समाज

    Showing 5,021-5,030 of 6,735 items.
  • गोरुको मासुसहित पाँच जना पक्राउ

    काठमाडौं— झापाको गौरादहमा गोरुको मासुसहित पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरादह–१ बस्ने २९ वर्षीय शंकर लिम्बू, सोही ठाउँ बस्ने ५३ वर्षीय भागीप्रसाद नेम्वाङ, ४५ वर्षीय तिलबहादुर नेम्वाङ, १९ वर्षीय जितबहादुर नेम्वाङ र ३४ वर्षीया सुकमती नेम्वाङ रहेका छन्।उनीहरुले गएराति १ बजेतिर गौरादह नगरपालिका वडा नम्बरऔ १ क्रसर उद्योग छेउमा बहर काटिसकेर मासु बोरामा हालेर जाँदै गर्दा पक्राउ परेका हुन्।गोरुको मासु बोरामा हालेर लाँदै गरेको अवस्थामा प्रहरीले फेला पारी सोधपुछ गर्दा उनीहरूले गौरादह– १ बेलडाँगी पानीट्याङ्की छेउ बस्ने शंकर लिम्बूको घरमा बहर काटेर मासु ल्याएको बताएका थिए।त्यसपछि लिम्बूको घरम

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 332 पटक पढिएको
  • नागढुङ्गा नौबिसे सडकः वैशाख २२ देखि ३१ गतेसम्म पाँच घण्टा बन्द गरिदै

    काठमाडौं— नागढुङ्गा नौबिसे सडक खण्ड यही बैशाख २२ गतेदेखि ३१ गतेसम्म पाँच घण्टा बन्द गरिने भएको छ । उक्त सडकखण्ड १० दिनका लागि राति बन्द गरिने भएको हो ।एक सूचना जारी गर्दै मुख्य मार्ग मानिने सडक राति ११ः०० देखि बिहान ३ः०० बजेसम्म सवारीसाधन आवतजावत रोकेर सडक निर्माणको काम गर्न लागिएको हो ।त्रिभुवन राजपथको नागढुङ्गा–पिप्लामोड क्षेत्रमा सडक निर्माण भइरहेकाले सम्भावित जोखिमबाट बच्न र तीव्रगतिमा काम अघि बढाउन रातिको समयमा सडक बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपाने जानकारी दिए ।काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारीसाधनलाई राति न

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 373 पटक पढिएको
  • दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु

    काठमाडौं— दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शनिवार दिउँसो ३ बजे चट्याङ लागेर घाइते भएका नौमूले गाउँपालिका–८ चौराठाका ३१ वर्षीय दशरथ चन्दको जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । चट्याङ लागेर घाइते भएकी श्रीमती छोरी र तीन वर्षका छोराको हाल दैलेख अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 169 पटक पढिएको
  • आजको मौसमः केही प्रदेशमा आज वर्षाको सम्भावना

    काठमाडौं— पश्चिमी तथा स्थानीय वायु तथा बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले हाल कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती  र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको स

    • प्रकाशित मितिः वैशाख २०, २०८२
    • 242 पटक पढिएको
  • कटुवा पेस्तोल सहित १ जना पक्राउ

    काठमाडौं— सुनसरीको हरीनगर गाउँपालिका–७ स्थितबाट कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २५ बर्षीय सजाद अन्सारी रहेका छन । बैशाख १८ गते अपरान्ह बादबिवादको क्रममा सजाद अन्सारीले पेस्तोल निकालेको भनि स्थानियबासीले प्रहरीलाई खवर गर्ना साथ तत्काल प्रहरीचौकी घुस्की र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अन्सारीलाई कटुवा पेस्तोल सहित पक्राउ गरेको हो । कटुवा पेस्तोलसहित पक्राउ परेका थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 294 पटक पढिएको
  • उदयपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते

    काठमाडौं— उदयपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन्। चितवनबाट झापातर्फ गइरहेको मे१च ३०४० नम्बरको जीप उदयपुरको कटारी नगरपालिका–६ सोमबारेस्थित मदन भण्डारी मार्गमा विहीबार साँझ दुर्घटना भएको हो।दुर्घटनामा झापाको दमक नगरपालिकामा कार्यरत न्यायिक समितिका कानुन अधिकृत ५५ वर्षीय माधव बस्नेत गम्भीर घाइते भएका थिए।उनको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईँले जानकारी दिए। घाइते ५ जनाको विराटनगरस्थित न्यूरो अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः वैशाख १९, २०८२
    • 287 पटक पढिएको
  • रुखले च्यापेर एक जनाको मृत्यु

     काठमाडौं— मकवानपुरमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको मिथलाजुङ गाउँपालिका–१ घर भई मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७ सुकौरामा डेरी गरी बस्ने ३१ वर्षीय राम राई रहेका छन् ।प्रहरीका अनुसार बिहीबार स्थानीय रामबहादुर मोक्तानको बारीमा रहेको रुख ढाल्ने क्रममा आफैंले ढालेको रुखले च्यापेर घाइते भएका थिए ।उनको उपचारको क्रममा मवानपुर सहकारी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 294 पटक पढिएको
  • अपहरणको गरेको भन्दै नाबालकसहित चार जना पक्राउ

    काठमाडौं— वीरगञ्जको कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् ।अपहरणमा परेका साहको वीरगञ्ज महानगर–१२ मुर्लीस्थित एक घरबाट मङ्गलबार राति उद्धार गरेको तथा अपहरणमा रिकेशकुमार र राजन गुप्ता तथा सखुवाप्रसौनी गाउँपालिकाका सिकेन्द्र साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टले जानकारी दिए । हिरासतमा रहेका नाबालकको विवरण भने सार्वजनिक गरिएको छैन ।पर्सा जिल्ला अदालतबाट बुधबार शरीर बन्धकसम्बन्धी कसुरमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको सूचना अधिकारी भट्टले बताए ।

    • प्रकाशित मितिः वैशाख १८, २०८२
    • 318 पटक पढिएको
  • राउटे समुदायका मुखिया शाहीको निधन

    काठमाडौं— राउटे समुदायका एकजना मुखिया सूर्य नारायण शाहीको ४९ वर्षको उमेरमा निधन भएको छ । बराहताल गाउँपालिका–८ स्थित सोत खोलामा बस्दै आएका शाहीको गए राति निधन भएको हो ।राउटे समुदायसँग लामो समयदेखि काम गर्दै आएका जोडी शिक्षक दुर्गा खत्रीका अनुसार अत्याधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको आशंका गरिएको छ ।अहिले उनी बिरामी थिएनन्, तर केही दिनयता अत्यधिक र लगातार मदिरा सेवन गरेका थिए,’ खत्रीले भनिन्,’तीन दिनअघि मात्रै एक पेटी मदिरा ल्याएर सबैले पिएको सुनिएको छ ।’शाही सन् २०७२ को जेठ महिनामा मुखिया बनेका थिए। उनी राउटे समुदायको रास्कोटी गोत्रका प्रतिनिधि थिए । राउटेको परम्परागत सामाजिक संरचनाअ

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 241 पटक पढिएको
  • एमनेष्टी इन्टरनेसनल नेपाल भन्छ नेपालमा मानव अधिकारको अवस्था झन् खस्कियो

    काठमाडौं— एमनेष्टी इन्टरनेसनलले नेपालमा मानव अधिकारको अवस्था झन् खस्किएको जनाएको छ । मानवअधिकार अवस्थाबारे प्रतिवेदन सार्वजनिक गर्दै एमनेष्टी इन्टरनेसनलले विश्वव्यापी रूपमै ८० वर्षभन्दा बढी लगाएर प्राप्त गरेको समानता, न्याय र मर्यादाका उपलब्धि खतरामा परेको उल्लेख गरेको छ । यसको गम्भीर असर नेपालमा पनि परेको एमनेष्टीले जनाएको छ ।‘मानव अधिकारको अवस्थामा सन् २०२४ सन्तोषजनक छैन’ प्रतिवेदन सार्वजनिक गर्दै एमनेष्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने ‘सरकार नै आलोचनालाई दबाउने कार्यमा लागि पर्‍यो।’प्रदर्शनकारीहरूमाथि प्रतिबन्ध लगाएर, गैरकानुनी बल प्रयोग गरेर र प्रदर्शनकारीहरूलाई बलपूर्वक

    • प्रकाशित मितिः वैशाख १७, २०८२
    • 334 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा