समाज

    Showing 5,421-5,430 of 6,767 items.
  • थामेमा बाढी : विद्यालयसहित १४ बढी घर बगायो, ७ वटा जोखिममा [अपडेट}

    काठमाडौँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे भन्ने ठाउँमा आएको बाढीको कारण १४ वटाभन्दा बढी घर बगाएको छ। सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) देवी पाण्ड (खत्री) ले दिएको जानकारी अनुसार, विद्यालय १, क्लिनिक १, व्यक्तिगत घर ७ र होटल ७ वटा पूर्ण रुपमा क्षति भएको छ। अन्य ७ वटा घरहरू जोखिममा रहेको जानकारी आएको उनले नेपालखबरलाई बताइन्।त्यस्तै, उनले एउटा छात्रावास पनि बगेको जानकारी दिइन्।‘अहिले नदीको सतह केही घटेको खबर आएको छ,’ उनले भनिन्, ‘हेलिकप्टर पठाउनका लागि पनि प्रयास गर्दैछौँ। तर, मौसम अत्यन्तै प्रतिकुल बन्दै गइरहेको छ।’उनका अनुसार, नेपाली सेनाको टोली घटनास्थलमा पुगेर

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • 399 पटक पढिएको
  • दुधकोशी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको आग्रह

    काठमाडौँ- जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले सोलुखुम्बुको खुम्बु क्षेत्रमा आएको बाढीपछि दुधकोशी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरेको छ ।  प्रशासन कार्यालयले सूचना जारी गर्दै दुधकोशी किनाराका सर्वसाधारणहरूलाई सुरक्षित रहन भनेको हो ।‘दुधकोशी नदी तटीय छेउ किनारामा रहेका बासिन्दालाई यथाशक्य चाँडो सुरक्षित स्थानमा गई सुरक्षित रहनुहुन सम्पूर्णमा जानकारी गराइन्छ’, जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जारी गरेको सूचनामा भनिएको छ ।  शुक्रबार बिहान सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बा

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • 524 पटक पढिएको
  • सोलुखुम्बुको खुम्बु पासाङल्हामुमा हिमताल फुटेको आशंका, भीषण बाढी

    काठमाडौँ- सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एकाएक भीषण बाढी आएको छ। हिमताल फुटेर एकाएक बाढी आएको हुन सक्ने आशंका गरिएको छ। बाढीले थामे गाउँमा ठूलो क्षति भएको भन्दै दुधकोशी तटीय क्षेत्रकालाई सतर्कता अपनाउन आग्रह गरिएको छ। भोटेकोशीको सहायक खोला (थामे) मा शुक्रबार दिउँसो एक्कासी आएको बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा(५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको छ। माथिल्लो भेगमा रहेको हितताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ।

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • 300 पटक पढिएको
  • गठ्ठाघर दुर्घटनामा ज्यान गुमाउने महिला नभइ पुरुष भएको पुष्टि

    काठमाडौं– भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएका स्कूटर चालक पुरुष भएको पुष्टि भएको छ । यसअघि प्रहरीले मृत्यु भएका व्यक्ति महिला भएको बताएको थियो । तर अहिले ती व्यक्ति पुरुष भएको प्रहरीले पुष्टि गरेको हो ।जिल्ला प्रहरी परिसर, भक्तपुरले घटना अनुसन्धान भईरहेको जानकारी दिएको छ । उत्तम कोइरालाको नाममा रहेको ब्लु बुक भेटिएको तर मृतकबारे अझै यकिन नभएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।यस्तै प्रहरीले दुर्घटना गराउने ट्रक चालकलाई पनि पक्राउ गरेको छ । सर्लाहीको मलंगवा घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।ना ६ ख २१७३ नम्बरको ट्रकले रोकि

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • 612 पटक पढिएको
  • झापामा नागरिकताभन्दा राहदानी लिने धेरै, १८ हजार नागरिकता लिँदा २५ हजार लिए राहदानी

    झापा— जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या बढेको छ।आर्थिक वर्ष २०८०/८१ मा १८ हजार ८२२ जनाले नागरिकता लिएका छन्।  यही अवधिमा २५ हजार ४५५ जनाले राहदानी लिएका छन्गत आवमा राहदानीबापत १४ करोड ७३ लाख ६७ हजार ७०० रुपैयाँ राज्यकोषमा दाखिला भएको छ। राहदानी लगायत अन्य सेवाबाट जिल्ला प्रशासन कार्यालयले  १५ करोड ३० लाख ३९ हजार ४४४ रुपैयाँ संकलन गरेको छ। 

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 762 पटक पढिएको
  • ताप्लेजुङमा पहिरोले दुई घर बगायो

    ताप्लेजुङ—  फक्ताङलुङ गाउँपालिका वडा नं-६ सेकाथुम नजिकैको गौथली भिरबाट आएको पहिरोले दुई घर बगाएको छ । पहिरोले स्थानीय छिरिङ ठक्चे शेर्पाको पसल, घर र नजिकैको अलैंची बगानमा ठूलो क्षति पुर्‍याएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले बताए ।होटेल सञ्चालक समेत रहेका शेर्पा बुधबार दिउँसो सदरमुकाम गएको र होटलमा रहेकी उनकी छोरी समेत बेलुका अर्को घरमा गएकाले मानवीय क्षति भएको छैन । बुधबार साँझदेखि अविरल पानी परेको र गएराति करिब २ बजेपछि पहिराले दुई घर बगाएको छ ।बाढी पहिरोले पर्यटकीय गाउँ घुन्सा लगायत कञ्चनजंगा आधार शिविर जाने पदमार्ग अन्तर्गत घुन्सा खोलाको पुल समेत बगाए यातायात सम्पर्क टुटेको छ । पहिरोले

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 441 पटक पढिएको
  • लाइसेन्सको साटो राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने तयारी

    काठमाडौं— सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को सट्टा राष्ट्रिय परिचयपत्र अनिवार्य प्रयोगमा ल्याउने भएको छ ।अब गाडी चालकले लाइसेन्स बोक्न नपर्ने र राष्ट्रिय परिचयपत्र वा नम्बरबाटै ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र भए/नभएको थाहा पाउने यातायात व्यवस्था विभागले जनाएको छ । यसका लागि ट्राफिक प्रहरीलाई विशेष किसिमको उपकरण दिइने छ । यो व्यवस्था लागू भएपछि छुट्टै लाइसेन्स बोकेर हिँड्न नपर्ने विभागको भनाइ छ ।यद्दपि यो व्यवस्था लागू हुने भने केही समय लाग्नेछ । यसका लागि सफ्टवेयर बनिसके पनि उपकरण भने किन्नै बाँकी छ । ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र परीक्षण गर्ने उपकरण प्राप्त गर्नासाथ य

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • 410 पटक पढिएको
  • पानी परिरहेकाले मेलम्ची र इन्द्रावती नदी तटीय क्षेत्रमा बाढीको जोखिम

    काठमाडौं— गोरखा, चितवन , लमजुङ र मोरङमा गएराति ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै गोरखाको आरुघाटमा ७५ दशमलव ६ मिलिमिटर वर्षाको मापन भएको छ ।यस्तै मोरङको केराबारीमा ७४ दशमलव ८, चितवनको झुवानीमा ७४ दशमलव ६, त्रिशूलीमा ७३ दशमलव २  र लमजुङको कुन्छामा ७० दशमलव २ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।काठमाण्डौ, सिन्धुपाल्चोक, बारा, मकवानपुर , दोलखा, सोलुखुम्बु, सङ्खुवासभा, सिराहा लगायतका जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।सिन्धुपाल्चोकको मानेखर्क, ढुङ्गे, तार्के घ्याङ, भोटाङ, बोल्डे, गोब्रे लगायत आसपासका वर्षामापन केन्द्रहरूमा सामान्यदेखि मध्य

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • 459 पटक पढिएको
  • नारायणघाट–बुटवल सडकखण्ड फेरि अवरुद्ध

    नवलपरासी— पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम चलिरहेका बेला मङ्गलबार राती फेरि लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ । हिजो दिनभर भासिएको सडक मर्मतको काम भए पनि नसकिएपछि बुधबार बिहानैदेखि मर्मत गर्ने गरी सडक एकतर्फी सञ्चालन गरेर छोडिएको थियो । तर लेदोसहितको पहिरो झरेपछि बिहान पौने पाँच बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी वेदबहादुर पौडेलले जानकारी दिए । बाटो एकतर्फी भए पनि सञ्चालनका लाग

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • 499 पटक पढिएको
  • लमजुङमा रूख ढलेर किच्दा ८२ वर्षीया वृद्धाको मृत्यु

    लमजुङ- लमजुङमा रूख ढलेर किच्दा वृद्धाको मृत्यु भएको छ। आज साँझ ५ बजे सुन्दरबजार नगरपालिका–१ कुन्छाका ८२ वर्षीय लीलादेवी मिश्रको रुखले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयलले जनाएको छ। प्रहरी निरीक्षक थानेश्वर चपाईंले मृतक मिश्र घरदेखि एक सय मिटर दूरीमा रहेको कुवामा पानी भर्न जाने क्रममा रुख ढलेर किच्दा घटनास्थलमै मृत्यु भएको हो । कुवाभन्दा अन्दाजी १० मिटरमाथि रहेको काब्रोको रूख एक्कासी ढल्दा मिश्रको घटनास्थलमै मृत्यु भएको उनको भनाइ छ। पानी परिरहेकाले जमिन भासिँदा रुख ढलेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाएको छ। 

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 357 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा