समाज

    Showing 5,081-5,090 of 6,735 items.
  • मासु अड्किएर एक जनाको मृत्यु

    काठमाडौं— अछाममा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ । अछामको साँफेबगर नगरपालिका–५ नवाठाना निवासी ४२ वर्षीय डम्मर कुँवरको मृत्यु भएको हो ।चैतेदशैंको अवसरमा गाँउमा काटेको खसीको मासु पकाएर खाने क्रममा कुँवरको घाँटीमा अड्किँदा बेहोस भएका थिए । उनको उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा पुर्‍याइएको थियो ।उनको उपचारका क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक इश्वरी भण्डारीले जानकारी दिए ।उक्त घटनाका बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा प्रहरी टोली उक्त स्थानतर्फ गएको उनले जानकारी द

    • प्रकाशित मितिः चैत २४, २०८१
    • 309 पटक पढिएको
  • वडा कार्यालयमा दर्ता गराएर मात्र कुकुर बिरालो पाल्न काठमाडौं महानगरको अनुरोध

    काठमाडौं— काठमाडौं महानगरपालिकाले  वडा कार्यालयमा दर्ता गराएर मात्र कुकुर बिरालो पाल्न अनुरोध गरेको छ । महानगरले एक सूचना जारी गर्दै भनेको छ, ‘काठमाडौं महानगरपालिका क्षेत्रमा कुकुर बिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेको हुँदा आफ्ना कुकुर बिरालोलाई माइक्रोचिप लगाई सम्बन्धित बडा कार्यालयमा दर्ता गराएर मात्र पाल्नुहुन सम्बन्धित सबैमा अनुरोध छ ।’साथै, काठमाडौं महानगर क्षेत्रबाट वा क्षेत्रभित्र कुकुर बिरालो बिक्री वितरण गर्ने व्यक्ति तथा संस्थाले अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर मात्र बिक्री वितरण गर्नु/गराउन समेत सूचनामार्फत अनुरोध गरिएको छ ।

    • प्रकाशित मितिः चैत २३, २०८१
    • 322 पटक पढिएको
  • रिक्सा चालक महिलाको कथाः गुजारा चलाउन सहज

    तिलोत्तमा (रुपन्देही) । बुटवल उपमहानगरपालिका–८ की रीता अधिकारीको दैनिक गुजारा राम्रो चलिरहेको छ । उनी दिनभरि ई–रिक्सा चलाउँछिन् । त्यसबाट उनी दैनिक करिब रु एक हजार ७०० कमाउँछिन् । यही कमाईबाट उनी दैनिक गुजारा चलाउँछिन् । उमेरले ४० वर्ष पुगेकी रीताका २१ र १५ वर्षका छोरी छन् । उनले दिनभरि ई–रिक्सा चलाएर कमाएको पैसाले दुई छोरीको पढाइ खर्चसँगै घर खर्च चलाएकी छन् ।कास्कीको रुपा गाउँपालिका–२ स्थायी घर भएकी रिताले यसअघि बुटवलमा एउटा सहकारी संस्थामा सामान्य जागिर गर्थिन् । उक्त जागिरको पारिश्रमिकबाट घरपरिवारको खर्च धान्न समस्या परेपछि विकल्पमा ई–रिक्सा चलाउन थालेको उनी बताउँछिन् । सहकारीको जागिर छाडेर

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 394 पटक पढिएको
  • सामाजिक सञ्जालमा अप्रमाणित औषधिको भ्रामक विज्ञापन नगर्न विक्रेतालाई विभागको चेतावनी

    काठमाडौं— औषधि व्यवस्था विभागले सामाजिक सञ्जलामार्फत औषधिको भ्रामक प्रचार नगर्न विक्रेतालाई चेतावनी दिएको छ । विभागले फेसबुक, टिकटकलगायत माध्यमबाट विभिन्न रोग निको हुने भन्दै अप्रमाणित औषधिको विज्ञापन गरेर नबेच्न भनेको हो ।विभागले विभागमा दर्ता नभएका र कुनै वैज्ञानिक आधार नभएका औषधिको प्रयोगले स्वास्थ्यमा गम्भीर असर निम्त्याउनेतर्फ सजग गराएको छ । विभागले मधुमेह, मोटोपन, प्रोस्टेट, युरिक एसिड निको हुने तथा यौनशक्ति बढाउने नाममा भएका प्रचारका आधारमा औषधि प्रयोग नगर्न सर्वसाधरणलाई पनि आग्रह गरेको छ ।विभागले गरेको प्रयोगशाला परीक्षणमा यौन दुर्बलता हटाउन प्रयोग हुने औषधिमा 'सल्डेनफिल'को समिश्रण भेट

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 353 पटक पढिएको
  • तीनकुने प्रदर्शनमा १३४ जना घाइते, १८ भवनमा क्षति

    काठमाडौं— गृह मन्त्रालयले चैत १५ गते तीनकुनेमा राजावादीहरूले गरेको हिंसात्मक आन्दोलनमा परी १३४ जना घाइते भएको जानकारी दिएको छ । गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाबारे जवाफ दिँदै १३४ जना घाइते भएको जानकारी दिएका हुन् । घटनामा नेपाल प्रहरीतर्फ ५५ जना, सशस्त्र प्रहरी बलतर्फ २५ जना र प्रदर्शनकारीतर्फ ५४ जना घाइते भएका गृहमन्त्री लेखकले जानकारी दिए । उनीहरू केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने केही उपचारपछि घर फर्किसके बताएका छन् । मन्त्री लेखकले प्रदर्शनकारीले १८ वटा भवनमा क्षति पुर्‍याएको र १२ स्थानमा आगजनी गरेको बताए ।  दुई पा

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 299 पटक पढिएको
  • सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पक्राउ

    काठमाडौं— सामाजिक सञ्जालको दुरुपयोग गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा धनगढी नगरपालिका वडा नं. ७ गोलबजार स्थायी घर भइ हाल काठमाडौं महानगरपालिका वडा नं. ९ सिनामंगलबस्ने २७ वर्षीय राम बिहारी साफी रहेको नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरोले जनाएको छ । प्रेम सम्ब्न्धमा रहँदा अन्तरङ्गसंग सम्बन्धीत तस्विर, भिडियो सम्बन्ध बिग्रिए पछि साफीले सामाजिक सञ्जालमा पोष्ट गरिदिने, पीडितका आफन्तलाई पठाइदिने धम्की दिने, दुःख हैरानी गरेपछि साइबर व्यूरोको कार्यालयमा गई जाहेरी दिएको साइबर व्यूरोका प्रहरी उपरीक्षक दिपकराज अवस्थीले जानकारी दिए ।जाहेरीका आधारमा खोजतलास गर्न

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 294 पटक पढिएको
  • डढेलोमा परी एक युवतीको मृत्यु, चार जना घाइते

    काठमाडौं— वनमा लागेको डढेलोमा परी एक युवतीको मृत्यु गएको छ भने चारजना घाइते भएका छन् ।कुम्मायक गाउँपालिका–३ ताम्राखुमा वनमा लागेको डढेलोमा परी बिहीबार सोही वडाको हात्तीपोखरीकी २६ वर्षीया प्रतिमा सम्बाहाम्फेको मृत्यु भएको प्रहरीले जनाएको छ ।बिहीबार प्रतिमासँगै २८ वर्षीया सपना सम्बाहाम्फे, ११ वर्षीया शिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे घाँस काट्न जङ्गल गएका थिए । आगलागीबाट जोगिन भाग्ने क्रममा उनीहरु डढेलोमा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनालाल साहले जानकारी दिए ।घाइते चारै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । प्रतिमाको

    • प्रकाशित मितिः चैत २२, २०८१
    • 316 पटक पढिएको
  • बसाइँसराइ रोक्न ग्रामीण क्षेत्रमा विकासका योजना सञ्चालनमा

    म्याग्दी । सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१÷८२ मा करिब रु. १७ करोडको लागतमा यातायात पूर्वाधार निर्माण सम्बन्धी १६ वटा योजना सञ्चालनमा ल्याएको छ । मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास आयोजना पोखरा मार्फत् दुई झोलुङ्गे पुल, नौ वटा सडक र सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङ मार्फत् तीन वटा सडक योजना विभिन्न निर्माण कम्पनीसँग रु १५ करोड १७ लाख २२ हजार छ सय ४६ मा ठेक्का सम्झौता गरि कार्यान्वयन गरिएको हो । चालु आर्थिक वर्षमा रु. एक करोड ६० लाख बजेट बिनियोजन भएको दुई वटा योजना ठेक्का प्रक्रीयामा छन भने रु. एक करोड १० लाख बजेटका दुई वटा योजनालाई बहुबर्षीय ठेक्का आव्हान गर्न

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 221 पटक पढिएको
  • प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ

    काठमाडौं— झापा र सुनसरीको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मनोज कुमार चौधरी,सनम तामाङ, निरज लिम्बु, सन्दिप मगर,आदित्या चौधरी,मनिष चौधरी, बेगराज लिम्बु, सागर राईु बिज्ञान साह, प्रकाश कुमार दाश, रितेश कुमार मण्डल र बिकी साह रहेका छन् ।२० गते दिउँसो सुनसरीको कोशी गाउँपालिका–१ स्थितबाट  लागू औषध नियन्त्रण ब्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा ईटहरी उप–महानगरपालिका–१६ का ३४ बर्षीय  मनोज कुमार चौधरीलाई २७ ग्राम २७ मिलिग्राम र ईटहरी–६ का २३ बर्षीय  सनम तामाङलाई २६

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 329 पटक पढिएको
  • लागुऔषध कारोबारीले प्रहरीलाई कुटेर पेस्तोल लुटेपछि...

     काठमाडौं— मकवानपुरमा लागुऔषध कारोबारीबाट प्रहरीको पेस्तोल लुटिएको छ। सोमबार कैलाश गाउँपालिका–६ स्थित दुम्सीखर्क जङ्गलमा अफिम कारोबारी रहेको सूचना आएपछि गएको प्रहरी टोलीको पेस्तोल लुटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए। इलाका प्रहरी कार्यालय पालुङका प्रहरी हवलदार अर्जुन तामाङ र सहायक हवलदार गोविन्द मगरातीसहितको प्रहरी टोलीमाथि कुटपिट गरी पेस्तोल लुटेर भागेको प्रहरीले जनाएको छ। खड्काका अनुसार पहिले उनीहरू अफिम छाडेर भागेका थिए। पछि अफिम र मोटरसाइकल लिएर इलाका प्रहरी कार्यालयतर्फ आउँदै गर्दा प्रहरीलाई कुटपिट गरेका थिए। लागुऔषध कारोबा

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 259 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा