काठमाडौं— नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौता भएको छ ।अर्थमन्त्री रामेश्वर प्रसाद खनालको सहभागितामा बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको हो ।जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्व जापानी येन अर्थात् नेपाली करिब ३१ अर्ब ७६ करोड बराबरको ऋण सहायता उपलब्ध गराएको छ। जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहने सम्झौतामा उल्लेख छ ।यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ, जसले काठमाडौं, ललितपुर, भक्तपुर तथा वि।
एजेन्सी— काठमाडौंमा सोमबार राति एक इजरायली पर्यटकलाई स्थानीय युवाहरूको समूहले कुटपिट गरेको इजरायलको सञ्चारमाध्यम वाईनेटले समाचार प्रकाशन गरेको छ ।आल्मोग आर्मोजा नाम गरेका २५ वर्षका इजरायलीले हिब्रु भाषा बोलिरहेको सुनेपछि युवाहरूले आक्रमण गरेको दाबी गरेका छन् । होस्टेल जाँदै गर्दा एक समूहले पछाडिबाट रडले प्रहार गरेको उनले बताए ।‘उनीहरूले आइन रडले मेरो टाउकोमा हाने,’ आर्मोजाले भने, ‘म भाग्न सफल नभएको भए नबाँच्ने सम्भावना थियो ।’आर्मोजाका अनुसार, इजरायली भएकैले उनीमाथि आक्रमण भएको हो । ‘म होस्टेल जाने गल्लीमा भएको उनीहरूलाई थाहा थियो र उनीहरूले मबाट केही चोरेनन्,’ उनले भने, ‘पहिलो प्रहारमै म बेहो
काठमाडौं— मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भाँसिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो । चारमध्ये अस्थायी दुई लेन खण्ड सवारी चापका कारण चर्किएर गत साउन अन्तिम साता भाँसिएको थियो । भाँसिएको सडकखण्ड आजदेखि मर्मत गर्न थालिएको मुग्लिन पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बताए। उनका अनुसार करिब एक सय मिटर सडक भाँसिएपछि सो क्षेत्रमा सवारी आवागमन बन्द गरी एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । सडक भाँसिएको ठाउँमा कालोपत्र उप्काएर मर्मत गर्न थालिएको उनले जानक
काठमाडौं— गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।अनुसन्धानको लागि शाक्यलाई नियन्त्रणमा लिइएको सीआईबीका एआईजी डा.मनोज केसीले जानकारी दिए । प्रभु बैंकका सीईओ अशोक शेरचनसँग जोडिएको मुद्दामा अनुसन्धानका लागि उनी पक्राउ परेका हुन् ।गत असोज १४ गते शेरचन प्रभु बैंकको नायब कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ पक्राउ परेका थिए । गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यले सञ्चालन गरेको गुण एयरलाइन्स अहिले सञ्चालनमा छैन ।
काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका अपाङ्गता भएका व्यक्तिहरू अझै पनि सेवासुविधाबाट वञ्चित रहेको बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले समाज र राज्य दुवैले अपाङ्गता भएका व्यक्तिहरूप्रति देखाउनुपर्ने संवेदनशीलता पर्याप्त रूपमा विकास नभएको उल्लेख गरेका हुन् ।उनले भने, ‘हामी हरेक व्यक्तिहरू चिन्तित हुन्छौं, खुसी हुन्छौं, सुख–दुःख भोग्छौं । तर जब हामी अपाङ्गता भएका व्यक्तिहरूलाई भेट्छौं, तब जीवनको असली परिभाषा तपाईंहरूभित्र देख्छौं । विभेद अन्त्यका अनेक प्रयास भए पनि अपाङ्गता भएका व्यक्
काठमाडौं— आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगबार ३५ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँले बढेर ३६ सय ५५ रुपैयाँमा कारोवार भैइरहेको छ ।
जनकपुर— मधेश प्रदेश सभा बैठक आज २ बजेसम्मका लागि स्थगित भएको छ ।मुख्यमन्त्री सरोज कुमार यादवले आज बैठकमा विश्वासको मत लिने कार्यसूचि रहेकोमा मुख्यमन्त्री यादव स्वयम अनुपस्थित रहेका थिए ।प्रस्तावक स्वयम अनुपस्थित भएकाले उपसभामुख बबिता कुमारी राउत इसरले आज २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेकी छन् ।सर्वोच्च अदालतले गत सोमबार मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । हिजो मंगलबार मुख्यमन्त्री यादवले बेलुका पत्रकार सम्मेलनमार्फत आफुले ढिलो पत्र प्राप्त गरेकोले आज बिहान विश्वासको मत लिने जानकारी गराएका थिए । ८ः३० बजे बस्ने भनिएको मधेश प्रद
काठमाडौं— रारा घुम्न आउने पर्यटकहरूलाई सुविधा पुर्याउने उद्देश्यले कर्णाली प्रदेश सरकारले गमगढी–पिना सडक स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारले उक्त सडक खण्डलाई बहुवर्षीय योजनामा समेटेर यस वर्षको बजेटबाट १५ करोड ९८ लाख ८७ हजार रुपैयाँ बजेटको व्यवस्था गरेको छ ।सडकको स्तरोन्नति भएपछि रारा अवलोकन गर्न आउने आन्तरिक र बाह्य पर्यटकहरू सजिलै गमगढी पुग्न र यहाँ एक रात बस्न सक्षम हुनेछन् । यसले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ ।गमगढीका होटल व्यवसायीहरूका अनुसार, सडक सुधारपछि यहाँ आउने पर्यटकहरूको संख्या बढ्ने र गमगढीमा बस्ने पर्यटकहरूको अवधिमा पनि वृ
काठमाडौं— अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा काठमाडौंका विभिन्न स्थानमा देखिएका दृश्यहरूले अपाङ्गता भएका व्यक्तिहरूको वास्तविकता फेरि एकपटक समाजको अगाडि ल्याएको छ। कोही ह्वीलचेयरमा बसेर सडकको धुलो–धुवासँग जुझिरहेका छन् भने कोही गरिबी, रोजगारीको अभाव र अवसर नपाइने वातावरणका कारण सडकमै माग्दै बाँच्न बाध्य छन्।यी दृश्यहरूले अपाङ्गता केवल व्यक्तिगत कठिनाइ मात्र नभई समाजले अझै समाधान गर्न बाँकी राखेको संरचनागत समस्या भएको स्पष्ट संकेत गर्छ। पहुँचयोग्य पूर्वाधारको कमी, शिक्षा–रोजगारीमा अवसर अभाव, र सामाजिक दृष्टिकोणमा रहेका पूर्वाग्रहहरू उनीहरूको जीवनयात्रालाई अझ कठिन बनाइरहेका छन्।विशेषज्ञहरूका
काठमाडौं— नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउन अनुमति दिएको छ । यसका लागि बोर्डले मङ्सिर १६ गते विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई पत्र पठाएर आईपीओ प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।यसअघि बुक बिल्डिङ विधिबाट कम्पनीले आईपीओ जारी गर्ने अनुमतिमा विवाद आउनपछि बोर्डले प्रक्रिया रोक्ने निर्णय गरेको थियो । २०८० सालको विघटित प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आईपीओ प्रक्रिया रोक्न बोर्डलाई निर्देशन दिएको थियो । तर, पाटन उच्च अदालतले त्यसपछि प्रक्रिया अघि बढाउन आदेश दिएको थियो, र हाल बोर्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.