समाज

    Showing 5,071-5,080 of 6,735 items.
  • सहकारी पीडितः राँके जुलुस निकालेको आरोपमा २४ जना पक्राउ

    काठमाडौं— राँके जुलुस निकालेको आरोपमा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । राँके जुलुस निकालिएका सहकारी पीडितहरूलाई प्रहरीले पक्राउ गरेको हो ।केही व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।‘राँके जुलुससहित हुलहुज्जत गर्नेलाई नियन्त्रणमा लिइएको हो । अवस्था हेरेर छाड्ने कि म्याद थप गर्ने भन्ने टुंगो लाग्ने,’ उनको भनाइ छ।सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले नियन्त्रणमा लिइएका व्यक्तिलाई तत्काल रिहा गर्न माग गरेको छ । नियन्त्रणमा लिइएका व्यक्तिलाई हिरासतमा राखेर अमानवीय व्यवहार गरिएको भन्दै अभियानका सचिव रामनारायण श्रेष्ठले विज्ञप्ति समेत निकाले

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 259 पटक पढिएको
  • मकवानपुरको बकैयामा बस दुर्घटना हुँदा ३१ जना घाइते

     काठमाडौं— मकवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर –३ चिसापानी बजार स्थित धरान चतरा सडक खण्डमा बस अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।सिन्धुलीबाट हेटौँडा तर्फ आउँदै गरेको बा.प्र.०६–००१ ख ०२७० नम्बरको बसमा भिमफेदी गाउँपालिका कृषि तथा पशु शाखाबाट अगुवा कृषक भ्रमणमा रहेका कृषक र प्राविधिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।  उनका अनुसार भ्रमण सकेर फर्किँदै गरेको अवस्थामा गएराति ९ः३० बजेको समयमा चिसापानीबजार स्थित धरान

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 206 पटक पढिएको
  • गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात, जनजीवन प्रभावित

     काठमाडौं— उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित साम्दो क्षेत्रमा भारी हिमपात भएको छ। गए रातिदेखि लगातार हिमपात भइरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए।हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। चैतको अन्तिम सातामा परेको हिमपातले चिसो बढेको उनले बताए। 'गए रातिदेखि नै साम्दो र आसपासका क्षेत्रमा परेको हिमपातले घरका छानादेखि जमिनसम्म ढाकिएका छन्, हिमपातले यस क्षेत्रमा चिसो एक्कासी बढेको छ', उनले भने।साम्दोगाउँ समुद्री सतहदेखि करिब तीन हजार ८७७ मिटरको उचाइमा पर्छ। हिमपातका कारण लार्केपास गर्न हिँडेका पर्यटक रोकिएका छन्। स्थानीयवासीलाई घरबाहिर निस्कन कठिन

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 272 पटक पढिएको
  • चट्याङ लागेर डोटीमा एक जनाको मृत्यु, ७ जना घाइते

    काठमाडौं— डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। जिल्लाको सायल गाउँपालिका–६ दल्लेखस्थित लहरी नागरीको घरमा चट्याङ पर्दा उनकी श्रीमती अन्दाजी ३३ वर्षीया कमला नागरीको घटनास्थलमै मृत्यु भएको हो। चट्याङबाट लहरीका छोराछोरीहरू १० वर्षीया तारा नागरी, ८ वर्षीय अविशेक नागरी, ६ वर्षीय अबि नागरी र ३ महिना शंकर नागरी घाइते भएका छन्।उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।चट्याङबाट स्थानीय ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीया खुशी नागरी पनि घाइते भएका छन्। 

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 224 पटक पढिएको
  • पानी परेपछि काठमाडौं उपत्यकाको वायु प्रदूषण घट्यो

     काठमाडौं— पानी परेसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण घटेको छ । बुधबारसम्म विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो नम्बरमा रहेको काठमाडौं बिहीबार बिहान १० नम्बरमा झरेको छ । आईक्यू एयरका अनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक अहिले १५२ छ । 

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 248 पटक पढिएको
  • रामेछाप जाँदै गरेको बस रोशीमा दुर्घटना

    काठमाडौं— काठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका–९ दाउन्नेस्थित बिपी राजमार्गमा दुर्घटना भएको छ ।प्रदेश ३०१–००६ ख १३३९ नम्बरको बस बिहान साढे ८ बजेतिर सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेको छ । दुर्घटनामा ११ जना घाइते भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख इन्सपेक्टर कृष्ण गिरीले जानकारी दिए ।घाइतेहरू मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । सबै प्राथमिक स्वास्थ्य केन्द्र मंगलटारमा उपचार भइरहेको इन्सपेक्टर गिरीले बताए ।प्रहरी निरिक्षक गिरीका अनुसार बस चिप्लिएर खाँदबारीबाट काठमाडौंतर्फ आउँदै गरेको मे१ख ३३९४ नं को हाइस पनि ठोक्किएको थियो ।

    • प्रकाशित मितिः चैत २८, २०८१
    • 257 पटक पढिएको
  • तीनकुने घटना प्रकरणः थप २ जना पक्राउ

    काठमाडौं— तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा सहभागी थप दुई आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा भोजपुरको अरुण गाउँपालिका—५ घर भएका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका—४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ छन् ।पक्राउ परेका उनीहरुविरुद्ध आपराधि उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट २० दिनको म्याद थप भएको छ ।

    • प्रकाशित मितिः चैत २७, २०८१
    • 241 पटक पढिएको
  • अछाममा भीषण आगलागी हुँदा १० पसल जले

    काठमाडौं— अछामको बान्निगढी जयगढ गाउँपालिकामा रहेको जयगढ बजारमा भीषण आगलागी भएको छ । साँझ करिब ७ः२० बजेपछि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । भीषण आगलागीबाट अहिलेसम्म १० वटा पसल जलेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार अहिले आगो नियन्त्रणका लागि दमकल पुगेको छ । तर, दमकलबाट आगो निभाउन अझै समस्या भइरहेको प्रहरीले जनाएको छ ।मुख्य बजारमा रहेको एक पसलमा ग्यास सिलिन्डरबाट सल्केको आगो अनियन्त्रित बनेर आगलागी भएको हो ।आगलागी नियन्त्रणका लागि स्थानीयले प्रयास गरिरहेपनि प्रयास भइरहेको छ।  नौ घर जलेर नष्ट भएको छ भने

    • प्रकाशित मितिः चैत २६, २०८१
    • 254 पटक पढिएको
  • अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परी दुईजना बेपत्ता

    काठमाडौं— म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । अन्नपूर्ण हिमालको क्याम्प २ र ३ को बीचमा हिउँपहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा सोमबार (आज) बिहानदेखि हराइरहेको सेभेट समिट टेकिङ एजेन्सीका सञ्चालक निङ्मा शेर्पाले बताए ।आधार शिविरमा रहेका अन्य शेर्पाहरू उनीहरूको खोजीमा जुटेको र काठमाडौंबाट उद्धारको टोलीलाई हेलिकप्टरमार्फत पठाइएको उनले जानकारी दिए। पर्यटन विभागका अनुसार वसन्तयामका लागि चार समूहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् ।

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 286 पटक पढिएको
  • निलगाईको आक्रमणबाट महिलाको मृत्यु

    काठमाडौं— चितवनमा निलगाईको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–२५ स्थित राप्ती दुन सामुदायिक वनमा निउरो टिप्न गएकी एक महिलाको मृत्यु भएको हो। निलगाईको आक्रमणबाट भरतपुर–२४ बस्ने ६५ वर्षीय लक्ष्मी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उनी आइतबार दिउँसो २ बजेको समयमा साथीहरुसँग वनमा निउरो टिप्न गएकी थिइन्। निउरो टिप्ने क्रममा अचानक निलगाईले आक्रमण गर्दा उनको शरिरको दाहिने कोखामा चोट लागेको थियो।निलगाईको आक्रमणबाट घाइते भएकी नेपालीको भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बेलुका ४ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 323 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा