समाज

    Showing 5,121-5,130 of 6,735 items.
  • विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

    काठमाडौं— बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रसुवाको गोसाइकुण्ड गाउँपालिका नगरपालिका–३ का ४६ वर्षीय बिर्ख तामाङ र बाजुरा बूढीनन्दा नगरपालिका–६ का २८ वर्षीय दीपेश राउत छन् ।उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । राउतले क्यानडा पठाउने भन्दै एक जनाबाट चार लाख र तामाङले माल्टा पठाउने भन्दै एक जनाबाट १२ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 341 पटक पढिएको
  • चोकको नाम राख्ने विषयमा विवाद हुँदा प्रहरीले चलायो गोली, एक जना घाइते

    काठमाडौं— धनुषाको सबैला नगरपालिकामा सोमबार चोकको नाम राख्ने विषयमा विवाद हुँदा प्रहरीले एक राउण्ड गोली चलाएको छ । नगरपालिका–९ भठिहनस्थित चोकको नाम राख्ने विषयमा दुई समूहबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् ।  भीड नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर सबैला नगरपालिकाका सन्तोष यादव घाइते भएको धनुषा प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले बताए ।कम्मरमुनी गोली लागेका घाइते यादवको अवस्था गम्भीर रहेको मधेस प्रदेश प्रहरी प्रवक्ता शान्तिराज कोइरालाले जानकारी दिए । चोकको नामाकरणका विषयमा भएको विवादले उग्ररुप लिएपछि भीड नियन्त्रणमा लिन गोली चलाएको प्रहरीले

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 384 पटक पढिएको
  • मुख्यमन्त्री कार्यालय अगाडि कर्मचारीहरुले दिए धर्ना

    काठमाडौं— सुदूरपश्चिम प्रदेश सरकारले ल्याउन लागेको प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै स्थानीय तहका कर्मचारीले मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका छन् ।उनीहरूले सोमबारदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मूल गेटमा धर्ना सुरू गरेका छन् । कर्मचारीहरूले स्थानीय तह कर्मचारी संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन् ।फागु पूर्णिमा पर्व (होली) को सार्वजनिक बिदाका बेला आन्दोलन रोकेका उनीहरूले सोमबारदेखि फेरि आन्दोलन थालेका हुन् ।‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक– २०८१’ तत्काल जारी हुनुप

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 378 पटक पढिएको
  • ८ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा पक्राउ

    काठमाडौं— बाँकेमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका—८ पिपिरी बस्ने २५ वर्षीय निम बहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बिकले ती बालिकालाई शनिबार साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 223 पटक पढिएको
  • लिखु तामाकोसी गाउँपालिकामा गाडी दुर्घटना हुँदा ८ जना घाइते

    काठमाडौं— जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा न– ६ खिम्ती छ्तउ्ने खोला नजिक फोर्स गाडी दुर्घटना भएको छ । सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । भारतीय आर जे १४ टि डि ८६८७ नम्बरको फोर्स गाडी दुर्घटना भएको जिल्ला प्रहरीले कार्यालय रामेछापले जानकारी दिएको छ ।रामेछाप गोकुलगंगा गाउँपालिका वडा ४ बेताली बाट भारतको जयपुर जाँदै गरेको गाडी दुर्घटना भएको हो । उक्त फोर्स गाडी ब्रेकको फेल भई सडकबाट करिब ५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रदीप कुमार सिंहले जानकारी दिए ।गाडी दुर्घटनामा रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका–४ बेताली बस्ने सुस्मा खड्का, लेखबहादुर खड्का, पूर्णबहादुर सार्

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 246 पटक पढिएको
  • लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

    काठमाडौं— प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई मोरङ बिराटनगर महानगरपालिका–१५ स्थितबाट लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो।चैत्र ०३ गते इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उदयपुर बेलका नगरपालिका–२ का २० बर्षीय सुजन खड्कालाई लागूऔषध खैरो हिरोईन ११ ग्राम ४ मिलिग्राम, मोरङ केराबारी गाउँपालिका–३ का २४ बर्षीय उत्तम याख्खा, सुन्दरहरैचा नगरपालिका–५ का ४५ बर्षीय मातृका सुवेदीलाई २ ग्राम ५३ मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दा

