समाज

    Showing 1,201-1,210 of 6,575 items.
  • पत्रकार गोर्खालीको निधन

    चितवन— पत्रकार अजय गोर्खालीको निधन भएको छ । उनको शनिबार उपचारका क्रममा भरतपुर अस्पतालमा निधन भएको हो ।नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका सदस्य गोर्खाली स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए । जनआस्था साप्ताहिकमा कार्यरत ३८ वर्षीय गोर्खालीको आज देवघाटमा अन्तिम संस्कार गरिने उनका बुबा गोपाल परियारले जानकारी दिए । गोर्खालीको निधनसँगै जनअर्पण साप्ताहिकका सम्पादक परियारलाई पुत्रशोक परेको छ ।

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 403 पटक पढिएको
  • रास्वपाले प्रत्यक्षतर्फ उम्मेदवार बन्न २५ हजार शुल्क तोक्यो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फको उम्मेदवारका लागि आजदेखि आवेदन खुलाएको छ ।उम्मेदवार छनौट समितिका संयोजक विपीनकुमार आचार्यले एक सार्वजनिक सूचनामार्फत आन्तरिक उम्मेदवार छनौट प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता पुगेका पार्टी सदस्यका लागि आवेदन खुल्ला गरेको जनाएका छन् ।पार्टीको मोबाइल एपबाट आवेदन मागिएको छ आवेदन शुल्क २५ हजार तोकिएको छ । रास्वपाले समानुपातिकको उम्मेदवारका लागि भने ५० हजार शुल्क निर्धारण गरेको छ ।आर्थिक अभावले आवेदन शुल्क तिर्न नसक्ने अवस्थामा विपन्नताको परिचय पत्र, पार्टीको पालिका समितिको सिफारिस

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 403 पटक पढिएको
  • गोदावरीमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

    ललितपुर— ललितपुरको गोदावरी क्षेत्रमा जुवातास खेलिरहेको अवस्थामा सात जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।गोदावरी नगरपालिका–८ डुकुछापमा श्यामकुमार जिसीको टहरोभित्र चलिरहेको जुवातासमा छापा मार्दै प्रहरीले उनीसहित सात जनालाई शनिबार साँझ पक्राउ गरेको हो।प्रहरी प्रभाग बुङ्गमती र फर्सीडोलबाट खटिएको संयुक्त टोलीले उनीहरूको कब्जाबाट नगद १ लाख २२ हजार ८ सय १० रुपैयाँ र ९ बुक तास बरामद गरेको जनाएको छ।पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 379 पटक पढिएको
  • हेटौंडामा सडक विस्तारका नाममा ५३१ घर–टहरा एकैदिन भत्काइयो, सर्वोच्चको आदेशसमेत अवज्ञा

    मकवानपुर— हेटौंडामा हातहातमै लालपुर्जा, नक्सापास र कर तिरेको प्रमाण भएका घरधनीहरूको ५३१ घर–टहरा सडक विस्तारका नाममा एकै दिन डोजर चलाएर भत्काइएका छन् ।सडक डिभिजन कार्यालय हेटौंडा र जिल्ला प्रशासन कार्यालय मकवानपुरले करिब पाँच सय सुरक्षाकर्मी परिचालन गर्दै शनिबार बिहान झिसमिसेमै डोजर परिचालन गरेका हुन् ।पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा (राइट अफ वे) विस्तार गर्ने नाममा करिब ५० वर्षदेखि लालपुर्जा भई बसेका संरचना समेत भत्काइएपछि स्थानीय आक्रोशित भएका छन् । धेरै बालबालिका, बृद्ध–बृद्धा घरमै सुतिरहेको अवस्थामा उठाएर सामानसहित घर भत्काइएको प्रभावितहरूले बताउँदै आएका छन् ।५३१ घर–टहरा भ

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 404 पटक पढिएको
  • इजरायल–हमास युद्धविरामपछि गाजामा ग्यास अभाव गहिरिँदै

    काठमाडौं— अक्टोबरदेखि गाजा पट्टीमा लागू भएको इजरायल–हमास युद्धविरामपछि ग्यास आपूर्तिमा तीव्र कमी आएको छ । हमासद्वारा सञ्चालित सरकारी सञ्चार कार्यालयका अनुसार निर्धारित ग्यास आपूर्तिको केवल १६ प्रतिशत मात्र गाजामा प्रवेश गर्न पाएको छ ।सम्झौता अनुसार गाजामा ६६० ग्यास ट्यांकर प्रवेश गर्ने तालिका बनाइएको थियो । तर अहिलेसम्म १०४ ट्यांकर मात्र भित्रिएको सरकारी कार्यालयले जनाएको छ, जुन कुल आपूर्तिको लगभग १६ प्रतिशत हो ।कार्यालयका अनुसार गाजामा ग्यास वितरण दर्ता भएका घरधुरीको आधारमा गरिन्छ । हालसम्म करिब २ लाख ५२ हजार घरधुरी ले मात्र आफ्नो भागको ग्यास पाएका छन्, जबकि लक्ष्य ४ लाख ७० हजार घरधुरी लाई आप

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 400 पटक पढिएको
  • मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरुले लिए पद तथा गोपनीयताको सपथ

    जनकपुर— मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णा यादवसहित तीनजना मन्त्रिहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।आइतबार जनकपुरधामस्थित मधेश भवनभित्र आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा उनीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । गत शुक्रबार सात दलिय गठबन्धनले नेपाली कांग्रेसका कृष्णा यादवको नेतृत्वमा मधेश प्रदेश सरकारका लागि दाबी पेश गरेका थिए । सोही दिन प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले कृष्णा यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।तत्कालका लागि नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट १÷१ जनालाई मन्त्री पद दिएर मन्त्रीमण्डल विस्तार गरिएको छ ।जनमत पार्टीबाट महे

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 372 पटक पढिएको
  • महिलामाथिको हिंसा विभेदको कारण र परिणाम दुवै होः सपना प्रधान मल्ल

    काठमाडौं— सर्वोच्च अदालतकी वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लले महिला हिंसाको कानुनको सवालमा अन्तर्राष्ट्रिय कानुनहरुले पहिला विभेदको कुरा गरेको तर हिंसाको कुरा नगरेको बताइन् ।  आइतबार नेपाल पर्यटन बोर्डमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित ब्रेक द स्टिग्मा ४.० कार्यक्रमा बोल्दै उनले अन्तर्राष्ट्रिय कानुन अनुसार विभेद महिला हिंसाको परिणाम र कारण दुबै हुनसक्ने बताएकी हुन् ।  ‘अन्तर्राष्ट्रिय कानुनहरुले पहिला विभेदको कुरा गर्यो तर हिंसाको कुरा गरेन । विभेद हिंसाको कारण हो र विभेद हिंसाको परिणाम पनि हुनसक्छ । यसलाई कारण र परिणामको रुपमा पनि हेर्न सकिन्छ,’ उन

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 406 पटक पढिएको
  • हरिहरपुरगढीमा घाँस काट्ने क्रममा लडेर वृद्धाको मृत्यु

    रामेछाप— सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ धनमान खोलास्थित पाखाको डिलमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ।घाँस काटिरहेका बेला ८० वर्षीया कान्छीमाया घिसिङ डिलबाट लडेर घाइते भएकी थिइन् । घाइते घिसिङलाई स्थानीय सहयोगमा प्रारम्भिक उपचारपछि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको थियो । ट्रमा सेन्टरमा उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण संकलन भइरहेको र आवश्यक अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 414 पटक पढिएको
  • मधेश प्रदेशका मुख्यमन्त्री यादवले आउँदो २४ गते विश्वासको मत लिने

    सर्लाही— मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन्।सत्तापक्षीय सातदलीय गठबन्धनको आजको बैठकले सो निर्णय गरेको जसपाका प्रमुख सचेतक राम असिस यादवले जानकारी दिए। मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन्।शपथपछि उनले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्। विश्वासको मत पाएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णरूप दिने योजना रहेको बताईएको छ।

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 358 पटक पढिएको
  • रुकुम पश्चिममा पूर्वमन्त्री जनार्दन शर्माविरुद्ध कालो झण्डा प्रदर्शन

    रुकुम पश्चिम— प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका पूर्वमन्त्री जनार्दन शर्मा आइतबार रुकुम पश्चिमको सल्ले विमानस्थलमा विरोध प्रदर्शनको सामना गर्नुपरेको छ।विमानबाट अवतरण हुने बित्तिकै पूर्वमाओवादी कार्यकर्ताहरूको समूहले शर्माविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएर विरोध जनाएको स्थानीय स्रोतले बताएको छ।अचानक गरिएको प्रदर्शनपछि विमानस्थलको माहोल केही तनाबग्रस्त बने पनि सुरक्षा निकायले तत्काल परिस्थिति नियन्त्रणमा ल्याएको थियो।स्थितिलाई थप उत्तेजित हुन नदिई सामान्य बनाइएको र सुरक्षामा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।शर्माले नयाँ राजनीतिक दल गठन गरी हाल विभिन्न जिल्ला

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 390 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा