काठमाडौं–कञ्चनपुरको बेलौरी नगरपालिका–७ वर्का सिङ्पुरको उखुबारीबाट १३ फिट लामो ब्रुमाइज पाइथन (अजिङ्गर) को उद्धार गरिएको छ । स्थानीयले यस अजिङ्गरलाई सिंहपाल सामुदायिक वन क्षेत्रमा लगेर छाडेका हुन् । सामुदायिक वनका अध्यक्ष पविराम थारूका अनुसार‚ उद्धार गरिएको पाइथनको तौल ३५ किलो रहेको छ । बेलौरी–३ का वडा सदस्य कमानसिंह चौधरीले अजिङ्गर आहाराको खोजीमा बस्ती नजिकको उखुबारीमा आएको हुनसक्ने जानकारी दिएका छन् । वन क्षेत्रमा तालतलैया र सीमसार क्षेत्रको संरक्षण गर्दा अजिङ्गर लगायतका सरिसृपहरूको सङ्ख्या बढिरहेको जनाइएको छ ।
काठमाडौं–काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्ना कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउन सुझाव दिएका छन्।सोमबार सामाजिक सञ्जाल पोष्टमार्फत शाहले एमालेकी प्रदेश सांसद रेखा कुमारी शर्मामाथि लागेको बाल दुर्व्यवहारको मुद्दामा सर्वोच्च अदालतको फैसलाको दुरुपयोग भएको भन्दै आपत्ति जनाएका छन् । उनले एमालेका नेता कार्यकर्ताहरूले यस मुद्दामा भ्रम फैलाउने काम गरेको आरोप लगाए ।बालेनले लेखेका छन्, ‘अहिले बजारमा सर्वोच्चको फैसलाको आधा पाठ ल्याएर भ्रम छर्ने काम भएको छ जबकि सर्वोच्चको मुद्दा रेखा कुमारी र महानगर बिचको मुद्दा होइन ।’
काठमाडौं–निरन्तरको वर्षाका कारण कालीकोट र दैलेखमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध छ । सडक बन्द भएपछि हुम्ला र मुगुबाट सुर्खेततर्फ स्याउ बोकेर गएका सयौँ गाडी अलपत्र परेका छन् ।स्याउ व्यापारी रामबहादुर खत्री केही आम्दानी हुने आशा बोकेर स्याउ झारियो‚ चार दिनदेखि बाटोमा थन्किएको भन्दै दु:खेसो गर्छन् । उनले दैनिक गाडी चालक र सहचालकलाई खान बस्न व्यहोर्दै खर्च भइरहेको सुनाए । स्याउ ढुवानी भाडा बढी तिर्नुपर्ने अवस्था आएको स्याउ व्यापारीको गुनासो छ । कालीकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले पहिरो हटाउन जुम्ला सडक डिभिजन कार्यालयसँग समन्वय गरी काम भइरहेको जानकारी गराए । दैलेखका प्रमुख जिल
नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी-त्रिवेणी गाउँपालिका ७ रानीनगरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीभित्र काम गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ ।स्थानीय भोला सिंह क्षेत्रीको निर्माणाधीन घरको ट्वाइलेटको सेप्टिक ट्याङ्कीभित्र काम गर्ने क्रममा बेहोस भएका तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसारका विनयी-त्रिवेणी गाउँपालिका वडा नं ७ स्थानीय ३८ वर्षीय प्रकाशसिंह क्षेत्री, १९ वर्षीय गणेश बोगटी र २८ वर्षीय मोहम्मद राजा बेहोस अवस्थामा उद्धार गरी गरिएको थियो ।सेप्टिक ट्याङ्कीभित्र तीन जना
काठमाडौं–अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानी हत्या भएको घटनामा नयाँ अपडेट आएको छ । हत्याको आरोपमा प्रहरीले ५१ वर्षीय बबी सिंह शाहलाई पक्राउ गरेको हो । पाण्डेको शव सोमबार साँझ उनको अपार्टमेन्टमा पाइएको थियो । उनको शरीरमा धेरै गोली लागेको थियो । प्रहरीले अनुसन्धानका क्रममा पाण्डेको अपार्टमेन्टबाट निस्कने एक व्यक्ति देखिएको सिसिटिभी फुटेजबाट शाहलाई पहिचान गरेको थियो । शाहलाई बुधबार साँझ ह्युस्टनको उत्तरपश्चिममा ट्राफिक जाँचका क्रममा पक्राउ गरिएको हो । ह्युस्टन प्रहरी विभागको स्व्याट टोली‚ अपराध न्यूनीकरण शाखा र टेक्सास सार्वजनिक सुरक
काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीजको नाममा अनावश्यक तडकभडक हुने गरी कार्यक्रम नगर्न निर्देशन दिएको छ । तडकभडक र खर्चिलो हुने गरि तीजका कार्यक्रमहरू आयोजना गरेको पाइए कारबाही हुने प्रशासनले चेतावनी दिएको छ । जिल्ला प्रशासनकार्यालय काठमाडौले आज एक सूचना जारी गर्दै सो निर्देशन जारी गरेको हो । विगतको तुलनामा हालका वर्षहरूमा तीज मनाउने क्रममा अनावश्यक तडकभडकसहितका खर्चिला कार्यकमहरू बढ्दै गएको देखिएको प्रशासनले जनाएको छ ।सामाजिक व्यवहार (सुधार) ऐन, २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन ग
काठमाडौं–अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्यामा संदिग्ध पक्राउ परेका छन् । प्रहरीले बुधबार साँझ एक ट्राफिक चेक जाँचका क्रममा संदिग्धलाई पक्राउ गरेको हो । स्थानीयको सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको बताएको छ । संदिग्धको पहिचान भने अझै खुलाइएको छैन । प्रहरीले संदिग्धको बयान पनि लिइसकेको स्थानीय सञ्चारमाध्यले जानकारी दिएका छन् । यसअघि प्रहरीले सीसीटीभी फुटेजबाट खिचिएको संदिग्धको फोटो सार्वजनिक गरेको थियो । मुना सोमबार साँझ आफ्नो ह्युस्टन अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले घटनास्थलमा पुग्दा उनको छातीमा गोली लागेको पाइएको थियो
काठमाडौं–अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको घटनामा प्रहरीले संदिग्धको फोटो सार्वजनिक गरेको छ । संदिग्धको पहिचान भने अझै खुलेको छैन ।सीसीटीभी फुटेज अनुसार संदिग्ध स्थानीय समयानुसार शनिबार‚ अगस्ट २४ मा राति ९:४८ बजे घटनास्थलमा पुगेको देखिन्छ । फोटो सार्वजनिक भए पनि संदिग्ध पक्राउ परेको छैनन् । प्रहरीले अनुसन्धान जारी राखेको छ । संदिग्ध ती अमेरिकी युवक होइन‚ जोसँग मुना प्रेम सम्बन्धमा थिइन् ।मुना सोमबार साँझ आफ्नो ह्युस्टनस्थित अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरी घटनास्थलमा पुग्दा उनको छातीमा गोली लागेको थियो ।ह्युस्टन प्रहर
काठमाडौं–काठमाडौं महानगरपालिका–१० शंखमुल साईबाबा पार्कस्थित पुल हाउसका सञ्चालक रूपक बान्तवाको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । सोही ठाउँमा डेरा गरी बस्ने बारा सिम्रौनगढ नगरपालिका–७ घर भएका २२ वर्षीय एमके कुमारलाई प्रहरीले हत्या अभियोगमा नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार कुमारले सोमबार बिहान रड प्रहार गरी बान्तवालाई गम्भीर घाइते बनाएका थिए । बान्तवाको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको थियो।जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले कुमारलाई उनकै डेराबाट पक्राउ गरेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका–१०, शंखमुलमा ४१ वर्षीय रुपक बान्तवा राईको हत्या गरी फरार रहेको अभियोगमा एक जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालका–७ घर भई हाल काठमाडौं–१० साईबाबा पार्क बस्ने २२ वर्षीय एमके कुमार रहेका जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।उनले भने, 'यही भदौ १० गते काठमाडौं–१० शंखमुल साईबाबा पार्कस्थित लक्ष्मी बान्तवाको दुई तले घरको भुईं तल्लाको सटरभित्र निजको छोरा ४१ वर्षीय रुपकले सञ्चालन गरेको पुल हाउसमा उनलाई कुटपिट गरी घाइते बनाइ फरार भएको र निजको राति नै मृत्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.