झापा / खुल्ला सीमानाका कारण गुणस्तरहीन भारतीय अण्डा सस्तो मूल्यमा भित्रिन थालेपछि यहाँका अण्डा उत्पादक किसान मारमा परेका छन् । भारतबाट लुकाइछिपाइ गुणस्तरहीन सेतो अण्डा यहाँका बजारमा भित्रिन थालेपछि यहाँका अण्डा उत्पादक किसान मारमा परेका हुन् । उस्तै देखिएपनि सेतो अण्डा यहाँ उत्पादन भए जस्तो हुँदैन, अण्डा व्यावसायीहरु बताउँछन् । गुणस्तरहीन भारतीय सेतो अण्डा बजारमा छ्याप्पछ्याप्ती पाउन थालेपछि यहाँका वास्तविक किसान मारमा परेका हुन् ।भारतीय सेतो अण्डा नेपालको उत्पादनभन्दा सस्तो हुने भएकाले लुकाइछिपाइ ल्याई नेपाली बजारमा भारतीय अण्डा बिक्री वितरण गर्ने गरेका कारण आफूहरु मारमा परेको
काठमाडौँ/ हिमाली जिल्लामा उत्पादन हुने मार्सी चामल र अग्र्यानिक सिमी लगायत कृषिवस्तुका माग अन्तर्राष्ट्रिय बजारमा निर्यात बढ्न थालेको छ । कर्णालीबाट पहिलोपटक छ लाख रुपैयाँ भन्दा बढीको सामग्री जापान निर्यात भएको छ । अग्र्यानिक्स एण्ड सुपरफुडका सञ्चालक राज शाहीले तीन टन मार्सी र सिमी निर्यात गरेका हुन् । व्यावसायिकरूपमा कर्णालीका खाद्यान्न अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्यका साथ पहिलोपटक ती सामग्री निर्यात भएको उनले जानकारी दिए । उनले भने, “टोकियोमा रहेको पूर्ण ट्रेडिङका सञ्चालक भुवन श्रेष्ठको समन्वयमा एक टन मार्सी चामल, मासको दाल, दुई टन सिमी र १० किलो स्याउको चाना गरी निर्यात गरिएको छ ।
बिर्तामोड/ नेपाल दूरसञ्चार कम्पनीले चैत १३ गते १३औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहान ११ बजेका लागि सभा बोलाएको हो । कम्पनीको फागुन १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा सभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७६७७ को मुनाफा रकमबाट शेयरधनीहरुलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाको अन्य प्रस्तावमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्यको निर्वाचन गर्ने
बिर्तामोड/ आज देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण हाल प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली भइरहेको छ ।देशका बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको हो । आज दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।त्यस्तै, देशको पहाडी भू–भागहरुको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशको पहाडी भू–भागहरुमा आंश
ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब ४० करोड रुपैयाँ बराबरको क्षति भएको छ । क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले ३९ करोड ८७ लाख ७४ हजार २९ रुपैयाँ बराबरको क्षति भएको विवरण तयार गरेको हो ।आगलागीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची गोदाम, अन्य संरचनासमेत जलेर नष्ट हुँदा ठूलो परिमाणमा क्षति भएको हो । सबैभन्दा बढी नेपाल टेलिकमको टावरसहितका संरचना जल्दा रु एक करोड बराबरको क्षति भएको आङ्देम्बेले बताए ।आगलागीले ठूलो परिमाणमा क्षति पुगेकाले क्षतिको विवरण तयार गर्न निकै समय लागेक
बिर्तामोड / झापाको कनकाई नगरपालिका ४ स्थित पुर्व–पश्चिम लोकमार्गमा चलिरहेको ट्रकले कार र मोटरसाईकललाई ठक्कर दिदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने जना घाईते भएका छन् ।बुधबार दिउँसो साढे ३ बजे को १ ख १६८४ नम्बरको ट्रकले बिपरीत दिशाबाट आउदै गरेको प्र १–०१–००१ च ०१६७ नम्बरको कार र प्र१–०१–०१३ प १७८३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा भएको दुर्घटनमा परि २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाईते भएका कारमा सवार सुनसरीको धरान–१६ का २८ बर्षीय चालक दिपक क्षेत्री र सोलुखुम्बुको पासाङ–१ का ३० बर्षीय दिलिप राना मगरको उपचारका क्रममा झापाको बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा म
मोरङ / पूर्वका प्रतिष्ठित उद्योगी अविनाश बोहोराको गोदाममा सरकारी निकायले अनुगमनका क्रममा फेला परेका पाँचवर्ष पुरानो म्याद सकिएको बिदेशी ब्राण्ड ‘टोर’ नाम गरेको रहरको दाल बरामद भएको एक साता भइसकेपनि सरकारी निकायले दवावका कारण अझै सम्म पनि नष्ट गर्न सकेका छैनन् । उद्योगी बोहोराले दाल जोगाउन पहल गरेपनि शिलबन्दीमा संलग्न सरकारी निकायले म्याद सकिएको दाल नष्ट गर्न आनाकानी गरेका हुन् । बोहोराको गोदाममा म्याद सकिएको ५ वर्ष पुरानो दल भेटिएपछि वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले शिलबन्दी गरेको थियो । विभागले अनुगमनका क्रममा म्याद सकिएका खाद्यान्न र उपभोग्य भेटिए तत्कालै नष्ट ग
काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन आएको खुलासा गरेका छन् ।काठमाडौंमा मंगलबार आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा आलेले आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्न आर्थिक प्रलोभन देखाइएको बताए ।सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरेको एक महिनापछि विभागीय मन्त्रीले कार्यविधि खारेज नगर्न आर्थिक प्रलोभन देखाइएको बताएका हुन् । गत ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो ।मन्त्री आलेले आफुले मन्त्रालय सम्हालेदेखि नै काठ व्
बिर्तामोड। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको ‘बी एण्ड सी’ मेडिकल कलेजलाई सम्बन्धन दिइने बताएका छन् । बी एण्ड सीका संचालक दुर्गा प्रसाईंकै नेतृत्वमा खुलेको क्यान्सर अस्पताल उद्घाटन गर्न झापा पुगेका प्रधानमन्त्री ओलीले मेडिकल कलेजलाई सम्बन्धन दिने घोषणा गरेका हुन्।प्रधानमन्त्री ओलीले भने– ‘साथीहरुले बीएण्डसीलाई मेडिकल कलेज भन्न मिल्छ भनेर प्रश्न सोध्नुभयो । अब मिल्छ । यो अस्पताल मात्रै होइन, शिक्षण अस्पतालका रुपमा अघि बढ्छ । यसको सम्बन्धन काठमाडौं युनिभर्सिटीले दिन्छ ।’ काठमाडौं विश्वविद्यालयको सिनेटले बी एण्ड सीलाई मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरिसकेको छ ।प्रधानमन्त्री ओली र शिक्षामन
नुवाकोट / नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ । परीक्षणका रूपमा गत जेठमा १।२५ मेगावाट विद्युत् उत्पादन भएकामा अहिले थप ८.७५ मेगावाट विद्युत् उत्पादन थालिएको आयोजना प्रमुख विकास रघुवंशीले जानकारी दिए । आयोजनाको पछिल्लो प्रगति बुझ्न सोमबार स्थलगत अवलोकनमा आएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हाल आयोजनाबाट १० मेगावाट विद्युत् उत्पादन गरेर केन्द्रीय प्रसारण प्रणालीमा जडान शुरु गरेको र उक्त परीक्षण सफल भइरहेको आयोजना प्रमुख रघुवंशीले जानकारी गराए । आयोजनामा रहेका सातवटा ब
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.