बाजुरा । बाजुराकी अनमी रमा थापाले लगातार पाँच घण्टा कृत्रिम श्वास दिएर एक शिशुको ज्यान बचाएकी छन् ।गौमुल गाउँपालिका–१ माडीकी २९ बर्षकी निशा बोहराले जन्म दिएको शिशुको अनमी थापाले कृत्रिम श्वासको माध्यममार्फत ज्यान बचाएकी हुन् । निशालाई उनका आफन्तले माडी सामूदायिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन लगेका थिए । स्वास्थ्य संस्थामा पुर्याउँदा बच्चाको टाउको पेटमा अड्किएको थियो भने खुट्टा बाहिर निस्केका थिए । स्वास्थ्यकर्मीले हातले शिशु निकालेका हुन् ।जन्मेको शिशु निसासिएको थियो, श्वास नै थिएन् । बच्चाको मृत्यु भइसकेको भनेर छाडेका थियौ अनमी रमा थापाले बताइन् । फेरि पनि श्वास जाग्छ कि भनेर
काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष तिहार लक्षित सुनका असर्फी वितरण नगर्ने भएको छ ।सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै आएको भएतापनि यस वर्ष सुनका असर्फी वितरण नगर्ने भएको हो । राष्ट्र बैंकको टक्सार महाशाखाले असोज २६ गतेदेखि चाँदीको मेडालियन बिक्री वितरणका लागि भने मूल्य सार्वजनिक गरेको थियो ।महाशाखाका अनुसार लक्ष्मी मेडालियन (१०) ग्राम ३ हजार दुई सय रुपैयाँ, गणेश मेडालियन (१०) ग्राम, गजलक्ष्मी (१०) ग्राम र गाई मेडालियन (१०) ग्राम ३ हजार दुई सय रुपैयाँ कै दरले वितरण गरिने भएको छ । महाखाशाका अनुसार प्रतिव्यक्ति १ मात्रै वितरण गरिने छ । खरिद गर्न जाँदा नागरिकताको फोटोकप
उदयपुर— १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटारी नगरपालिका- १० गिजिनचौर थुम्की बस्ने २५ वर्षीय भीमबहादुर थापा मगर छन् ।उनलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो । भीमबहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कञ्चनपुर— बेदकोट नगरपालिका-९ कोल्डस्टोरस्थित कटेजमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ७० वर्षीय बिक्रम रावत समेत ९ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६९ हजार ९ सय ३५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।सर्लाही, मलंगवा नगरपालिका-८ बस्ने ४५ वर्षीय प्रमोद जैसवालको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रमोद समेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९५ हजार ५ सय ३० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरी
काठमाडौं— काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित सडकमा बा ६८ प ४१५३ नम्बरको मोटरसाइकल सोमबार राति अनियन्त्रित भई दुर्घटना हुँदा २१ वर्षीय समीर चौधरीको मृत्यु भएको हो ।महानगरपालिका- ३१ बानेश्वर बस्ने कैलालीको गोदावरी गाउँपालिका-८ का चौधरीलाई दुर्घटनामा गम्भीर घाइते भएका थिए । उनको केएमसी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुर्खेत— फिरन्त जीवन जिउँदै आएका लोपोन्मुख राउटे समुदायका अधिकांश व्यक्ति बिरामी परेका छन् । लेकबेशी नगरपालिका–८ मा बस्दै आएका राउटे समुदायमा पछिल्लो एक हप्तामा २५ जना बिरामी छन् । अस्पतालमा गएर उपचार गर्न नमान्ने राउटे समुदामा बिरामीको संख्या बढ्दै गएपछि समस्या देखिएको छ । सुरुमा दुई जना बिरामीबाट सुरु भएको संक्रमण २५ जनामा फैलिएको राउटेकी उपचारमा खटिएका स्वास्थ्यकर्मी अनुजा पन्तले बताइन् । बस्तीमा बिरामी पर्ने राउटेको संख्या दिनहुँ बढ्दै गएको उनको भनाइ छ ।बिरामीहरुलाई अत्यधिक ज्वरो आउने, खाना नखाने तथा आलस्य बढ्ने भए पछि बिरामी राउटेहरु थला परेका छन् । डेंगुलगायतका अन्य स्वास्थ्य परिक्ष
काठमाडौं— हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव सैनिक अस्पतालमा राखिएको छ ।अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएसँगै विपिनको शव डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा राखिएको हो ।डिएनए रिपोर्ट लगायतका प्रक्रिया पूरा गरेपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु हुने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।राजदूत धनप्रसाद पण्डितका अनुसार विपिनको शव पहिचान भएपश्चात इजरायल सरकारले नै कफिनमा बन्द गरेर उनको शव नेपाल पठाइदिने छ । त्यसका लागि अझै केही दिन लाग्ने अनुमान गरिएको छ ।अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क
बागलुङ— जिल्लाको जैमिनी नगरपालिकामा अहिलेसम्मकै ठूलो स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जैमिनी नगरपालिकाको स्थानीय व्यवस्थापन, रोटरी क्लब अफ पोखरा फिस्टेलको आर्थिक व्यवस्थापनमा असोज १९ गतेदेखि थालिएको आठदिने शिविरमा एक हजार ३७५ जना लाभान्वित भएका छन् । आँखाको शल्यक्रियासहित जैमिनीमा शिविर आयोजना गरिएको हो ।शिविरमा आँखा र स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षणसँगै आँखाको शल्यक्र्रिया र स्त्रीरोगमा भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो । असोज १९ देखि २२ गतेसम्म जैमिनी नगरपालिकाको दुर्गम गाउँमा पुगेर बिरामीको परीक्षण तथा आँखाका जटिल बिरामीको सिफारिस गरिएकामा असोज २३ गतेदेखि चार दिनसम्म जैमिनी
काठमाडौं— पूर्वसभामुख कृष्णबहादुर महरामाथिको थुनछेक बहस मंगलबार हुँदैछ। काठमाडौं जिल्ला अदालतमा थुनछेक बहसपछि उनी धरौटीमा छुट्ने कि थुनामै रहने भन्ने आदेश आउनेछ।सुन तस्करी प्रकरणका आरोपी महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते उनीविरुद्ध मुद्दा दर्ता दर्ता गरेको थियो। महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी कैद सजाय माग दाबी गरिएको छ ।उनीमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लागेको छ। २०७९ पुस १० मा फ्लाई दुबईको फ्लाइट एफजेट ०५८७ नम
उदयपुर— इलामबाट काठमाडौंतर्फ जाँदै गरेको कार उदयपुरको अधेरीमा गुडिरहेको बेला एक्कासि आगलागी भएको छ।सोमबार बिहान उदयपुरगढी गाउँपालिका–७ स्थित अधेरीमा बा ९ च ८६६८ नम्बरको कारमा अचानक आगो लाग्दा सवारीसाधन पूर्ण रूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी केदारमान दोङले जानकारी दिएका छन्।दुर्घटनामा कारमा सवार ७ वर्षीय बालक आरोन सेनचुरी सामान्य घाइते भएका छन्। उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा भर्ना गरिएको छ।घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.