समाज

    Showing 5,441-5,450 of 6,767 items.
  • जापानमा भूकप्प

    काठमाडाैँ-जापानमा शक्तिसाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भे (यूएसजीएस) का अनुसार दक्षिणी जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ । जापानी ब्रोडकास्टर एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइता, कगोशिमा जस्ता क्षेत्रमा सुनामीको चेतावनी दिइएको छ । 

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 467 पटक पढिएको
  • विपद्‍मा परी हालसम्म १६७ जनाको मृत्यु

    काठमाडौँ- अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी बुधबार दिउँसोसम्म १ सय ६७ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेस प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ६७ जनाको मृत्यु भएको हो । साथै काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा १९ जना, गण्डकी प्रदेशमा ४४ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५१

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 263 पटक पढिएको
  • सुर्खेतमा ३२ जना सवार स्कुल बस दुर्घटना

    काठमाडौं । वीरेन्द्रनगरमा स्कुल बस दुर्घटनामा परेको छ । डिभी निकेतन स्कुलको विद्यार्थी बोकेको बस दुर्घटनामा परेको हो।वीरेन्द्रनगर नगरपालिका-८, इत्राम खोलामा बस चिप्लिएर पल्टिएको प्रहरीले जनाएको छ।  बस स्कुल बिदा भए घर फर्किँदै थियो ।प्रहरीका अनुसार बसमा ३२ जना विद्यार्थी सवार थिए । केही विद्यार्थी घाइते भएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 343 पटक पढिएको
  • हेलिकप्टर दुर्घटना : ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक

    काठमाडौं। नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको छ ।पाइलट चाहिँ नेपाली नागरिक रहेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले बताए । उनका अनुसार, ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन के मल्ल छन् ।केसीका अनुसार, ज्यान गुमाउनेमध्ये वीबाहेक अरु सबै चिनियाँ नागरिक हुन् । रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको एयर डाइनस्ट्रीको हेलिकप्टर बुधबार दिउँसो दुर्घटनामा परेको थियो । लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले ५ जनाको शव निकालेको थियो ।

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 777 पटक पढिएको
  • जाजरकोट दुर्घटना अपडेट ; चालकको घटनास्थलमै मृत्यु‚ बाँकी सबै घाइते

    सुर्खेत - जाजरकोटको भेरी नगरपालिका(६ गंजमा भएको ग १ ज ७७११ डबल क्याप बोलेरो जिप दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ।जाजरकोट सदरमुकाम खलंगाबाट वडा नम्बर ६ नेटातर्फ जाँदै गरेको उक्त जिपमा १७ जना सवार रहेकोमा चालक भेरी नगरपालिका–६ गंगटियाका ३५ वर्षीय मानबहादुर वलीको मृत्यु भएको छ। जिप सडकबाट ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए।जाजरकोट भेरी नगरपालिका(६ की २८ वर्षीया सपना बिक सार्की, ३५ वर्षीया भूमिका शाही, १९ वर्षीया दुर्गा पुन, १९ वर्षीया बिन्दु शाही, ५५ वर्षीया मोती लुहार, १७ वर्षीया सीता पुन घाइते भएका छन्। २१ वर्षीया

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 127 पटक पढिएको
  • ३४ जिल्लामा दुई दिन रात्रिबस नचल्ने

    काठमाडौँ- भारी वर्षाको उच्च जोखिम रहेका ३४ जिल्लामा दुई दिन रात्रिकालीन बस नचल्ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार र भोलि बुधबार भारीदेखि अति भारी वर्षा हुनसक्ने चेतावनीका बीच सम्भावित क्षति रोक्न उच्च जोखिमको सूचीमा रहेका जिल्लामा रात्रिकालीन बस नचलाउन भनेको हो।रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आँकलन गर्न कठिन हुने भएकाले सम्भावित क्षति रोक्न यस्तो निर्णय भएको प्राधिकरणले स्पष्ट पारेको छ। यस्तै, जिल्लामा विपद्को जोखिममा रहेका बासिन्दालाई तत्काल सुरक्षित आश्रय स्थलमा सार्न भनेको छ । उच्च जोखिममा रहेका जिल्लाहरूमा तीन वटै सुरक्षा न

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 291 पटक पढिएको
  • बागलुङमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जना बेपत्ता

    काठमाडौँ। बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटास्थित जोगलाल बुढाको घर र गोठ पहिरोले पुरिँदा तीनजना बेपत्ता भएका छन्।  जोगलाल बुढाकी श्रीमती र दुई छोरी पहिरोमा बेपत्ता भएका बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।घटनास्थल पुग्ने सडक अवरुद्ध हुँदा प्रहरी र उद्धारकर्मी त्यहाँ पुग्न सकेका छैनन्। सुरक्षाकर्मी पुग्न नसक्दा घटनाको पूर्ण विवरण प्राप्त नभएको गाउँपालिका अध्यक्ष गण्डकी अधिकारीले जानकारी दिए। केही क्षणमा प्रहरी घटनास्थलमा पुग्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख ऋषिराम कँडेलले बताए। रासस

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 397 पटक पढिएको
  • मनसुनी विपद्‍मा १५४ जनाले गुमाए ज्यान, ४७ जना बेपत्ता

    काठमाडौँ - यसवर्षको मनसुनजन्य विपद्‍बाट हालसम्म एक सय ५४ जनाको मृत्यु भएको छ। बाढी, पहिरालगायत विपद्‌बाट काठमाडौँ उपत्यकामा तीन, कोसीमा २५, मधेशमा छ, बागमतीमा ३०, गण्डकीमा ४३, लुम्बिनीमा २९, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। विपद्‍मा परी ४७ जना बेपत्ता तथा एक सय ८६ जना घाइते भएका छन्। बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका छन्। दुई सय ६१ घर, ९५ गोठ, ४३ पुल, दुईरदुई वटा विद्यालय र सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ। गत जेठ २८ यता विपद्का घटनाबाट चार हजार दुई सय ३८ घर परिवार विस्थापित भएका छन्।

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 415 पटक पढिएको
  • मौसम विभाग भन्छ : भोलिदेखि फेरि भारी वर्षा हुन्छ

    काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।आज मनसुन विशेष तीन दिने मौसम बुलेटिन सार्वजनिक गर्दै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेस प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ । विभागले बुलेटिन जारी

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 352 पटक पढिएको
  • गजुरीमा पहिरो खस्दा माइक्रोबसमा क्षति, राजमार्ग बन्द

    काठमाडौं–पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । धादिङको गजुरी–५ स्थित बाङे मोडमा सुख्खा पहिरो खस्दा गुडिरहेको माइक्रोबसमा क्षति पुगेको हो । दुर्घटनामा केही यात्रु घाइते भएका छन् । पहिरो राजमार्ग रोकिएपछि काठमाडौं भित्रने र बाहिरने सवारी साधन प्रभावित भएका छन् । पहिरोमा परेको माइक्रोबसका यात्रुलाई उद्धार गरी गजुरी अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ । धादिङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०१–००६ ख ६५१५ नम्बरको माइक्रोबसमा सवार ७ जना यात्रुहरु घाइते भएका छन् । धादिङ प्रहरीका अनुसार उनीहरुको पहिचान खुलेको छैन ।

    • प्रकाशित मितिः साउन २१, २०८१
    • 727 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा