समाज

    Showing 5,281-5,290 of 6,757 items.
  • गौशालाका अतिक्रमित संरचनामा महानगरले चलायो डोजर

    काठमाडौं— काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएको छ ।चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन महानगरले डोजर चलाएको हो ।चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा अतिक्रमण भएकाले स्थानीय सरकारका रूपमा महानगरले अग्रसरता लिएर हटाउन लागेको सडक विभागले जनाएको छ ।डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सडक विभागको सहमति रहेको जनाए ।

    • प्रकाशित मितिः कार्तिक ३०, २०८१
    • 299 पटक पढिएको
  • यात्रुसँग दोब्बर भाडा असुल्दै सार्वजनिक यातायात !

    वीरगञ्ज— छठपर्व मनाएर काठमाडौं फर्किने यात्रुसँग वीरगन्जका सार्वजनिक यातायातमा दोब्बर भाडा असुल्न थालिएको छ । वीरगन्जबाट हेटौँडा–काठमाडौँ चल्ने टाटा सुमो, इलेक्ट्रिक बस तथा लामो रुटमा चल्ने सवारीसाधनमा साबिकको भन्दा दोब्बर भाडा असुल्न थालिएको तर प्रशासनले भने कारबाही गर्न नसकेको यात्रुहरूको गुनासो छ । हाल वीरगन्जका बस काउन्टरमा यात्रुले टिकट पाउनसमेत मुस्किल छ ।वीरगन्ज महानगरपालिका–१५ लक्ष्मणवा बस्ने जयमोद ठाकुरले गत शनिबार आफ्नो छोरा वीरगन्ज–हेटौँडा हुँदै काठमाडौं जाँदा इलेक्ट्रिक बसले दोब्बर भाडा असुलेको गुनासो गरे । उनले भने, 'मेरो छोरालाई वीरगन्जबाट काठमाडौँ पठाउँदा अन्य बेलाभन्दा दोब्बर भ

    • प्रकाशित मितिः कार्तिक २६, २०८१
    • 262 पटक पढिएको
  • राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती मनाइँदै

    काठमाडौं–किराँत धर्मका महागुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। विसं १९४२ कात्तिक २५ मा इलाममा जन्मिएका फाल्गुनन्दले किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारमा उल्लेखनीय योगदान पुर्याएका थिए।समाज सुधारका लागि फाल्गुनन्दले ‘सत्य धर्म मुचुल्का’ तयार पारे, जसमा सोत–रीतमा पैसा नलिनु, जीवहत्या नगर्नु, मद्यपान र मासु सेवन नगर्नुजस्ता नीति समेटिएका छन्। यसलाई १९८८ साल वैशाख २४ मा जारी गरिएको थियो। महागुरु फाल्गुनन्दले किराँत धर्मको संरक्षण र समाज सुधारमा जीवनभरि योगदान पुर्याए।उनको योगदानको सम्मानस्वरूप नेपाल सरकारले २०६६ मङ्सिर १६ मा उनलाई राष्ट्रिय विभू

    • प्रकाशित मितिः कार्तिक २५, २०८१
    • 641 पटक पढिएको
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पाँच महिना १० घण्टा बन्द हुने

    काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) आजदेखि करिब पाँच महिनासम्म दैनिक १० घण्टा बन्द हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिका लागि राति १० बजेबाट बिहान ८ बजेसम्म उडान बन्द गरेर विस्तारको काम सुरु गरेको हो।विमानस्थलमा समानान्तर ट्याक्सीवे, इन्टरनेशनल एप्रोन, र ह्याङ्गर एप्रोनको विस्तार कार्यका लागि १५ अर्ब रुपैयाँ खर्च हुने जनाइएको छ। टीआईएको धावनमार्गसँगै ट्याक्सीवे बनाइँदैछ जसले उडान सुरक्षामा सुधार गर्ने अपेक्षा गरिएको छ।नेपालमा हाल त्रिभुवनसहित तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन्। टीआईएको धावनमार्ग र क्षमता अभिवृद्धिका लागि विभिन्न समयमा उड

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • 332 पटक पढिएको
  • जुवातास र कौडा खेलिरहेका १ सय २९ जना पक्राउ

    काठमाडौं — देशभर विभिन्न स्थानमा जुवातास र कौडा खेलिरहेका १ सय २९ जनालाई प्रहरीले नगद र ताससहित पक्राउ गरेको छ। विभिन्न जिल्लाहरूमा जिल्ला प्रहरी कार्यालय तथा अन्य प्रहरी इकाईहरूले छापा मार्दै लाखौँ रकम र तासका बुकहरूसहित उनीहरूलाई नियन्त्रणमा लिएका हुन्।काठमाडौं महानगरपालिका-६ बौद्धमा सूर्य भन्ने राम बहादुर सुनारको घरबाट २० जनालाई, नुवाकोटको बिदुर नगरपालिका-५ मा बिनोद कुमालसहित ५ जनालाई, मुस्ताङको मार्फामा सुरज लालचनसहित १२ जनालाई, पाँचथरको फिदिम नगरपालिका-१ मा खेमनाथ अधिकारीसहित ३ जनालाई, बाँकेको नेपालगंज उपमहानगरपालिका-४ मा पृतम शाक्यसहित १४ जनालाई, नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका-१५

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • 402 पटक पढिएको
  • इन्टरपोलको रेड नोटिसबाट फरार बिनु शाक्य पक्राउ

    काठमाडौं — वैदेशिक रोजगारी ठगी लगायतका मुद्दामा इन्टरपोलको रेड नोटिस जारी भएकी सिन्धुपाल्चोककी बिनु शाक्य पक्राउ परेकी छिन्। कम्बोडियाको एनसीबी प्नोम पेन्हको समन्वयमा उनलाई पक्राउ गरी आइतबार नेपाल फिर्ता ल्याइएको हो।बिनु शाक्यले सिंगापुरमा रोजगारी दिलाइदिन्छु भनी ४० भन्दा बढी व्यक्तिबाट ५ करोड २ लाख ९४ हजार रुपैयाँ ठगी गरेर फरार रहेकी थिइन्। नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपछि गत माघ १९ गते उनी र उदयपुरका सुजन आचार्यविरुद्ध रेड नोटिस जारी भएको थियो।अन्तर्राष्ट्रिय स्तरमा खोजी गरी २०८१ असोज १ गते कम्बोडियामा पक्राउ परेका उनीहरूमध्ये सुजनलाई कात्तिक ९

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • 265 पटक पढिएको
  • भाइटीका मनाउन नेपाल आउँदै गरेको कार दुर्घटना हुँदा २ जनाको मृत्यु

    कपिलवस्तु—भाइटीका मनाउन भारतबाट नेपाल फर्किँदै गरेको कार दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै घर फर्किरहेको पञ्जाब नम्बर पीबी १० जेएन ६१९९ हुण्डाई कार र युपी ४७ टी २७०३ नम्बरको रोडवेज बसबीच ठक्कर खाँदा कपिलवस्तु बाणगङ्गा नगरपालिका-९ बर्दहवाका दिनेश बेल्बासे र गैँडाकोट नगरपालिका-६ का अनिल सापकोटाको निधन भएको हो।आज बिहान भारतको बलरामपुरस्थित पचपेडवा थानाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिँदै, दुर्घटनामा बेल्बासेकी पत्नी शारदा बेल्बासे, बाणगङ्गा नगरपालिका-४ जितपुरका टेकबहादुर र उनकी पत्नी धनकला घाइते भएको जनाएको छ।

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • 359 पटक पढिएको
  • सगरमाथाबाट घाइते जापानिज पर्यटकको उद्धार

    काठमाडौं–विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट ५८ वर्षीय जापानिज नागरिक मिट्सुगु शिशिडोको घाइते अवस्थामा उद्धार गरिएको छ। उनलाई सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ खुमबालामा लडेर घाइते भएको अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शिशिडो बिहीबार दिउँसो ३ बजे खुम्बु भ्रमणमा हिँड्ने क्रममा लडेका थिए। रातको समयमा छुकुमबाट खुम्ब्युलापास फर्कने क्रममा उनी बाटो बिर्सेर अन्यत्र पुगेका थिए।उनको उद्धार प्रहरी र स्थानीयले मिलेर गरेका थिए। लडेर घाइते भएका शिशिडोको टाउको, अनुहार, र खुट्टामा सामान्य चोट लागेको छ। उद्धार पछ

    • प्रकाशित मितिः कार्तिक १६, २०८१
    • 456 पटक पढिएको
  • महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती: नेपाली साहित्यमा अमूल्य योगदान

    काठमाडौं–आज नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती स्वदेश र विदेशमा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ। विसं १९६६ कात्तिक कृष्ण औँसीमा जन्मिएका देवकोटाले नेपाली साहित्यलाई सयभन्दा बढी कृतिहरू प्रदान गर्दै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन ठूलो योगदान गर्नुभएको छ।उहाँको खण्डकाव्य 'मुनामदन' नेपाली भाषाको सबैभन्दा धेरै बिक्री भएको पुस्तक हो, जसमा मानवतावाद, प्रकृतिप्रेम, र क्रान्तिकारिता झल्किन्छ। देवकोटा केवल तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य र एक दिनमै ‘कुञ्जिनी’ लेख्नसक्ने प्रतिभाका धनी थिए।उहाँले शिक्षा तथा स्वायत्त शासनमन्त्रीको रूपमा नेपालभर न

    • प्रकाशित मितिः कार्तिक १५, २०८१
    • 490 पटक पढिएको
  • कञ्चनपुरमा खैराे हेराेइनसहित दुई जना पक्राउ

    काठमाडौं–कञ्चनपुरमा ११८ ग्राम ३६ मिलिग्राम लागुऔषध खैराे हेराेइनसहित दुई जनालाई पक्राउ गरिएको छ। लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय पुनर्वासको संयुक्त टोलीले पुनर्वास नगरपालिका-३ को आईबीआरडीबाट उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका-१ का ३० वर्षीय अमितकुमार वर्णवार र बेलौरी नगरपालिका-२ की सितादेवी चौधरी रहेका छन्। विशेष सूचनाको आधारमा प्रहरी नायब निरीक्षक केशवराज जोशीको नेतृत्वमा गरिएको उक्त अपरेसनमा यो पहिलो पटक सुदूरपश्चिम प्रदेशमा ठूलो मात्रामा लागुऔषध खैराे हेराेइन बरामद भएको हो।पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी का

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • 480 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा