काठमाडौं । नेपालमा वैदिक सनातनी संस्कार र संस्कृतिको अपव्याख्या गरी प्रहार भएकोले त्यसमा जागरणको खाँचो रहेकोमा वक्ताहरुले जोड दिएका छन् । आइतबार राजधानीमा ‘ॐ पाथीभरा नेपाल आमा’ले पत्रकार सम्मेलनको आयोजना गरी वैदिक सनातन सबैको संरक्षक भएकोसमेत दबी गरेका छन् ।पाथीभराकी कर्ता पुस्तादेवि तामाङले नेपाल वैदिक सनातनको उद्गम स्थल भएको र यहाँको मौलिक धर्म–संस्कृतिमाथि सुनियोजितरुपमा विदेशी हस्तक्षेप भइरहेकोले नेपालीहरु जागरुक हुनुपर्ने जनाइन् । तामाङले असार १५ देखि २५ गतेसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा ६४ योगिनीद्वारा रिलेअनसन तथा क्षमा पुजा गर्ने जनाईन् । तामाङले धार्मिक विधिबाट ज्योतिर्लिङ्ग ६४ ब्
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका ऐतिहासिक व्यक्तित्वहरूको मूल्याङ्कन वस्तुगत र सन्तुलित ढंगले गर्नुपर्ने बताएकी छन् ।श्री ३ महाराज जङ्गबहादुर राणाको २०९औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपाली राष्ट्रियता र जङ्गबहादुर’ विषयक प्रवचन कार्यक्रममा बोल्दै भण्डारीले इतिहास कुनै व्यक्तिको प्रशंसा वा आलोचनाको विषय नभई समय, परिस्थिति, उपलब्धि र तिनका प्रभावहरूको समग्र मूल्याङ्कन भएको बताइन् । उनले भनिन्, ‘इतिहास कुनै व्यक्तिको प्रशंसा वा आलोचनाको विषय होइन, बरु समय, परिस्थिति, उपलब्धि र तिनका प्रभावहरूको समग्र मूल्याङ्कन हो । त्यसैले, जङ्गबहादुर राणाको ऐतिहासिक भूमिका र योगदानलाई पन
काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई विगतका विकृति र विसंगतिबाट मुक्त गर्दै नयाँ दिशातर्फ लैजाने अवसर राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा लाई प्राप्त भएको बताएका छन्।आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले रास्वपाको महाधिवेशनले नेपाली राजनीतिमा नयाँ युगको थालनी गर्न सक्ने विश्वास व्यक्त गरे। उनले भने, ‘अब मुलुकलाई विगतका विकृति–विसंगतिलाई त्यहीँ छाडेर नयाँ दिशामा लैजाने अवसर रास्वपालाई प्राप्त भएको छ । यो महाधिवेशन नयाँ युगको थालनीको महत्वपूर्ण आधार बन्न सक्छ भन्ने मलाई लागेको छ ।’ अध्यक्ष यादवले संविधानसभामार
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त सिके राउतले देश परिवर्तन र समृद्धिको साझा लक्ष्यका लागि सहकार्य आवश्यक रहेको बताएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै राउतले देश निर्माण र समृद्धिको लक्ष्यसहित देशभरका ७७ वटै जिल्लाबाट प्रतिनिधिहरू सहभागी भएको उल्लेख गरे । उनले पद र प्रतिष्ठिभन्दा माथि उठेर देश परिवर्तनको उद्देश्यका साथ आफू शुभकामना दिन उपस्थित भएको बताए । उनले भने, ‘देश बनाउने अठोटका साथ र देशमा केही समृद्धि आओस् भनेर यहाँ ७७ वटै जिल्लाबाट हामी आएका छौं। तर पद र प्रतिष्ठाका लागि तपाईंहरू आउनुभएको होइन। यो देश कसरी बदल्ने भन्ने चाहना मलाई
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति एवम अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालमा इमानदार व्यक्तिलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सहज हुने प्रणाली विकास भएको बताएका छन् । आइतबार चितवनमा आयोजित पार्टीको प्रथम महाधिवेशन उद्घाटन समारोहमा उनले राज्यले सिर्जनाभन्दा वितरण, प्रतिस्पर्धाभन्दा नियन्त्रण र अवसर विस्तारभन्दा पहुँचको संरक्षण गर्ने संस्कारलाई बढावा दिएको उल्लेख गर्दै रास्वपाको उद्देश्य केवल सरकार परिवर्तन नभई राजनीतिक संस्कार परिवर्तनको अभियान रहेको बताए । उनले विवेक, विधि र नियममा आधारित शासन, मेरिटोक्रेसी र नागरिक केन्द्रित लोकतन्त्र स्थापना
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपा नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहेको बताएका छन् ।रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अर्थमन्त्री समेत रहेका डा. वाग्लेले रास्वपाले पुरानालाई हराउने मात्र नभएर देशलाई जिताउन आएको बताउदै नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहेको बताएका हुन् ।उनले रास्वपाले समन्यायिक समाज बनाउने बताउदै बालकको प्रतिभाले उसको भविष्य निर्धारण गरोस भन्ने चाहेको बताए ।डा. वाग्लेले इतिहासले हरेक पुस्तालाई एउटा अवसर दिन्छ भन्दै आफुहरुले त्यस्तै अत्यन्त दुर्लभ अवसर पाएको बताए । उनले अब विद्रोहलाई रुपान्तरणमा बदल्नुप
चितवन— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ।केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार राति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ।तालिकाअनुसार आज राति ११ बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिने छ। सोमबार दिउँसो १ बजेदेखि उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।सोमबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिने छ भने साँझ ६ बजे उम्मेदवारहरूको नामावली प्रकाशन गरिने छ। यस्तै, सोमबार बेलुका ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध, ७ बजेदेखि ९ बजेसम्म दाब
चितवन— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ। अहिले महाधिवेशनको उद्घाटन सत्र हुँदैछ।उद्घाटन सत्रमा कांग्रेस सभापति गगन थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमालेबाट नेता प्रदिप ज्ञवाली, नेकपाबाट वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका चन्द्रकान्त राउतलगायतका नेता पुगेका छन्।
काठमाडौं— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चितवनको भरतपुर पुगेर घण्टी बजाएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेसनमा शुभकामना दिन अतिथिको रुपमा भरतपुर पुगेका थापाले महाधिवेसन उद्घाटनमा रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र शाहसँगै घण्टी बजाएका हुन् । थापालाई रास्वपाका वरिष्ठ नेता शाहले घण्टी समाउन दिएका थिए ।सो क्रममा महाधिवेशनमा शुभकामना दिन पुगेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइ, नेकपा नेता वर्षमा पुन, नेकपा एमालेका नेता प्रदिप ज्ञवाली, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन लगाएतलाई पनि घण्टी बजाउन दिइएको थियो ।
काठमाडौं । रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरस्थित हेस्ट हाउस चौरमा सुरू हुँदैछ ।महाधिवेशनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली र नेकपा नेता वर्षमान पुन कार्यक्रस्थलमा पुगिसकेका छन् । रास्वपाले शुभकामना दिन अरू पार्टीका नेतालाई पनि आमन्त्रण गरेको थियो।कार्यक्रम स्थलमा रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटी, परराष्ट्र मन्त्री शिशिर खनाल, प्रवक्ता मनिष झा लगायत केही नेताहरू भने छन् । महाधिवेशनमा प्रधानमन्त्री बालेन शाह, सभापति रवि लामिछानेलगायत पदाधिकारीहरू आइपुगिसकेका छैनन्।दिउँसो १ बजे कार्यक्रम उद्घाटन गर्ने भने पनि अहिलेसम्म सुरू हुन सकेको छैन ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.