विराटनगर— सुनसरीको सोनापुरस्थित अरिहन्त मल्टिफाइबर्स लिमिटेडकी सञ्चालक अश्विनी गोल्छा उच्च रोजगारी सिर्जना, सामाजिक सुरक्षा तथा निकासी व्यापारमा योगदान पुर्याएको भन्दै सम्मानित भएकी छन्।उद्योग संगठन मोरङको ५३औँ वार्षिक साधारण सभामा उनलाई सम्मान गरिएको हो। यसअघि पनि सरकारले सामाजिक सुरक्षा दिवस २०८२ का अवसरमा उद्योगले श्रम, रोजगार र सामाजिक सुरक्षामा उल्लेखनीय योगदान दिएको भन्दै सम्मान गरेको थियो।अश्विनी नेतृत्वको अरिहन्त मल्टिफाइबर्सले ४,२०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ, जसमा आधाभन्दा बढी महिला छन्। उद्योगले वार्षिक ४ अर्ब रुपैयाँभन्दा बढी मूल्यका जुटजन्य उत्पादन भारत निर्यात गर्दै
काठमाडौं— रिक्त रहेका विभिन्न विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रियाअन्तर्गत उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण सुरु भएको छ ।उपकुलपति छनोट तथा सिफारिस समितिले पूर्वनिर्धारित कार्यतालिकाअनुसार पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि अन्तिम सूची (सर्टलिस्ट) मा परेका उम्मेदवारहरूको अन्तर्वार्ता र प्रस्तुतीकरण प्रक्रिया आइतबारदेखि सञ्चालन गरेको हो ।समितिका अनुसार छनोट प्रक्रिया समानान्तर रूपमा सञ्चालन भइरहेको छ । प्रत्येक उम्मेदवारले विश्वविद्यालय सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत विकास तथा भावी कार्यदिशाबारे
काठमाडौं— तत्कालीन नेकपा (एमाले)का महासचिव तथा ‘जनताको बहुदलीय जनवाद’ (जबज)का प्रवर्तक जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले काठमाडौंस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरेको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा दिउँसो १ः३० बजे सुरु हुने कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुनेछन् ।कार्यक्रमलाई नेकपा ९एमाले०का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री माधवकुमार न
काठमाडौं— प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । प्रधानमन्त्री बालेन शाहको तर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘महालेखा परीक्षकको विसट्टिऔं वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने छन् र प्रधानमन्त्रीको तर्फबाट मन्त्री पुनले ‘सार्वजनिक खरिद -दोस्रो संशोधन_ विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘सार्वजनिक खरिद -दोस्रो संशोधन_ विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसू
काठमाडौं— नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको चुनावी परिणामलाई लिएर टिप्पणी गर्दै रास्वपा अझै संगठनात्मक रूपमा परिपक्व राजनीतिक दल बन्न बाँकी रहेको बताएका छन्।सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महासचिव पोखरेलले रास्वपाले विगतमा उठाएको ‘नो भोट’ को मुद्दा स्मरण गराउँदै महाधिवेशनको नतिजामाथि व्यंग्य गरेका हुन्।उनले लेखेका छन्, ‘हिजो ‘नो भोट’ को चर्को वकालत गर्ने रास्वपाका साथीहरूले चितवन महाधिवेशनको चुनावी परिणाम हेर्नुभयोरु ‘नो भोट’ को व्यवस्था हुन्थ्यो भने पदाधिकारीमा रवि र केन्द्रीय सदस्यमा जम्मा ९ जना मात्र चुनिने रहेछन्।’पोखरेलले उक्त प
काठमाडौं— फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा इराक १० खेलाडीमा सीमित भएपछि सेनेगलले त्यसको पूरा फाइदा उठाउँदै ५–० को प्रभावशाली जित निकालेको छ। फराकिलो जितसँगै सेनेगलले नकआउट चरण पुग्ने सम्भावना जीवित राखेको भए पनि अन्तिम निर्णय अन्य समूहका नतिजामा निर्भर रहनेछ।टोरन्टोमा शनिबार बिहान सम्पन्न खेलमा इराकले १३औँ मिनेटमै रेबिन सुलाकाले रातो कार्ड पाएपछि बाँकी अधिकांश समय १० खेलाडीमा खेलेको थियो। त्यसपछि सेनेगलले खेलमा पूर्ण नियन्त्रण कायम गर्दै गोलको वर्षा गर्यो।सेनेगलका लागि पापे गुएले दुई गोल गर्दा हबिब डियारा, इस्माइला सार र इलमान न्डियाएले समान एक–एक गोल गरे। पहिलो हाफ १–०
काठमाडौं— नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ २८ पैसा र बिक्रीदर २०० रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ५२ पैसा र ब
काठमाडौं— देशका अधिकांश क्षेत्रमा मनसुनको प्रभाव क्रमशः विस्तार हुँदै गएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्र तथा गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा मनसुन सक्रिय रहेको छ । साथै, आगामी चारदेखि पाँच दिनभित्र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा पनि मनसुन फैलिने सम्भावना रहेको छ।महाशाखाका अनुसार अहिले देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।आज दिउँसो कोशी, बागमती र गण्ड
हेटौंडा— भारततर्फ तस्करी गर्न लागिएको ४ किलो ४२० ग्राम अफिमसहित दुई जनालाई मकवानपुरबाट प्रहरीले पक्राउ गरेको छ।लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विशेष सूचनाका आधारमा शुक्रबार हेटौंडा–४ बाट मकवानपुरका ५४ वर्षीय राजकुमार लामा र ४० वर्षीय राजकुमार तितुङलाई नियन्त्रणमा लिएको हो।बरामद अफिमसहित दुवैलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाइएको प्रहरीले जनाएको छ।
काठमाडौं— भारतले नेपाली चियाको निर्यातमा नयाँ मापदण्ड लागू गरेपछि बन्द भएका झापा र इलामका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्। सरकारबाट समस्या समाधानका लागि पहल हुने प्रतिबद्धता आएपछि उद्योगीहरूले उद्योग खोल्ने निर्णय गरेका हुन्।प्रधानमन्त्रीको सचिवालयले चिया निर्यातमा देखिएको अवरोध समाधान गर्न उच्चस्तरीय कार्यदल गठन गरिने जानकारी दिएपछि उद्योगीहरू सकारात्मक बनेका छन्। उद्योगीहरूले सरकारले समस्या समाधानतर्फ ठोस कदम चाल्ने विश्वास व्यक्त गर्दै बन्द उद्योगहरू पुनः सञ्चालनमा ल्याएका हुन्। हाल झापाका ३० वटा सीटीसी चिया उद्योग सञ्चालनमा फर्किएका छन्।भारतको चिया बोर्डले गुणस्तर परीक्षणका लागि नया
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.