राखेको र विस्फोट भएपछि सेवाग्राहीसहित ७ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये

    • प्रकाशित मितिः चैत १, २०७७
    • 101 पटक पढिएको
  • लहानको मालपोत कार्यालयमा बम विस्फोट, सात घाइते

    सिरहा /  सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ । आइतबार दिउँसो भएको विष्फोटमा परी सात जना घाइते भएको र घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।घाइते हुनेमा केही कर्मचारी र सेवाग्राही रहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । घाइते ४ जनाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा र ३ जनाको सप्तऋषि अस्पतालमा उपचार भइरहेको बताइएको छ ।विष्फोटका कारण भएको आगलागीमा कार्यालयका महत्वपूर्ण कागजात जलेर नस्ट भएको प्रहरीले जनाएको छ । बिस्फोट पछि भएको आगजनिलाई नियन्त्रणमा लिन लहान नगरपालिकाको वारुण यन्त्र प्रयोग गरिएको छ ।घटना लगत्तै स्थानिय प्रसासनले व्

    • प्रकाशित मितिः चैत १, २०७७
    • 119 पटक पढिएको
  • मिलको फित्तामा सल बेरिएर एक जनाको मृत्यु

    भोजपुर / भोजपुरमा मिलको फितामा सल बेरिएर एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसादराई गाउपालिका –१ अ‍ेख्रेकी ७६ बर्षीया कुमारी बानियाँ रहेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार बानियाँको धानकुट्ने मिलको फित्तामा घाटीमा लगाएको सल बेरिएर मृत्यु भएको हो  । शनिबार बेलुका ५ बजे लाईनबाट चल्ने मिलमा धान कुटाउने क्रममा घाटीमा लगाएको सल मिलको फित्तामा बेरिएर घाईते भएकी बानियाको उपचारको क्रममा स्थानिय संगिता  मेडिकल ओख्रेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १, २०७७
    • 108 पटक पढिएको
  • महासङ्घको अध्यक्षमा श्रेष्ठ

    काठमाडौँ / नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा प्रेमलाल श्रेष्ठ निर्वाचित भएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्पन्न महाधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।महासङ्घको वरिष्ठ उपाध्यक्षमा उमाकान्त शर्मा, प्रथम उपाध्यक्षमा पूर्णचन्द्र पोखरेल, द्वितीय उपाध्यक्षमा वसन्तप्रसाद भुसाल, तृतीय उपाध्यक्षमा धर्म बस्याल, महासचिवमा सुरेश खत्री, उपमहासचिवमा कणिन्द्र भट्ट, सचिवद्वयमा महेशराज पौडेल र यादवलाल श्रेष्ठ, कोषाध्यक्षमा सुनिल थापा र सहकोषाध्यक्षमा राजेश पराजुली निर्वाचित भएका छन् ।त्यस्तै प्रदेश नं. १ को स

    • प्रकाशित मितिः चैत १, २०७७
    • 92 पटक पढिएको
  • अवैध हतियारसहित एक पक्राउ

    बाँके / जिल्ला प्रहरी कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिकाबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका–५ स्थित जबरपुरमा खोजतलासका क्रममा अत्याधुनिक हतियारसहित सोही गाउँ निवासी ६८ वर्षीय ऋषिराम थारूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धामपुरका प्रमुख प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारूले जानकारी दिए ।उनका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा ऋषिरामको घरबाट भरुवा बन्दुक दुई थान, छोरा ओमप्रकाश थारूको घरबाट एक थान बारबोर बन्दुक र भाइ लालबहादुर थारूको घरबाट एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने बारुद एक किलो, सटगनमा लाग्ने खोका ५० वटा,

    • प्रकाशित मितिः चैत १, २०७७
    • 111 पटक पढिएको
  • सडक दुर्घटनाबाट दुईको मृत्यु

    बिर्तामोड /  झापामा शनिबार दिउसो छुट्टा छुट्टै स्थानमा भएको सडक दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ । कमल गाउपालिका –१  बालुबारीमा पौने १० बजे ना१त६१६५ नम्बरको ट्रिपरले बिपरित दिशाबाट आउदै गरेको मे३प ३७४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका –४ का २७ बर्षीय सरोज कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । ट्रिपर र चालक सोही स्थान बस्ने चित्र कार्की प्रहरीको नियन्त्रणमा रहेको छन् । त्यस्तै झापा बाह्रदशी गाउपालिका –५ कनकन मार्गमा मे११प ८४५१ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुदाँ चालक ४३ बर्षीया कलस

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 105 पटक पढिएको
  • विदेशबाट फर्केका युवा लागे केराखेतीमा

    झापा(रासस)  / मोरङका युवा व्यावसायिक केराखेतीमा जुटेका छन् । विदेशमा १० नङ्ग्रा खियाउनका सट्टामा स्वदेशी माटोमै काम गर्ने उद्देश्यले व्यावसायिक केराखेती लगाउन अभियान सञ्चालन गरेका छन् ।वैदेशिक रोजगारीका लागि कतार, साउदी अरब, कुवेत तथा मलेशिया लगायत  पुगेका मोरङका १०  युवाले कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा ८५ बिघा जग्गामा मालभोग जातको केराखेती लगाएका छन् ।उक्त केरा खेतीबाट वार्षिकरुपमा प्रतिबिघा तीन लाख रुपैयाँ सम्म आम्दानी गर्ने लक्ष्यका साथ कार्य गरिरहेको सोम केराखेती कृषि फार्मका धनी सोमनाथ चापगाईले जानकारी दिए । वैदेशिक रोजगारीमा तीन वर्षदेखि पाँच वर्षसम्म काम गरी स्वदेश

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 107 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.