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 252 पटक पढिएको
  • भन्सार छलेर २ करोड भन्दा बढीको सामान बरामद, ३ जना पक्राउ

    काठमाडौं— प्रहरीले दुई करोड ७५ लाख रुपैयाँ मूल्य बराबरको भन्सार छलेर ल्याएको सामानसहित तीन जनालाई नियन्त्रणमा लिए सार्वजनिक गरेको छ।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, साविक डराउनेपोखरी गाविस–२ घर भई हाल ललितपुर महानगरपालिका–२१ पाटन बस्ने ३१ वर्षीय कृष्णगोपाल श्रेष्ठ, दोलखा मेलुङ गाउँपालिका–८ बस्ने ६१ वर्षीय हरिबहादुर श्रेष्ठ तथा नुवाकोट, बिदुर नगरपालिका–१२ बस्ने ४२ वर्षीय पुरुषोत्तम कोइराला रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहराले जानकारी दिए। यही चैत १ गतेराति काठमाडौं महानगरपालिका–१५ स्वयम्भूस्थित बा ५ ख ७३१४ नम्बरको गाडीमा भन्सार छलेर औषधि तथा कपडा ल्याएको भन्ने सूचनाक

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 635 पटक पढिएको
  • काठमाडौं महानगरले आफ्ना कर्मचारीलाई नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम प्रदान गर्दै

    काठमाडौं—  काठमाडौं महानगरपालिकाले आइतबारदेखि कर्मचारीहरुका लागि नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम सुरु गरेको छ । सम्पदा तथा पर्यटन विभागले सांस्कृतिक महानगर कार्यक्रमअन्तर्गत सुरु गरेको तालिम हरेक दिन अपरान्ह ४ बजेदेखि केन्द्रीय कार्यालयमा रहेको कार्यपालिका बैठक कक्षमा हुनेछ । तालिम सुरु गर्दै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, भाषालाई घरमा प्रयोग गरिएन भने समाजबाट हराउने बताउँदै महानगरपालिकाले आफ्नो घर (कार्यालय) मा यसको प्रयोग गरेपछि समुदायमा पनि भाषाको प्रभाव बढ्दै जाने धारणा राखे ।  महानगरपालिकासँगै स्थानीयबासीले घरमा पनि नेपाल भाषाको प्रयोगलाई बढाउनु पर्नेमा

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 378 पटक पढिएको
  • भारतीय नम्बर प्लेटको गाडी दुर्घटना चार जना घाइते

    काठमाडौं— मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिकामा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको युपि ७० एनटी ६९१७ नम्बरको भारतीय फोर्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।गाडिमा सवार १७ जनामध्ये ४ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि हेटौंडा अस्पातालमा ल्याइएको उनले बताए ।घाइते सबै भारतीय नागरिक रहेका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।घाइते ह

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 311 पटक पढिएको
  • सर्वोच्चको अन्तरिम आदेशः टीओडी जाँच गर्न मन्त्री खड्काले बनाएको समितिले काम गर्न नपाउने

    काठमाडौं— सर्वोच्च अदालतले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बनाएको टीओडी जाँच गर्ने समितिलाई काम गर्न नपाउने आदेश दिएको छ।टेकप्रसाद ढुंगाना र सारंगा सुवेदीको इजलासले अन्तरिम आदेश दिँदै समितिलाई काम गर्न निषेध गरेको हो।उद्योगीहरुसँगको बक्यौता विवाद समाधान गर्ने भन्दै मन्त्री खड्काले योजना आयोगका पूर्वअध्यक्ष अरविन्द मिश्रको संयोजकत्वमा श्रीरामराज पाण्डे र सीए सुजन कुमार काफ्ले सदस्य रहेको समिति बनाएका थिए। अधिवक्ता खडानन्द कंडेलले ऊर्जा मन्त्रालयसहित समितिविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिएको हो। सर्वोच्चबाटै फैसला भई निर्णय अन्तिम भएको विषयमा

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 517 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा