समाज

    Showing 1,121-1,130 of 11,012 items.
  • एक महिनामै २ हजारभन्दा बढी फरार प्रतिवादी पक्राउ, २३ करोडभन्दा बढी जरिवाना असुल

    काठमाडौं— नेपाल प्रहरीले जेठ महिनाभर सञ्चालन गरेको विशेष अभियानअन्तर्गत देशभरबाट २ हजार १ सय ८२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ।प्रहरीका अनुसार पक्राउ परेकामध्ये सबैभन्दा धेरै मधेश प्रदेशबाट ५ सय ३९ जना रहेका छन्। त्यसपछि बागमती प्रदेशबाट ३ सय ६०, काठमाडौं उपत्यकाबाट ३ सय २६, लुम्बिनीबाट ३ सय २० र कोशी प्रदेशबाट ३ सय ५ जना पक्राउ परेका छन्। अन्य प्रदेशहरूमा पनि फरार प्रतिवादी पक्राउ अभियान जारी रहेको प्रहरीले जनाएको छ।पक्राउ परेका प्रतिवादीहरूविरुद्ध अदालतबाट तोकिएको कुल ८ सय ७ वर्ष १ महिना १३ दिन कैद सजाय कार्यान्वयनमा ल्याइएको छ। साथै उनीहरूबाट २३ करोड ४४ लाख रुपैयाँभन्दा बढी जरि

    • प्रकाशित मितिः असार ११, २०८३
    • 472 पटक पढिएको
  • प्रारम्भिक बाल विकासमा लगानी गर्न मुख्यमन्त्री कार्कीको जोड

    विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन् ।कोसी प्रदेश संरचनामा प्रारम्भिक बाल विकासका लागि संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले घरका साना बालबालिकाले राम्रो शिक्षा–दीक्षा प्राप्त गर्न सके परिवारमा खुसीयाली र सकारात्मक वातावरण सिर्जना हुने बताए । उनले बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि प्रारम्भिक बाल विकासलाई प्राथमिकतामा राख्न आवश्यक रहेको उल्लेख गरे । बालबालिकामा गरिएको लगानीले दीर्घकालीन रूपमा समाज र राष्ट

    • प्रकाशित मितिः असार ११, २०८३
    • 144 पटक पढिएको
  • मनसुनको चुनौती सामना गर्न सशस्त्र प्रहरी ‘हाइ अलर्ट’ मा, ५४ स्थानमा अस्थायी बेस स्थापना

    काठमाडौं । मनसुनजन्य विपद्को जोखिम बढ्दै जाँदा सशस्त्र प्रहरी बलले देशभर ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ। बाढी, पहिरो र डुबानजस्ता विपद्का बेला उद्धार टोली छिटो परिचालन गर्न कठिन मानिएका क्षेत्रको पहिचान गरी यी बेस स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ।प्रदेशगत रूपमा कोशीमा ६, मधेसमा ११, बागमतीमा १६, गण्डकीमा ४, लुम्बिनीमा ७, कर्णालीमा २ र सुदूरपश्चिममा ८ वटा अस्थायी बेस सञ्चालनमा ल्याइएको छ। यसअघि नै सशस्त्र प्रहरीले धनकुटा, सुनसरी, बारा, सप्तरी, धादिङ, सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक, म्याग्दी, गोरखा, दाङ, सुर्खेत, जुम्ला, डडेल्धुरा, डोटी र कैलाली गरी १६ जिल्लाम

    • प्रकाशित मितिः असार ११, २०८३
    • 176 पटक पढिएको
  • बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट: कुन पालिकाको बजेट कति?

    बाजुुरा । बाजुराका ९ वटै स्थानीय तहले बजेट सार्वजनिक गरेका छन ।आगामी आर्थिक बर्ष २०८३ र ८४ का लागि ९ बटै स्थानीय तहले बजेट ल्याएका हुन् । ४ वटा नगरपालिका र ५ वटा गाउँपालिका रहेको बाजुरा जिल्लामा सबै पालिकाले जनमुखी बटेज ल्याएका छन् । सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता राख्दै ५१ करोड ६९ लाख १९ हजारको बजेट ल्याएको छ । नगरपालिकाले ‘कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पुर्वाधार समृद्ध बडिमालिकाको प्रमुख आधार’ भन्ने मुल नारा सहित आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको हो ।बुढीगंगा नगरपालिकाले आर्थिक वर्ष २०८३।८४ का लागि कुल ५६ करोड ५७ ल

    • प्रकाशित मितिः असार ११, २०८३
    • 185 पटक पढिएको
  • फायरिङ अभ्यासमा नेपाली सेनाका जवानको ज्यान गयो, एक जना घाईते

    धनगढी । कैलालीको गोराङ्गेमा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालयको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा एक नेपाली सेनाको मृत्यु भएको छ । एकजना छर्रा लागेर घाइते भएका छन् । मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा सैनिक हिमाल विक्रम विष्ट गम्भीर घाइते भएका थिए। उपचारका लागि लम्कीस्थित अस्पताल पुर्‍याइए पनि उनको ज्यान बचाउन नसकिएको प्रहरीले जनाएको छ।घटनामा सहसेनानी हिमराज जोशी पनि घाइते भएका छन्। उनको हात र शरीरका विभिन्न भागमा छर्रा लागेको छ। प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठ

    • प्रकाशित मितिः असार ११, २०८३
    • 178 पटक पढिएको
  • १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै पीडित विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले आफूले गरेको मिहिनेत अनुसारको अङ्क नआएको भन्दै बिहीबार माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनरत विद्यार्थिहरुले नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको बताएका छन् । रिटोटलिङ र रिचेकिङको शुल्कसमेत अत्यन्त महँगो र अव्यवहारिक भएको उनीहरुको भनाई छ । सहभागी विद्यार्थीहरुले नतिजाप्रति असन्तुष्टि जनाउँदै गर्दा यसको जवाफ सरकारले नदिएको भन्दै जवाफ माग गरेका छन् । 

    • प्रकाशित मितिः असार ११, २०८३
    • 268 पटक पढिएको
  • बाजुरामा असारे रोपाईँ: परम्परा, श्रम र संस्कृतिको पहिचान

    बाजुरा । बाजुरामा यतिवेला असारे रोपाईँको चटारो छ । बर्षायामको समय सुरु भए पश्चात् यहाँका किसानहरु दिनरात खेतबारीको काममा व्यस्त छन् । रोपाईँ हुने यहाँका नौं वटै स्थानीय तहमा अहिले धमाधम कामकाज जारी छ । अहिले स्थानीय किसाहरुको खेतबाट सुरु भएको समय साँझसम्म खेतबारीमै हुने गर्छ । स्थानीय परिवेश,परम्परा र ग्रामिण परिवेशको यथार्थ झल्को यहाँका विभिन्न खेतबारीमा देख्न सकिन्छ।महिला र पुरुष दुबै मिलेर असारे रोपाईँलाई अघि बढाउँदै आएका छन् । पुरुषहरु हलि बाउस्या जमिन जोत्दै, गोरु डोर्याउँदै र कोदालीका साथ धपधपे हिलोमा व्यस्त छन् । अर्कातिर महिलाहरु रोप्न्यारी बीउ गाड्ने,रोप्ने काममा व्यस्त छन् । न भोक,न

    • प्रकाशित मितिः असार ११, २०८३
    • 156 पटक पढिएको
  • रामेछापका आठवटै स्थानीय तहले ल्याए नीति, कार्यक्रम र बजेट

    रामेछाप । रामेछाप जिल्लाका आठवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३।८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । जिल्लाका– नगरपालिका मन्थली र रामेछाप नगरपालिका तथा ६ गाउँपालिका–लिखुतामाकोशी, गोकुलगंगा, उमाकुण्ड, दोरम्बा शैलुङ, सुनापति र खाँडादेवीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा सुशासनलाई केन्द्रमा राखेर बजेट ल्याएका हुन् । स्थानीय तहहरूले सार्वजनिक गरेका बजेटअनुसार जिल्लामा विकास निर्माण, आधारभूत सेवा विस्तार, कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र उद्यमशीलता विकासलाई विशेष प्राथमिकता दिइएको छ । अधिकांश स्थानीय तहले अधुरा योजनाको निरन्तरता, व

    • प्रकाशित मितिः असार ११, २०८३
    • 161 पटक पढिएको
  • रोजगार र सम्मानजनक व्यवहारको माग गर्दै दृष्टिविहीनहरूको माइतीघरमा प्रदर्शन

    काठमाडौं । काठमाडौंको माइतीघर मण्डलमा दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूले सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन्। सडक पेटीमा जीविकोपार्जन गर्दै आएका उनीहरूले विभिन्न सरकारी निकायबाट धरपकड र जबरजस्ती हटाउने प्रयास भएको भन्दै आन्दोलन गरेका हुन्। प्रदर्शनका क्रममा सहभागी रोजिता ऐरले सरकारले आफूहरूलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता गर्नुपर्ने माग गरिन्। उनले क्षमता र सीप हुँदाहुँदै पनि बाध्यतावश सडकमा उत्रिनुपरेको बताइन्। उनले भनिन्, ‘सरकारले शिक्षा, स्वास्थ्य र रोजगारी हामीलाई दिनुप¥यो। हामी यहाँ सडकमा यसरी आउनुपर्ने बाध्यता हो। सरकारले चाँडोभन्दा चाँडो हाम्रो कुरा सुनोस

    • प्रकाशित मितिः असार ११, २०८३
    • 142 पटक पढिएको
  • २५ हजारले घर बन्दैन, बस्ने ठाउँ चाहिन्छ, विकल्प नदिए फेरि छाप्रोमै फर्किन्छौं : सुकुम्बासी

    काठमाडौं। काठमाडौंको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी तथा भूमिहीन परिवार यतिबेला गम्भीर अन्योलमा परेका छन्। सरकारले पाँच दिनभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि उनीहरूले सुरक्षित बसोबासको सुनिश्चितता माग गरेका छन्।प्रति परिवार २५ हजार रुपैयाँ दिएर बाहिरिन भनिए पनि सुकुम्बासीहरूले  ‘त्यो पैसाले घर कहाँ बन्छ ?’ भन्दै प्रश्न गरेका छन् ।  राधास्वामी सत्संग परिवारले सरकारलाई अपिल गर्दै स्थायी व्यवस्थापन नभएसम्म वैकल्पिक बसोबासको व्यवस्था गर्न माग गरेको छ। उनीहरूले विकल्प नदिई हटाइए फेरि पुरानै ठाउँमा छाप्रो हाल्न बाध्य हुने चेतावनी दिएका छन्।वर्षौंको संघर्षपछि

    • प्रकाशित मितिः असार ११, २०८३
    • 141 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.