समाज

    Showing 5,041-5,050 of 6,735 items.
  • वैदेशिक रोजगारको लागि रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

    काठमाडौं— बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेश पठाइदिनु भनी ठगी गर्ने व्यक्तिलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १६ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ बस्ने २७ वर्षीय उमेश भोलोन रहेका छन् ।भोलोनलाई काठमाडौंको वडा नं. १२ टेकुबाट पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए । उनले चार जनाबाट बिगो रकम तीन लाख चालिस हजार लिएर सम्पर्क विहीन भएको थिए । पीडितको जाहेरीपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । भोलोनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोगजार विभा

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 379 पटक पढिएको
  • सप्तकोशीमा नुहाउने क्रममा मामा भान्जा बेपत्ता

    काठमाडौं—  सप्तकोशीमा नुहाउने क्रममा मामा भान्जा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुनसरीको इटहरी १६ बालग्राम निवासी १६ वर्षीय जेनिस आचार्य र ४० वर्षीय नवराज बास्तोला रहेका छन्।सोमबार ८ः३० बजे बराहक्षेत्र मन्दिर छेउमा भान्जा जेनिस नुहाउँदै गर्दा नदीमा डुबेपछि भान्जालाई बचाउने क्रममा मामा नवराज पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरी पकली र सशस्त्र प्रहरी इनरुवा, स्थानीय लगायतको सहयोगमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 250 पटक पढिएको
  • श्रीमतीको हत्या गरी श्रीमान् फरार, छोराछोरी घाइते

    काठमाडौं— काठमाडौंको शंखरापुरमा एक जना महिलाको हत्या भएको छ। गएराति शंखरापुर नगरपालिका–९ सानागाउँस्थित तीनतले घरको भुइँ तलामा डेरामा एक जना महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।मृतक रामेछाप खाडादेवी गाउँपालिका–७ घर भएकी पुतली घिसिङ छन्। उनको घाँटीमा धारिलो हतियार प्रहार भएको थियो। हतियार घटनास्थलमा प्रहरीले फेला पारेको छैन।पुतली र उनका बच्चाहरू घाइते अवस्थामा रहेको भनी प्रहरीलाई खबर भएको थियो। उक्त खबरपछि प्रहरीको टोली खटिएको थियो। ११ वर्षीय रिदम घिसिङ र १० वर्षीया संजिता घिसिङ सामान्य घाइते अवस्थामा फेला परेका थिए।घटनास्थलबाट मृतक पुतलीका श्रीमा

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 309 पटक पढिएको
  • गाउँपालिकाका कार्यालय सहयोगी मृत भेटिए

    काठमाडौं— खोटाङको रावाबेसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका छन्। रावाबेसी गाउँपालिका—१ कुभिण्डेका ५७ वर्षका रेग्मी गाउँकै बारीमा मृत भेटिएका हुन् ।गोरेटो बाटोबाट करिब ८—९ मिटर तल बारीको भित्तामा अनुहार र घुँडाले जनिनमा टेकेकोअवस्थामा मृत भेटिएको वडाध्यक्ष वडाध्यक्ष गेहेन्द्रमान राईले बताए। दाइको घरबाट आइतबार बेलुकी करिब साढे ८ बजे चिया खाएर हिँडेका उनी सोमबार बिहान मृत भेटिएका हुन्।जिल्ला प्रहरी कार्यालय खोटाङले  गोरेटो बाटोबाट लडेर उनको मृत्यु भएको हुनसक्ने अनुमान जनाएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले अनुसन्धान जारी रहेको बताए।

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 330 पटक पढिएको
  • पाथीभरा जाँदै गरेको जिपमा करेण्ट लाग्दा चारजनाको मृत्यु, दुई जना गम्भीर घाइते

    काठमाडौं— ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेण्ट लाग्दा चारजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीप बिहान ५ बजेतिर पोलबाट लत्रिएको तार छुँदाकरेण्ट प्रवाह भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए। उनका अनुसार त्यसलगत्तै जीपमा आगो लागेको थियो।मृतकको पहिचान भइसकेको छैन। ज्यान गुमानेमा दुई पुरुष र दुई महिला छन्। जलेका उनीहरूको शव पहिचान गर्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ।घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरी निरीक्षक बस्नेतले बता

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 523 पटक पढिएको
  • भर्ना अभियानमा हिँडेका शिक्षकको स्कुल बसबाट खसेर मृत्यु

    काठमाडौं— स्कुल बसको ढोकाबाट खसेर बैतडीमा एक जना शिक्षकको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका–४ कपिन्ना घर भएका २८ वर्षीय विष्णुदत्त भट्टको बसको ढोकाबाट खसेर शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए ।दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर — ९ गोकुलेश्वरमा रहेको चौलानी बोर्डिङ स्कुलमा कार्यरत भट्ट बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याएको र उपचारका क्रममा उनको शनिबार साँझ सवा ६ बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक बडूले बताए  ।विद्यालय भर्ना अभियानका लागि गोकुल

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 373 पटक पढिएको
  • माइक्रोबस र स्कुटर एकआपसमा ठोक्किँदा दुईको मृत्यु, १४ जना घाइते

    काठमाडौं— डुम्रे–बेँसीसहर खण्डअन्तर्गतको भानु नगरपालिका–१० कालीमाटीमा आइतबार (आज) माइक्रोबस र स्कुटर एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको बा२ख ४०२२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको ग२६प ४०५८ नम्बरको स्कुटर आपसमा ठोक्किँदा माइक्रोमा सवार एक र स्कुटरमा सवार एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।उनकाअनुसार मृतकको सनाखत हुन बाँकी छ। माइक्रोबसमा सवार पुरुषको लमजुङमा र स्कुटरमा सवार महिलाको दमौली अस्पतालमा मृत्यु भएको थापाले बताए।गम्भीर घाइते भएका स्कुटर चालकलाई उपचारका लाग

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 276 पटक पढिएको
  • मोटरसाइकल चढेर आएको व्यक्तिले युवतीमाथि गोली प्रहार

    काठमाडौं— रूपन्देहीको बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । बुटवल उपमहानगर ११ बुद्धनगरमा बिहान साढे ९ बजेतिर एक युवतीमाथि गोली प्रहार भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। उनको परिचय नखुलेको र ढाडमा गोली लागेको प्रहरीले जानकारी दिएको छ।गम्भीर अवस्थामा रहेकी उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।मोटरसाइकल चढेर आएको व्यक्तिले गोली हानेर भागेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ। 

    • प्रकाशित मितिः वैशाख ६, २०८२
    • 324 पटक पढिएको
  • दाउन्ने खण्डः हिलाम्मे सडक र लामो जामका कारण यात्रु हैरान

    काठमाडौं— लगातारको वर्षाले पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डको सडक हिलाम्मे हुँदा यातायात प्रभावित भएको छ । बिहीबारको वर्षाले सडक चिप्लो भएपछि उकालोमा मालबाहक गाडी फस्ने र चिप्लिने घटनाले सवारी जाम बढेको हो । शुक्रबार बिहानको वर्षाले स्थिति अझ जटिल बनाएको छ ।जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर, पैसठ्ठी मोड र घ्यूखोला आसपास हिलोका कारण सवारी आवागमन कठिन बनेकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । यद्यपि, एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।सडक निर्माण अन्तर्गत हाल दाउन्ने खण्डमा वाल लगाउने, भित्तो काट्ने

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 200 पटक पढिएको
  • पत्रकार हुँ भनेर धम्की दिने पक्राउ

    काठमाडौं— पत्रकार हुँ भनेर व्यापारीलाई धम्की दिने एकजनालाई प्रहरीले बाराको प्रसौनी गाउँपालिबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१० घर भएका ४५ वर्षीय विष्णु सर्राफ छन् । उनले व्यापारीलाई धम्की दिएर रकम असुलेको भेटिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितले बताए । उनीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 283 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा