समाज

    Showing 5,451-5,460 of 6,767 items.
  • ताप्लेजुङमा भूकम्पको धक्का महसुस

    काठमाडौँ- ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो ४ः०४ मिनेटमा ताप्लेजुङको आँखोपआसपास केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।यसअघि १३ साउनमा ताप्लेजुङकै खेजेनिमआसपास केन्द्रविन्दु भएर ४ दशमवल १ रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ । 

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 233 पटक पढिएको
  • भोलिदेखि स्वयम्भूमा एक महिना मेला

    काठमाडौं— स्वयम्भूमा भोलि सोमबार (साउन २१)देखि एक महिनासम्म मेला लाग्दैछ । मेलाका लागि आवश्यक तयारी पूरा भएको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्राचीन सम्पदास्थलका चैत्य तथा विभिन्न भाग मर्मत तथा जीर्णोद्धार सम्पन्न गरिएकाले मेलामा आउनेको  सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । महासमितिका महासचिव अशोक बुद्धाचार्यले मन्दिर आसपासमा अस्थायी पसल हटाइएको तथा सहयोगापेक्षीलाई बस्न नदिने व

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 458 पटक पढिएको
  • टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, आफन्तले गरे सडक बन्द

    काठमाडौं–दाङको घोराहीमा भएको सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार साँझ घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सौरीकुलामा विपरीत दिशाबाट आएको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ३९ वर्षीय कुलबहादुर बस्नेत गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान मृत्यु भएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए । अहिले मृतकका आफन्तले क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै घोराही–तुलसीपुर सडकखण्ड अवरुद्ध गरेका छन् । प्रहरीले पश्चिम नवलपरासी निवासी टिप्पर चालक शिवबहादुर क्षेत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएको छ । 

    • प्रकाशित मितिः साउन २०, २०८१
    • 506 पटक पढिएको
  • डेंगु नियन्त्रणमा अभियान चालिँदै

    काठमाडौं— नेपालमा डेंगु सङ्क्रमणका बिरामीहरू थपिँदै गइरहेका छन्। इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार मुस्ताङ, डोल्पा, हुम्ला र जुम्ला गरी चार जिल्ला बाहिर ७३ जिल्लाबाट दुई हजार ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।डेंगुको सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु रोकथाम तथा नियन्त्रणका लागि रणनीति सार्वजनिक गरेको छ।मन्त्रालयले विश्वव्यापी रूपमै प्रभावकारी मानिएको र सिफारिस गरिएको लामखुट्टेको वासस्थान खोजी नष्ट गर्ने अभियान र डेंगुबाट हुने मृत्युलाई शून्यमा कायम राख्ने प्रमुख दुई रणनीति ल्याएको छ।यसका साथै मन्त्रालयले सङ्घ, प्रदेश र स्थानीय सरकार तथा

    • प्रकाशित मितिः साउन १९, २०८१
    • 592 पटक पढिएको
  • बढ्दैछ हैजाको प्रकोप, सचेतता अपनाउन आग्रह

    काठमाडौं— वर्षायामसँगै हैजाको प्रकोप फैलिएको छ। हालसम्म विभिन्न जिल्लामा गरी २५ जनामा हैजा पुष्टि भएको छ। यो तथ्याङ्क कल्चर गरेर आएको हो। यसबाहेक आरडिटीमार्फत पनि हैजा पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ, ललितपुर, कैलाली, प्युठान जिल्लामा हैजाको प्रकोप देखिएको छ। महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले कल्चरबाट २५ जना व्यक्तिमा हैजा पुष्टि भएको जानकारी दिए । एक साताअघि ललितपुरमा पुष्टि भएको हैजा प्रकोपका रूपमा बढ्न थालेको छ। शुक्रबार मात्रै ललितपुरमा थप दुई जनामा हैजा देखिएको छ। निर्देशक डा. घिमिरेले हैजा महामारीजन्य रोग भएकाले एक व्यक्तिलाई हैज

    • प्रकाशित मितिः साउन १९, २०८१
    • 298 पटक पढिएको
  • काठमाडौंका दुई पांग्रे सवारीका दुर्घटना धेरै

    काठमाडौं— काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै सवारी दुर्घटना दुईपाङ्ग्रेको हुने गरेको छ। तीन वर्षको सडक दुर्घटना तथ्याङ्कका आधारमा सबैभन्दा बढी दुईपाङ्ग्रे अर्थात् मोटरसाइकल र स्कुटरको दुर्घटना भएको पाइएको छ। ट्राफिक प्रहरीको कारबाहीमा पनि सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर नै परेका छन्। मोटरसाइकलपछि कार, भ्यान र जिप बढी दुर्घटनामा पर्ने गरेका छन्। दुईपाङ्ग्रे सवारीमा छिटोछरितो जान खोज्ने, यात्रा सहज हुने, बढीमा दुई जना मात्र हुने, ट्राफिक नियम पालना गर्न नखोज्ने, लापर्बाही गरी आवश्यकताभन्दा तीव्र गतिमा चलाउने भएकाले बढी दुर्घटना हुने ट्राफिक प्रहरीको विश्लेषण छ। दुर्घटनाका हिसा

    • प्रकाशित मितिः साउन १९, २०८१
    • 493 पटक पढिएको
  • जग्गा विवादले लाग्यो वडा कार्यालयमा ताला

    सप्तरी–अग्निसाइर कृष्णा सवरण गाउँपालिका वडा नं ५ मा छपकी बस्ने ७५ वर्षीय जलिल मियाले जीविकोपार्जनका लागि राखेको जग्गा दुई दाजुभाइको हक लाग्नेमा एक छोरालाई एकलौटी पास गर्न खोज्दा विवाद उत्पन्न भएको छ । दोस्रो अंशियार जैफुल खातुनले वडा कार्यालयमा उक्त जग्गाको सिफारिस नदिन निवेदन दिएपछि विवाद चर्किएको हो ।वडा कार्यालयले उक्त जग्गाको सिफारिस दिए पनि वडा अध्यक्ष हरि खंगले जलिल मियालाई कुनै सिफारिसमा हस्ताक्षर नगरेको बताएका छन् । १४ गते लिन आएको सिफारिसमा १४ गतेको चलानी दर्ता नगरिएको तर सिफारिसको चलानी ९ गतेको गरिएको पाइएको छ । खंगले १४ गतेको सिफारिसमा आफूले हस्ताक्षर नगरेको दाबी गरेका छन् ।यस विवाद

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 635 पटक पढिएको
  • हतियारसहित दुई भारतीय समातिए

    काठमाडौं–हतियारसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । लहान–ठाडी सडकखण्डअन्तर्गत  सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी  चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार हिजो साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका सुदेश्वर पासवानका छोरा १८ वर्षीय नीरजकुमार पासवान र सोही ग्राम पञ्चायतअन्तर्गत बलानशेर टोलका श्रीप्रसाद साहका छोरा ३७ वर्षीय अरुण साह एक थान पेस्तोलसहित पक्राउ परेका हुन् । 

    • प्रकाशित मितिः साउन १८, २०८१
    • 554 पटक पढिएको
  • कञ्चनपुरमा बाघको आक्रमणबाट महिलाको मृत्यु

    कैलाली- कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।बिहीबार बिहान दोधारा चाँदनी नगरपालिका–२ कमला शाह टोलमा बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया हीरा शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीका अनुसार घरनजिकै उखुबारीमा घाँस काट्ने बेला शाहलाई बाघले झम्टिएको थियो। बिहान करिब १०:४५ मा बाघले महिलालाई लिएर गएको र सवाँ ११ बजे शव भेटिएको प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए ।

    • प्रकाशित मितिः साउन १७, २०८१
    • 283 पटक पढिएको
  • काठमाडौंमा बाढीमा फसेका ३६ जनाको उद्धार

    काठमाडौं— रातभरको वर्षाले काठमाडौं उपत्यकाका धेरै स्थान जलमग्न बने । भारी वर्षासँगै काठमाडौंका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौंबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ।काठमाडौंको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो। काठमाडौंको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो। काठमाडौंको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ ।ललितपुरको युएन पार्क  क्ष

    • प्रकाशित मितिः साउन १६, २०८१
    • 233 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा