समाज

    Showing 5,181-5,190 of 6,750 items.
  • कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी २४ बर्ष पछि पक्राउ

    काठमाडौं— जिल्ला प्रहरी कार्यालय भोजपुरले कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी भोजपुर पौवादुम्मा गाउँपालिका–६ का ४६ बर्षीय शान्त कुमार राईलाई घटनाको २४ बर्ष पछि पक्राउ गरेको छ । भोजपुरको सविक ठुलोदुम्मा गा.वि.स.–८ का बिजय कुमार राईलाई शान्त कुमार राईले २०५७ साल साउन १३ गते मरणासन्न हुने गरी कुटपिट गरी घाईते बनाएकोमा बिजय कुमारको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा साउन १८ गते मृत्यु भएको थियो । घटना पश्चात तत्काल भागी फरार रही लुकि छिपी बस्दै आएका राईको खोजतलासको क्रममा गाउँ घरमा नै आएको अवस्थामा प्रहरीले २०८१ साल फागुन २५ गते पक्राउ गरेको हो । पक्राउ परेका राईलाई तोकिएको कैद सजाय भुक्तानक

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 250 पटक पढिएको
  • हनुमन्ते खोलामा फेला परेको शव पहिचान

    काठमाडौं— भक्तपुर नगरपालिका–१, सिर्जनानगरस्थित हनुमन्ते खोलामा शनिबार फेला परेको शव पहिचान भएको छ । शनिबार दिउँसो ३ः४५ बजे हनुमन्ते खोलामा एक युवकको शव फेला परेको थियो ।उक्त शव रामेछापको गोकुलगंगा गाउँपालिका–५, कानीटार घर भई भक्तपुरको जगातीमा बस्दै आएका २१ वर्षीय रञ्जित विकको भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं डीएसपी ढुण्डिराज नेउपानेले बताए ।रञ्जितकी दिदी पूजा प्रहरी सम्पर्कमा आई शवको पहिचान गरेको उनले जानकारी दिए । सोमबार ९फागुन २६० दिउँसो पूजाकी भाउजू शर्मिला गजमेरले शव बुझी लगेको उनले बताए ।नग्न अवस्थामा शव फेला परेको थियो । स्थानीयले खबर गरेपछि तत्काल घटनास्थलमा पुगेर प्

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 401 पटक पढिएको
  • विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा संखुवासभा मकालु गाउँपालिका–२ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका–८ हात्तीगौंडा बस्ने २१ वर्षीय सालिकराम बानिया र मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ घर भई काठमाडौं कीर्तिपुर नगरपालिका–१४ चौभार बस्ने ३१ वर्षीया एलिना पुरी रहेका छन् ।अमेरिका पठाइदिन्छु भन्दै सालिकरामले १ जना पीडितबाट ५ लाख रूपैयाँ र क्यानडा पठाइदिन्छु भन्दै एलिनाले १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अ

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 463 पटक पढिएको
  • महानगरले पठाएको जरिवानापत्र राप्रपाले अझै पाएन

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकाले काटेको भनिएको जरिवानापत्र प्राप्त नगरेको जनाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले महानगरले पठाएको भनिएको जरिवानापत्र नपाएको बताए ।“महानगरले पठाएको जरिवानापत्र आइपुगेको छैन, सामाजिक सञ्जालमार्फत मात्र थाहा पायौँ । आधिकारिकरूपमा पत्र आएपछि छलफल हुन्छ,” प्रवक्ता श्रेष्ठले भने ।आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्‍याएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना गर्नुपर्ने बेहोराको पत्र काटेको थियो ।महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछा थापामगरले महानगरले

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 321 पटक पढिएको
  • वायु प्रदूषणको तह बढेसँगै काठमाडौंसहित आठ सहर अस्वस्थकर

    काठमाडौं— काठमाडौं उपत्यकासहित देशभरका नौ सहर सोमबार (आज) अस्वस्थकर बनेका छन् । वायु प्रदूषणको तह बढेसँगै नौ सहर अस्वस्थकरको सूचीमा परेका हुन् ।वातावरण विभागका अनुसार, काठमाडौंको शंखपार्क सोमबार बिहान ‘सर्वाधिक’ प्रदूषित बनेको छ । सोमबार मध्याह्न १२ बजे शंखपार्कको वायुको गुणस्तर मापदण्ड (एक्यूआई) १७२ रहेको वातावरण विभागको तथ्यांक छ ।सोही समयमा देशका नौ सहर ‘अस्वस्थकर’ छन् । काठमाडौंको रत्नपार्कको एक्यूआई १५९ पुगेको छ । ललितपुरको भैँसेपाटी र खुमलटारको एक्यूआई क्रमश– १६९ र १५५ छ । भक्तपुरको एक्यूआई पनि १६१ छ ।उपत्यकाबाहिर काभ्रेको धुलिखेलको एक्यूआई १५५, देउखुरी दाङको १५४ र धनगढी कैलालीको १५३ पुग

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 382 पटक पढिएको
  • महिलालाई भारतको पुणेमा लगेर बेचेको आरोपमा दुई जना पक्राउ

    काठमाडौं— काठमाडौंबाट २३ वर्षीया र ३६ वर्षीया महिलालाई भारतको पुणेमा लगेर बेचेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३२ वर्षीय मानबहादुर तामाङ र २४ वर्षीय सोमबहादुर तामाङ रहेका छन् ।मंसिर १८ मा उनीहरुले महिलाहरुलाई दार्जिलिङ घुम्न जाने र मोबाइल किनिदिने आश्वासन दिएर झापा हुँदै इलाम लगेका थिए । त्यहाँबाट कोलकत्ता हुँदै दिल्लीमा १७ दिन राखेर पुणेमा लगेर बेचेको मानव बेचविखन ब्यूरोका एसपी नरेन्द्र कुँवरले बताए ।भारतीय रुपैयाँ डेढ लाख र दुई लाख रुपैयाँ बेचेर उनीहरु फर्केको प्रहरीको अनुसन्धान निष्कर्ष छ । काठमाडौंबाट पक्राउ परेका मानबह

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 328 पटक पढिएको
  • कांग्रेसको ‘मिसन’ रोजगारी अभियान शुरु

    काठमाडौं— नेपाली कांग्रेसले ‘मिसन’ रोजगारी अभियान सुरु गरेको छ । आइतबार (आज) पार्टी केन्द्रीय कार्यालय सानेपामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मिसन रोजगारी अभियानको शुभारम्भ गरेका हुन् ।‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार— सरकारको प्राथमिकतामा रोजगार’ भन्ने नाराका साथ मिसन रोजगारी अभियान थालिएको महामन्त्री थापाले जानकारी दिए ।यसक्रममा विषयगत र क्षेत्रगत रूपमा गोलमेच छलफल गरिने उनले बताए । पहिलो चरणमा ६ महिना रोजगारीका विषयमा संवाद र अध्ययनका निम्ति निचोड निकालिने उनले जानकारी दिए ।अर्का महामन्त्री शर्माले कांग्रेसले लिएको नीतिका कारण थोरै भए पनि देशमा रोजगारीको सिर्जना भएको जिकि

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 334 पटक पढिएको
  • राजावादीको प्रदर्शनले उपत्यकाको सवारी आवागमन अस्तव्यस्त

    काठमाडौं— राजावादीको प्रदर्शनले काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बन्न थालेको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि विभिन्न ठाउँबाट निस्किरहेका जुलुसले उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनिरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रवक्ता एसपी सञ्जयबहादुर राउतले जानकारी दिए ।उनका अनुसार, अहिले त्रिभुवन विमानस्थल आसपासका सडकमा अत्यधिक जाम छ । “विमानस्थल प्रवेशद्वार गोल्डेन गेटबाटै सडक एकतर्फी गरिएको छ । सिनामंगल, गौशाला, कोटेश्वर, तीनकुनेलगायत सडकबाट राजावादीहरूको चलहपहल सुरु भएकाले सडक व्यस्त देखिन थालेको छ,” एसपी राउतले भने ।ट्राफिक प्रहरीले आवश्यकता अनुसार सवारी डाइभर्सन गर्ने

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 460 पटक पढिएको
  • विश्व शान्तिका लागि लुम्बिनीमा ७ हजार दीप प्रज्वलन

    काठमाडौं— बुद्धजन्मस्थल लुम्बिनीमा ७ हजार दीप प्रज्वलन गरिएको छ । चौथौ त्रिपिटक पाठ समारोहको समापन लगत्तै शनिबार बेलुका केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा ७ हजार दीप प्रज्वलन गरिएको हो ।धम्मकाय फाउण्डेशनले भिक्षु भिक्षुणी, लामा गुरु, आनी, उपासक उपासिका र प्रवजित भएका ५ सय जना अल्पकालीन भिक्षुहरुको सहभागितामा शान्ति र साहर्दताका लागि दीप प्रज्वलन गरिएको हो ।नेपालको झन्डा केन्द्रभाग मानी धम्मचक्रको आकार आउने गरी गरिएको दीप प्रज्वलनको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष धम्मशोभन महास्थविरले शुभारम्भ गरे  । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बुद्धजन्मस

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 246 पटक पढिएको
  • अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ९९ जना महिला प्रहरी कर्मचारी पुरस्कृत

    मोरङ— ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस, २०८१ को अवसरमा कोशी प्रदेश अन्तर्गत रहेका बिभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत ९९ जना महिला प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ । नेपाल प्रहरीमा कार्यरत महिला प्रहरी कर्मचारीहरुको मनोवल तथा उत्प्रेरणा अभिबृद्धि गर्ने एवम कार्य सम्पादनलाई पुरस्कार प्रणालीमा आवद्ध गर्ने अभियान अन्तर्गत पुरस्कृत गरिएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा कोशी प्रदेश अन्तर्गत रहेका प्रहरी कार्यालयहरुमा कार्यरत रही महिला बालबालिका तथा जेष्ठ नगरिक सेवा केन्द्र, अपराध अनुसन्धान, प्रहरी कार्य, प्रशासन लगायत बिभिन्न शाखामा रहेर बिभागीय नीति निर्देशनको पालना गरी आफ्

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 273 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा