समाज

    Showing 5,251-5,260 of 6,757 items.
  • चितवनमा तोरीखेती बढ्यो

    चितवन । भरतपुर महानगरपालिका र माडी नगरपालिकामा गत वर्षको तुलनामा यस वर्ष तोरीखेती हुने क्षेत्रफल बढेको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका योजना अधिकृत निर्मल पौडेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष तोरीखेती हुने क्षेत्रफल सातदेखि आठ प्रतिशत बढेको हो । गत आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लामा १३ हजार छ सय ४२ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिएको थियो । क्षेत्रफल बढेसँगै उत्पादन पनि बढ्ने अनुमान गरिएको उहाँको भनाइ छ । गत आवमा यहाँ १७ हजार छ सय ८९ मेट्रिकटन तोरी उत्पादन भएको थियो । छोटो अवधिमा उत्पादन लिन सकिने नगदेबाली भएको र निकुञ्ज नजिक रहेका ठाउँमा जङ्गली जनावरले अन्य बालीमा भन्दा तोरी

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 195 पटक पढिएको
  • भूकम्पका कारण ११ जना बेहोस्, दुई घाइते, चनाखो हुन अनुरोध

    काठमाडौँ । चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्गयीमा केन्द्रविन्दु भएर आज बिहान गएको ७ रिक्टरस्केलको भूकम्पका कारण नेपालमा अहिलेसम्म १३ जना घाइते (११ जना बेहोस) भएका प्रहरीले जानकारी दिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले विभिन्न जिल्लामा १३ जना घाइते भएका र दुई घर पूर्ण, एक आंशिक र ११ घरमा सामान्य क्षति भएको विवरण प्राप्त भएको जानकारी दिए ।यद्यपि विवरण सङ्कलनका लागि प्रहरीहरू खटाइएकाले थप खुल्न बाँकी रहेको पनि उनले बताए । उनले भूकम्पका कारण काठमाडौँमा एक, बारामा ११ र काभ्रेमा एक जना घाइते पनि जानकारी दिए ।काठमाडौँमा भाग्दा घाइते भएका, बारामा १

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 237 पटक पढिएको
  • पर्यटकीयस्थल घोडेपानीमा हिमपात

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा आज दिउँसो हिमपात भएको छ । समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाईमा रहेको घोडेपानी गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ र कास्की जिल्लालाई समेटेको अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तब्य हो ।  घोडेपानीका होटल व्यवसायी बिसन रानाले यो वर्ष पहिलो पटक हिउँ परेको बताए ।‘दिउँसो करिब एक घण्टा हिउँ परेको थियो,’ उनले भने, ‘ओसिलो ठाउँ र डाडामा हिउँ जमेको छ ।’ हिमपातपछि चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । स्थानीयवासीहरू घरभित्रै आगो तापेर बसेका छन् । आज दिउँसो म्याग्दीमा हल्का वर्षा भएको छ । करिब तीन महिनापछि वर्षा भए

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 204 पटक पढिएको
  • भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति

    सोलुखुम्बु । आज गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ । थुलुङ दूधकोशी–७ देउसा लुरुवाका ५० वर्षीय हर्कबहादुर खत्रीको ढुङ्गामाटोको गारो र ढुङ्गाकै छानो भएको दुईतले घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ हेलाजुङ बस्ने आङङिमा शेर्पाको ढुङ्गा, माटो र टिनको छानाको दुईतले घरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ । क्षतिबारे यकिन विवरण आउन बाँकी छ । भूकम्पका कारण जिल्लामा भएको क्षतिबारे विस्तृत विवरण प्राप्त भइसके

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 239 पटक पढिएको
  • जलपन्छीको प्रजाति र सङ्ख्यामा कमी

    नवलपुर (नवलपरासी) । यस वर्ष चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदी आसपासका सिमसार क्षेत्रमा जलपन्छीको प्रजाति र सङ्ख्यामा कमी आएको छ । सोमबारदेखि सुरु भएको जलपन्छी गणना अन्तर्गत चरा गणनामा संलग्न निकुञ्जका मध्यक्षेत्र संयोजक एवं चराविज्ञ मनेष लिम्बूले विगतमाझैं चराको प्रजाति र सङ्ख्या नभेटिएको बताए । ‘अघिल्लो वर्ष जलपन्छी गणनामा ४७ प्रजातिका चरा भेटिएका थिए’, उनले भने, ‘यस वर्ष २८ प्रजातिको मात्र चरा भेटिए ।’ साना चराको सङ्ख्यासमेत थोरै भेटिएको उनको भनाइ छ ।विगतमा गणना गरिएको जुरे हुटिट्याउँ, चित्र दङ्गालगायत जलपन्छी यसपटक नभेटिएको उनले जानकारी दिए । ‘चखेवा र खोया हाँसको

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 123 पटक पढिएको
  • अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै

    बागमती । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगाडि बढाइने भएको छ । मोतीहारी–अमलेखगञ्ज पाइप लाइनको काम सकिएपछि चितवनको लोथरसम्म पाइप लाइन विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाउन लागिएको हो ।अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनको काम अगाडि बढाउने विषयमा उच्चस्तरीय प्राविधिक टोलीबाट फिल्ड अध्ययनको काम सकिएर डिपिआर निर्माण भइरहेको नेपाल आयल निगमका प्रवक्ता इञ्जिनियर मनोज ठाकुरले जानकारी दिए ।‘नेपाल र भारत दुवै देशका उच्चस्तरीय प्राविधिक टोलीबाट अध्ययनको काम भइसकेको छ’, प्रवक्ता ठाकुरले भने, ‘टोलीले अध्ययन गरेर अह

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 261 पटक पढिएको
  • हराउँदै गयो गुन्द्री बुन्ने चलन

    वालिङ (स्याङ्जा) । पछिल्लो समय यहाँ गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । खेतमा धान काटेर दाइँ हाल्ने बेला लामो–लामो परालका छाँटेर राख्ने र फुर्सदका बेला गुन्द्री बुन्ने परम्परा रही आएको छ ।  खेतबारीमा भएका बालीनाली भित्र्याइसकेपछि विशेषगरी पुस–माघका दिनमा फुर्सदिलो समयमा हाते तानको माध्यमबाट गुन्द्री बुन्ने परम्परा हराउँदै गएको हो । धार्मिक पूजाआजा तथा पितृकार्यमा पनि धानको परालबाट बुनिएका नयाँ गुन्द्री प्रयोग गर्ने चलन थियो ।  बजारमा आउने प्लास्टिकका गुन्द्री तथा म्याटका प्रयोग बढ्दै जाँदा गुन्द्री बुन्नै छाडिएको वालिङ–८ की सीता सुवेदीले बताइन् ।‘बजारमा प्लास्टिकका गुन्द्री र म

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 133 पटक पढिएको
  • पश्चिम नवलपरासी कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

    नवलपरासी । पश्चिम नवलपरासी कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदिबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारमा एक सय ७५ कैदिबन्दी राख्ने क्षमता भए पनि हाल पाँच सय ६५ जना रहेको कार्यालयका प्रमुख विकल श्रेष्ठले जानकारी दिए ।उनका अनुसार  २५ जना महिला र एक सय ५० पुरुष राख्ने क्षमता भएको कारागारमा हाल तीन जना पाँच वर्षभन्दा मुनीका बालबालिका, ९२ जना महिला र चार सय ७० जना पुरुष छन् । कैदीबन्दीहरूको सङ्ख्या बढी भएपछि उनीहरूको व्यस्थापनमा समेत समस्या भएको कारागार प्रशासनले जनाएको छ । यद्यपि आवश्यक सङ्ख्यामा स्थानान्तरणका लागि विभागलाई जानकारी गराए पनि अन्य जिल्लामा पनि त्यस्तै अवस्

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 265 पटक पढिएको
  • सशस्त्र प्रहरी बलद्वारा सरसफाई सामग्री बितरण

    भद्रपुर :झापाको भद्रपुर नगरपालिका वडा न.२ र ३ स्थित किचकबध धाममा सशस्त्र प्रहरी बल नेपाल नं २ गण हे.क्वा, झापाको आयोजनाम बृहत सरसफाई तथा सरसफाई सामाग्रीहरु हस्तान्तरण कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रममा नगरप्रमुख गणेश पोखरेल, वडा २ र ३ अध्यक्षहरु, सशस्त्र प्रहरी बल प्रमुख, प्रहरीहरु, स्थानीय क्लबका प्रतिनिधिहरु, समाजसेवीहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरुलाई भद्रपुर नगर प्रमुख गणेश पोखरेलले सामाजिक कार्यप्रति स्थानीय निकायको दायित्व महत्वपूर्ण रहेको बताए ।

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 210 पटक पढिएको
  • ढोर पाटनमा चिसोमा पर्यटक आउन छोडे

    ढोर पाटन :चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ।   दिसम्बरको अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा जनबरी पहिलो सातादेखि नै सुनसान बन्दै गएको हो।  आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ढोरपाटनमा बर्सेनि पर्यटक बढ्दै गएका छन्।   सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यहाँको मनमोहक दृश्यको प्रचार हुँदै गएपछि पर्यटकको आकर्षण बढेको हो।  जाडोका कारण स्थानीय बासिन्दासमेत बोबाङ, अधिकारीचौर र निसीखोला झर्ने हुँदा ढोरपाटन सुनसान हुने गर्छ।  पर्यटकको आगामन कम भएपछि यहाँ संचालित होटल व्यवसायी पनि फुर्सदिला बनेका छन्।   ढोरपाटनमा हिउँ

    • प्रकाशित मितिः पुस २०, २०८१
    • 232 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा