समाज

    Showing 5,201-5,210 of 6,750 items.
  • नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने कार्यमा संलग्न व्यक्ति पक्राउ

    काठमाडौं— नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको ज्वालामूखी गाउँपालिका–७ घर भई काठमाडौं तार्केश्वर नगरपालिका५ लोलाङ हाईट बस्ने २७ वर्षीय नारायणदत्त खकुराल छन् । वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको नामको नक्कली फेसबुक आईडी बनाई उनीहरूको आफन्तहरूसँग आफु र आफ्नो साथी बिरामी भई अस्पतालमा भर्ना भएको लगायतको बहाना बनाएर रकम असुली गरेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीबारे आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 301 पटक पढिएको
  • लागुऔषधसहित नागार्जुनबाट युवक पक्राउ

    काठमाडौं— काठमाडौंको नागार्जुन नगरपालिका–३ स्थित सिंगल ट्रिबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ घर भएर नागार्जुन बस्ने २६ वर्षीय अर्जुन श्रेष्ठ छन् ।आरोपीको साथबाट प्रहरीले १५ सय ६० एम्पुल लागुऔषध बरामद गरेको छ । श्रेष्ठको साथबाट ५४० एम्पुल डाइजेपाम, ५२० एम्पुल फेनारगन र ५ सय एम्पुल बुप्रेनर्फिन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।उनीविरुद्ध लागुऔषध मुद्दा ५ दिनको म्याद लिएर प्रहरी वृत्त स्वयम्भुले अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 304 पटक पढिएको
  • बेपत्ता भएका महेश ५ दिनपछि मृत फेला

    तनहुँ— तनहुँको भीमाद नगरपालिका वडा नम्बर—२ धरमपानीबाट बेपत्ता भएका ३६ वर्षीय महेश सुवेदी ५ दिनपछि मृत फेला परेका छन् । घरमा सुतिरहेका सुवेदी फागुन १७ गते बिहान बेपत्ता भएका थिए ।सुवेदीको खोजीका लागि परिवार तथा आफन्तले प्रहरीमा निवेदन दिएका थिए भने तनहुँको भीमादसहित स्याङ्जातर्फ खोजी कार्य गरेका थिए । भीमाद वडानम्बर २ को सालिमे पुछार र स्याङ्जाको हरिनास गाउँपालिकाको सीमामा रहेको कुलुङखोला किनारमा मृत भेटिएका हुन् ।उनको मृत्यु कारणबारे पोस्टमार्टमपछि जानकारी हुने प्रहरीले जनाएको छ । महेश हाल कावासोती नगरपालिका वडानम्बर ३ मध्यविन्दु टोल बस्दै आएका थिए । उनी भतिजहरुको व्रतवन्धमा धरमपानी पुगेका थिए

    • प्रकाशित मितिः फागुन २२, २०८१
    • 218 पटक पढिएको
  • डम्पिङ साइटमा मृत नवजात शिशु भेटिएपछि...

    काठमाडौं— मकवानपुरमा डम्पिङ साइटमा नवजात शिशुको शव भेटिएको छ। मनहरी गाउँपालिका—७ मा रहेको डम्पिङ साइटमा मंगलबार सालनालसहितको नवजात शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।नवजात शिशुको शव जेब्रा झोलाभित्र कपडाले बेरिएको अवस्थामा भेटिएको प्रहरी निरीक्षक विशाल सापकोटाले जानकार दिए । रक्ताम्य अवस्थामा फेला परेको शिशुको शव पोस्ट मर्टमका लागि जिल्ला अस्पताल पठाइएको उनले बताए।नवजात शिशुलाई कसले त्यसरी फाल्यो भन्ने अनुसन्धान भइरहेको इन्स्पेक्टर सापकोटाले बताए। त्यसका लागि स्थानीयहरू र अस्पतालहरूमा सोधपुछ भइरहेको उनले जानकारी दिए। 

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 333 पटक पढिएको
  • पर्वतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

    पर्वत— बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ  सोही दुर्घटनामा  ६ जना घाइते भएका छन् । गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका लागि छुटेको लु१ज ४४६० नम्बरको जीप दुर्घटनामा परेको हो ।दुर्घटनामा पर्वत बिहादी गाउँपालिका—३ का मीनप्रसाद उपाध्याय र कालीगण्डकी गाउँपालिका—५ गुल्मीका ६४ वर्षीया दिलकुमारी भट्टचनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी रवीन विष्टले जानकारी दिए ।उनका अनुसार घाइते ६ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ। उक्त जीपमा सवार  एकजना बालकको अवस्था भने सामान्य छ  । २ जनाको घट

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 261 पटक पढिएको
  • ग्याँस उद्योगीको माग पुरा भएपछि आन्दोलन स्थगित

    काठमाडौं— ग्यास उद्योगीहरूले आन्दोलन स्थगित गरेका छन् । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य तथा आपूर्ति सचिव गोविन्द बहादुर कार्की, नेपाल एलपि ग्यास उद्योग संघका पदाधिकारीहरूको उपस्थितिमा पाँच बुँदे सहमति भएको हो । आन्तरिकतर्फ ग्यासमा प्रतिसिलिण्डर १२.७५ ले मूल्य वृद्धि गर्ने सहमति भएको छ । तर उपभोक्तालाई भने मूल्य नबढ्ने नेपाल आयल निगमले जनाएको छ । ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिण्डर रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाई अध्ययन कार्य अगाडि बढाउने सहमति भएको छ । यस्तै निगम र संघ दुवैको समन्वयमा सम्बो

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 337 पटक पढिएको
  • अवैध रकमसहित दुई जना पक्राउ

    काठमाडौं— सर्लाहीको मलंगवा नगरपालिका—८ बाट स्रोत नखुलेको नगद ७ लाख २८ हजार ९ सय रूपैयाँसहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा गोडैटा नगरपालिका—५ रामबन बस्ने ३८ वर्षीय मनोज गुप्ता र उनकै भाई ३५ वर्षीय श्री भगवान गुप्ता रहेका छन् ।उनीहरूलाई प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एन २२३० नम्बरको मोटरसाइकलमा नगद सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 253 पटक पढिएको
  • ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं— ठगी मुद्दाका फरार प्रतिवादीलाई काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका१ घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका—३ सागबारी बस्ने ३१ वर्षीय निराजन पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च माध्यमिक शिक्षा परिषद्को कर्मचारी हुँ भनि नागरिकता तथा उच्च माध्यमिक शिक्षा परिषद्को शैक्षिक प्रमाण पत्र लगायतमा फरक परेको विवरण मिलाई दिन्छु भन्दै पीडितलाई विश्वास दिलाई रकम लिई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर उनलाई सागबारीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 195 पटक पढिएको
  • माइक्रो बस दुर्घटनामा एक जनाको मृत्यु , १४ जना घाइते

    काठमाडौं — गोरखामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मनकामना मन्दिरको दर्शन गरेर फर्कदै गरेको ‘अनटेष्ट’ लेखिएको विद्युतीय माइक्रोबस सहिद लखन गाउँपालिका–३, स्थित कान्टारमा सोमबार (आज) बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा चितवन जिल्ला खैरहनी गाउँपालिका–२, टाँडीपर्सा घर भएका ३७ वर्षीय पदमबहादुर दर्जी रहेका छन् । दुर्घटनामा घाइते दर्जीको आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी सुवेदीले जानकारी दिए ।ब

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 372 पटक पढिएको
  • अपाङ्गता भएकी महिलालाई बलात्कार गर्ने पुरुष एक वर्षपछि पक्राउ

    काठमाडौँ — अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्घाखाँचीबाट ६३ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका–१२ कल्लाकोट घर भएका गोबिन्द्रप्रसाद बस्याल छन् ।घटना भएको १ वर्षपछि उनलाई आइतबार पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्स्पेक्टर जगन्नाथ मरासिनीले जानकारी दिए । २६ वर्षीया महिलाले उनीविरुद्ध २०८१ जेठमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।पीडित महिलालाई आरोपीले घरमा काम गराउने गरेको र कोही नभएको मौकामा बलात्कार गरेको बताइएको छ । जबरजस्ती करणीको कारण पीडितले बच्चा जन्माएकी छन् ।उनको बच्चा ३ महिनाको भ

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 194 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा