समाज

    Showing 5,311-5,320 of 6,763 items.
  • खोटाङमा बोलेरो दुर्घटना, ६ जना घाइते

    खोटाङ— कुभिण्डेमा बोलेरो दुर्घटना भएको छ । रावा बेसी गाउँपालिका–१ कुभिण्डेमा बोलेरो दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । घाइतेहरुको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ ।रावा बेसी गाउँपालिका-४ डुम्रेधारापानीबाट दिक्तेल आउँदै गरेको स १ ज ५५८ नम्बरको बोलेरो कुभिण्डे हाँचेकामा मंगलबार बिहान करिब ९ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । बोलेरो ब्रेक फेल भएर सडकमै पल्टिएको थियो । चालकसहित ८ जना यात्रु रहेको बोलेरो दुर्घटनाहुँदा ६ जना घाइते भएका हुन् । घाइतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 569 पटक पढिएको
  • दाङमा आफैँलाई चक्कु हान्दा ज्यान गयो

    दाङ— बबई गाउँपालिका-४ मा युवकले आफ्नै पेटमा चक्कु प्रहार गर्दा मृत्यु भएको छ । बबई गाउँपालिका–४ हापुरे बजारमा डोल्मा होटेल सञ्चालन गर्दै आएका सोमार तामाङका २८ वर्षीया छोरा अनिल तामाङले आफैँलाई चक्क हान्दा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । मंगलबार बिहान साढे नौ बजेतिरको समयमा मादक पदार्थ सेवन गरेर बाबुसँग विवाद भएपछि अनिलले आफैँले पेटमा चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । घटना लगत्तै गम्भीर घाइते अनिललाई राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारका लागि लगिएको थ

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 447 पटक पढिएको
  • विपद् उद्धारमा खटिएका इन्स्पेक्टर बडुवालको निधन

    काठमाडौं— विपद् उद्धार र राहत वितरण कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिल बहादुर बडुवालको निधन भएको छ । बडूवालको  नेपाल एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा निधन भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापा जानकारी दिए । विपद् व्यवस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रेपलान्चोकको पनौती नगरपालिका ५ आइटी पार्कमा मनसुनजन्य विपद् व्यवस्थापन बेस स्थापना गरेसँगै बडुवालले कमान्ड गर्दै काममा निरन्तर खटेका थिए । असोज ११ गते देखिको अविरल वर्षाका कारण त्यस क्षेत्रमा भएको धनजनको क्षतिमा उद्धारमा उनी नेतृत्वकव टोलीले उत्कृष्ट कार्य गरेको थियो । काभ्रेको रोशी, भूम

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 621 पटक पढिएको
  • रामेछापमा यात्रु विश्रामस्थलमा नि:शुल्क खाजा

    रामेछाप— दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ ।चालक तथा सहचालकहरुले विश्राम गर्दा सम्भावित दुर्घटना न्यूनीकरण हुने र यात्रुहरुलाई पनि सुविधा हुने भनेर प्रहरी र खाँडादेवी गाउँपालिका-६ माकादुमले यो अभ्यास सुरुआत गरेका हुन् ।यही असोज ११ र १२ गतेको अविरलपछि सिन्धुलीको खुर्कोट र खैरेनीघाटको पुल बगाउँदा सिन्धुपाल्चोकको मुडे र दोलखाको चरिकोट हुँदै लामो रीका सवारीसाधन सञ्चालन भइरहेका छन् । त्यसैकारण सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरी विश्रामस्थलमा निःशुल्क खाजाको सेवा सञ्चालन गरिएको वडा नं ६ का अध्यक्ष नारायण कार्

    • प्रकाशित मितिः असोज २८, २०८१
    • 346 पटक पढिएको
  • पिङ जोगाउन सक्रिय बन्दै युवा

    तनहुँ- विगतका वर्षका तुलनामा यस वर्ष तनहुँका ग्रामीण भेगहरुमा पिङ हाल्ने क्रम बढेको छ । दसैँका बेला भुइँ छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ । सोही बमोजिम जिल्लाका विभिन्न ठाउँमा युवा क्लवहरुले लिङ्गे तथा रोटे पिङ हालेर संस्कृति संरक्षणमा जुटेका छन् ।भानु नगरपालिका–१३ सम्जुरमा युवाहरुले छ पिर्के रोटे पिङ बनाएका छन् । पछिल्लो पुस्ताको वेवास्ता र बढ्दो युवा पलायनका कारण गाउँमा पिङ देख्नै मुस्किल भएपछि आफूहरुले रोटे पिङ बनाएको सम्जुरका युवा अर्जुन बानियाँले बताए । उनले भने, “विगतमा दसैँ सुरु हुनुभन्दा गाउँमा पिङ बनाइन्थ्यो, पिङ खेल्दै रमाइलो हुन्थ्यो । तर आजभोलि समय त्यस्तो छैन । गाउँमा युवा नै

    • प्रकाशित मितिः असोज २८, २०८१
    • 394 पटक पढिएको
  • दशैंका दिन पनि तीन प्रदेशमा पानी पर्ने सम्भावना, मौसमविद् भन्छन्- आत्तिने गरी पानी आउँदैन

    काठमाडौं— मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेकाले कोशी प्रदेशलगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका मौसमविद् गोविन्दकुमार झा अनुसार आज तीन प्रदेशका पहाडी भू–भागका हल्का वर्षाको सम्भावना पूर्वानुमान गरिएको छ । वर्षा भएपनि खासै ठूलो भारी वर्षाको सम्भावना छैन ।उनले भने, “आज दिउँसो बदली र वर्षाको सम्भावना छ, तर, ठूलो भारी वर्षा भने हुनेछैन, त्यसैले आत्तिनुपर्ने अवस्था छैन, बदली रहेपनि झरी पर्नेछैन, क्षति पुर्याउने किसिमको पानी पर्दैन ।”मौसमविद् झाले वर्षा भएपन

    • प्रकाशित मितिः असोज २६, २०८१
    • 394 पटक पढिएको
  • तलेजु भवानीको मन्दिर आज खोलिँदै

    काठमाडौं—  हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ । मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइन्छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्रि पूजा गर्ने गरिएको जनाइएको छ

    • प्रकाशित मितिः असोज २५, २०८१
    • 457 पटक पढिएको
  • यी हुन सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेका २० जिल्लाका ७१ पालिका

    काठमाडौं— सरकारले २० जिल्लाका ७१ पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।सुरूमा ११ जिल्लाका ४१ पालिकालाई घाषणा गरिए पनि विभिन्न क्षेत्रबाट माग भइ आएअनुसार हाल ७१ पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले जानकारी दिए ।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा ३२ (१) बमोजिक यही असोज १८ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि बाढीपहिरो प्रभावित ७१ पालिकालाई सङ्कटग्रस्त घोषणा गरी हालै राजपत्रमा प्रकाशित गरिएको उनले बताए ।गत सोमबारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ती सङ्कटग्रस्त क्षेत्र घोष

    • प्रकाशित मितिः असोज २५, २०८१
    • 439 पटक पढिएको
  • चाडपर्वमा पनि बलेनन् सडकबत्ती

    सिरहा– रातको समय छ । बजार क्षेत्र भए पनि सडकमा पाट्टफट्ट चल्ने मोटरसाइकलको आवाजबाहेक सबैतिर चकमन्न र सुनसान छ ।लहान नगरपालिका–४ स्थित बजार क्षेत्रको मुख्य चोकका रूपमा रहेको छ, हुलाक चोक । यही चोकबाट उत्तर–पूर्वतर्फको सडकमा सडकबत्ती नहुँदा रात जति छिप्पिँदै जान्छ, सडक उत्तिनै निष्पट्ट अँध्यारो हुँदै जान्छ ।स्थानीय सत्य नारायण चौधरी सडकमा बत्ती बल्नु भनेको उज्यालो हुनु मात्रै नभइ स्थानीय बासीन्दाले सुरक्षाको अनुभूति गर्नु तथा सम्भावित चोरी डकैतीका घटना न्यूनीकरण हुनु पनि बताउँछन् ।अँध्यारोको मौका छोपी चाडबाडको समयमा चोरी डकैती हुने सम्भावना बढी हुन्छ । त्यस्तै मादक पदार्थ तथा लागुऔषध सेवन गर्नेल

    • प्रकाशित मितिः असोज २४, २०८१
    • 257 पटक पढिएको
  • काठमाडौंमा फेरि मेलम्चीको पानी वितरण सुरु

    काठमाडौं– काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले आज काठमाडौंको सुन्दरी जलमा रहेको प्रसोधन केन्द्रबाट उपत्यकाका नागरिकका लागि पानी वितरण शुभारम्भ गरे ।सुन्दरीजलमा रहेको पानी प्रसोधन केन्द्रबाट मेलम्चीको पानी खोलीएसँगै अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का विभिन्न वितरण शाखामा पठाइएको र ती शाखाबाट वितरण प्रक्रिया सुरु गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले बताए।मेलम्चीको पानी अहिले केयुकेएलमा आइसकेकाले अब काठमाडौं उपत्यकावासीका धाराधारा पानी वितरण सुरु गरिने केयुकेएलका प्रमुख कार्यकारी निर्देशक

    • प्रकाशित मितिः असोज २३, २०८१
    • 141 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा