काठमाडौं— नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी छन् । शुक्रबार प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसबमोजिम भदौ २७ गते शक्रबार राति ११ बजेदेखि लागु हुने गरी वर्तमान प्रतिनिधि सभा विघटन गरेका छन् । राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजङ्ग थापामगरका अनुसार राष्ट्रपति पौडेलले २०८२ फागुन २१ गते बिहीबार प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोकेका छन् । जेनजी अभियानको भदौ २३ र २४ गतेको आन्दोलनले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को गठबन्धन
बाजुरा— देश र संविधानको रक्षा गर्न माग गर्दै बाजुरामा शान्तिपूर्ण मौन प्रदर्शन गरिएको छ ।नेपाल पत्रकार महासंघ बाजुरा र नेपाल बार एसोसियसन बाजुराको संयुक्त आयोजनामा सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा देश बचाउन र संविधानको रक्षा गर्न माग गर्दै शान्तिपूर्ण मौन प्रदर्शनी गरिएको हो । “देश बचाऔं,संविधानको रक्षा गरौं” भन्दै हातमा प्लेकार्ड र नेपालको संविधान २०७२ को पुस्तक बोकेर शान्तिपूर्ण मौन प्रर्दशनी गरेका हुन् । उनीहरुले अहिलेको विषम परिस्थितिमा देशलाई जोगाउन तथा संविधानको रक्षामा उभिन आह्वान गर्दै मौन प्रदर्शनी गरेका हुन्। यहीँ भदौ २३ र २४ गते संघिय राजधानी काठमाडौं लगायत देशक
काठमाडौं— पछिल्लो समय जेनजी आन्दोलनले राजनीतिक उथलपुथलसँगै आज शीतल निवासमा सम्पन्न उच्चस्तरीय वार्ताबाट महत्वपूर्ण सहमति जुटेको छ। प्रतिनिधिसभा विघटनको निर्णयसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति भएको हो।वार्तामा राष्ट्रपति, जेनजी समूहका प्रतिनिधिहरू, कानुनविद्हरू तथा सुशीला कार्की स्वयंको उपस्थिति रहेको श्रोतले जनाएको छ । वार्तापछि अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिँदै भने, 'आज राति ८:४५ बजे कार्कीलाई अन्तरिम सरकार प्रमुखको रूपमा शपथ गराइने तयारी भइरहेको छ।'यो सहमतिलाई राजनीतिक संक्रमणकालीन अवस्थाबाट देशलाई निकास दिनेतर्फको प्रयासका रूपमा हेरिएको छ।
बाजुरा— जेनजी आन्दोलनमा सहभागी बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका २ सुपानाका २३ बर्षका ओजन बुढा मृत फेला परेका छन्।४ दिनदेखि सम्पर्कविहीन रहेका उनी शुक्रवार दिउँसो काठमाडौं स्थित बि एण्ड बि अस्पतालमा मृत भेटिएका हुन् ।बुढा काठमाडौं स्थित चाबिलमा बस्दै आएका थिए भने उनी कक्षा १२ मा अध्ययन गरिरहेका थिए । यसअघि उनको फोन अफ थियो भने खोजी कार्य गर्दा पनि सम्पर्कमा आउँन सकेका थिएनन् । यहीँ भदौ २३ गते काठमाडौंमा जेनजी युवाहरुको आन्दोलन उनी सहभागी भएका थिए ।आज आफन्तहरुले दिनभर खोजी कार्य गर्दा उनी आज दिउँसो अस्पतालमा मृत भेटिएको पारिवारीक स्रोतले जनाएको छ ।
काठमाडौं— जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु भएका युवाहरूको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।आन्दोलनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको चार जना युवाहरुको परिवारले शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरेका हुन् ।त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरूले उनीहरूको अन्तिम बिदाइ गरेका हुन् ।
काठमाडौं— राष्ट्रपति निवास शीतल निवास अगाडि कुलमान घिसिङ र हर्क साम्पाङ राईको समर्थनमा नाराबाजी भएको छ । शुक्रबार नागरिक सरकार गठन गर्ने सन्दर्भमा शीतल निवासमा निरन्तर संवाद जारी छ । तर निवास अगाडि कुलमान र हर्कको समर्थनमा नाराबाजी भएपछि सेनाहरुले फायरिङको लागि पोजिसनमा बसेका छन् । भीभीआइपीहरुको ओहोरदोहोर भइरहेकाले शीतल निवास क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका एक पत्रप्रति अहिले व्यापक शंका उत्पन्न भएको छ। उनले उक्त पत्र नख्खु कारागार प्रशासनले दिएको दाबी गरे पनि कारागार प्रशासनले भने यस्तो कुनै पत्र प्रदान नगरेको स्पष्ट पारेको छ।नाम नखुलाउने सर्तमा कारागारकी एक कर्मचारीले जानकारी अनुसार 'केको पत्र दिनुरु मासले आएर लिएर गयो नि।' लामिछाने कारागारबाट बाहिरिएपछि अन्य थुप्रै कैदीबन्दीहरू पनि त्यही अवसरमा भागेका थिए।रविले सामाजिक सञ्जालमा भने आफुलाई जबर्जस्ती जेलबाट बाहिर पठाइएको दाबी गरेका छन्। उनले देखाएको पत्रको वास्तविकता पुष्टि नभएपछि, उक्त द
काठमाडौं— नेपाल प्रहरीले जेनजी पुस्ताले गरेको आन्दोलनको तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू उपलब्ध गराउन माग गरेको छ ।उपलब्ध गराउन माग गरेको छ ।शुक्रबार एक सूचना जारी गर्दै भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू उपलब्ध गराउन माग गरेको हो ।गोपनियता कायम राखिने उल्लेख गर्दै घटनाको अनुसन्धानका लागि सहयोग पुर्याउने उद्देश्यले भिडियो तथा फोटोहरु उपलब
काठमाडौं— बबरमहलमा रहेको सडक विभागको भवन आगलागीले ध्वस्त भएसँगै ललितपुरको चाकुपाट सर्ने भएको छ। प्रवक्ता प्रभातकुमार झाले आगलागीले ध्वस्त भएका कारण ललितपुर सरेर सञ्चालनमा आउने जानकारी दिए। उनले भने, ‘क्षतिको विवरण एकीन हुँदै छ। १० दिनजति समय लाग्ला।’उनका अनुसार सात दिनपछि मात्र चाकुपाटबाट सेवा सुरु गर्ने तयारी छ।२०७२ को भूकम्पपछि चाकुपाटबाटै काम गरिरहेको विभाग २०८० मंसिरमा बबरमहलको रेट्रोफिटिङ (प्रबलीकरण)पछि काठमाडौंमै फर्किएको थियो। तर १२० वर्ष पुरानो बबरमहल जेनजी प्रदर्शनका क्रममा आगजनीले ध्वस्त भएको छ। बबरमहलमा ३०० कोठा थिए। चन्द्रशमशेरका छोरा बबर शमशेरको आवास भएकाले भवन र ठा
काठमाडौं – जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा संस्थापक नेता विश्वेश्वर प्रसाद कोइराला (वीपी) को तस्बिर र ब्यानर पुनः राखिएको छ ।भदौ २४ गते जेनजी समूहका प्रदर्शनकारीहरूले पार्टी कार्यालयमा आगजनी गर्दै भौतिक संरचनामा क्षति पुरयाएका थिए ।उक्त घटनापछि पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले कार्यालयको आन्तरिक सजावट पुनः सुरु गर्दै वीपी कोइरालाको तस्बिर र ब्यानर पुनःस्थापना गरेका हुन् ।उनीहरूले कार्यालय परिसरमा वीपीको तस्बिरसहित हामी फेरि उठ्ने छौं भन्दै ब्यानर झुण्ड्याएका छन्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.