समाज

    Showing 5,431-5,440 of 6,767 items.
  • देशभर एनसेलको नेटवर्क डाउन

    काठमाडौँ- निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्क डाउन भएको छ । आज दिउँसोबाट एनसेलमा फोन नलाग्ने, मेसेज नजानेलगायतको समस्या देखिएको हो ।एनसेलले आफ्नो फेसबुक पेजमार्फत् दिउँसो ३ः४८ बजेबाट यस कम्पनीले प्रवाह गर्दै आफ्ना सेवामा प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको बताएको छ ।प्राविधिक समस्याका कारण परेको असुविधाका कारण क्षमा माग्दै एनसेलले यथाशीघ्र सेवा सुचारुको काम भइरहको जनाएको छ ।

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 447 पटक पढिएको
  • पुल बनाउन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

    जनकपुरधाम— धनुषा र सिरहा जोड्ने कमला पुल निर्माणको माग गर्दै सिरहाका स्थानीयले मधेसका मुख्यमन्त्री सतिश सिंहलाई ज्ञापन पत्र बुझाएका छन् । कमला पुल भत्किएको २ वर्षभन्दा बढी समय भइसक्दा समेत पुल निर्माण हुन सकेकाले नयाँ पुल निर्माणको माग गर्दै सिरहाबाट आएका स्थानीयले मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । सिरहाबाट आएका प्रविण यादवले आफूहरु हुलाकी सडक अन्तर्गत पर्ने कमला पुल निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको बताए । हाम्रो अभिभावक मधेस सरकार रहेको र मधेस सरकारले नै यो समस्या समाधान गर्नुपर्ने आफूहरुको माग रहेको उनले बताए । यादवले भने, ‘आफूहरु यहाँबाट अरु कतै यो

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 492 पटक पढिएको
  • जुवातास खेलेको आरोपमा ११ जना पक्राउ

    काठमाडौं-  काठमाडौंमा जुवातास खेलेको आरोपमा प्रदेशसभा सदस्यसहित ११ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा एमालेका नेता तथा कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बीरबहादुर राई, कलाकार पुरुषोत्तम शर्मा, उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ र राजु महत छन् ।उनीहरुलाई शनिबार साँझ सवा ६ बजेतिर काठमाडौं महानगरपालिका–८ गौरीघाटबाट पक्राउ गरिएको हो । उनीहरुबाट १ लाख ५० हजार र १६ बुक तास बरामद गरिएको प्रहरी स्रोतले बताएको छ । पक्राउ परेकाहरुलाई प्रहरीले प्रहरी वृत्त गौशालामा राखे

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 398 पटक पढिएको
  • लिभ-इन टुगेदरमा बसेका ब्वाइ फेन्डले विहे नगर्ने भनेपछि झुन्डिने निर्णयमा पुगिन् युवती, प्रहरीले जोगायो

    काठमाडौँ- राजधानीको माइतीघरमा रहेको राष्ट्रिय झन्डा राखिएको पोलमा चढेर एक महिला हाम फाल्ने प्रयास गरेकी छन् । लामो समयदेखि माइतीघरमा धर्ना दिइरहेकी ती महिला शनिबार पोलमा चढ्न पुगेकी हुन् ।२ वर्षसम्म लिभ-इन सम्बन्धमा बसेर पनि केटाले विवाह गर्न नमानेपछि तारा शाही नाम गरेकी ती महिलाले   विगत एक महिनाभन्दा बढी समयदेखि माइतीघरमा बसेर धर्ना दिँदै आइरहेकी थिइन् । माइतीघरमा आफूले छाडेको ब्यानर हराएको भन्दै उनी पोलमा चढेकी हुन् । उनलाई प्रहरीले सकुशल उद्धार गरेको छ । यसअघि पूर्वन्यायाधीश भुवन गिरीको श्रीमती पनि त्यही पोलमा चढेकी थिइन् । पीडित राहत कोषबाट स्वास्थ्य उपचार तथा जीविकोपार्जनक

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 518 पटक पढिएको
  • नारायणी पुलबाट हाम फालेर एक पुरुष बेपत्ता

    हेटौंड- चितवनको नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन्।शनिबार (आज) दिउँसो १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित नारायणीको पुलबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले बताए। उनका अनुसार अन्दाजी २५/३० बर्षका पुरुष हाम फालेको भन्ने प्रत्यक्षदर्शीले बताएका छन्। उनको पहिचान खुलेको छैन।बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन २६, २०८१
    • 438 पटक पढिएको
  • काठमाडौँकै धागो उद्योगमा भिषण आगलागी

    काठमाडौँ । काठमाडौँको बौद्धस्थित एक धागो कारखानामा भीषण आगलागी भएको छ । आगो निभाउन बौद्धका डीएसपी राजु पाण्डे नेतृत्वको सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन् ।आगलागी नियन्त्रणमा लिन भक्तपुर र पाटनमा उपलब्ध दमकल पनि पठाउन लागिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेश मैनालीले बताए ।

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 516 पटक पढिएको
  • सुन्दरीजल घुम्न जाँदा बेपत्ता भएका युवक मृत भेटिए

    काठमाडौँ=- सुन्दरीजल घुम्न जाँदा बेपत्ता भएका युवक मृत फेला परेका छन्।  काठमाडौं महानगरपालिका(३२ काँडाघारी पेप्सीकोला बस्ने २८ वर्षीय विवेक पौडेल शुक्रबार बिहान मृत भेटिएका हुन्। उनी बिहीबार गोकर्णेश्वर नगरपालिका(१ सुन्दरीजल घुम्न जाँदा खसेर बेपत्ता भएका थिए। स्थानीयसहित प्रहरी वृत्त बौद्वबाट खटिएको संयुक्त टोलीले शव फेला परेको प्रहरीले जनाएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 409 पटक पढिएको
  • छोरालाई सजायस्वरुप कसौडीमा हालेर आगोमा राख्नेलाई व्यक्ति नियन्त्रणमा

    काठमाडौँ-  ओखलढुंगामा आफ्नै दुई छोरालाई अमानवीय ढंगले यातना दिएको आरोपमा एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्वा गाउँपालिका–९ का फुरिङ्जी शेर्पा छन् । उनलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।प्रहरीका अनुसार शेर्पाले आफ्ना चार वर्षीय र सात वर्षीय छोरालाई अमानवीय तरिकाले यातना दिएका थिए ।जसमध्ये एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडियामा तामाको भाँडो आगोमा तताएर त्यसभित्र बालकलाइ राखिएको देखिन्छ ।त्यस्तै, खुट्टासमेत बाँधेर टाउको तल पारेर यातना दिइएको छ । उक्त भिडियो जीवन लिम्बुको फेसबुक पेजबा

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 412 पटक पढिएको
  • भोलि कोशी प्रदेशमा सार्वजनिक बिदा

    काठमाडौं–विश्व अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाउन कोशी प्रदेश सरकारले भोलि प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।कोशी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को आजको बैठकले यो निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले यो जानकारी दिएका छन्।यस निर्णयसँगै प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरू बन्द रहनेछन्। 

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 495 पटक पढिएको
  • रामेछापमा व्यक्ति हत्याका आरोपी भक्तपुरबाट पक्राउ

    काठमाडौँ- गएको असार २० गते रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३, घर भइ सल्यानिभीरमा मृत फेला परेका ४१ वर्षीय गणेश पाठकको हत्या आरोपमा एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३, बस्ने वर्ष १९ को रुजन श्रेष्ठ रहेका छन्।वारदात पश्चात फरार रहेका उनको खोजतलास गर्दा भक्तपुरको सूर्यविनायक-८,दार्जिलिङ हाईटमा लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका हुन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। श्रेष्ठमाथि आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 435 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा