समाज

    Showing 1,131-1,140 of 11,012 items.
  • सर्वोत्तम पेन्ट्सको आइपिओ बाँडफाँट

    काठमाडौं— सर्वोत्तम पेन्ट्स उद्योग लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट सम्पन्न भएको छ । गोलाप्रथा विधिबाट ७० हजार ५५० जना आवेदकले १०(१० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।कम्पनीको जारी पुँजी ३४ करोड रुपैयाँ रहेको छ । उक्त जारी पुँजीको २५ प्रतिशत अर्थात् ८ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।कुल सार्वजनिक निष्कासनमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको थियो। त्यसैगरी २ प्रतिशत अर्थात् १७ हजार कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगा

    • प्रकाशित मितिः असार ११, २०८३
    • 370 पटक पढिएको
  • बर्ड फ्लुको हटस्पट बन्दै काठमाडौं उपत्यका, ६० करोड रुपैयाँभन्दा धेरैको क्षति: डा. उमेश दाहाल

    काठमाडौं । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ । पशुसेवा विभागका महानिर्देशक डा। उमेश दाहालका अनुसार हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि भए पनि पछिल्लो समय काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा संक्रमणको जोखिम बढी देखिएको छ । उनका अनुसार देशभरका प्रयोगशालामार्फत नियमित निगरानी र नमुना परीक्षण भइरहे पनि काठमाडौं उपत्यकाबाहेक अन्य क्षेत्रमा हाल नयाँ संक्रमण पुष्टि भएको छैन । अहिले विभागको मुख्य ध्यान उपत्यकाभित्र संक्रमणलाई चाँडो नियन्त्रण गर्नेमा केन्द्रित रहेको उनले बताए ।डा. दाहालका अनुसार हालसम्म साना–ठूला गरी करिब ८० भ

    • प्रकाशित मितिः असार ११, २०८३
    • 175 पटक पढिएको
  • बाजुराको हिमाली सौन्दर्य: जहाँ बादलले चुम्छन् डाँडाकाँडा, हिमालले ओढ्छन् हरियालीको चोली

    बाजुरा । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण भूमि हो । वर्षायामको आगमनसँगै यहाँका उच्च हिमाली क्षेत्रले नयाँ रूप, रंग र यौवन धारण गर्छन् । हरियालीले छपक्क ढाकिएका डाँडापाखा, सेताम्य कुहिरोले अँगालो हालेका हिमाल, विशाल घाँसे पाटन र फाँट तथा बादलसँग लुकामारी खेल्ने हिमशिखरहरूले बाजुरालाई प्रकृतिको अनुपम चित्रशाला बनाइदिन्छन् । बाजुराको हिमाली भूभागमा पुग्ने जो–कोहीलाई पहिलो दृष्टिमै स्वर्गीय अनुभूति हुन्छ । यहाँका अग्ला डाँडापाखा हरियालीको तन्नामा सुतिरहेका देखिन्छन् भने कुहिरोले तिनलाई सिरक ओढाइदिएको आभास हुन्छ । हिमालको काखमा फैलि

    • प्रकाशित मितिः असार ११, २०८३
    • 186 पटक पढिएको
  • गोलबजार नगरपालिकाद्वारा ७५ करोड ५६ लाखको बजेट प्रस्तुत

    सिरहा । गोलबजार नगरपालिकाको १५औँ नगर सभा बुधबार सम्पन्न भएको छ । नगर सभामा आगामी आर्थिक वर्ष २०८३ र ८४ का लागि ७५ करोड ५६ लाख ८६ हजार रुपैयाँ बराबरको वार्षिक बजेट प्रस्तुत गरिएको छ । नगर उपप्रमुख मानती कुमारी साहले प्रस्तुत गरेको बजेटअनुसार चालुतर्फ ५६ करोड २१ लाख ८६ हजार रुपैयाँ तथा पुँजीगततर्फ १९ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ । बजेट कार्यान्वयनका लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय तथा गत आर्थिक वर्षको मौज्दात रकमलगायत विभिन्न स्रोतबाट वित्तीय व्यवस्थापन गरिने जनाइएको छ ।नगरप्रमुख श्यामकुमार श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्

    • प्रकाशित मितिः असार ११, २०८३
    • 301 पटक पढिएको
  • सर्लाहीमा बिभिन्न मुद्दाका ११ जना फरार प्रतिवादीहरु पक्राउ

    सर्लाही— सर्लाही प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको हो ।पक्राउ परेकामध्ये बागमती नगरपालिका–६ निवासी आनन्द कुमार राय लागुऔषध तथा मोबाइल चोरीसम्बन्धी चार वटा फरक मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन्। उनीविरुद्ध तीन महिनादेखि तीन महिना १५ दिनसम्मको कैद सजाय तथा प्रत्येक मुद्दामा पाँच हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।त्यसैगरी, बरहथवा नगरपालिका– १६ निवा

    • प्रकाशित मितिः असार ११, २०८३
    • 357 पटक पढिएको
  • रौतहटमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर घाइते

    रौतहट— रौतहटको गुजरा नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।प्रहरीका अनुसार गुजरा नगरपालिका वडा नं. ५ हरिहरपुर टोलस्थित भित्री सडक खण्डमा कनकपुरबाट हरिहरपुरतर्फ जाँदै गरेको बा ९३ प ७५८८ नम्बरको मोटरसाइकलले बाख्रालाई ठक्कर दिँदा सो दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल पछाडि सवार चन्द्रपुर नगरपालिका वडा नं. ५ बस्ने अन्दाजी २४ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो । टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका चौधरीलाई उपचारका लागि चपुर हस्पिटल पु¥याइएकोमा चिकित्सकले बुधबार बेलुकी ७ः५५ बजे मृत घोषणा गरेका थिए । मृतकको शव सोह

    • प्रकाशित मितिः असार ११, २०८३
    • 395 पटक पढिएको
  • श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान् रौतहटमा पक्राउ

    रौतहट— आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा रौतहट फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ पेटभर्वा टोल बस्ने ४२ वर्षीय महन्थ राय यादव रहेका छन् ।यादवले गत जेठ ३ गते आफ्नै सुत्ने कोठामा ३२ वर्षीया श्रीमती आरती देवी यादवलाई धारिलो हतियार (बन्चरो) प्रयोग गरी हत्या गरेका थिए । हत्या गरे लगत्तै उनी फरार भएका थिए ।घटना घटेदेखि नै प्रहरीले उनको निरन्तर खोजतलास गरिरहेको थियो । प्राविधिक विश्लेषण समेतका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र मातहत इलाका प्रहरी कार्यालय लक्ष्मिनिया विजयपुरबाट

    • प्रकाशित मितिः असार ११, २०८३
    • 505 पटक पढिएको
  • भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा ७.५ र ७.२ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प

    काठमाडौं— भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि ठूलो क्षतिभएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले उच्च मानवीय क्षति र व्यापक विनाशको सम्भावना रहेको जनाएको छ । स्रोतका अनुसार पहिलो ७।२ म्याग्निच्युडको भूकम्प गएको ३९ सेकेन्डपछि ७.५ म्याग्निच्युडको अर्को शक्तिशाली भूकम्प गएको थियो । दुवै भूकम्पको केन्द्रबिन्दु काराकासबाट करिब १६० किलोमिटर पश्चिममा रहेको बताइएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणको प्रारम्भिक मूल्याङ्कनअनुसार १० हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने सम्भावना ४४ प्रतिशत र एक लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने सम्भावन

    • प्रकाशित मितिः असार ११, २०८३
    • 379 पटक पढिएको
  • अनैतिक काम कहिले रोकिने, धनगढीमा फेरी समातिए २४ जना

    कैलाली— धनगढीका होटेलमा २४ जना अनैतिक कार्यमा संलग्न व्यक्तिहरुलाई गोप्य सुचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको छ ।  विभिन्न होटल, लजहरूमा चेकजाँच गर्दा अनैतिक गतिविधिमा संलग्न ११ महिला र १३ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी जनाएको छ । कार्यलयका अनुसार ७ जना भारतीय नागरिक पुरुष रहेका छन् ।नियन्त्रणमा लिइएकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । 

    • प्रकाशित मितिः असार ११, २०८३
    • 383 पटक पढिएको
  • फिफा विश्वकपः मोरक्कोको हाइटीमाथि ४-२ को रोमाञ्चक जित

    काठमाडौं— फिफा विश्वकप २०२६ अन्र्तगको खेलमा मोरक्कोले हाइटीमाथि ४-२ को रोमाञ्चक जित भएको छ ।एटलान्टामा भएको खेलमा मोरक्कोले हाइटीलाई ४-२ को पराजित गरेको हो । हाइटीले खेलको १० औं मिनेटमा गोल गरेको थियो । खेलको ३९ औं मिनेटमा मोरक्कोका अचराफ हाकिमीले गोल गर्दै बराबरी बनाएका थिए । मोरक्कोका इस्माइल सैबारीले पहिलो हाफको अतिरिक्त समयमा गोल गरे । सुफियान रहिमि ७८ औं मिनेट र गेसिम यासिन ८९आंै मिनेटमा गोल गर्दै टोलीलाई सानदार जित दिलाए ।

    • प्रकाशित मितिः असार ११, २०८३
    • 492 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.