समाज

    Showing 5,501-5,510 of 6,767 items.
  • अविरल वर्षाले देशभरका ११ सडकखण्ड अवरुद्ध

    काठमाडौं— रातभर परेको झरीले देशका विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् । देशभर ११ वटा सडकखण्ड अवरुद्ध बनेका सडक विभागले जनाएको छ । काठमाडौं जोड्ने वीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर–२ कमिरेफाँटमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।यस्तै मध्य पहाडी राजमार्गअन्तर्गत सिन्धुलीकै गोलन्जोर गाउँपालिका वडा नम्बर– ६ अकबरे भिरमा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ । अहिले सडकमा खसेको पहिरो पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।यस्तै काठमाडौं–हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका वडा नम्बर–३ पाङ्दुर गैरीमा पहिरो जाँद

    • प्रकाशित मितिः असार २२, २०८१
    • 380 पटक पढिएको
  • महेश महेश बस्नेतसँग नाम जोडिएकी शोभा पाठकलाई ५ वर्ष सजाय माग्दै मुद्दा

    काठमाडौं-  शोभा भनिने जानुका पाठकविरुद्ध पाँच वर्ष जेल सजाय माग्दै मुद्दा चलाइएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गरेको भन्दै एक महिलाले दिएको जाहेरीपछि नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले पाठकलाई २८ जेठमा ललितपुरको पुल्चोकबाट पक्राउ गरेको थियो। गत बुधबार उनीविरुद्ध पाँच वर्षसम्म सजाय माग्दै सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो।  विद्युतीय कारोबार नियन्त्रणसम्बन्धी ऐनको दफा ४७ बमोजिम सामाजिक सञ्जालमा फोटो राखी, गाली वा बेइज्जती हुने गरी अर्काको प्रतिष्ठामा आँच पुग्ने गरी गरिने कुनै पनि कृत्यको दण्डस्वरुप एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्म कैद

    • प्रकाशित मितिः असार २१, २०८१
    • 315 पटक पढिएको
  • जीवन बचाउने थलो

    झापा— मेचीनगर नगरपालिका–१३ चारआली स्थित सर्पदंश उपचार केन्द्रले दुई दशकमा २० हजारभन्दा बढी मानिसलाई अकाल मृत्युबाट बचाएको छ । नेपाली सेना र समुदायको साझेदारीमा सञ्चालित २५ शय्याको उपचार केन्द्रमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमबाट मात्र नभएर छिमेकी मुलुक भारत पश्चिम बङ्गालको दार्जीलिङ, सिलीगुढी र बिहारको किशनगञ्ज र ठाकुरगञ्जसम्मका सर्पदंशका बिरामी आउने गर्छन् । यहाँ सबै प्रकारका विषालु सर्पले डसेको उपचार हुन्छ ।सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराई सानो र कम सुविधायुक्त भएता पनि जनविश्वास अन्तर्राष्ट्रियस्तरमा फैलिएको कारण सर्पदंश उपचार केन्द्रको स्तरोन्नतिमा राज्यको ध्यान दिनुपर्ने बत

    • प्रकाशित मितिः असार २१, २०८१
    • 411 पटक पढिएको
  • डाँका पक्रन बाँकेमा गोली चलाइयो

    काठमाडौ- बाँकेको डुडुवा गाउँपालिका–६ स्थित सिखनपुरवामा एक जना डाँका मुद्दाका फरार प्रतिवादी पक्राउ गर्न खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको छ।स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड हवाई फायर र दुई राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए।‘झडप भएपछि प्रहरीले बाध्य भएर गोली प्रहार गरेको थियो,’ कार्कीले भने। प्रहरी उपरीक्षक कार्कीका अनुसार, झडपमा एक स्थानीय महिला र वरिष्ठ प्रहरी हवल्दार मदन डाँगी घाइते भएका छन्।प्रहरी हवल्दार डाँगीलाई स्थानीयले प्रहार गरेको इँटले टाउकोमा चोट लागेको छ। घाइते दुवैको भेरी अस्प

    • प्रकाशित मितिः असार २०, २०८१
    • 354 पटक पढिएको
  • एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन आज

    काठमाडौं— एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन प्रक्रिया बिहीबार सुरु हुँदैछ। राजधानीको प्रज्ञा भवनमा जारी महाधिवेशनमा विभिन्न दस्ताबेज पारित भएसँगै निर्वाचन प्रक्रिया अघि बढ्न लागेको हो। महाधिवेशनले राजनीतिक, संगठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पारित गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए।महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ। केन्द्रीय कमिटीमा अध्यक्ष एक, सम्मानित नेता एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव चार र सचिव सातजना रहनेछन्। केन्द्रीय कमिटीले तोकेबमोजिम वरिष्ठ नेताहरू रहने वैधानिक व्यवस्था गरिएको छ। अध्य

    • प्रकाशित मितिः असार २०, २०८१
    • 386 पटक पढिएको
  • तीन दिनपछि खुल्यो पहिरोले अवरुद्ध मध्यपहाडी राजमार्ग

    रुकुम— पहिरोको कारण अवरुद्ध रहेको मध्यपहाडी राजमार्गको रुकुमखण्डमा यातायात सुचारु भएको छ । गत शनिबार बेलुका मुसीकोट नगरपालिका–८ किटेनीमा आएको पहिरोले अवरुद्ध बनेको राजमार्गको पहिरो हटाएपछि सोमबार दिउँसोबाट यातायातका साधनहरू चलेका छन्।  रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार मध्यपछाडि राजमार्ग कार्यालयसँग समन्वय गरेर पहिरो हटाइएको हो । मध्यपछाडि राजमार्ग कार्यालयले यस स्थानमा अवरुद्ध रहेका सडक सुचारु राख्नको लागि आवश्यक सामग्री समयमै उपलब्ध गराउन नसक्दा तीन दिनपछि राजमार्ग खुलेको हो । पहिरो पन्छाउनको लागि राजमार्ग कार्यालयले सोमबार बिहान मात्र स्टाभेटरको व्यवस्था

    • प्रकाशित मितिः असार १७, २०८१
    • 240 पटक पढिएको
  • नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झा पक्राउ

    काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा प्रहरीले बेचन झालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई कञ्चनपुरबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए । शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेहरूबाट बेचन झाले दुई करोडको चेक बुझेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनले टोखा नगरपालिका–६ स्थित धापासी घर भएका रामशरण केसीसँग दुई करोडको चेक लिएका हुन् ।भुटानी शरणार्थी प्रकरणको योजनाकार मध्येका सानु भण्डारीले भनेर आफ्नो नाममा रहेको हिमालयन बैंकको दुई करोडको चेक झालाई दिएको रामशरणले बयानमा खुलाएका छन् । केसीका अनुसार २०७८ मङ्सिर ८ मा नयाँ बानेश्वरस्थित ह्वाइट हाउस कले

    • प्रकाशित मितिः असार १५, २०८१
    • 388 पटक पढिएको
  • एसईई फेल भएपछि दुई विद्यार्थीले आत्महत्या गरे

    काठमाडौं— एसईई परीक्षामा फेल भएपछि दोलखा र संखुवासभाका दुई विद्यार्थीले आत्महत्या गरेका छन् । दोलखाको गौरीशंकर गाउँपालिका– २ को नीलकण्ठेश्वर माविबाट एसईई परीक्षामा सहभागी १६ वर्षीया जेनिशा बुढाथोकीले आत्महत्या गरेकी छिन् ।उनले बिहीबार साँझ घरको माथिल्लो तलामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जेनिशाले आफ्ना अभिभावकलाई सुसाइट नोटमा परीक्षा बिग्रिएकै कारण आफूले आत्महत्याको बाटो रोज्न बाध्य भएको लेखेकी छिन्। त्यस्तै, संखुवासभाको खाँदबारी नगरपालिका– ३ का आशिष घिमिरेले आफ्नै कोठामा पासो लगाएर देहत्याग गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार

    • प्रकाशित मितिः असार १५, २०८१
    • 440 पटक पढिएको
  • अपडेट: लमजुङ पहिरोमा एकको शव भेटियो, तीन जना अझै बेपत्ता

    लमजुङ— लमजुङको क्व्होंलासोथर गाउँपालिका–३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एकजनाको शव फेला परेको छ । तीनजना अझै बेपत्ता छन् । वडासदस्य विनप्रसाद घलेका अनुसार पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीय रूद्रमान गुरुङको शव फेला परेको हो । पच्युटोलमा गए राति पहिराले तीन घर पुरिँदा चार बेपत्ता भएका थिए भने एकजना घाइते  भएका थिए । बेपत्ता भएकाहरुको आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी गरिरहेका छन् । लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो । पहिरोमा परी ३६ वर्षीया पञ्चकुमारी गुरुङ र उनकी पाँच वर

    • प्रकाशित मितिः असार १२, २०८१
    • 465 पटक पढिएको
  • कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु

    कास्की— अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त घटनामा परेर एकजना घाइते भएका छन् ।  कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गए राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।उक्त घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ । घटना घटेका बेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो ।यसैगरी गए राति नै पोखरा महानगरपालिका–२७ आरुपाटा

    • प्रकाशित मितिः असार १२, २०८१
    • 577 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा