समाज

    Showing 5,101-5,110 of 6,735 items.
  • विदेशी पुनर्बिमा दलाललाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन

    काठमाडौं— नेपाल बिमा प्राधिकरणले विदेशी पुनर्बिमा दलाललाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन दिएको छ । बिमकको पुनर्बिमा निर्देशिका, २०८० बमोजिम हालसम्म कार्यालय स्थापना नगरेका विदेशी पुनर्बिमा दलाललाई तीन महिनाभित्र उक्त कार्य गर्न निर्देशन दिइएको हो ।बिमकको पुनर्बिमा निर्देशिका, २०८० मा प्राधिकरणमा सूचीकृत र सूचीकरण नम्बर प्राप्त गरेका पुनर्बिमा दलालले ६ महिनाभित्र नेपालमा संयुक्त लगानीमा कम्पनी, शाखा वा सम्पर्क कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था छ । 

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 278 पटक पढिएको
  • अखेटोपहार सालकको खपेटासहित एक जना पक्राउ

    काठमाडौं— काठमाडौंको चन्द्रागिरी नगरपालिका ४ पानी घाटस्थित चित्लाङ - थानकोट सडकखण्डबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा शैलुग गाउपालिका वडा नं. ६ घर भएका ३२ वर्र्षीय सुवास तामाङ रहेका छन् । मकवानपुरको चित्लाङबाट थानकोट आइरहेका उनलाई प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा सालकको खपेटा जस्तो देखिने चिजवस्तु ८ थान, नग्रां एक थान, हड्डी एक थान, दुम्सीको काँडा जस्तो चिजवस्तु तीन थान, नगद रुपैयाँ ५२ हजार र कलर्स कम्पनीको सादा मोबाइल एक थान बरामद गरेको प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 260 पटक पढिएको
  • भक्तपुरमा मृत भेटिएका व्यक्ति खोटाङका ओमप्रकाश, हत्याको आशंका

    काठमाडौं— भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९, बोडेस्थित नीलबाराहीको पिकनिक स्थलनजिक एकजना मृत अवस्थामा भेटिएका छन् । पिकनिकस्थल नजिकैको पार्किङस्थलमा आइतबार बिहान खोटाङका केपिलासगढी गाउँपालिका–२ का ६६ वर्षीय ओमप्रकाश राई मृत भेटिएका हुन् ।मृतक राईको दाहिने कानको छेउमा र टाउकोमा चोट देखिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए । मृतक राई कबाडी सामान टिप्ने काम गर्दै आएका थिए ।डीएसपी न्यौपानेका अनुसार, शव फेला परेको ठाउँमा रगत लतपतिएको ढुंगा पनि फेला परेको छ । “रगत लतपतिएको ढुंगा फेला परेको छ । घटनाको प्रकृति हेर्दा ढुंगा प्रहार गरी हत्या ग

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 349 पटक पढिएको
  • ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु

    काठमाडौं— सुनसरीको दुहबी नगरपालिका-७ फर्साइ छिटाहा भित्री सडक खण्डमा ट्याक्टर हुँदा एक जनाको मृत्यु । मृत्यु हुनेमा सोही नगरपालिकाकी ६० वर्षीया देउ कुमारी खाँ रहेकी छिन् । ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । चैत्र ०८ गते दिउँसो ट्रयाक्टर अनियन्त्रित भई पल्टि दुर्घटना हुँदा ट्रयाक्टरमा सवार देउ कुमारी खाँ घाइते भएकी उनलाई तत्काल उपचारको लागि नोवेल अस्पताल विराटनगर लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक ५५ बर्षीय शिवनाथ खाँ थारुलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 262 पटक पढिएको
  • १६ सय ३६ किलो गाँजासहित २ जना पक्राउ

    काठमाडौं— सशस्त्र प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट १६ सय ३६ किलो गाँजासहित दुई वटा ट्रक र दुई जनालाई  पक्राउ गरेको छ ।धनकुटाको शहिदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलाम जिल्लाको माईजोगाई गाउँपालिका–२ बस्ने ३७ वर्षीय गङ्गा बहादुर बस्नेतलाई शुक्रबार पक्राउ परेका हुन् । इलामबाट झापातर्फ आउँदै  गरेको को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकलाई विशेष सूचनाको आधारमा नम्बर १ बराह बाहिनी मुख्यालय र नम्बर २ गण झापा मातहत  सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त सुरक्षा फौजले चेक जाँच गर्दा ५७ वटा बोरामा राखेर ल्याउँदै गरेको गाँजासहित उनीलाई पक्

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 352 पटक पढिएको
  • तस्करले प्रहरीमाथि नै आक्रमण प्रयासगरेपछि हवाई फायर

    काठमाडौं— धनुषामा भन्सार छलीको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीले हवाई फायर गरेको छ । जिल्लाको मुखियापट्टि मुसर्निया गाउँपालिका– ६ स्थित भन्सार छलीको सामान नियन्त्रणमा लिने क्रममा हवाई फायर गरेको हो ।तस्करहरुले प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि प्रहरीले आत्मरक्षाको लागि एक राउन्ड हवाइ फायर गरेको धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।स्थानीय भजु यादवको घरबाट प्रहरीले तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा आक्रमण प्रयास गरेका थिए । हवाई फायरपछि तस्करहरू भागेको र घरबाट १४ बोरा भन्सार छलीका सामान बरामद गरिएको उनले बताए ।

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 374 पटक पढिएको
  • २ सय ७१ थान मोबाइलसहित ७ जना पक्राउ

    काठमाडौं— चोरीका २७१ थान मोबाइलसहित प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेको बेथानचोक गाउँपालिका–५ का ३५ वर्षीय प्रमोद परियार, काभ्रेकै खानिखोला गाउँपालिका–५ का २६ वर्षीय गुनराज न्यौपाने, रौतहटको चन्द्रनिगाहापुर नगरपालिका–१ का ३० वर्षीय हेमन्त राना मगर, दोलखाको शैलुङ गाउँपालिका–६ का २८ वर्षीय शम्भु विश्वकर्मा, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का २२ वर्षीय राजेश चालिसे, दोलखाको कालिन्दोक गाउँपालिका–५ का २१ वर्षीय सबिन पाण्डे र काठमाडौं सिनामंगलका २० वर्षीय प्रकाश कटवाल रहेको काठमाडौं प्रहरी परिसरका एसपी अपीलराज बोहराले जानकारी दिए ।उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाड

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 280 पटक पढिएको
  • लागू औषध खैरो हेरोइनसहित तीन जना पक्राउ

    काठमाडौं— पोखराको छोरेपाटनबाट प्रतिबन्धित लागू औषधसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा म्याग्दी स्थायी घर भएर हाल कास्की पोखरा महानगरपालिका–११ रानिपौवा बस्ने वर्ष २६ की एलिना सोतोन्जा पुन, कास्की माछापुच्छ्रे गाउँपालिका– ३ बस्ने ४१ वर्षीय सार्जन गुरुङ र ३० वर्षीय सुजन गुरुङ रहेका प्रहरीले जनाएको छ।प्रहरीले उनीहरुको साथबाट कालो झोलामा लुकाई छिपाई राखेको लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने धुलो पदार्थ ३४० मिलिग्राम, लागू औषध बुप्रिनर्फिन १४४ एम्पुल, डाइजापाम १४३ एम्पुल, फेनरागन १४२ एम्पुलगरी जम्मा ४२९ एम्पुल र मोबाइल चार थान बरामद गरिएको छ।पोखरा– १७ छोरेपाटन स्थितमा लागू औषध

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 384 पटक पढिएको
  • जातीय विभेद र छुवाछुत गर्नेलाई कारबाही गरः मानव अधिकार आयोग

    काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगले सिराहाको औरहीमा महायज्ञ लगाउन दलितको घर भत्काइएको घटनामा अनुगमन सुरु गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै आयोगको मधेश प्रदेश कार्यालयबाट अनुगमन सुरु गरिएको जनाएको हो ।सिरहाको औरही गाउँपालिका–५ मा यही चैत १७ गतेबाट सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को घर भत्काइएको थियो । साथै उनको घर रहेको क्षेत्रको माटो समेत खनेर फ्याँकिएको थियो । यो घटनामा संलग्नहरूलाई कारबाहीको माग गर्नुपर्ने माग उठिरहेका बेला मानव अधिकार आयोगले अनुगमन थालेको हो । ‘सिराहाको औरहीमा महायज्ञ लगाउन मण्डप तयार गर्दा नजिकै रहेको दलितको घर भत्काइएको घटन

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 258 पटक पढिएको
  • फोहोर तत्काल व्यवस्थापन गर्न रास्वपाको माग

    काठमाडौं— नवलपुरको कावासोतीमा लामो समयदेखि फोहोर नउठे पछि तत्काल फोहोरको उचित व्यवस्थापन गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कावासोती नगर समितिले नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । रास्वपा नगर सभापति मोहन बस्नेतको नेतृत्वमा गएको टोलीले कावासोती नगर प्रमुख विष्णुप्रसाद भुसाललाई ज्ञापन पत्र बुझाउँदै फोहोर व्यवस्थापनमा गम्भीर हुने आग्रह गरेका हुन् । फोहोर संकलनको नाममा शुल्क उठाउने काम भईरहेको तर फोहोर उठाउने काम भने नभएको भन्दै रास्वपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । त्यसैगरी तत्काल फोहोर संकलन कार्यलाई उचित ढंगले व्यवस्थापन नगरे कावासोतीमा सरुवा जस्ता रोगको संक्रमण बढ

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 356 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा