समाज

    Showing 5,111-5,120 of 6,735 items.
  • घरेलु कामदारलाई खुकुरी प्रहार गर्ने सापकोटा पक्राउ

    काठमाडौं— घरेलु कामदारलाई खुकुरी प्रहार गर्ने विराटनगर महानगरपालिका-२ स्थित  दुर्गा चोकका सक्षम सापकोटालाई  प्रहरीले पक्राउ गरेको छ।कामदारलाई खुकुरी प्रहार गरेर फरार भएका उनलाई करिब  ५ घण्टामा   प्रहरीले नेपाल–भारत सीमा क्षेत्र नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।विराटनगर-२ का अन्दाजी २८ वर्षीय सापकोटाले आफ्नै घरमा काम गर्दै आएका विराटनगर-१ का ५७ वर्षीय रमेश गुप्तालाई खुकुरी हानेर फरार भएको र उनलाई रानी एरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता  डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए ।घाँटीमा चोट लागेका घाइतेलाई उपचारका ला

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 359 पटक पढिएको
  • 'भूमि बैंक' स्थापना गर्ने सरकारको तयारी

    काठमाडौं— भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले 'भूमि बैंक' बनाउने प्रक्रिया फेरि थालेको बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा उनले भूमि बैंक बनाउने विषय विगतमा पनि आएको तर विरोध भएपछि रोकिएको भन्दै अहिले पुनः भूमि बैंक बनाउने प्रक्रियाका लागि छलफल थालेको बताए ।उनले राम्रो काम गर्दा विरोध हुने गरेको भन्दै विरोधका लागि विरोध नगर्न आग्रह गरे । उनले छोटो बाटोबाट भूमिसम्बन्धी समस्या समाधानका लागि अध्यादेश ल्याएको भए पनि अब ऐन नै ल्याउने तयारी गरेको बताए ।मन्त्री अधिकारीले भूमि व्यवस्था समस्या आयोगले काम थालिसकेको र वा

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 336 पटक पढिएको
  • सौर्य जहाज दुर्घटनाबारे मानवअधिकार आयोगको चासो

    काठमाडौं— सौर्य जहाज दुर्घटना छानबिन गर्न मानव अधिकार आयोगले चासो देखाएको छ  । एयरलाइन्स कम्पनी र सरकारी निकायको जानाजानको गम्भीर लापरबाहीले दुर्घटना भएको र पीडितले न्याय नपाएको समाचार सार्वजनिक भएपछि आयोगले छानबिन गर्न चासो देखाएको हो । आयोगले दुर्घटनामा छोरी, ज्वाइँ र नाति गुमाएका पत्रकार प्रकाश खतिवडालाई कार्यालयमा बोलाएर दुर्घटनाबारे छलफल गरेको छ । छलफलकै क्रममा पत्रकार खतिवडाले आयोगका अध्यक्ष तपबहादुर मगरलाई मंगलबार ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्रमा खतिवडाले ‘उडान गैरकानुनी भएको, यात्रु गैरकानुनी रहेको, एयरलाइन्स कम्पनीले गैरकानुनी हर्कत गरेको, कानुन मिचेर स

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 406 पटक पढिएको
  • आगलागीमा परी दुई बालबाालिकाको मृत्यु, आगो नियन्त्रणमा समस्या

    काठमाडौं— मोरङको धनपालथान गाउँपालिकामा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु भएको छ । धनपालथान– ६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट स्थानीयका ८ घर जलेर नष्ट भएको मोरङ प्रहरीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए । चर्को घाम र हावाहुरीका कारण आगलागी नियन्त्रणमा समस्या भएको भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 343 पटक पढिएको
  • सहरी विकास मन्त्रालयको लज्जास्पद प्रगति : आठ महिनामा आठ किलोमिटर सडक निर्माण

    काठमाडौं— सहरी विकास मन्त्रालयअन्तर्गतको पुल र सडक निर्माणको अवस्था हेर्ने हो भने लज्जास्पद अवस्था देखिएको छ । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा सो मन्त्रालयले ग्रामीण कालोपत्रे सडक निर्माण गर्ने लिएको लक्ष्यमा जम्मा ८ प्रतिशत मात्रै प्रगति देखिएको छ । चालु आर्थिक वर्ष २०८१र८२ मा सहरी विकास मन्त्रालयले १०० किलोमिटर ग्रामीण कालोपत्रे सडक निर्माण हुने लक्ष्य लिएको थियो । तर फागुन  मसान्तसम्म (८ महिनामा) ८.६ किलोमिटर मात्रै सडक निर्माण गरेको छ । झापा, रोल्पा र पर्वत गरी ३  जिल्लाहरूमा  जम्मा ८.६  किमि निर्माण भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी जम्मा ३०

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 285 पटक पढिएको
  • दूध उत्पादनको अनुदान रकम सिधै किसानको खातामा

    काठमाडौं— ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा दुध उत्पादन वापतको अनुदान रकम सिधै किसानको खातामा भुक्तानी हुने व्यवस्था मिलाइएको गाउँपालिकाले जानकारी दिएको छ । प्रोत्साहन वापतको रकम सिधै किसानको खातामा भुक्तानी हुने व्यवस्था मिलाइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद दुलालले जानकारी दिए। वागमती प्रदेश सरकारको हस्तान्तरित कार्यक्रम अन्तर्गतको बजेटबाट पालिकाभित्रका दूध उत्पादक किसानहरुलाई उत्पादनमा अनुदान प्रोत्साहन रकम वितरण गर्न हरेक दुग्ध उत्पादक किसानहरुको दुग्ध पदार्थ विक्रीको विवरण पेश गर्न सूचना जारी गर्दै १०० लिटरभन्दा बढी दुग्ध संकलन तथा विक्री गर्ने सँस्थाहरुलाई निवेदन पे

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 340 पटक पढिएको
  • भत्केको संरचनामा गरिने खोज तथा उद्दार अनुशिक्षण तालिम सम्पन्न

    काठमाडौं— कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा संचालनमा रहेको ७ कार्य दिनको “भत्केको संरचनामा गरिने खोज तथा उद्दार अनुशिक्षण तालिम प्रथम समुहको समापन भएको छ । फागुन २५ गतेबाट संचालन भएको उक्त तालिम चैत्र ४  गते कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा कोशी प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख भीम बहादुर दहालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि दहालले प्रहरी कर्मचारीहरूलाई खोज तथा उद्दार सम्बन्धि तालिम दिई उद्दार कार्यलाई थप प्रभावकारी बनाउन अनुशिक्षण तालिम दिईएको बताए। मानव जीवनमा आईपर्ने कठोरतम् विपत्तिको उद

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 404 पटक पढिएको
  • २५ करोड नगदसहित एकजना पक्राउ, कहाँबाट आयो यत्रो पैसा

    काठमाडौं— प्रहरीले करिब २५ करोड नगदसहित दुईजनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको हो । नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित एकजनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।  अवैध रकमसहित पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको प्रहरीले जनाएको छ ।अनुसन्धान अधिकृतहरूले रकम यकिन गर्न गन्ने काम गरिरहेका छन् ।काठमाडौंको झोर महाकाल क्षेत्रबाट ना.१ ख १६५२ नम्बरको ट्रकबाट सो रकम बरामद गरिएको छ । ट्रक चालक सहित दुईजना पक्राउ परेका छन् ।

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 1,176 पटक पढिएको
  • प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ

     काठमाडौं— सर्लाहीको हरिपूर्वाका एक युवकलाई प्रहरीमा जागिर लगाइ दिने भन्दै ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१७, रानिगन्जकी ३२ वर्षीया लक्ष्मीकुमारी महतो रहेकी छन्। महतोले हरिपूर्वा नगरपालिका–५, का २१ वर्षीय जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईका अनुसार शिवमकुमार यादवलाई प्रहरीमा जागिर लगाइ दिने भन्दै पटक–पटक गरी दुई लाख ७५ हजार रुपियाँ ठगी गरेको प्रमाण फेला परेको थियो। सार्वजनिक मुद्दामा धनुषा प्रहरीको नियन्त्रणमा रहेकी लक्ष्मीकुमारीलाई त्यहाँबाट हिरासतमुक्त भएपछि सर्लाही ल्याइएको हो। धनुषामा अदालतको आदेश अनुसार धरौटी रकम बुझाउन

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 340 पटक पढिएको
  • इराक पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ

    काठमाडौं— घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  नुवाकोट तारकेश्वर गाउँपालिका–५ घर भएका ३४ वर्षीय हिरा तामाङलाई पक्राउ गरेको हो ।उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । हिरा तामाङ समेतले इराकमा घरेलु काममा आकर्षक तलबको प्रलोभन देखाई दुबई हुँदै इराकमा पुर्‍याई विभिन्न व्यक्तिहरूको घरमा पठाई चरम श्रम शोषण गरी शारीरिक यातना समेत दिई बन्धक बनाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।उनी उपर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनु

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 357 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा