समाज

    Showing 5,051-5,060 of 6,735 items.
  • पानीसहित चट्याङ पर्ने सम्भावना, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

    काठमाडौं— जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोलिसम्म नै देशका विभिन्न भू—भागहरूमा पानीसहित चट्याङ पर्ने जनाएको छ। मौसमविद् बिनु महर्जनले भोलि कोशी र बागमती प्रदेशका थोरै ठाउँहरूमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको जानकारी दिइन्।उनका अनुसार सोही दिन मधेश,गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना देखिएको छ। यी स्थानहरूमा हावाहुरीसहित चट्याङ पर्ने देखिएकाले सतर्क रहन उनले आग्रह गरिन्।भोलिसम्म नै पानी पर्ने देखिएकाले ती स्थानमा  मुसुरो, गहुँ लगायतका बाली अहिले नकाट्न महाशाखाले आग्र

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 227 पटक पढिएको
  • बाल यौन दुरुपयोगको आरोप लागेका रामबहादुर बम्जनले पाए सफाइ

    काठमाडौं— उच्च अदालत जनकपुरले बाल यौन दुरुपयोगको आरोपबाट रामबहादुर बम्जनलाई सफाइ दिएको छ । जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै न्यायाधीशहरू खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाइ दिएको हो ।भट्ट र भण्डारीको इजलासले ६ चैत, २०८० मा रामबहादुरसँगै बाल यौन दुराचारको आरोप खेपेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई पनि सफाइ दिएको हो । उनीहरू दुवैले जिल्ला अदालतमा पनि सफाई पाएका थिए ।जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 269 पटक पढिएको
  • पानी परेपनि काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

    काठमाडौं— काठमाडौं उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेको छ । पछिल्लो रेकर्डअनुसार काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरमध्ये दोस्रो स्थानमा रहेको छ । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार बिहान ११ः२५ मा काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १६१ छ । पहिलो स्थानमा बङ्गलादेशको ढाका सहर रहेको छ । यहाँको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १६९ रहेको छ । जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ ।नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांकअनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्व

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 340 पटक पढिएको
  • मकवानपुरमा बस दुर्घटना १६ जना घाइते

    काठमाडौं— पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा बिहीबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन्।इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेहरुको उद्धार गरी उपचारको लागि चितवन अस्पतालतर्फ पठाएको कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए। बस चालक बाराको कोल्बी नगरपालिका—११ का २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 274 पटक पढिएको
  • आज भक्तपुर जाने होइन सिन्दुरे जात्रा हेर्न ? सुजनले तेस्रो पटक जिब्रो छेड्दै

    काठमाडौं— भक्तपुरमा बिस्का जात्राअन्तर्गत मध्यपुर थिमिमा आज विभिन्न देवी–देवताको खटसहित बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी मनाइँदै छ।सिन्दुर जात्रामा थिमि क्षेत्रको ३२ वटा खट बालकुमारी मन्दिर परिक्रमा गरेपश्चात नगर परिक्रमा गर्दै मनाउने प्रचलन छ।तर विवादका कारण २०५६ सालदेखि नगदेश, बोडे, टिगनीको खट बालकुमारी मन्दिर परिक्रमा गर्न नआएपछि अहिले १९ वटा खट मात्रै मन्दिर परिक्रमा गरेर यो जात्रा मनाउन लागिएको हो। मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ। जात्रामा जात्रालुहरूले प्रत्येक चोक, चौबाटो, घर र टोलमा सिन्दुर छर्ने गर्दछन्।काया बाजा, भुस्याबाजा,

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 182 पटक पढिएको
  • सर्पको टोकाईबाट बालकको मृत्यु

     काठमाडौं— कैलालीमा सर्पदंशबाट  घाइते  एक बालकको मृत्यु भएको छ। सोमबार टिकापुर नगरपालिका— १ एकतानगरका निरज बिकका छोरा पाँच वर्षीय लोकेशको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।आँगनमा खेलिरहेको अवस्थामा सर्पले खुट्टामा टोकेर गम्भीर घाइते भएका लोकेशको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहरालेबताए । उनको शव अहिले परीक्षणका लागि अस्पतालमै राखिएको छ।

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • 297 पटक पढिएको
  • टिकटक बनाउने क्रममा कालीगण्डकीमा एक महिला बेपत्ता

    काठमाडौं— कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता भएकी छिन् । पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदी किनारमा स्नान गरेर फर्किने क्रममा भिडियो खिच्न लाग्दा पर्वतको महाशिला गाउँपालिका–५ घर भई पोखरा बस्ने ३५ वर्षीया विष्णु पन्त चिप्लिएर लड्दा नदीमा खसेकी थिइन् ।बेपत्ता पन्तको खोजी जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरी बल २५ नं गण चण्डिकाको टोलीले खोजीकार्य तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए । प्रहरीको टोली खोजी गर्दै बिहादीसम्म पुगिसकेको छ । उनीसँगै उनकी दिदी

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 220 पटक पढिएको
  • शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु

    काठमाडौं—  जंगली जनावरको शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु भएको छ । तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा बुद्धभूमि नगरपालिका–९ गब्दहवा बस्ने ३४ वर्षीय रामबहादुर थारू, सोही ठाउँका ३६ वर्षीय कालु भनिने राम थारू र प्रवेश थारू छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय गोरुसिंगेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।उनीहरु चार जना शिकार खेल्न गएका थिए । शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली लागेर गब्दहवाकै २८ वर्षीय समुन्द्र गाहा मगरको मृत्यु भएको कपिलवस्तुका एसपी निरन्जदत्त भट्टले बताए ।३० चैतको दिउँसो उनीहरु शिकार खेल्न बुद्ध यशोधरा सामुदायिक वनमा गएका थिए । य

    • प्रकाशित मितिः वैशाख १, २०८२
    • 333 पटक पढिएको
  • मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु, २ जना घाइते

    काठमाडौं— पानीसँगै परेको चट्याङ लागेर मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।  मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर ५ दरदराका २८ वर्षीय अबिर थिङ रहेका मकवानपुर प्रहरीले जानकारी दिएको छ ।मनहरी ५ वसन्तपुरस्थित राप्तीखोलाको किनारमा आफन्तको घर मनहरी ५ डिल्लीपुरबाट आफ्नो घर दरदरातर्फ जाने क्रममा चट्याङ लागेर थिङको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।चट्याङ लागेर थिङ तत्कालै मृत्यु भएको प्रवक्ता अर्यालले बताए । उनका अनुसार थिङको साथमा रहेका उनका बुबा ५६ वर्षीय सिंहबहादुर थिङ र हिरामान गोलेका १० वर्षीय छोरा सौगात गोले भने घाइते भएका

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 250 पटक पढिएको
  • काभ्रेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडौं— मण्डनदेउपुर नगरपालिका–२ ठकुरीगाउँस्थित निर्माणाधीन एक होटलको कम्पाउण्डभित्र  आइतबार बिहान टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।मिस्टिक माउण्टेन होटलमा बालुवा अनलोड गर्न टिपर पछाडि गर्ने क्रममा बा २ क ३४६४ नम्बरको टिपर दुर्घटना हुँदा चालक ३१ वर्षीय विनोद घोरासैनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।बालुवा अनलोड गर्दा  डिलबाट सात मिटर तल टिपर खस्दा च्यापिएर घोरासैनीको घटनास्थलमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालयल जनाएको छ ।

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 290 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा