समाज

    Showing 5,091-5,100 of 6,735 items.
  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    काठमाडौं—  इलाममा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चुलाचुली गाउँपालिका—६ तोरीबारी बस्ने ५१ वर्षीय हेम बहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । हेम बहादुरले ती बालिकालाई डरत्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 251 पटक पढिएको
  • बागलुङ जिल्लाका १०६ खानेपानी मुहानमा कोलिफर्म भेटिएपछि...

    काठमाडौं— बागलुङ जिल्लाका १०६ खानेपानीको मुहानमा कोलिफर्म भेटिएको छ। जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकासहित जिल्लाका १० स्थानीय तहका विभिन्न २८५ स्थानमा परिक्षण गर्दा (कोलिफर्म) दिशामा पाइने जिवाणु भेटिएको हो । सबैभन्दा बढी जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाको खानेपानीमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।   काठेखोलामा ४७ वटा मुहानमा परीक्षण गरेकामा २७ वटा र जैमिनीमा १०६ वटा मुहानमा परीक्षण गरेकामा ४४ वटामा भेटिएको जनस्वास्थ्य कार्यालय बागलुङका प्रयोगशाला प्राविधिक डिल्ली आचार्यले जानकारी दिए। परीक्षणको दायरा बढाए अझै धेरै मुहानमा कोलिफर्म भेट

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 317 पटक पढिएको
  • वेवारीसे अवस्थामा रहेको गाँजा वरामद

    काठमाडौं— उदयपुरको बेलका नगरपालिका–६ स्थित खोला किनारमा वेवारीसे अवस्थामा रहेको गाँजा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी गस्ती टोलीले विशेष सुचनाको आधारमाउक्त गाँजा बरामद गरेको हो।प्रहरीले मुर्ती खोला किनारमा बोराभित्र प्लाष्टिकमा बेरी लुकाई छिपाई राखेको ८ सय ९१ किलो ४२३ ग्राम गाँजा वेवारीसे अवस्थामा फेला पारेको हो । वरामद गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा ल्याईएको र ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास तथा अन्य थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 344 पटक पढिएको
  • अमेरिकाबाट डिपोर्ट भएका ३ भुटानी नागरिक पक्राउ

    काठमाडौं— संयुक्त राज्य अमेरिकाबाट डिपोर्ट गरिएका ३ जना भुटानी नागरिकलाई प्रहरीले झापामा पक्राउ गरेको छ । उनीहरूलाई  शनिवार भारततर्फको पानी ट्याङ्कीबाट काँकडभिट्टा आएकाले पक्राउ गरिएको झापाका एसपी मिलन केसीले जानकारी दिए।पक्राउ पर्नेमा ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङ रहेका छन् । ट्रम्प प्रशासनले चार्टर्ड विमानमार्फत उनीहरूलाई भुटानको पारो एयरपोर्टमा लगेर छाडेको पाइएको छ । ४ दिनअघि पारो एयरपोर्टमा उत्रिएका उनीहरू काँकडभिट्टामा देखिएका हुन् । अमेरिकाबाट आफ्नो समूहमा १० जना डिपोर्ट (निष्कासन) मा परेको उनीहरूले प्रहरीलाई बताएका छन् ।भुटानी शरणार्थीहरूलाई प

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 299 पटक पढिएको
  • नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

    काठमाडौं— काठमाडौंको नागार्जुनमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ भने दुई जना घाइते भएका छन् ।गएराति ८ बजे नागार्जुन नगरपालिका–८ ठुलो खोला नजिक धादिश्रबाट काठमाडौं आउँदै गरेको प्र ३ –०१–०२४  च ८३२२ नम्बरको टाटा योद्धा गाडी दुर्घटना भएको थियो ।दुर्घटनामा गोरखा भीमेश्वर गाउँपालिका–४ का ५० वर्षीय गोकुल पाण्डेको मृत्यु भएको छ । उनको स्वयम्भूको मनमोहन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा गाडी चालक भिमेश्वर –४ कै ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजि भट्ट घाइते भएका छन् ।

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 316 पटक पढिएको
  • सामाजिक सञ्जालमा भ्रामक सूचना पोस्ट नगर्न साइबर ब्यूरोको अनुरोध

    काठमाडौं— नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूमा भ्रामक सूचना फैलाउने र हिंसात्मक पोस्ट गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ब्यूरोले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस प्रकारका अभिव्यक्तिहरूले समाजमा हिंसात्मक वातावरण सिर्जना गरी सामाजिक सद्भाव र देशको सुरक्षा व्यवस्थामा समेत गम्भीर असर पुर्‍याउन सक्ने भन्दै त्यस्ता गतिविधिलाई प्रोत्साहन नगर्नरनगराउन अनुरोध गरेको छ ।यस्ता गतिविधिसँग सम्बन्धित विषयवस्तुहरू सामाजिक सञ्जालमा सेयर नगर्न समेत ब्यूरोले भनेको छ ।सामाजिक सञ्जालको दुरुपयोग गर्दा कानुनी झमेलामा पर्न सक्ने भएकाले जिम्मेवार भएर प्रयोग गर्न

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 441 पटक पढिएको
  • बहिनी जिस्काएको विषयमा विवाद हुँदा युवकको हत्या

    काठमाडौं— ललितपुरको महालक्ष्मी नगरपालिका ४ ओचु हाइटमा एक युवकको हत्या भएको छ । हत्या आरोपीलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।गएराति करिब ११ बजेतिर रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले ३० रामेछाप नै घर भएका रिपक खातीलाई खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।‘उनीहरुबीच बहिनी जिस्काएको विषयमा विवाद थियो, सोही सन्दर्भमा गर्धनमा खुकुरी प्रहार गरी हत्या भएको देखिन्छ,’ इमाडोल प्रहरी स्रोतले भन्यो ।हत्या आरोपी दीपक रसाइलीलाई राति नै इमाडोल प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा जिम्मा लगाएको थियो । हत्याको अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका एसएसपी

    • प्रकाशित मितिः चैत १४, २०८१
    • 313 पटक पढिएको
  • हाइस अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

    काठमाडौं— चन्द्रागिरी नगरपालिका–२ नागाढुङ्गा ढलानस्थित सडकमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख ५५४६ नम्बरको हाइस अनियन्त्रित भई आइतबार साँझ दुर्घटना भएको हो।दुर्घटनामा करिब २५ वर्षीया सबिना गुरूङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। उनको ठेगाना खुलिसकेको छैन।दुर्घटनामा घाइते भएका हाइसमा सवार दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र एकजनाको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ। हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 261 पटक पढिएको
  • पर्वतमा बलात्कार आरोपमा युवक पक्राउ

    काठमाडौं— पर्वतमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका–९, बनौका १९ वर्षीय विजय फगामीमगर छन् ।१४ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । आइतबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।गत मंसिर ३ गते उनले बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 448 पटक पढिएको
  • बालिका बलात्कार आरोपमा युवक पक्राउ

    काठमाडौं— पाँचथरमा बालिका जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिलिहाङ गाउँपालिका–४ का २६ वर्षीय दोर्ण रसाइली छन् ।उनले १६ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको आरोप छ । शनिबार साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।फिदिम नगरपालिका–२, रमितेडाँडास्थित रमिते होटेलको कोठामा बिहीबार बालिकालाई  जबरजस्तीकरणी गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 399 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा