काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ दशमलव ५ प्रतिशत निश्चित लाभांशदर भएको २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव विशेष साधारणसभाबाट पारित गरेको छ ।असार ३ गते सम्पन्न सभाले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरेको हो । अब बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएपछि संस्थागत लगानीकर्तालाई परिपत्र विधिमार्फत शेयर बिक्री गर्नेछ । वितरणयोग्य मुनाफा भएको वर्षमा मात्र लाभांश दिने व्यवस्था रहेको उक्त शेयर दोस्रो बजारमा समेत कारोबार गर्न सकिनेछ । हाल बैंकको चुक्तापूँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार रुपैयाँ रहेको छ ।
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले आन्तरिक रोजगारी प्रवद्र्धनलाई सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयक २०८३ अन्तर्गत मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले रोजगार क्षेत्रको सुधारका लागि व्यापक नीतिगत परिवर्तनको तयारी भइरहेको जानकारी दिए ।मन्त्री यादवले सांसदहरूले दिएको सुझावप्रति आभार व्यक्त गर्दै सरकारले अपेक्षा गरेको लक्ष्य र सबैको साझा उद्देश्य रोजगारी सिर्जना र प्रवद्र्धन नै रहेको उल्लेख गरे । उनले आन्तरिक रोजगारीलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन आगाम
काठमाडौं । नेकपा एमालेका सांसद कृपाराम रानाले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुर्याएको बताएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रानाले नेपालको इतिहास, राष्ट्रियता र पुर्खाहरूको योगदान स्मरण गर्दै देशको सार्वभौमिकता र भूगोलप्रति संवेदनशील हुनुपर्ने धारणा राखे । उनले नेपाली वीर पुर्खाहरू अमरसिंह थापा, भक्ती थापा, बलभद्र कुँवर लगायतले देशको रक्षाका लागि गरेको योगदान स्मरण गर्दै नेपालको भूमि उनीहरूको बलिदानबाट प्राप्त भएको बताए । उनले भने, ‘मलाई आज इतिहासको सम्झना आइरहेको छ । म बाघको डोमरु हुँ सिनो खाने कुकुर होइन यो अभिव्यक्ति हाम्रा विरपुर्खा अमरसि
प्युठान । प्युठानको नौबहिनी गाउँपालिका–५ काँटेमा विद्यालयबाट घर फर्कने क्रममा भेलले बगाएका दुई दाजुभाइ मृत फेला परेका छन् ।आकस्मिक भेलमा पर्ने दाजुभाई मध्ये एक मिलन खत्री थिए भने अर्कोचाहिँ बिमल खत्री थिए। प्रहरीले यी दुई दाजुभाईको शव फेला परेको जनाएको छ। जनता प्राथमिक विद्यालयमा कक्षा १ र कक्षा ३मा अध्ययनरत यी दुई दाजुभाई, कान्छो भाई बिमल खत्रीको शव घटनास्थल जोगीपँधेरामै भेटिएको छ । त्यस्तै उनका दाइ, मिलन खत्रीको शव घटनास्थलबाट करिब एक किलोमिटर तल खोलामा फेला परेको स्थानीयले बताएका छन् ।भेलले बगाएको सूचना प्राप्त हुनासाथ प्रहरी र स्थानीय बासिन्दा संयुक्त रूपमा उद्धारमा खटिएका थिए। यस बा
प्यूठान । प्यूठानमा विद्यालयबाट घर फर्किरहेका दुई नाबालक दाजुभाइ खहरे खोलामा आएको बाढीमा बग्दा मृत्यु भएको छ। नौबहिनी गाउँपालिका–५ का १० वर्षीय मिलन खत्री र ७ वर्षीय विमल खत्रीको ज्यान गएको हो।मंगलबार दिउँसो विद्यालयबाट घर फर्किने क्रममा जोगी पनेरा खहरे खोला तर्दै गर्दा दाजुभाइ बाढीमा बगेका थिए। उनीहरू स्थानीय यामबहादुर खत्रीका छोराहरू हुन्।काँटेस्थित श्री जनता प्राथमिक विद्यालयमा अध्ययनरत मिलन कक्षा ३ मा र विमल कक्षा १ मा पढ्दै आएका थिए। मंगलबार दिउँसो करिब ३ बजेतिर विद्यालयबाट घर फर्किने क्रममा उनीहरू बाढीमा परेका थिए।घटनापछि स्थानीयवासी र प्रहरीको संयुक्त टोलीले खोजी अभियान सञ्चालन गरेको थि
काठमाडौं । नेपाली कलाकारिता, लोकगीत, दोहोरी गीत, भजन, तीजगीत, देउसी भैलो तथा सांस्कृतिक क्षेत्रमा लामो समयदेखि सक्रिय वरिष्ठ गायक, संगीतकार, कवि, लेखक तथा अग्रज पत्रकार रामप्रसाद खनालको नयाँ शिव भजन ‘प्रभुकै छ भर, तिमी बाहेक को छ र’ सार्वजनिक भएको छ ।भगवान शिवको विशेष दिन असार १ गते सोमबारको अवसर पारेर युट्युबमार्फत संसार भर हेर्न मिल्ने गरि सार्वजनिक गरिएको उक्त भजनले भक्तिभाव, आध्यात्मिक चेतना, भगवान पशुपतिनाथप्रतिको अटुट विश्वास तथा मानव जीवनका संघर्षबीच ईश्वरप्रतिको भरोसालाई भावपूर्ण ढंगले प्रस्तुत गरेको छ । खनालको उक्त भजनको शीर्षक ‘प्रभुकै छ भर, तिमी बाहेक को छ र रु’ले नै परमात्माप्रतिको
काठमाडौं— विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक सञ्जीव गौतम लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीराज श्रेष्ठ को इजलासले गौतमलाई थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउने निर्णय गरेको हो।पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा अनियमितता तथा आर्थिक हिनामिना भएको अभियोगमा अदालतले गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको जनाएको छ।अदालतको आदेशमा मुद्दासम्बन्धी प्रमाणहरूको परीक्षण तथा मूल्याङ्कनका आधारमा अन्तिम फैसला हुने भएकाले हालका लागि प्रतिवादी गौतमलाई थुनुवा
काठमाडौं— डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको अध्यक्षमा नियुक्त गरेका हुन् । तत्कालिन अध्यक्षले वैशाख १५ मा राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा लम्साललाई ल्याइएको हो । लम्साल हाल अर्थ मन्त्रालयको महाशाखा प्रमुखका साथै नेपाल रिइन्स्योरेन्स र नेपाल बैंकमा समेत महत्त्वपूर्ण जिम्मेवारीमा छन् ।यस नियुक्तिसँगै नेप्सेको नीति निर्माण, बजार सञ्चालन तथा नियामक समन्वयमा सरकारी भूमिकाको उपस्थिति थप मजबुत हुने अपेक्षा गरिएको छ ।
बाजुरा— बाजुराको मार्तडी कोल्टी सडक खण्ड अन्तर्गत बडिमालिका नगरपालिका–७ को जिल्ली पहिरो नियन्त्रणका लागि निर्माण कार्य गरिएको छ । करिब पाँच वर्ष देखि निरन्तर बेगिरहको उक्त पहिरो रोकथामका लागी तटबन्ध निर्माण गरिएको हो ।पहिरोका कारण नजिकै रहेको लक्ष्मी माध्यमिक विद्यालय भने अझै जोखिममा छ । वर्षातको समयमा वर्षेनी विद्यालयको पठनपाठन भने प्रभावित हुँदै आएको छ ।बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानीय तह, छिमेकी प्रदेश कर्णालीको हुम्ला, मुगु जाने मुख्य राजमार्गको रूपमा यो सकखण्ड सञ्चालनमा छ । वर्षाको समयमा पहिरो जाने र सडक अवरोध हुने हुँदा नागरिकले पाएको सास्थीलाई मध्य नजर गरी वडाबाट विभिन्न समय
काठमाडौं— सन् २०२६ को फिफा विश्वकप अन्तर्गत समूह ‘आई’ को खेलमा नर्वेले इराकमाथि ४-१ को सानदार जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।२८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेका लागि हालान्डले विश्वकपको डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरे।अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको उक्त खेलमा नर्वेले २९ औं मिनेटमा हालान्डको गोलबाट अग्रता लिएको थियो। तर, खेलको ३९ औं मिनेटमा इराकका आइमेन हुसेनले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।दोस्रो हाफको ७१ औँ मिनेटमा नर्वेका मार्टिन आर्डेगर्डले गोल गरेसँगै नर्वेको नतिजा ३-१ बन्यो। इन्जुरी टाइममा इराकका अमेन हुसैनले आत्मघाती गोलगरेपछि जित ४-१ को स्थि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.