समाज

    Showing 1,151-1,160 of 6,570 items.
  • सुनसरीमा १९ किलो गाँजासहित दुई युवक पक्राउ

    सुनसरी— बराहक्षेत्र नगरपालिका–११ मनाही टोलमा प्रहरीले गरेको चेकजाँचका क्रममा १९ किलो गाँजा बरामद गरी दुई जनालाई पक्राउ गरिएको छ।पक्राउ पर्नेमा कोशी गाउँपालिका–६ का रामनाथ यादव (मोटरसाइकल चालक) र भारत बिहार राज्य, सुपौलका भूषण कुमार यादव रहेका छन्।गएराति मधुवन प्रहरी चौकीबाट खटिएको टोलीले प्रकाशपुरबाट मधुवनतर्फ आउँदै गरेको प्रदेश १–०५–००१ प ३४९४ नम्बरको मोटरसाइकल रोकेर खानतलासी गर्दा लागूपदार्थ फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए ।मोटरसाइकलको पछाडिको सीटमा सवार रहेका उनीहरू समातिएपछि प्रहरीद्वारा तत्काल नियन्त्रणमा लिइएका छन्।प्रहरीले ब

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 411 पटक पढिएको
  • चितवनमा एक सातामा स्क्रब टाइफस र डेंगुका पाँच संक्रमित फेला परे

    चितवन— चितवनमा एक साताभित्र स्क्रब टाइफस र डेंगुका गरी पाँच जना नयाँ बिरामी भेटिएका छन्।तीनजनामा स्क्रब टाइफस र दुईजनामा डेंगु संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यसअघि कार्तिक महिनामा मात्र जिल्लामा स्क्रब टाइफसका ७४ र डेंगुका ३२ जना संक्रमित भेटिएका थिए।गत तीन वर्षको विवरण हेर्दा चितवनमा स्क्रब टाइफसका १ हजार ६२९ र डेंगुका २ हजार ५३६ जना संक्रमित फेला परेका थिए ।

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 416 पटक पढिएको
  • नेप्सेमा सामान्य गिरावट, नगदी ग्रूपमा झुम्मिए लगानीकर्ता

    काठमाडौं— साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा सामान्य गिरावट आएको छ ।आज नेप्से परिसूचक ३ दशमलव ०२ अंकले घटेर २६०६ दशमलव ६७ को विन्दुमा पुगेको छ । सोमबार ३३१ कम्पनीका ८३ हजार २७३ पटकको कारोबारमा एक करोड एक लाख ४६ हजार ४०० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७४२ रुपैयाँ रहेको छ ।आज ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४७ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ । सोमबार अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रीटेकको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।त्

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 401 पटक पढिएको
  • राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौंमा बोलाएको छ । पार्टीभित्रको आन्तरिक विवाद समाधान तथा महाधिवेशनबाट कार्यसमिति हस्तान्तरण गर्ने लगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरेको हो ।मुलुकको परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टिबारे पनि छलफल गरिने महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए।बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्ने तथा महामन्त्री डा धवलशम्शेर जबराले पार्ट

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 412 पटक पढिएको
  • दशरथ रंगशालामा जारी साफ क्लब महिला च्याम्पियनसिपः ट्रान्सपोर्ट युनाइटेड र इस्ट बंगालको आमनेसामने

    काठमाडौं— काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप–२०२५ जारी छ। प्रतियोगिताअन्तर्गत सोमबारको पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडीज एफसी र भारतको इस्ट बंगाल एफसी एक–अर्काविरुद्ध प्रतिस्पर्धामा छन्।मौसम खुलेको कारण रंगशालाको माहोल झनै आकर्षक र रोमान्चक देखिएको छ। दर्शकहरूको उपस्थिति र उत्साहसहित खेलको वातावरण उत्साहजनक बनेको छ।साफ क्लब महिला च्याम्पियनसिपमा दक्षिण एसियाका विभिन्न क्लबहरूको सहभागिता रहेको छ र प्रतियोगिता काठमाडौंमा निरन्तर चलिरहेको छ।

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 395 पटक पढिएको
  • झापामा तीन वर्षमा ७५ जना एचआईभी संक्रमितको मृत्यु

    झापा— झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआईभी संक्रमितको मृत्यु भएको छ । जिल्लामा पछिल्लो तीन वर्षयता एचआईभी संक्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र आव २०८१/८२ मा ३५ जनाको मृत्यु भएको उनले बताए । 'उपचारमा आउने बिरामीमा औषधि नखाने दर शून्य झरेको छ,' उनले भने, 'तर, मृत्युदर भने बढेको छ ।' चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा २२ जना नयाँ एचआईभी संक्रमित फेला परेका छन् । नयाँ एचआईभी संक्रमितमध्ये चार जनाले दमक अस्पताल दमक र १८ जनाले मेची प्रादेशिक अस्पतालबाट नियमित ए

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 412 पटक पढिएको
  • ईश्वर पोखरेलको समूह अध्यक्ष ओलीलाई भेट्‌न गुण्डु जाँदै

    काठमाडौं— नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलपक्षका नेताहरू अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु जाँदै छन् । पोखरेलको नेतृत्वमा तयार पारिएको अवधारणापत्र बुझाउन उनीहरू केही बेरपछि ओली निवास जाने तयारी भएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।‘नेताहरूले तयार गर्नुभएको छ । हामी अध्यक्षज्यूको समय लिएर भेट्न जाँदै छौँ,’ पाण्डेले जानकारी दिए । स्थायी कमिटी सदस्य कर्ण थापाले अवधारणापत्रमा व्यक्तिवादी चरित्र हावी भएको भन्दै त्यसलाई अन्त्य गर्न सुझाव समेटिएको बताएका छन् । त्यस्तै, हरेक कमिटीमा सामूहिक लोकतान्त्रिक पद्धतिको नेतृत्वलाई आत्मसात् गर्नुपर्ने र व्यक्ति सर्वेसर्वा हुने

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 388 पटक पढिएको
  • भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते

    रसुवा— रसुवामा सोमबार बिहान भालुको आक्रमणमा परी दुई जना गम्भीर रूपमा घाइते भएका छन्। घाइतेमध्ये नौकुण्ड गाउँपालिका–५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल रहेको स्थानीय रामप्रसाद पौडेलले जानकारी दिए।पौडेलका अनुसार निजी जमिनमा घाँस काटिरहेको अवस्थामा लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलबाट आएको भालुले उनीहरूलाई आक्रमण गरेको हो। अचानक भएको आक्रमणले दुवैजनामा गम्भीर चोट लागेको बताइएको छ।आक्रमणपछि स्थानीयले तत्काल प्राथमिक उपचार गरेपछि थप उपचारका लागि दुवैलाई काठमाडौं पठाइएको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 403 पटक पढिएको
  • एक दिने पशु स्वास्थ्य शिविरमा १४ सयभन्दा बढी पशुपंक्षीको उपचार

    बर्दिया— बारबर्दिया नगरपालिका–९, कतर्नियामा सञ्चालन एक दिने पशु स्वास्थ्य शिविरमा २०३ जना किसानका १,४३५ वटा पशुपंक्षीको उपचार गरिएको छ।शिविरमार्फत ५०३ वटा बाख्रा, ६५ वटा गाई–भैँसी, ४० वटा बंगुर र ८२७ वटा कुखुरा तथा हाँसको स्वास्थ्य जाँच तथा उपचार गरिएको पशुसेवा शाखाका प्रमुख दीपक राज थापाले जानकारी दिए। उनका अनुसार पशु स्वास्थ्य परीक्षणसँगै परजीवी नियन्त्रण, खोपलगायतका सेवा पनि प्रदान गरिएको थियो।किसानलाई घरदैलोमै सेवा पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको बारबर्दिया नगरप्रमुख छविलाल थारूले जानकारी दिए । उनले नगरपालिकाले स्थापना गरेका पशु उपचार केन्द्रमार्फत नियमित सेवा लिन किसानलाई आग्रह

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 399 पटक पढिएको
  • गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

    काठमाडौं— गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निर्गमन सम्बन्धी प्रस्तावसहित तेस्रो वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो ।कम्पनीको साधारणसभा आगामी मंसिर २९ गते बिहान ११ बजे मोरङ्ग, विराटनगरस्थित होटल एयरपोर्टमा हुनेछन् । सभा प्रयोजनका लागि कम्पनीले सोही दिन एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार मंसिर २८ गतेसम्म रहेका शेयरधनी मात्र सभामा सहभागी हुन योग्य हुनेछन् ।हाल ७५ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले सोही बराबर अर्थात् ७५ करोड रुपैयाँको हकप्रद शेयर निष्कासन गर्न

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 368 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा