समाज

    Showing 2,551-2,560 of 6,631 items.
  • शनिबार पनि राजस्व संकलनका लागि आरटीजीएस प्रणाली सञ्चालनमा

    काठमाडौं— राजस्व संकलनलाई सहज बनाउन शनिबार असोज २५ गते पनि आरटीजीएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली सञ्चालनमा रहने भएको छ।नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले बिहीबार सूचना जारी गर्दै, शनिबार बिहान ८ बजेदेखि राति ८ बजेसम्म राजस्व संकलन प्रयोजनका लागि यो प्रणाली खुला रहने जानकारी दिएको हो।शनिबार बन्द रहने आरटीजीएस प्रणाली विशेष आवश्यकता अनुसार सीमित समयका लागि सञ्चालनमा ल्याइएको हो। राजस्व तिर्नुपर्ने निकाय तथा सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 436 पटक पढिएको
  • धादिङमा बस र टिपर ठोक्किँदा ११ जना घाइते

    धादिङ— धादिङको गल्छी गाउँपालिका–७, भल्टारमा बस र टिपर एकआपसमा ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन्। पृथ्वी लोकमार्गमा शुक्रबार बिहान करिब ९ बजे भएको उक्त दुर्घटनामा बसमा सवार यात्रुहरू घाइते भएका हुन्।नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लुप. ०१–००१ ख ०७६६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ८ ख २५९१ नम्बरको टिपर एकआपसमा ठोक्किएका थिए।दुर्घटनापछि घाइतेहरूको उद्धार गरी स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालले जानकारी दिए। उनका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेका छन् ।प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 445 पटक पढिएको
  • फिलिपिन्समा शक्तिशाली भूकम्प, क्षतिबारे विवरण आउन बाँकी

    काठमाडौं— फिलिपिन्समा शुक्रबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । भूकम्पपछि सुनामीको चेतावनीसमेत जारी गरिएको छ ।भूकम्पको तीव्रता ७.४ म्याग्निच्यूड रहेको जनाइएको छ ।मिन्डानाओ क्षेत्रमा केन्द्रविन्दु रहेको भूकम्पबाट भएको जनधनको क्षतिबारे विवरण आउन बाँकी छ ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 454 पटक पढिएको
  • मनुसमारा नदीमा डुबेर युवकको मृत्यु

    सर्लाही— सर्लाहीको मनुसमारा नदीमा डुबेर एक युवकको ज्यान गएको छ। बलरा नगरपालिका–१०, सुदामाका २८ वर्षीय हरि शङ्कर चौधरी शुक्रबार बिहान मृत अवस्थामा फेला परेका हुन्।चौधरीको शव मनुसमारा नदीमा डुबेको अवस्थामा भेटिएपछि प्रहरीले उद्दार गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिए।मृतक चौधरी कुन अवस्थामा नदीमा पुगेका थिए भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 454 पटक पढिएको
  • सशस्त्र प्रहरीद्वारा २२० किलो लागूऔषध गाँजा बरामद

    सिरहा— सशस्त्र प्रहरीले सिरहाको बलान खोलानजिकबाट २२० किलो लागूऔषध गाँजा बरामद गरेको छ। जिल्लाको भागवनपुर गाउँपालिका–२ अन्तर्गत कासघारी क्षेत्रमा लुकाएर राखिएको अवस्थामा उक्त गाँजा फेला परेको हो।सशस्त्र प्रहरी बल गुल्म इनर्वाबाट खटिएको टोलीले गएराति गस्तीका क्रममा बलान खोलानजिकको झाडी क्षेत्रबाट नौवटा बोरामा लुकाइएको अवस्थामा गाँजा फेला पारेको सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दराज राईले जानकारी दिए।बरामद गरिएको गाँजा आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।अवैध लागूऔषध कारोबारविरुद्ध सशस्त्र प्रहरीको नियमित निगरानी र गस्ती कार्यक्रम अन्

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 519 पटक पढिएको
  • ड्युटीमा रहेका वरिष्ठ सईसहित १४ जना जुवाडे पक्राउ, १३ लाखभन्दा बढी रुपैयाँ बरामद

    बाँके— बाँके प्रहरीले जुवाको अभियोगमा वरिष्ठ प्रहरी सहायक निरीक्षक (सई) सहित १४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कर्णाली प्रदेश संघीय प्रहरी कार्यालयमा कार्यरत वरिष्ठ सई शाही समेत रहेका छन्। उनी बिदामा नभई ड्युटीमै रहेका बेला जुवाको खालबाट पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार, नेपालगन्जको बाइपास रोडस्थित मौरी रेष्टुरेन्टमा जुवा खेलिरहेको सूचनाका आधारमा छापा मारिएको थियो। सो क्रममा १३ लाख ६३ हजार ८ सय रुपैयाँ नगद र १० गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेहरूमा नेपालगन्ज–४ का पूर्ववडाध्यक्ष मो. सफिफ बेहना लगायत विज्ञान श्रेष्ठ,

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 491 पटक पढिएको
  • एमाले सचिवालय बैठक आज, केन्द्रीय कमिटी असोज २९ देखि

    काठमाडौं— नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे गुण्डुमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिती, पार्टीका आन्तरिक विषयको व्यवस्थापन,जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेण्डाबारे छलफल हुनेछ । यस अघि असोज १९ र २० गतेका लागि तय गरिएको बैठक अबिरल वर्षाका कारण स्थगित भएको थियो । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश,जिल्ला र प्रवासका अध्यक्षहरुसँग गरेको भर्चुअल बैठकको जानकारी,वर्तमान सरकारले लिन सक्ने कदम,निर्वाचनको सम्भावनाका बारेमा पनि जानकारी गराउने तयारी रहेको  पार्टीका केन्द्रीय कार्यलय सचिव डा।भिष्म अधिकारील

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 392 पटक पढिएको
  • अत्यावश्यक प्रयासपछि बिपी राजमार्ग आजै खुल्ने, रातभर डोजरले हटाइयो अवरोध

    काठमाडौं— असोज १७ गतेदेखि बाढीका कारण पुनः अवरुद्ध बनेको बिपी राजमार्ग शुक्रबार दिउँसोसम्म सञ्चालनमा आउने भएको छ। दुई दिन लगातार परेको झरीपछि रोशी खोलामा आएको लेदो मिसिएको बाढीले राजमार्गको ५३०० मिटर डाइभर्सनमध्ये ३४१० मिटर भाग कटान गरेको थियो।डाइभर्सन पुनः निर्माण गर्न बिहीबार रातभर डोजर चलाइएको सडक डिभिजन भक्तपुरका साइट इन्जिनियर दुर्गा प्रसादले जानकारी दिए। उनका अनुसार माथिल्लो र तल्लो माम्तीमा मर्मत कार्य तीव्र गतिमा भइरहेको छ। माथिल्लो माम्तीमा ४०–५० टिपर फिलिङ गरेपछि त्यो खण्ड सञ्चालनमा आउनेछ भने तल्लो माम्तीमा खोला डाइभर्सनको काम अन्तिम चरणमा पुगेको छ। उनका अनुसार शुक्रबार दिउँसो ४ बजेस

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 363 पटक पढिएको
  • आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै

    काठमाडौं—  मानसिक स्वास्थ्यप्रति जागरुकता बढाउने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ ।मानसिक स्वास्थ्य बिना मानव स्वस्थ नहुने वास्तविकता बोध गराउन सन् १९९२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । प्राकृतिक प्रकोप, द्वन्द्व र सार्वजनिक स्वास्थ्य आपत्कालजस्ता सङ्कटमा परेकालाई मनोसामाजिक परामर्श दिने तथा उनीहरूलाई तत्काल सहयोग गर्नुपर्नेमा यो दिवसले जोड दिएको छ ।

    • प्रकाशित मितिः असोज २४, २०८२
    • 461 पटक पढिएको
  • आखेटोपहारसहित दुई जना पक्राउ

    काठमाडौं— तारकेश्वर नगरपालिका–८ शिव मन्दिर चोकबाट संरक्षित वन्यजन्तु सालकको खपटा जस्तो देखिने आखेटोपहार र सालकको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका–३ का २१ वर्षीय लिजोङ तामाङ र बेलकोटगढी नगरपालिका–१ का ३९ वर्षीय श्याम ढुङ्गाना रहेका छन् ।केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले करिब दुई किलोको उक्त आखेटोपहार लिएर हिँडिरहेको अवस्थामा आज उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २३, २०८२
    • 467 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा