समाज

    Showing 5,151-5,160 of 11,044 items.
  • मार्तडीमा भौतिक संरचना थपिँदै, खेतीयोग्य जमिन मासिँदै

    बाजुरा— सदरमुकाम मार्तडीमा पछिल्लो समय भौतिक संरचनाको निर्माण तिब्र हुन थालेपछि खेतियोग्य जमिन मासिँदै गएको छ। सदरमुकामको चारैतिर नयाँ भौतिक संरचनाको निर्माण कार्य धमाधम बढेसंगै यहाँको खेतियोग्य जमिन मासिदै गएको हो ।पहिले वरपर सिंगो खेतीयोग्य जमिन खाली देखिने गरेकोमा अहिले चारैतिर भवनहरु भरिभराउ छन् । पहिले र अहिलेको सदरमुकामको अवस्थामा आकास पातलको फरक छ । खेतीयोग्य जमिनमा धमाधम संरचना निर्माण हुन थालेपछि खेती गर्ने खेतहरु पनि बिस्तारै मासिँदै गएका हुन् ।खेतीयोग्य जमिन मासिन थालेपछि कृषि खेतीमा असर परेको हो। उत्पादन राम्रो हुने खेतीयोग्य जमिनमा धमाधम संरचना निर्माण हुन थालेपछि कृषिबाली उत्पादन

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 533 पटक पढिएको
  • इच्छाकामनामा सुन्तला महोत्सवः पालिकामा १० करोड रुपैयाँसम्म कारोबार

    चितवन— स्थानीय किसानको उत्पादनलाई बजारसँग जोड्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा फुड फेस्टिवल सुरु भएको छ ।चितवन उद्योग संघ इच्छाकामना समिति र होटल व्यवसायी संघ इच्छाकामना इकाइको संयुक्त आयोजनामा मुग्लिन बजार क्षेत्रमा महोत्सव आयोजना गरिएको हो ।आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको चितवन उद्योग संघ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले जानकारी दिए ।उनका अनुसार महोत्सवमा ५० भन्दा बढी स्टल रहनेछन् भने इच्छाकामनाका करिब १०० जना सुन्तला उत्पादक किसानले आफ्ना उत्पादनको प्रत्यक्ष बजारीकरण गर्न पाउनेछन् ।महोत

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 524 पटक पढिएको
  • काठमाडौं महानगरको १८औँ नगरसभा अधिवेशन सम्पन्न, १८.४८ प्रतिशत बजेट खर्च

    काठमाडौं— काठमाडौं महानगरपालिकाको नगरसभाको १८औँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले निर्वाचित भएपछिको १८औँ नगर अधिवेशन भएको उल्लेख गर्दै नगरसभा सदस्यहरूलाई अधिवेशनलाई निरन्तरता दिन आग्रह गरिन् ।उपमेयर डंगोलले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ऐतिहासिक, पुरातात्विक, मठमन्दिर, भाषा, धर्म, संस्कृति, भेषभूषा तथा सम्पदा स्थलहरूको जर्गेना गर्दै पूर्वाधार विकासलाई अघि बढाउन आफूहरू प्रतिबद्ध रहेको बताइन् । सडक, ढल, पुल निर्माण तथा मर्मतसम्भार, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत विकासका आवश्यकतामाथि निरन्तर सोचेर कार्यान्वयन गर्दै आएको

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 485 पटक पढिएको
  • ट्राफिक प्रहरीले चोरी भएका स्कुटर /मोटरसाइकल प्रक्रिया पूरा गरी वास्तविक धनीलाई जिम्मा लगाउँदै

    काठमाडौं— चोरी भएका स्कुटर तथा मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न स्थानबाट बरामद गरिएका सवारी साधन आवश्यक प्रक्रिया पूरा गरी वास्तविक धनीलाई जिम्मा लगाइएको हो।ट्राफिक प्रहरीले उपत्यकाभित्र चोरी भएका सवारी साधन खोजतलासलाई प्राथमिकतामा राख्दै नियमित अनुगमन र विशेष अभियान सञ्चालन गर्दै आएको जनाएको छ। बरामद सवारी साधन धनीलाई हस्तान्तरण गर्दा आवश्यक कागजात र पहिचानका आधारमा जिम्मा लगाइएको कार्यालयले जनाएको छ।ट्राफिक प्रहरीले सवारी चोरी नियन्त्रणका लागि सचेत रहन र सवारी सुरक्षित र

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 515 पटक पढिएको
  • मन्त्रिपरिषद् विस्तार हुँदै, पूर्वरथी बालानन्द शर्मा मन्त्री नियुक्त हुने तयारी

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन्। सोही क्रममा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई मन्त्री नियुक्त गर्ने तयारी भएको हो।प्रधानमन्त्री कार्कीले शर्मालाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिने तयारी गरेकी बताइए पनि यसबारे अन्तिम निर्णय भने औपचारिक रूपमा सार्वजनिक भइसकेको छैन। स्रोतका अनुसार शर्माको शपथ ग्रहण आज दिउँसो २ बजे शीतल निवासमा तय गरिएको छ।शर्माले यसअघि माओवादी लडाकु समायोजन समितिमा रहेर काम गरिसकेका छन्। साथै कोभिड–१९ महामारीका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पनि उनको भूमिका रहेको थियो।शर्मा मन्त्रिपरिषद्मा समावेश भएसँगै

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 512 पटक पढिएको
  • सञ्चारमन्त्री खरेलको ओलीसँग भेट, तीन दलबीच संवादको पहल तीव्र

    काठमाडौं— सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। ओली निवास गुण्डुमा दुवैबीच भेटघाट भइरहेको छ।आगामी निर्वाचनको वातावरण सहज बनाउन सरकारले ठूला दल र प्रमुख नेतासँग सम्बन्ध सुधारमा जोड दिँदै संवाद प्रक्रिया अघि बढाएको छ। यसका लागि उच्चस्तरीय समिति गठन गरेर छलफललाई तीव्र बनाइएको छ।सोही क्रममा सञ्चारमन्त्री खरेलले शनिबार तय भएको तीन दलका शीर्ष नेता र प्रधानमन्त्रीबीच हुने वार्ताका लागि ओलीलाई औपचारिक निम्तो दिएको बताइएको छ।यसअघि खरेलले आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरिसकेका छन् भने ओलीसँगको भेटपछि नेकपा

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 502 पटक पढिएको
  • नालामा डुबेर १५ महिने बालकको मृत्यु

    रौतहट— मौलापुर नगरपालिका–३ गम्हरिया टोलमा बिहीबार दिउँसो एक बालकको नालामा डुबेर मृत्यु भएको छ।स्थानीय राजेश साह तेलीका १५ महिनाका छोरा राजन साह तेली घर नजिकै रहेको नालामा खसेर गम्भीर अवस्थामा परेका थिए। डुबेर अशक्त बनेका बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 462 पटक पढिएको
  • रास्वपाले समानुपातिक आकांक्षीको अन्तिम सूची सार्वजनिक गर्‍यो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ ।पार्टीले शुक्रबार २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ३८७ जना आकांक्षी उम्मेदवारको नाम सार्वजनिक गरेको हो । रास्वपाका अनुसार कुल ४१४ जनाले आवेदन दिएका थिए । जसमध्ये २७ जनाको नाम अन्तिम सूचीमा समावेश गरिएको छैन ।सूचीमा नाम नपरेका आकांक्षीलाई भर्चुअल माध्यमबाट उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराइने पार्टीले जनाएको छ ।समानुपातिक उम्मेदवार बन्नका लागि प्रति व्यक्ति ५० हजार रुपैयाँ आवेदन शुल्क तोकिएको थियो । सोही अनुसार पार्टीले

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 559 पटक पढिएको
  • दुर्गा प्रसाईंविरुद्ध बैंकिङ कसुर मुद्दाको सुनुवाइ आज हुँदै

    काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि दायर गरिएको बैंकिङ कसुरसम्बन्धी मुद्दामा आज उच्च अदालत पाटनमा सुनुवाइ हुने भएको छ।उक्त मुद्दा बुधबार न्यायाधीश लेखनाथ पौडेल र गीता प्रसाद तिम्सिनाको संयुक्त इजलासमा पेश हुँदैछ। यसअघि भने न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।नेपाल राष्ट्र बैंकले गत माघ २३ गते प्रसाईंको बैंकिङ कारोबार शंकास्पद देखिएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुसन्धानका लागि पत्राचार गरेको थियो। सीआईबीले अनुसन्धान सम्पन्न गरी विशेष सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि मुद्द

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 587 पटक पढिएको
  • कर्नाटकमा बस र ट्रक आपसमा ठोक्किँदा नौको मृत्यु

    भारत— भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा एउटा निजी स्लिपर बस र ट्रक एकआपसमा ठोक्किँदा नौ जनाको मृत्यु भएको छ । अन्य धेरै यात्रीहरू घाइते भएका छन् ।दुर्घटना कर्नाटकको राजधानी बेंगलुरुबाट करिब २०३ किलोमिटर उत्तर-पश्चिममा पर्ने चित्रदुर्गा जिल्लाको हिरियुर क्षेत्रस्थित गोरलाथु गाउँको राजमार्गमा बिहीबार भएको थियो ।प्रहरीकाअनुसार विपरित दिशाबाट आउँदै गरेको ट्रकले सडकको डिभाइडर नाघेर बसलाई ठक्कर दिएको थियो ।ठक्कर लगत्तै बसमा भीषण आगो लागेको र केही बेरमै आगोको लप्काले पूरै बसलाई आफ्नो चपेटामा लिएको थियो ।बसमा चालक र सहचालकसहित कुल ३२ जना सवार रहेको रिपोर्टमा उल्लेख छ ।भारतमा प्रायः सडकको जीर्ण अवस्

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 541 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.