समाज

    Showing 5,051-5,060 of 11,044 items.
  • बिलविनाको १४ लाख ९७ हजार बराबरको मोबाइल पार्ट्स बरामद

    काठमाडौं— प्रहरीले काठमाडौंमा बिलविना १४ लाख ९७ हजार रुपैयाँ बराबरका मोबाइल पार्ट्स बरामद गरेको छ।बुधबार बिहान ६ः१५ बजे नागार्जुन नगरपालिका–४ स्थित बाफल चोकमा धनगढीबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८४९५ नम्बरको बस चेकजाँच गर्ने क्रममा डिक्कीभित्र लुकाइएका मोबाइल पार्ट्स फेला परेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बसको डिक्कीभित्र राखिएका २८ कार्टुनमध्ये २७ बोरामा जम्मा ४० हजार ५ सय पिस टेम्पर्ड ग्लास फेला परेको हो। ती टेम्पर्ड ग्लासको प्रति पिस अनुमानित मूल्य ३५ रुपैयाँका दरले कुल १४ लाख १७ हजार ५ सय रुपैयाँ बराबर रहेको छ।त्यस्तै, अर्को एक बोरामा १ सय पिस मोबाइल पार्ट्स फेला परेको छ। ती सामानको

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 540 पटक पढिएको
  • शिक्षा मन्त्रालयद्वारा विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई १० बुँदे निर्देशन

    काठमाण्डौं— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरूलाई १० बुँदे निर्देशन जारी गरेको छ ।मन्त्रालयले शिक्षणको गुणस्तर सुधार, पारदर्शिता कायम गर्ने र विद्यार्थीको हित संरक्षण गर्ने उद्देश्यले उक्त निर्देशन दिएको हो । मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ को अनुसूची ३ मा उल्लेखित सर्तहरू अनिवार्य रूपमा पालना गर्न निर्देशन दिएको छ ।साथै, विद्यार्थीलाई अनुशासनमा राख्ने नाममा ‘डिसिप्लिन इन्चार्ज’ (डीआई) राख्दा सिकाइ प्रक्रियामा नकारात्मक असर परेको गु

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 590 पटक पढिएको
  • चन्द्रनिगाहपुर–धन्सार सडकखण्ड खुल्यो, सवारी सञ्चालन सुचारु

    रौतहट— गत २४ घण्टादेखि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर–धन्सार सडकखण्ड मंगलबार बिहान पुनः खुल्यो ।भारतको रक्सौलबाट धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी–१७ एटी–२११४ नम्बरको एलपी ग्यास ट्यांकर दुर्घटना भएपछि उक्त सडकखण्ड अवरुद्ध भएको थियो।जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका निरीक्षक राजेन्द्र थापा मगरका अनुसार, प्राविधिक टोलीले पल्टिएको बुलेट वारुणयन्त्र र क्रेनको सहयोगमा सुरक्षित रूपमा ट्यांकर हटाएपछि सवारी आवागमन सुचारु गरिएको हो। करिब दुई घण्टासम्म सुरक्षा मापदण्ड पुरा गर्दै सडक सफा गरिएको थियो।इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले भनेको छ कि सडक पूर्ण रूपमा सुरक्

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 554 पटक पढिएको
  • युवाहरुलाई हरेस नखाने सन्देश दिन उल्टो साईकल चलाउँदै महोत्तरीका जे।बी।पोखरेल

    जनकपुर— ‘युगले हार्न सक्छ युवाहरु नहार, सबल बनाउ थेग्न कांध मातृ भूमीको भार’ यो गीत गुनगुनाउँदै जनकपुरधामको मुख्य प्रवेशद्वारा रामानन्द चोकमा उल्टो साईकल चलाएर घुमिरहेका जीवनाथ पोखरेलले सबैको ध्यान तानेका छन् ।ह्यान्डल विनाको दुई पाँङ्ग्रे साईकल त्यसमा पनि उल्टो हाकिँरहेको देखेर कसैले मोबाईल निकालेर फोटो खिच्छन् भने कसैले रोकेर पोखरेलसंग सेल्फि लिने गर्छन । महोत्तरीको बर्दिवास वडा नं. १ घर भएका जे.बी पोखरेल नामले चर्चित उल्टो साईकल यात्री पेसाले स्वास्थ्यकर्मी हुन । पोखरेल महोत्तरीको वर्दिवास नगरपालिका अन्तर्गत जनस्वास्थ्य निर्देशक हुन । विदाका दिनहरुमा उल्टो साईकल चलाएर वातावरण संरक्षण गर्ने

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 532 पटक पढिएको
  • देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैनः गृहमन्त्री अर्याल

    मोरङ— गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको काम तोकिएको समयमा निष्पक्ष स्वतन्त्र र धाँधली रहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नु रहेको बताएका छन् ।बुधवार मोरङको विराटनगरमा कोशी प्रदेशको समन्वयमा गृह मन्त्रालयले आयोजना गरेको ‘कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकारको काम दिन गनेर सरकारमा बस्नु नभई निर्वाचन सम्पन्न गराउनु रहेको बताएका हुन् ।उनले भने, ‘निर्वाचन लोकतन्त्र एक असल अभ्यास हो र यो अपरिहार्य छ। निर्वाचनले नागरिक शक्तिलाई सरकारमा पु¥याई शासनको वैधानिकता प्रदान गर्दछ।’निर्वाचन विना सुशासन कायम गर्न कठिन हुने हु

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 484 पटक पढिएको
  • घाँस काट्न जाँदै गर्दा बाघको आक्रमणबाट एकको मृत्यु

    बर्दिया— बर्दियाको मधुवन नगरपालिका वडा २ को जनजागृति सामुदायिक वनमा बाघको आक्रमणबाट १७ वर्षिया बालिकाको मृत्यु भएको छ ।घाँस काट्न जाँदै गर्दा सोही वडा कोठिया बस्ने बिनीता परियारको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।सामुदायिक वनमा घाँस काट्न जाँदै गर्दा बाघले आक्रमण गरी जंगलभित्र लगेको स्थानीयले बताएका छन् । घटनाको बारेमा थाहा पाउन साथ प्रहरीको टोली र स्थानीयबासी खोजतलास गर्दा मृत परियार वनमा फेला पारेको प्रहरीले जनाएको छ ।चिन्तजनक अवस्थामा फेला पारि उपचारको लागि बर्दिया अस्पतालमा पुर्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी देवेन्द्र

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 539 पटक पढिएको
  • लागू औषधसहित एक व्यक्ति नियन्त्रणमा, इन्स्पेक्टर राजु के।सी।को नेतृत्वमा ठूलो सफलता

    सिन्धुली— कमलामाई नगरपालिका–९ भिमान चेकपोष्टस्थित वि.पी. राजमार्गमा लागू औषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले ठूलो मात्रामा खैरो हिरोइन जस्तो देखिने पदार्थसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।मंगलबार दिउँसो ३ः३० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भिमान र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासको संयुक्त टोलीले चेकजाँचका क्रममा उक्त सफलता हासिल गरेको हो।चेकिङ टोलीको नेतृत्व इलाका प्रहरी कार्यालय भिमानका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजु के.सी. खत्री तथा लागू औषध नियन्त्रण ब्युरो बर्दिबासका प्र.ना.नि. सरोज कुमार अधिकारीले गरेका थिए।काठमाडौंबाट राजविराजतर्फ जाँदै

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 543 पटक पढिएको
  • चिसोमा चटाइ र घूरको भर

    महोत्तरी। बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर  तापेर चिसो धपाउने प्रयास जारी छ ।    पुस ३ गतेदेखि शीतलहर सुरु  भएको महोत्तरीलगायत मधेसका अधिकांश ठाउँमा बढेको शीतलहरले जाडो बढ्दै गएपछि बस्तीमा जताततै ‘घूर’मा चारैतिर बसेर तातिएको महसुस लिनु गरिबहरूको नियति नै बनेको छ । “के गरौँ हजुर, अहिलेसम्म कसैले के खायौ ? के लायौ ? सोध्न आएनन्, कमसेकम दाउरासम्म पाए पनि रापिलो आगो त ताप्न पाइन्थ्यो”, लोहारपट्टी–४ लेउरीटोल मुसहरी बस्तीकी ५० वर्षीया श्रीवती सदा भन्नुहुन्छ, “यही घूर तापेर ज

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 308 पटक पढिएको
  • झलनाथ खनाल दम्पती भन्छन्ः सरकारमा मानवता छैन, विवेकहीन छ

    काठमाडौं— जेनजी आन्दोलनका क्रममा घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख छ ।गत भाद्र २४ गतेको जेनजी आन्दोलनको नाममा डल्लुस्थित खनाल दम्पतीको घरमा आगजनी भएको थियो । निवासमा आगजनी हुँदा गम्भीर घाइते भएकी चित्रकार भारतमा तीन महिनाको उपचारपछि नेपाल फर्किएकी हुन् । अहिले उनी आफ्नौ घरमा आराम गरिरहेकी छिन् ।उक्त आन्दोलनमा जेनजीको प्रयोग गरेर बाह्य शक्तिले आफूमाथि र पूरा सिंगो देशमाथि आक्रमण गरेको उनले बताइन । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले राजनीतिमा संलग्न होस् या राजनीतिबाट टाढा भएकाहरुको होस यस्तोखाले आक्रमण हुनु जंगली पारा भए

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 492 पटक पढिएको
  • नेतृ तोसिमा कार्कीले समानुपातिक सूचीमा पारिवारिक आकांक्षा र पक्षपातको विरोध

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोसिमा कार्कीले पार्टीको समानुपातिक उम्मेदवार सूचीप्रति आफ्नो असहमति सामाजिक सञ्जालमार्फत व्यक्त गरेकी छन्।समानुपातिक प्रणालीले भौगोलिक विकटता, पहुँच र पावर नभएका योग्य व्यक्तिहरूलाई प्रतिनिधित्व दिने उद्देश्य राखेको भन्दै पार्टीको समानुपातिक उम्मेदवार सूचीप्रति आफ्नो असहमति जनाएकी हुन् ।उनले लेखेकी छन्, ‘समानुपातिक को अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरुले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो। सुचिले विपन्नलाई पनि ठाउँ दिनुपर्छ। सुचिले कर्णाली बोल्नुपर्छ। सुदुर पश्चिम बोल्नुपर्छ।’उनले पार्टी भित्रका पदाधिकारी र सचिवाल

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 536 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.