समाज

    Showing 1,171-1,180 of 6,573 items.
  • बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

    बागलुङ— बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ । जिल्लामा पहिचान र नियमित औषधि सेवन गर्ने २१५ सङ्क्रमितमध्ये १९ बालबालिका रहेको पाइएको छ । करिब १५ वर्षदेखि एचआइभी सङ्क्रमित भई औषधि सेवन गर्दै आएका बागलुङ नगरपालिका निवासी एक महिला समाजले सङ्क्रमितलाई हेर्ने दृष्टीकोण अझै परिवर्तन हुन नसकेको बताए । उनले आफूले खुलेर हिँड्न चाहे पनि समाजले आफ्नो परिवारलाई हेलाको भावले हेर्ने गरेकाले आफू जस्ता सङ्क्रमित खुल्न डराएको बताए। “आफू पो सङ्क्रमित भइयो, परिवार सबै राम्रो छ, छोरीले उच्च शिक्षा अध्ययन गर्छिन्, परिवार अरुको सरह नै छ, तर सङ्क्रमित भएको थाहा पाएपछि परिवार नै समाजबाट अपहे

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 370 पटक पढिएको
  • पोर्चुगल पठाइदिन्छु भनी २ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीको प्रलोभन देखाएर पोर्चुगल पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ असुली गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमाकञ्चनपुर बेदकोट–१० का २३ वर्षीय भिमबहादुर महर रहेका छन् । उनी हाल काठमाडौं महानगर–२६ मा बस्दै आएकोमा मंसिर १९ गते काठमाडौं महानगर–४ बाट पक्राउ परेका हुन्।पीडितले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले महरलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।प्रहरीका अनुसार आकर्षक तलबको आश्वासन दिँदै महरले एक व्यक्तिबाट २ लाख रुपैयाँ लिएको खुलेको छ।उनीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरीले उनलाई वैदेशिक रोजगार विभागम

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 364 पटक पढिएको
  • राष्ट बैंकले पेन्सन कोषमा रहेको ४ अर्ब रूपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने

    काठमाडौं— राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रिय बैंकले पेन्सन कोषमा रहेको ४ अर्ब ३५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो।राष्ट्र बैंकले यस निक्षेपमा ब्याजदर प्रस्ताव गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई मंसिर २३ गते राति ७ बजेसम्म को समय दिएर आह्वान गरेको छ।कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा ३ अर्ब ४८ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरूमा ६५ करोड २५ लाख रुपैयाँ, र राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा २१ करोड ७५ लाख रुपैयाँ मुद्दति निक्षेपका रूपमा बाँडफाँड गर्ने योजना बनाएको छ।यो लगानी सन

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 402 पटक पढिएको
  • झोलुंगे पुलबाट खस्दा वृद्धाको ज्यान

    धनकुटा— धनकुटाको साँगुरीगढी गाउँपालिकामा रहेको लेउती खोलाको झोलुंगे पुलबाट लडेर एक वृद्ध महिलाको मृत्यु भएको छ।आइतबार साँझ पुल पार गर्ने क्रममा अचानक चिप्लिएर तल खोलामा खस्दा साँगुरीगढी–६ की ७८ वर्षीया बिस माया लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।घटना भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी टोली खटिएको थियो। साथै, थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय धनकुटाबाट पनि टोली पुगेको धनकुटाका प्रहरी नायब उपरिक्षक राजन कार्कीले बताए।प्रारम्भिक अनुसन्धान सकेर शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको र घटनाबारे थप अनुस

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 420 पटक पढिएको
  • उत्तरी गोरखाको रिपुम गुम्बामा आगलागी: तीन तले आवास जलेर नष्ट

    गोरखा— उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका– २ ल्होस्थित रिपुम बौद्ध गुम्बामा भिषण आगलागी भएको छ । गएराति भएको आगलागीमा गुम्बामा रहेको ५० वटा कोठा त्यहाँ भित्र रहेका भाडाँकुडा लत्ताकपडा र सबै फर्निचर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।उनका अनुसार आगोलागीबाट गुरुसहित ६० जना लामाहरु बस्ने तीन तले आवास भवन पूर्ण रुपमा जलेर नष्ट भएको र करोडौंको क्षति पुगेको अनुमान गरिएको उनले बताए।आगलागी कारण भने खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी चौकी सामागाउँ र लार्के प्रहरी चौकी नाम्रुङबाट प्रहरी पुगिसकेकाले स्थानीय, जनप्रतिनिधि र प्रहरीको संयुक्त उ

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 407 पटक पढिएको
  • मोरङ ३ बाट कांग्रेस उम्मेदवारमा सुनिल शर्माको नाम एकल सिफारिश

    काठमाडौं— नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ३ ले आसन्न निर्वाचनका लागि मेडिकल व्यवसायी डा.सुनिल शर्मालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ । क्षेत्रीय कार्यसमितिको शनिबार बसेको बैठकले शर्माको नाम एकल उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो ।पार्टीको केन्द्रीय सर्कुलर अनुसार प्रत्यक्षतर्फ एक महिलासहित ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि बैठकमा उपस्थित महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि र अन्य आकांक्षीहरूले समेत शर्मालाई नै प्रस्ताव गरेपछि उनी एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको क्षेत्रीय समितिका सचिव राजेन्द्र अधिकारीले जानकारी दिए ।क्ष

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 368 पटक पढिएको
  • माग पूरा गर्न बीमा प्राधिकरणका कर्मचारीले दिए ७ दिने अल्टिमेटम

    काठमाडौं— आन्दोलन स्थगित गरेको एक महिना पनि नबित्दै बीमा प्राधिकरणका कर्मचारीहरूले फेरि अर्को अल्टिमेटम दिएका छन् । आफूहरूको माग पूरा नभएको भन्दै उनीहरूले सात दिनभित्र माग पूरा नभए फेरि आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।आइतबार नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष प्रेमहरि पोखरेल र नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनका अध्यक्ष दिपक ज्ञवालीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै यसअघि भएको सहमति कार्यान्वयनका लागि कुरेर बस्दा २१ दिनसम्म पनि माग पूरा गर्न कुनै पहल नभएकाले अबको सात दिनभित्र माग पूरा नभए मंसिर २८ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दुवै संगठनले दिएका छन् ।उनीहरूले सा

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 381 पटक पढिएको
  • बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर

    मोरङ— भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको छ भने ७० वर्षीय भक्तबहादुरराई गम्भीर बिरामी परेका छन् । बिरामी भक्तबहादुरको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।स्थानीयले भक्तबहादुर राईलाई घर नजिकै खोल्सामा शनिबार दिउँसो बेहोस अवस्थामा फेला पारेपछि उद्धार गरेर घर ल्याएका थिए । घरमा उनकी पत्नी इन्द्रमाया राईसमेत बेहोस भेटिकी थिइन् ।बेहोस अवस्थामा रहेका दम्पत्तिलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा इन्द्रमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी हरिनन्द

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 371 पटक पढिएको
  • ४ महिनाको शिशुको हत्या आरोपमा प्रहरी असई कार्की पक्राउ

    काठमाडौं— ४ महिनाको आफ्नै शिशुको हत्या आरोपमा फरार रहेका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्की पक्राउ परेका छन्। आइतबार दिउँसो सिनामंगलमा कोठा लिएर बस्दै आएका कार्कीले सुतेकै अवस्थामा छोराको घाँटी रेटेर हत्या गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरी नियन्त्रणमा राखेको हो।जन्मेदेखी नै ब्रेन ट्युमरबाट पीडित रहेको शिशुको हत्या आरोप लागेपछि कार्की घटना स्थलबाट फरार भएका थिए। घटनाको क्रममा कार्कीले आफ्नो श्रीमती स्वयं पनि प्रहरी कर्मचारी हुन् । उनलाई कुटपिट गरेको प्रहरीले जनाएको छ। पीडित श्रीमतीलाई आइतबार साँझ नै प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको थियो।कार्कीलाई अहिले जिल्ला प्रहरी परिसर, भद्

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 390 पटक पढिएको
  • ग्रीसमा ४४ नेपाली युवालाई बन्धक बनाएर जबरजस्ती श्रम शोषण गरेको आरोपमा पाकिस्तानी गिरोह पक्राउ

    काठमाडौं— ग्रीसमा राम्रो तलब र कानुनी रूपमा सुन्तला खेतीमा काम गराउने प्रलोभनमा परेका ४४ नेपाली युवालाई गोदाममा कैद गरी जबरजस्ती श्रम गराएको आरोपमा पाकिस्तानी तस्कर समूहलाई प्रहरीले पक्राउ गरेको छ ।‘ड्यानी’ नामले चिनिने २६ वर्षीय पाकिस्तानी नागरिकले अनलाइनमार्फत नेपालीहरूलाई आकर्षक तलब, आवास र कानुनी कागजातको लोभ देखाएर लाकोनिया, स्काला पु¥याएका थिए । तर, उनीलगायतको समूहले भने ती नेपाली युवाहरूलाई कुनै सुविधा नदिई उल्टै बिनातलब बन्धक बनाएर काममा लगाएका थिए ।नियोचोरी पुगेपछि उनीहरूलाई गोदाममै थुनी बाहिर जान नदिने, ट्रक–कारमार्फत खेतमा लैजाने र तलब नदिई सुन्तला टिप्न बाध्य पार्ने गरिएको खुलेको छ

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 384 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा