समाज

    Showing 2,311-2,320 of 6,625 items.
  • जेन–जी युनाइटेडले भन्यो : घाइते र सहिदको रगतमा उभिएर बनेको सरकारले जेन–जीमाथि नै दमन गर्यो

    काठमाडौं । शान्तिपूर्ण आन्दोलनमा सरकारले धरपकड गरेको भन्दै जेन–जी युनाइटेड समूहले आपत्ति जनाएको छ । आज (शनिबार) पत्रकार सम्मेलन गर्दै जेन–जी युनाइटेडका अगुवाहरुले सरकारको विरोध गरेका हुन् ।जेन–जी युनाइटेडका अगुवा सागर तामाङले आफूहरुलाई सरकारले युनिफिकेशन हुने मौका नै नदिएको बताए । सरकारले पक्राउ परेका सबै प्रदर्शनकारीहरुलाई विना शर्त तत्काल रिहा गर्नुपर्ने उनले बताए । उनले भने, ‘हामी जेन–जीहरु आन्दोलन गर्दैगर्दा युनिफिकेशन हुनुपर्छ भन्न पनि नपाउनु ? अब हुँदैन यसरी । सरकारले हाम्रा साथीहरुलाई छोड्नुपर्यो । हाम्रो मागहरु छिटो पूरा गर्नुपर्यो । हाम्रो युनिफिकेशन क्याम्पियन जहिलेसम्म पूरा हुँ

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • 237 पटक पढिएको
  • सिन्धुलीगढी युद्धका जनसेनानी रामचन्द्र प्रसाईँको सालिक अनावरण, रामेछापलाई इतिहास लेख्नेले अन्याय गरेको गुनासो

    रामेछाप । वि.सं १८२४को सिन्धुलीगढीमा भएको नेपाली सेना र अङ्ग्रेज सेनाबीच युद्धमा जनस्तरबाट सहयोग गर्ने जनसेनापति स्वर्गीय रामचन्द्र कँडेलको प्रतिमा उनको जन्मथलो रामेछापको मुगिटारामा अनावरण गरिएको छ । कान्तिपुरका राजा जयप्रकाश मल्लले पृथ्वीनारायण शाहको घेराबन्दीबाट जोगिन बङ्गालस्थित ब्रिटिस इष्ट इन्डिया कम्पनीसँग सैन्य सहयोग मागेका थिए । उनले अङ्ग्रेजहरूसँग सहयोगको सम्झौता गर्दै काठमाडौं उपत्यकामा कम्पनीका व्यापारीहरूलाई सहज व्यापारिक पहुँच दिन्छौँ भन्ने बाचा गरेर अङ्ग्रेज सैन्य टोली नेपाल मगाएका थिए । कप्तान किनलकको नेतृत्वमा आएको २५ सय सेनाको टुकडी भारतको पटना हुँदै तराईबाट मकवानपुर गढीब

    • प्रकाशित मितिः कार्तिक ८, २०८२
    • 285 पटक पढिएको
  • छठ पर्वको तयारी सुरू, पोखरी घाटहरु सजाइँदै

    जनकपुर । तिहार समाप्त भएसँगै जनकपुरधामसहित तराई मधेशमा छठ पर्वको तयारी सुरु भएको छ ।भव्यताका साथ मनाईने छठ पर्वका लागि जनकपुरधामका पोखरी र घाटहरु सजाउने कार्य भइरहेको छ । जनकपुरधाममा छठ पर्व नेपालको सबैभन्दा प्रसिद्ध मानिन्छ । जनकपुरधामको गंगासगर पोखरी, धनुष सागर, अरगज्जा पोखरी, रुकमिनि पोखरी, अग्निकुण्ड, ध्रुवकुण्ड, रत्नसागर, दशरथ तलाउलगायत पोखरीका घाटहरुमा सरसफाई गरिनुका साथै, टेन्ट लगाउने कार्य तीव्र रुपमा भइरहेको छ ।चार दिन सम्म मनाइने छठ पर्व यस वर्ष शनिबार (भोली) देखि सुरु हुँदै छ । शनिबार ‘नहाय–खाय’ विधि गरिनेछ । ब्रतिले पहिलो दिन ‘नहाय–खाय’ गरी शरीर र मनलाई शुद्ध बनाउने काम गर्छन्

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 326 पटक पढिएको
  • सर्लाहीमा प्रहरीको कडाइ : तस्करी र लागूऔषध नियन्त्रणमा एसपी खड्काको दृढ अभियान

    सर्लाही । तस्करी, लागूऔषध ओसारपसार र गाँजा खेतीका कारण लामो समयदेखि बदनाम हुँदै आएको सर्लाही जिल्लामा पछिल्ला महिनाहरूमा प्रहरीको कडाइले उल्लेखनीय परिवर्तन ल्याएको छ ।प्रहरी प्रमुख एसपी योगेन्द्र बहादुर खड्काको नेतृत्वमा अपराध नियन्त्रण, तस्करी नियन्त्रण र राजस्व वृद्धिका प्रयासहरू सशक्त रूपमा अघि बढिरहेका छन् ।एसपी खड्काको निर्देशनमा सर्लाही प्रहरीले सीमाक्षेत्रमा कडाइका साथ निगरानी बढाएको छ । अवैध रूपमा वारपार हुने सामान र लागूऔषधको ओसारपसारमा संलग्न व्यक्तिहरूमाथि निरन्तर कारबाही भइरहेको छ । प्रहरीले हालसम्म दर्जनौँ तस्करलाई नियन्त्रणमा लिएर अवैध सामानसहित भन्सारमा बुझाइसकेको छ ।‘सर्लाहीलाई

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 286 पटक पढिएको
  • सर्लाहीमा फेसबुकमा आफू विरुद्व पोस्ट गरेको भन्दै वडा अध्यक्षद्वारा जेन–जी युवामाथि कुटपिट

    सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका – १ मा वडा अध्यक्षकै नेतृत्वमा जेन–जी युवामाथि सामूहिक कुटपिट भएको छ ।वडा नं. १ का अध्यक्ष रामेश्वर प्रसाद महतो, उनका आफन्त मुकेश, अजय, अनिल महतो र सहयोगी राम साह, विजय महतो तथा शंकर महतोलगायतको समूहले किसनपुरका जेन–जी युवा विवेकानन्द गुप्तामाथि कुटपिट गरेको स्थानीयहरूले बताएका छन् ।स्थानीयका अनुसार महतो पक्षले गुप्ताको घरमै पुगेर घेराउ गर्दै आक्रमण गरेको हो । घटनापछि गाउँमा तनावपूर्ण वातावरण सिर्जना भएको थियो । त्यसपछि प्रहरीको टोलि घटनास्थलमा पुगेको थियो । प्रहरी पुगेपछि तनाव नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।जिल्ला प्रहरी का

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 249 पटक पढिएको
  • सोलुखुम्बुमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते

    रामेछाप । सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार माप्य दुधकोशी गाउँपालिका–६ भिरकुनामा बिहीबार साँझ वाग्मती प्रदेश ०१–०३१ च ५९२४ नम्बरको जिप सडकबाट करिब ५ सय मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा तीन महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।मृतकमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका–३, छेस्कामकी १६ वर्षीया हबी राई, सोही स्थानकी २० वर्षीया शान्ति राई र नाम नखुलेकी अर्की एक महिला रहेको प्रहरीले जानकारी दिएको छ ।जिपमा ११ जना सवार थिए। तीमध्ये ६ जना घाइते र २ जना सकुशल रहेका छन् । घाइतेहरूमा चालक श्रीध्वज राई, गंगा रा

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 256 पटक पढिएको
  • पोखरा एभेन्जर्सले गर्यो इंग्ल्यान्डका अनुभवी विकेटकिपर एडम रोसिङटनलाई अनुबन्ध

    काठमाडौं । पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अनुभवी विकेटकिपर तथा आक्रामक ब्याटर एडम रोसिङटनलाई अनुबन्ध गरेको छ । पोखरा एभेन्जर्सले आगामी एनपिएल — सिजन २ का लागि रोसिङटनलाई अनुबन्ध गरेको हो । मंसिर १ देखि मंसिर २७ सम्म आयोजना हुने एनपिएलका लागि टोलीले आफ्नो शीर्ष–क्रम बलियो बनाउने उद्देश्यसहित ३२ वर्षीय रोसिङटनलाई टोलीमा समावेश गरेको हो ।रोसिङटन नेपालमा पहिलो पटक प्रतियोगितात्मक रूपमा खेल्ने भएका छन् । रोसिङटनले घरेलु स्तरमा लामो जिवन बिताएका छन् । आफ्नो खेल जीवनको सुरुवात मिडलसेक्सबाट गरेका उनी पछि नर्थह्याम्पटनसायर र एसेक्समा सक्रिय भए । काउन्टी क्रिकेटमा उनले एक सयभन्दा बढी पहिलो श्

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 396 पटक पढिएको
  • चन्द्रपुरको टायल तथा ब्लक उद्योगमा आगोलागी

    रौतहट । रौतहटको चन्द्र्पुरमा रहेको एक टायल तथा ब्लक उद्योगमा आगोलागी भएको छ । चन्द्रपुर नगरपालिका–४ मा रहेको घिमिरे टायल तथा ब्लक उद्योगमा शुक्रवार बिहान आगलागी भएको हो । उद्योगभित्र अचानक आगो र धुवाँको मुस्लो स्थानीयवासीले  देखेपछि आगलागी भएको थाहा भएको प्रहरीले जानकारी दिएको । स्थानीयवासीका अनुसार बिहानै उद्योगभित्र अचानक आगो लागेको भएपनि के कारणले लागेको थाहा नभएको बताएका छन । आगलागी फैलिन नदिनका लागि स्थानीय बासिन्दा र उद्योगका कामदारहरू मिलेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।अहिले घटनास्थलमा चन्द्र्पुर नगरपालिकाको  दमकल सहितको टोली घटनास्थालमा पुगेको छ । आगलागीको का

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 302 पटक पढिएको
  • बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु

    सोलुखुम्बु :  बिहीबार साँझ करिब साढे ६ बजे माप्यदुधकोशीबाट महाकुलुङतर्फ जाँदै गरेको  सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका–३ वाकुमा  बोलेरो जिप भिरबाट करिब ५०० मिटर तल खस्दा दुर्घटना भएको हो। जिप दुर्घटना हुँदा तीन महिलाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी मनोज कुँवरका अनुसार घटनास्थलमै तीन महिलाको मृत्यु भएको हो। मृतकमध्ये १६ वर्षीया हबी राई र २० वर्षीया शान्ति राईको पहिचान खुलेको छ भने एक किशोरीको सनाखत हुन बाँकी छ।महाकुलुङ गाउँपालिका–३ छेस्काम घर भएका जिप चालक ३२ वर्षीय श्रीध्वज राई गम्भीर घाइते भएका छन्। उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जना

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 384 पटक पढिएको
  • आज विश्व विकास सूचना दिवस मनाइँदै

    काठमाडौं । आज विश्व विकास सूचना दिवस मनाइँदैछ । सन् १९७२ मा संयुक्त राष्ट्र संघको साधारण सभाले विश्व विकास सूचना दिवस स्थापना मनाउने निर्णय गरेसँगै त्यसयता हरेक वर्षको २४ अक्टोबरको दिनमा विश्वभरि विश्व विकास सूचना दिवस मनाइन्छ ।सूचना र सञ्चार प्रविधिहरूले विकासको चुनौतीहरू, विशेषगरी विश्वव्यापीकरणको सन्दर्भमा नयाँ समाधान प्रदान गर्न सम्भव छ र आर्थिक वृद्धि, प्रतिस्पर्धा, सूचना र ज्ञानको पहुँच, गरीबी उन्मूलन र सामाजिक समावेशलाई प्रोत्साहन दिने उद्धेश्यले हरेक बर्ष यो दिवस मनाउने गरिएको छ ।

    • प्रकाशित मितिः कार्तिक ७, २०८२
    • 269 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा