समाज

    Showing 2,551-2,560 of 11,025 items.
  • प्रवास नेपाली ज्ञान, अनुभव र राष्ट्रिय भावनाको ठूलो शक्ति हो : अध्यक्ष दाहाल

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले देशबाहिर रहेका नेपाली केवल श्रमशक्ति मात्र नभई ज्ञान, अनुभव र राष्ट्रिय भावनाको महत्वपूर्ण स्रोत भएको बताएका छन् ।शुक्रबार काठमाडौंमा गैरआवसीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उनले प्रवासमा रहेका नेपालीले नेपालसँग जोडिएको बौद्धिक र भावनात्मक योगदान दिइरहेको उल्लेख गरे ।उनका अनुसार गैरआवसीय नेपाली संघले विश्वभर रहेका नेपालीलाई केवल सञ्जालमा जोड्ने मात्र नभई उनीहरूको अनुभव, क्षमता र चिन्तनलाई नेपालसँग जोड्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।उनले भने,‘देशबाहिर रहेको नेपालको ठूलो जनशक्ति केवल श्रम

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 170 पटक पढिएको
  • रसायनिक मल बढी खपत भएपनि अपेक्षित उपलब्धि नदेखिएकोप्रति चिन्ता

    काठमाडौं— वन तथा वातावरण तथा कृषि पशुपन्छी विकासमन्त्री गिता चौधरीले जनचेतनाको कमी भएका कारण रसायनिक मल बढी खपत भइरहेको बताएकी छिन् ।शुक्रबार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भएको कृषि उत्पादनका साधन मल, बिउबिजनको आपूर्ति अवस्था एवं किसान प्रोत्साहन कार्यक्रमको लागि सरकारको तयारीबारे भएको छलफलमा उनले यस्तो बताएकी हुन् ।मन्त्री चौधरीले कृषि मन्त्रालयको करिब ६० प्रतिशत बजेट मलमा खर्च भइरहे पनि अपेक्षित उपलब्धि नदेखिएको बताइन् । सरकारले मल उपलब्ध गराएपनि किसानसम्म समयमै नपुग्ने समस्या रहेको उल्लेख गर्दै उनले यसको समाधानका लागि सरकारले सूक्ष्म अध्य

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 492 पटक पढिएको
  • सुकुम्बासी बस्तीमा प्रदर्शन, सत्ताको आडमा ‘डोजर आतङक’ बन्द गर्न माग

    काठमाडौं— सुकुम्बासी बस्ती खाली गर्ने सरकारको निर्णयविरुद्ध थापाथलीस्थित सुकुम्बासी बस्तीमा विरोध प्रदर्शन गरिएको छ ।शुक्रबार राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा स्थानीय र जेनजी युवाहरु बस्तीमा भेला भएर विरोध प्रदर्शन गरिरहेका हुन् ।उनीहरुले ‘सुकुम्बासी बस्तीमा डोजर होइन न्याय चाहिन्छ’, ‘हुनेलाई महल नहुनेलाई सडक ?’ ‘कहाँ छ तिम्रो न्याय ?’ ‘यो सरकारको बाचा यहि हो र ?’ ‘शहर सुन्दर बनाउ तर मान्छे विस्तापित नगर’ जस्ता नारा लगाउँदै प्लेकार्ड बोकेका थिए ।प्रदर्शनमा पुगेकी एक जेनजी युवतीले सरकारले सुकुम्बासीहरुलाई डोजरको आतङक देखाएर राज्यसत्ताको शक्तिको आडमा भूमिहीन सुकुम्बासी बस्तीमाथि डोजर चला

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 495 पटक पढिएको
  • रेखा थापा निर्देशित ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा प्रदर्शनमा आउने

    काठमाडौं— चर्चित अभिनेत्री तथा निर्देशक रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’ आगामी भदौ २६ गते, हरितालिका तीजको अवसर पारेर देशभर प्रदर्शनमा आउने भएको छ ।प्रेम, सम्बन्ध र पारिवारिक भावनालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रलाई दर्शकमाझ भावनात्मक कथावस्तु बोकेको नयाँ प्रस्तुति रूपमा लिइएको छ ।चलचित्रको निर्माण हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठले गरेका हुन् । कलाकारमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायतका कलाकारको अभिनय रहेको छ ।पटकथा

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 537 पटक पढिएको
  • किन पक्राउ परे सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष परिश्रमी ? यस्तो छ कारण

    काठमाडौं— सुकुमबासी मोर्चाका कार्यवाहक अध्यक्ष एवं एमाले नेता नारायण परियार (परिश्रमी) पक्राउ परेका छन् । बैंकिङ कसुर मुद्दामा उनलाई पक्राउ गरिएको हो । सरकारले काठमाडौंको खोला किनारमा बसिरहेका सुकुम्बासीहरूलाई हटाउने तयारी गरिरहेका बेला परिश्रमी बैंकिक कसुरमा पक्राउ परेका हुन् । परिश्रमीको पक्राउ सकुम्बासी समस्यासँग सम्बन्धित नरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 493 पटक पढिएको
  • टिकटकमार्फत उपहारको प्रलोभन देखाई ठगी गरेको आरोपमा युवक पक्राउ

    काठमाडौं— टिकटकमार्फत उपहारको नाममा ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले इलामको फाकफोकथुम गाउँपालिका–६ का २७ वर्षीय सुजन लिम्बू उर्फ सुशन थेगिम  पक्राउ परेका हुन् ।प्रहरीका अनुसार उनले ‘रोहन राजपूत’ नामबाट टिकटक आइडी सञ्चालन गर्दै नेपाली महिलासँग चिनजान बढाउने गर्थे। सुरुमा सामान्य कुराकानीमार्फत विश्वास जितेपछि उनले विभिन्न प्रलोभन देखाउँदै ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।उनले डलर, गरगहना लगायतका उपहार पठाइसकेको दाबी गर्दै ती सामान काठमाडौँ विमानस्थलस्थित डीएचएल शाखामा आइपुगेको भन्दै सन्देश पठाउने गरेका थिए। त्यसपछि सामान छुटाउन भन्स

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 591 पटक पढिएको
  • कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द

    हेटौँडा— लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना क्लिङ्कर उत्पादन गरेको उद्योगले कच्चा पदार्थ नपाएपछि उत्पादन बन्द गरेको हो ।  ‘हामीसँग कोइला, ढुङ्गालगायत कच्चा पदार्थ छैनन् । तत्काल कच्चा पदार्थ आउने सम्भावना पनि छैन, कच्चा पदार्थका लागि सम्झौता भए पनि रकमको अभाव देखाउँदै ठेकेदारले कच्चा पदार्थ ढुवानी गर्न नसकेकाले उद्योग बन्द गर्नुपरेको छु, उद्योगमा भएको कच्चा पदार्थबाट पाँच हजार टन क्लिङ्कर उत्पादन गरेर अहिले सिमेन्ट ‘प्याकेजिङ’ भइरहेको उद्योगका सहायक प्रबन्धक भक्तिराम श्रेष्ठले भने । दैनिक १६ हजार बोरा सिमेन्

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 465 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैया कायम भएको छ । बिहीबार २ लाख ९८ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको थियो ।

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 429 पटक पढिएको
  • सुकुम्वासी मोर्चाका अध्यक्ष परिश्रमी पक्राउ

    काठमाडौं— संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ परेका छन् । सरकारले थापाथली, मनोहरा र सिनामंगल क्षेत्रका सुकुम्वासी बस्ती हटाउन लागेको छ ।तीन वर्षअघि त्यही क्षेत्रमा पेट्रोल बमलगायत प्रहार गरेको भन्ने विषयमा अनुसन्धान गर्नका लागि उनलाई होल्ड गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।यसअघि बालेन शाह काठमाडौं महानगर प्रमुख हुँदा ती क्षेत्रका बस्ती हटाउने प्रयास गरेका थिए । तर, त्यसबेला काठमाडौं महानगर प्रहरी सुकुम्बासी बस्ती क्षेत्रमा जाँदा महानगर प्रहरीमाथि ढुंगामुडा भएको थियो । उक्त घटनामा घाइते भएका महानगर प्रहरीहरूले सुकुम्

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 454 पटक पढिएको
  • पत्रकार आचारसंहिता उल्लङ्घन र मिथ्या सामग्रीप्रति काउन्सिलको चेतावनी

    काठमाडौं— प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा सम्प्रेषित सामग्रीको अनुगमन गर्दै पत्रकार आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।प्रेस काउन्सिल नेपाललले शुक्रबार सार्वजनिक गरेको सूचनामा पछिल्ला दिनहरूमा पत्रकार आचारसंहिताविपरीत उजुरी तथा जनगुनासो बढिरहेको उल्लेख गरिएको छ । काउन्सिलका अनुसार यस्ता उजुरीहरूमा तथ्यहीन, अपुष्ट तथा भ्रामक सामग्री प्रकाशन गर्ने प्रवृत्ति देखिएको छ ।काउन्सिलले केही सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूले विज्ञापनको नाममा दबाब दिने, अस्वीकार गरेमा संस्थाको प्रतिष्ठामा असर पार्ने खालका मिथ्या सामग्री सम्प्रेषण गर्ने गरेको गुनासा पनि प्राप्त

    • प्रकाशित मितिः वैशाख ११, २०८३
    • 433 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.